माओवादीमा जन्मियो ‘जनार्दन लाइन’ !

काठमाडौं, १४ असोज । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रमा देशको प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टक्कर दिन नयाँ गुट खडा भएको छ।

१० वर्षे माओवादी जनयुद्धका राजनीतिक एवं फौजी कमान्डर समेत रहेका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले नयाँ गुटको नेतृत्व गरेका छन् । उनको गुटमा युवा र माओवादी आन्दोलनमा सुरुदेखि लागेका धेरै नेताकार्यकर्ता जोडिएका छन् ।

झण्डै ३६ वर्षदेखी पार्टी नेतृत्वमा रहेका प्रचण्डलाई टक्कर दिने जनार्दन पार्टी भित्र लोकप्रीय युवा नेता मानिन्छन् । उनले ०६४ को संविधानसभा निर्वाचनदेखि रुकुमबाट लगातार चुनाव जित्दै आएका छन् । शान्ति तथा पुनःनिर्माण मन्त्री,गृहमन्त्री,उर्जा मन्त्री र अर्थमन्त्री समेत भैसकेका जनार्दन पार्टीमा पकड भएका नेतामध्ये पर्छन् ।

जनार्दन भन्दा अगाडी पार्टीमा मोहन वैद्य किरण, डा.बाबुराम भट्टराई, रामबहादुर थापा बादल र नेत्रबिक्रम चन्द विप्लव समेतले प्रचण्डको हैकमबिरुद्ध बोल्ने आँट गरेका थिए । तर, ती सबै अहिले प्रचण्डको पार्टीमा छैनन् ।

पछिल्लो समय जनार्दनलाई माइनस  गर्न प्रचण्डले वर्षमान पुनलाई अगाडी सार्दै आएको भएपनी पुन बिरामी हुँदा दुई नेताको बिचमा देव गुरुङलाई पार्टी महासचिव बनाएर जनार्दन रोक्न सफल भएका थिए। देव गुरुङ महासचिव भएपछि पुन र जनार्दन दुवैलाई उपमहासचिव बनाएर विवाद समाधान गरिए पनि पार्टी उपाध्यक्ष कृष्ण बहादुर महरालाई अगाडी सारेर पार्टीमा नेत्रबिक्रम चन्द विप्लवलाई पार्टीमा भित्र्याउन खोजेपछि फेरि जनार्दनहरु बिच्किएका छन् ।

जनार्दनलाई रोक्न विप्लव कार्ड फ्यालेका अध्यक्ष प्रचण्डले महरालाई अघि सारेकोमा भित्र भित्रै पार्टी भित्र असन्तुष्टि बढेपछि महरालाई सुनकाण्डमा जोडेर जनार्दन पक्षले लखेटीरहेको छ। हाल महराका कान्छो छोरा राहुल महरा प्रहरी हिरासतमा छन् ।

महरा सुनकाण्डमा मुछिएको भनेपछि विप्लव कार्ड समेत निष्क्रिय बन्दै गएको बेला प्रचण्डलाई टक्कर दिन जनार्दन देशब्यापी दौडमा छन् । उनी बागमती प्रदेश इन्चार्ज भएर १३ वटै जिल्लामा संगठन मजबुत बनाउदै अहिले पुर्व दौडमा छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय