दशैं-तिहारकाे सफा आकाशमा मडारिएकाे बादल
मनोज कुमार कर्ण
नेपालीहरूकाे महान् चाड बडादशैं र तिहार-२०८२ काे सुखद् उपलक्ष्यमा नेपाली जनताकाे मन र मस्तिष्क हलुका रहि चाडपर्वमा रम्नुपर्ने र एकले अर्कालाई शुभकामना साटासाट गर्नुपर्नेमा प्रस्तावित मिति २०८२ फाल्गुण २१ गते आमनिर्वाचन हुने-नहुने, सत्ताका खाेसाखाेस गर्ने उग्र दक्षिणपन्थी अन्तिम राजा ज्ञानेन्द्र शाह र उनका समर्थक दुर्गा प्रसाईं (खासमा बाेल्ने/धम्कि दिईरह्ने प्रसाईं) आदिकाे कारणले एक प्रकारकाे अनिश्चितता र भयत्रासले भरेकाे हाे ।
याे स्थिति लाेकतान्त्रिक दलका नेता तथा कार्यकर्तामा पनि छ र सबभन्दा बढी त अलमलमा स्वयं जेनजी विद्राेहकाे जगमा गठित सुशिला कार्की सरकार हाे कि कसरी प्रतिष्ठा छाेप्ने हाे । एकातिर जेनजीमा च्याउसरी शाखा जसकाे व्यक्तिपिच्छेकाे माग सम्बाेधन गर्न प्राय: असम्भव, त्यसमाथि जेनजी समूहहरू र अन्य सत्ता खाेसाखाेस समूहहरूमा मधेशी, आदिवासी, जनजाति आदिकाे अधिकार जति नै भएपनि समेटिएकाे वर्तमान संविधानबाट अधिकारहरू फाल्ने षड्यन्त्र आन्दाेलन र त्यसभित्र घूसपैठगर्नेहरूबाट भईरहेकाे आदिले जनतामा अनिश्चितता पैदा भएकाे हाे, नेपालमा विदेशीहरूले लगानीकाे सुनिश्चितता र अनुशासन छैन, सुरक्षानिकाय सुरक्षा दिन अक्षम रहेका निश्कर्ष निकालेर राेजगारीकाे अवसर कटाैती गर्दैछन् ।
याे लेख यिनै आलाेकमा रहेर केही पक्षमाथि उजागर गर्न चाहेकाे हाे ।
प्रहरी किन अक्षम देखियाे ?
काठमाडाैं उपत्यकामात्रलाई पहिला नेपाल भनिन्थ्याे । पहिला उपत्यकाका नेवारवस्तिले बाहिर नआएकाले थाहा नपाएर यसाे बुझ्थे, बाेल्थे तर अहिले सबै जानेबुझेकाहरूले पनि खासगरी मधेश र मधेशीकाे अधिकारलाई गाैण गर्न साेचेकाे देखिन्छ । जे हाेस्, आज काठमाडाैं बाहिर प्राय: राजनीतिकाे चासाे मीडियामा नपर्ने भागका सम्पूर्ण देशवासीकाे मनमा प्रश्न छ कि नेपाल प्रहरी किन जेनजी आन्दाेलनमा असफल भए ? प्रदेश र स्थानियका जनप्रतिनिधि किन असफल हुँदैछन् ?
यस्ता प्रश्न गर्नेमा जनप्रतिनिधिहरूले सुरक्षा निकायसँगका अन्तरक्रिया र भारतकाे प्रहरीकाे सुविधाले के बुझ्छन् भने प्रहरीलाई आईपरे गाेली हान्ने आदेश छ तर गाेली हान्न अवस्था नआउनदिने उसकाे लट्ठी खाेसिएकाे छ ! गाेली हान्ने अन्तिम विकल्पमा मिस्युजपनि हुने जाेखिम उपाय अघि यदि लट्ठी चार्जकाे छुट सरकारले दिए घाईते हुने, चाेट लागेरै मास तित्तरबित्तर हुने हाे तर त्याे खाेसियाे । पानीकाे फाेहरा हान भन्छ तर प्रहरीसँग पानी हुँदैन, एकछिनमा पानी सक्दा झन् उग्र प्रदर्शन हुन्छ !
आज प्रहरी निरीह हुने मुख्य कारण फिल्डमा याे हाे, थपमा संस्थामाथि सरकारमा बस्नेद्वारा पद बिक्रि, राजनीति, माेरल डाउन, संगठनभित्र भेदभाव आदि छन् बुझ्छन् ।जेनजी आन्दाेलनमा नेपाल प्रहरीले आफ्ना ज्यानसमेत बचाउन अप्ठ्याराे अवस्था आउनु भनेकाे सशस्त्र प्रहरीले ब्याकअप नदिनु हाे, सेनाले बेवास्ता गर्नु हाे, स्राेतसाधनले नपुग्नु हाे । त्यसमाथि प्रहरीलाई भीड नियन्त्रणमा ब्याक हुनु, ज्यान जाेगाउनु कस्काे न कस्काे सल्लाहमा अक्षम नेतृत्वकाे निर्देशन थियाे ।
स्मरण रहाेस्, नेपाल प्रहरीकाे स्थापना नेपाली काँग्रेसकाे विगतमा राणाशासनविरूद्ध सशस्त्र आन्दाेलनका याेद्धाहरूलाई मिलाएर सरकारले बनाएकाे ईतिहास हाे । सशस्त्र प्रहरीकाे त क्राफ्ट्सम्यान नै मन्त्री रह्नुहुँदा आजका राष्ट्रपति रामचन्द्र पाैडेल हुन् । सशस्त्र भनेकाे तात्कालीन माओवादी छापामार गुरिल्लाविरूद्ध नेपाल प्रहरीबाट तालिम लिई नेपाली सेनाकाे सहयाेगमा अत्याधुनिक हतियार चलाउने परिस्थितिकाे उपज हाे ।
तसर्थ, जेनजी आन्दाेलनमा प्रतिगमनगर्न उन्मुख सेना प्रमुखले नै निर्मल निवासबाहेक सिंहदरबार, बालुवाटार, शितल निवास, अदालत, संसद भवन बानेश्वर र नेताका घरहरू केहिपनि बचाउन अनिच्छुक देखिएकाले सशस्त्र प्रहरीसमेतलाई नियन्त्रणमा लिंदा जनपद (नेपाल) प्रहरी स्वयंकाे सुरक्षामा पनि निरीह देखिएकाे हाे । नेपाल प्रहरीकाे माथिल्लाे नेतृत्वकाे असक्षमता थाेड-बहुत हाेला तर याे स्तम्भकारले उनीहरू स्वयंले एमालेका नेताहरू बालुवाटारबाट प्रहरी हेडक्वार्टर जसाेतसाे पस्दा विशेष कमाण्डाेले हेडक्वार्टर र उनीहरूकाे सुरक्षा गर्नुपरेकाेले सेना र सशस्त्रकाे असहयाेग कारण नै प्रष्ट देखिन्छ । धन्य, यति तारतम्य सेनाले प्रतिगमन गर्न मिलाएपनि आमजनताकाे चाहनाविपरीत विश्वका कुनैपनि देशले हरियाे झण्डा नदेखाउँदा सेना ब्याकभएर थप क्याजुअल्टि नभएकाे र ज्ञानेन्द्र शाह पुन: राजा नभएकाे हाे ।
स्थानीय जनप्रतिनिधि र प्रदेश सरकारले भने काठमाडाैं जस्ताे आफ्ना पुलिस नभएर भेदभाव भएकाे ठान्छन् । उनीहरूले बालेन्द्र साह केही मेयरहरूले कथित् कार्यदक्षता आफ्ना प्रहरीकाे बलमा देखाउन पाएका तर आफूहरू “अक्षम” बनाईएका बुझेका छन्, जबकि काठमाडाैं-ललितपुर महानगरका पुलिसकाे पनि गाेली नचलाउने अधिकार छ र डण्डापनि हाथमा छैन ।
राष्ट्रवादकाे गलत परिभाषाले उग्रवादिता बढायाे
गत भदाै २३/२४ गतेकाे जेनजी आन्दाेलनमा जुन आगजनी हिल्टन हाेटल, युलेन्स स्कुल आदिमाथि डा. आरजू राणाकाे संलग्नता भनी भए, त्यसमाथि पनि काठमाडाैंबाहिरकाे पर्स्पेक्टिभ अर्कै छ, जुन तर्कपूर्ण र जायज देखिन्छ । त्याे के भने- नेपालमा एकथरी राष्ट्रवादी कहलिने जमात्ले नेपालकाे आफ्नाे लगानी क्षमता उद्याेग, व्यवसाय खाेल्नमा नहुँदा विदेशीबाट विश्वप्रचलन अनुसार सम्झाैतापनि गर्न नदिई अति ईर्ष्यालु भई ताेडफाेड, आगजनी, लूटपाट, धपाउने, देश हडप्याे भनेर दु:ख दिने गरेकाले नेपाल कहिल्यै अगाडि नबढ्ने र अरूकाे खाेस्ने, लूट्ने असभ्य देशकाे रूपमा गलतढंगले परिचय पाएकाे छ ।
एक अनलाइनले त थपमा खाेज कथा बनाईसक्याे कि युलेन्स स्कूलमा डा. आरजू राणा केवल व्यवस्थापन समितिकि अध्यक्षा थिईन्, गैरनाफामूलक उक्त स्कूलबाट कसैले नाफा लान पाउँदैन र ८० प्रतिशत स्टैण्डर्ड शुल्क तिर्नेबाट थप २० प्रतिशत अनाथ तथा गरिबलाई पनि एउटै शिक्षा दिईने थलाे काठमाडाैं विश्वविद्यालयका पूर्व भीसि डा. सुरेशराज शर्माकाे बाटाे देखाईमा पूर्ण जनतामा समर्पित संस्था थियाे, जसलाई जेनजीकाे नाममा घूसपैठिया र उग्रराष्ट्रवाद, गलत सूचनाले मिस्लिड गरिएका युवा मासले पनि जलाईदिए । बदमास, शैतानबाट निर्दाेषहरू साेसल मीडियाकाे जमानामा पनि सचेत हुन नसक्नु जेनजीमध्ये एक-दुई प्रतिशतले पनि सही कुरा, विवरण संकलन नगरिरहेका र बर्गलारिरहेका दु:खद् निष्कर्श निस्कन्छ, जेनजीहरू सुध्रिउन् र परिवार, लाेकतन्त्र, देशप्रति जिम्मेवार बनून् ।
आज भारतमै जानुस्, त्यहाँ पनि स्वदेशी र विदेशी लगानी र ठेकेदारहरूले बाँध, सडक, परियाेजना बनाउँछन् । सडक बनेपछि कति खर्च भयाे, त्यस अनुसार प्रति सवारी रेट अनुसार टाैल ट्याक्स (Toll tax) असूल गर्छ र निश्चित वर्षमा लगानी उठिसकेपछि सरकारलाई हस्तान्तरण गर्ने चलन छ । विद्युत उत्पादनमा पनि त्यहि हुने हाे । आज पञ्चेश्वरलगायत नेपालका अन्य जलविद्युत उत्पादन भई बिक्रि वितरण अन्तर्राष्ट्रिय प्रचलन अनुसार हुने भए नेपाल कहाँ पुगिसक्या हुन्थ्याे तर शुरूवाती यति वर्ष लगानीकर्ता भारत वा अन्य देशले उत्पादन गर्ने सुन्ने बित्तिकै धेरै “राष्ट्रवादी” तर अज्ञानी र मनाेग्रस्त राेगले पीडित भनाैं वा, भारतविराेधी ज्ञानपापी (सबै बुझेरपनि जानीजानी पब्लिकलाई भड्काउने फटाहा, देश विकासका दुश्मनहरू)ले भाँड्दै आएका छन् ।
तिम्राे देशमा खर्बाैं-खर्बकाे लगानी मुफ्तमा गरिदिएर उग्र राष्ट्रवादी राजावादी, कम्युनिस्ट, मिहिनेत नगरी अल्छी भई धम्काएर खाने नेताहरूलाई कस्ले बालुवामा पानी हालेर शून्य उपलब्धिमा देशी वा विदेशीले लगानी गरिदिने हाे ? हाथगाेडा त छन्, मिहिनेत गरेर नखाएका तर अन्यकाे लूट्ने पुष्ताैनी हाम्रा अधिकांशमा जुन एकप्रकारकाे “वंशानुगत” अवगुण छ (सबैमा हाेईन किनकि मिहिनेतीले संताेषका साथ स्वदेश वा विदेश पलायन भई पनि काम गरेर खाएका छन्), यस्ले नेपालकाे विकास राेकेर भ्रष्टहरूकाे हाथमा पुर्याएकाे छ ।
अन्धराष्ट्रवादपनि भ्रष्टाचारकाे जननी हुन सक्छ । नेपाललाई फाईनान्सियल एक्शन टास्क फाेर्स (FATF) काे रिपाेर्टमा ग्रे लिस्टमा मुख्य सात बुँदे सुझाव दिईंदापनि नचेतेकाे परिणाम हाे, अदृश्यरूपमा सिआईएहरूले नजदिककाे आईएसआईकाे सहयाेगलिएर जेनजी विद्राेहकाे बहानामा नेपालमाथि धाबा बाेल्नु ! चेत् खुलाेस् हाम्राे अब । याे स्तम्भकारले कम्तिमा तीन चाेटी विभिन्न मीडियामा एफएटीएफबारे गम्भीर हाेउ, नत्र परिणाम भाग्नुपर्छ लेखेकै हाे तर ठूलाे मीडियाहाउसमा नछापिंदा वा मधेशीकाे बच्चा नभई कतै पहाडीकाे बच्चा भई लेख्दा गम्भीर भई देशले साेच्ने थियाे हाेला ।
झाेले बनाम् येस् मेन-वूमेन/पप्पेट
अहिले सशस्त्रहीन र शान्तिकामी लाेकतान्त्रिक दलका माथिल्ला केही-केही भ्रष्ट आचरणका कारण लाेकतन्त्रकाे पक्षमा, देशमा सम्पूर्ण भ्रष्टाचारी चाहे स्वयं अन्तिम राजा ज्ञानेन्द्र शाहले दाइ राजा बीरेन्द्र शाहकाे वंशनाश र पछि खर्बाैंकाे उनका सम्पत्ति हजममा प्राईम सस्पेक्ट हाेउन् र त्यस्तै ऊनका फलाेअर बैंक डिफाैल्टर दुर्गा प्रसाईं, रवि लामिछाने जस्ता सहकारी ठग हाेउन्, सबैमाथि एकसाथ छानबिनकाे माग गर्याे कि “झाेले” भनी प्रतिगमनकारीहरूले बुलिईंग वा अपमान गरिहाल्छन् । अवश्यपनि दलकाे भरिया/झाेले बन्नु गलत हाे, तर दलमा सबै मान्छे गलत विचार बाेकेका हुँदैनन् र दलमा नेतृत्वकाे पारित कुरा मान्नु नै अनुशासनपनि हुन्छ ।
अनुशासन उल्लंघन हुँदा गत भदाै २७ गते शितलनिवासमा ड्रग्स खाएर नाक पुछ्दै विगतका दिनेश अधिकारी “चरी” डाैनकाे ग्याङ्ग मेम्बरले म हाे जेनजी आन्दाेलनकाे अगुवा भनी सबै प्राेटाेकललाई धाेती लाएर सिस्टमलाई चुनाैतिदिई गए र अराजकता देशमा आन्दाेलनकाे नाममा भदाै २३/२४ गते मच्चाएसरह भैहाल्याे ।
तर देखिन्छ के भने जेनजीका नाममा टूलकिटमा पाँच हजार/लाखभन्दा बढीले एक-दुई जना नेतृत्वका जायज-नाजायज कुरा क्लाेनिङ्ग भएका प्रजाति स्वदिमाग नभएकाकाे (Cloned baby) जस्ताे जे भन्याे त्याे हुन्छ/हुन्न (Yes Men/Women) जस्ताे मान्दा वा, राजावादीका षड्यन्त्रकारी एकजनाले लुकेर अर्डरदिंदा गलत गर्न “सभ्य येस् मेन/वूमेन” वा “नीर्जिव खम्बाजस्ताे” जे भनेपनि स्वयंकाे दिमाग नलगाई हुने तर दलका समर्थकले नेतृत्वकाे कुरा मान्दा “असभ्य र हीनता सूचक” झाेले कहलिनुले यहाँ तात्विक अन्तर देखिंदैन ।
कुरा सत्तामा बनिराख्ने र अर्काेले खाेस्ने मात्र हाे तर न झाेले काेहि बनून्, न त येस् म्यान/वूमन वा पप्पेट अर्थात्, स्वयंकाे दिमाग लगाएर सहि/गलत छुट्याएर मात्र कसैकाे निर्देशन मानून् ।
मधेश फ्याक्टरलाई नबिर्स
गत भदाै २३/२४ गते जति ठूलाे विध्वंश जेनजीकाे प्रदर्शनमा घूसपैठ भएर भएपनि लाेकतन्त्र र देश सुरक्षित छ किनकि मधेश अहिलेसम्म माैन छ । नेपालका नेतामा यति चेत पछिल्ला मधेश आन्दाेलनहरू २०६३ माघ १ गते अन्तरीम संविधान घाेषणापछि २०७२ अशाेज ३ सम्म अर्काे वर्तमान नबनुञ्जेलका “जबाव”ले थाहा छ । तसर्थ, जेनजीकाे नाममा वर्तमान संविधान, प्रदेश संरचना, समानुपातिक प्रतिनिधित्व, आरक्षण खारेज गर्न माग उठाउनलगाउने जेनजीका बाउ-आमा नश्लभेदी, विभेदकारी अभिभावक सम्भवत: नेताहरू नै अधिकांश बढीले याे बुझिसकेका हाेलान् नै कि किन जेनजीमा मधेशमा छुट्टै समूहहरू बनिसके ।
यी मागहरू समाप्त पार्नुकाे अर्थ फेरि डा. सिके राउतहरूलाई नेपालबाट मधेश अलगपार्न राज्यले नै जन्म दिनु हाे । यथार्थमा, वर्तमान संघीय लाेकतान्त्रिक गणतन्त्रकाे संविधान-२०७२ काे पूर्णप्रयाेग नै कानूनहरू बनाएर हुन दिईएन अनि प्रदेश बाेझ भयाे भनी दुष्प्रचार गरियाे तर भ्रष्टाचारीविरूद्ध कार्वाही किन नगरेकाे, कानूनहरू किन बन्न नदिएकाे, प्रदेश प्रहरी किन बन्न नदिएकाे, किन प्रदेशकाे विकास भाेग गर्न चाहेका जस्ता सवालहरू संघीयता र मेधशविराेधी साेच भएका राजावादी र दलका अधिकांशबाट उठाईएन ! याे मधेशप्रतिकाे साजिश हाे र, यस एक्काईंसाैं शताब्दीमा मधेशीलाई मूर्ख बनाउने स्वयं नै मूर्खाधिराज ठहरिनेछ ।
भारतबारे केही बुझाैं
भारतकाे नेपालसँग खुला सिमाना छ तसर्थ, भारत-नेपाल सम्बन्ध नेपालकाे चीन, पाकिस्तान वा अमेरीकासँग दाँज्न मिल्दैन । भारत स्वयं लाेकतान्त्रिक, गणतान्त्रिक, राजारहित तर संघ, प्रान्त, राज्यहरू रहेकाे देश हुनाले नेपालमा राजतन्त्रलाई लाेकतन्त्र र गणतन्त्रकाे पर्याय बनाउन मद्दत गर्ने हाेईन, उसकाे परराष्ट्रनीतिपनि हाेईन । यस्तै अमेरिकाले पनि नेपालमा वर्तमान संविधानलाई डिरेल हुन सेना वा कसैलाई सहयाेग गर्ने हाेईन ।
हाे, भारतकाे नेपालसँग ओपन बाेर्डर र दिनहुँ नेपालबाट मधेशभएर भारतमा गएर ड्रग्गिस्ट र तस्करले ट्याब्लेट बाेक्दनेदेखि आम गरिबले सस्ताेमा चामल, दाल, तेल आदि खरिदसम्म गर्छन् तर चलाखले भारतबाट किनेर नेपालमा नाईट बसबाट काठमाडाैंमा महँगाे चामल बेचिरहेकाेपनि हामी देख्छाैं । तसर्थ, भारतले मधेशी-पहाडी नहेरी भारतकाे पक्षमा कस्ले सरकार र दलमा रहेर सुमधुर सम्बन्ध बनाउने हाे, त्याे हेर्छ ।
त्यसपछि जुन समूह नयाँ शक्ति सशस्त्र वा शान्तिपूर्ण उभरन्छ, भाेली ऊ सत्तामा आए कसरी दुई देशीय सम्बन्ध कायम राख्ने भनेर उससँग सम्बन्ध स्थापित त गर्छ तर सहयाेग भने गर्दैन । जस्तै, सिके राउत, मधेशका अन्य सशस्त्र समूह, माओवादी सशस्त्र कालमा वा दुर्गा प्रसाईं आदि । यिनिहरूसँग भारतकाे सम्बन्ध रह्याे तर पक्राउपर्दा नेपाल सरकारलाई केही भनेनन्, उसैकाे हालतमा छाेडिदियाे । अर्थात्, मानाैं गत भदाै २५ गते दुर्गा प्रसाईंलाई नै सेनाले नेपालमा कू (Coup) गरि प्रधानमन्त्री घाेषणा गरेकाे भएपनि भारतले आफ्नाे भलाईकाे लागि उससँग सम्बन्ध विस्तार गर्नेथियाे तर लाेकतन्त्र मास्दा त्यसप्रति रिजर्भ्डरहि प्रतिक्रियाविहीनभएर भाेली लाेकतान्त्रिक शक्तिकाे पुनराेदय हुने आशामा ।
लाेकतन्त्रमा चुनाव एक अचूक उपाय
नेपालकाे भाग भविष्य नेपालकाे वर्तमान संविधानमा जरूरत अनुसारकाे संशाेधन केवल अधिकारकाे लागि गरेर अब ताेकिएकाे समयमा चुनाव गराएर गरिने हाे । जेनजीका माग सामाजिक सञ्जाल खुल्ला, भ्रष्टाचार निर्मूल, करकाे सदुपयाेग जति जायज छन् तर बाँकी प्रदेश संरचना-संविधान-समानुपातिक प्रतिनिधित्व-आरक्षण आदि खारेजी भई प्रतिगमन हुनु भनेकाे जेनजीसमेतलाई थाहा नहुने वैचारीक घूसपैठियाद्वारा सत्ताकाे लागि पुन: मधेशी, आदिवासी, दलित, महिला, जनजाति आदिलाई एकसाथ भड्काएर देश ताेड्नु हाे ।
याे कुरा बुझेर संयमतापूर्वक यसै संविधानबाट समाधान खाेजेर अझ जिम्मेवार भई अगाडि हिँड्नु छ, जसकाे पहिलाे काम समयमा निर्वाचन सम्पन्न गराउने हाे र, देशलाई लाेकतनन्त्रिक सरकारकाे जिम्मा लगाउनु हाे । देशमाथि उग्र दक्षिणपन्थी राजावादीले प्रतिगमन गराउन र उग्र वामपन्थीले कम्युनिस्टराजमा लान टाउकाे उठाईरहेका सबैले बुझ्नु जरूरी छ ।
(लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

