प्रधानमन्त्रीका साहसी छोरीहरू !

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चित दुई गायिकालाई साहसी छोरीहरू भन्दै प्रशंसा गरेका छन् । प्रधानमन्त्रीले गायिका समिक्षा अधिकारी र एलिना चौहानलाई साहसी छोरीहरू भनेका हुन् ।

पछिल्लो समय यी दुई गायिकाको निजि जिवनलाई लिएर सामाजिक संजालमा नकारात्मक टिप्पणी सहितको भिडियो,असभ्य कमेन्ट र अपाच्य शब्द प्रयोग हुनथालेपछी उनीहरुको बचाउमा प्रधानमन्त्री पनि देखिएका हुन् । गायिकाद्वयले पनि त्यस्ता कमेन्ट गर्नेलाई सार्बजनिक गर्ने र कानुनी उपचारमा जाने भन्दै प्रतिवाद गरिरहेका छन् ।

प्रधानमन्त्रीले शनिबार बिहान् सामाजिक संजाल फेसबुकमा लेखेका छन् ,-‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ। समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो। समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय