रसुवा बाढी : १५ जना बेपत्ता !

काठमाडौं । गएराती आएको बाढीमा रसुवामा ठूलो क्षतिको अनुमान गरिएको छ। बाढी पछि १५ जना बेपत्ता भएका छन्।

गएराति ३ बजे चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीमा परी ३ जना प्रहरीसहित १५ जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

‘६ जना नेपाली कामदार, २ जना नेपाली ड्राइभर, चार जना चिनियाँ कामदार, तीन जना नेपाल प्रहरीसहित १५ जना बेपत्ता भएका छन्,’ उनले भने।

प्रजिअ पौडेलले मितेरी पुल पूरै बगाएको बताए। उनका अनुसार अहिले चीनसँग पुरै सम्पर्क बिच्छेद रहेको र सयौं गाडी पनि बगेको छ। बाटो पनि बगेकोले केही मानिस बिचमा अलपत्र परेको बुझिएको छ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय