ट्रम्पकाे चेकमा कसले प्वाल पार्‍यो ?

मनोज कुमार कर्ण

अहिले अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प विश्वमा विभिन्न द्वपक्षीय मामिलामा परेर चर्चा त बटुल्नु भएकाे छ तर असफलताको ।

चाहे रूस र युक्रेनकाे कुरा हाेस् वा चाहे भारत र पाकिस्तान अथवा ईजरायल र ईरानकाे मामिला, सबैतिर असफल कूटनीतिज्ञकाे रूपमा ट्रम्प देखा पर्नुभएकाे हाे ।

याे लेख ट्रम्पकाे अमेरिकि सिद्धान्तबाट स्वार्थपूर्ण विचलनले आज अमेरिकाकै समग्र छवि विश्वमाझ धुमलिन गई अस्पष्ट हुनगएकाे छ र ट्रम्पकाे नाेबेल शान्ति पुरस्कार पाउने मनसुबामा पानी फेरिएकाेमा आधारित छ ।

द्विपक्षीय माेर्चामा ह्याट्रिक असफलता

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे लाेकप्रियता र सनातन हिन्दु धर्मकाे प्रशंसा गरी अमेरिकामा रहेका भारतीय समुदायकाे निर्णायक ठूलाे मत आकर्षण गरेर पटकपटक चुनाव जित्दै आऊनुभएका ट्रम्पले शायद चुनाव जित्ने “कालजयी” सूत्र फेला पारिसकेकाे आभाष गरेर हाेला दाेस्राे कार्यकालकाे लागि उनले सन् २०२५ काे जनवरीबाट कार्यभार सम्भाल्दा त्यहाँ देशभित्र र बाहिर तहल्का मच्चाउनुभएकाे छ ।

ओभरकन्फिडेन्ट यसरी भई चरम् महत्त्वाकाँक्षामा उनले आफ्नै पूर्व भनाई विपरीत कृयाकलापहरू गर्न थाल्नुभएकाे हाे । र्याडिकल ईस्लामिक टेररिज्म, कुनैपनि आतंकवाद नसह्ने र तुरून्त टुंग्याउनुपर्ने उनका भनाईहरू रहन्थे । पूर्ववर्ती डेमाेक्रेट राष्ट्रपति जाेई बाईडेनलाई अफ्गानिस्तानमा तालिबानले अमेरीकि शैनिक फर्कंदा र हथियार, जहाजहरूमाथि कब्जा गर्दा ट्रम्पले “बाईडेन बेवकूफ” हाे भन्दै “म बाईडेनकाे ठाउँमा भएकाे भए तालिबानलाई सिध्याउँथे” बाेलेका थिए । त्यसबेला बाईडेन चाहिँ अफ्गानिस्तानी राष्ट्रपति माेहम्मद असरफ घानि (Mohammed Asaraf Ghani) ले सुशासन नदिई अमेरीकि पैसा खाईरह्ने र लामाे समय अरूकाे देशमा अमेरीकि सेना रहँदा ईस्लामिक देशबाट शत्रुता कमाईने भएकाेले दीर्घकालीन् साेचले नै अफ्गानिस्तानमा पूर्ण शान्ति बहालीकै लागि अमेरिकि नियन्त्रण हटाएर छाेडेका थिए ।

आजकाे दिनमा ट्रम्पले पाकिस्तान समर्थित आतंकवादीहरूले भारतकाे पहलगाममा २६ जना पर्यटकलाई मार्दा भारतले पाकिस्तानभित्र नियम अनुसार सूचना दिएर आतंकी ठेगाना र आतंकीलाई आक्रमणकाे निशाना बनाउँदा पाकिस्तानले रिटालिएट टर्कीकाे सहयाेगमा समेत गर्दा टर्कीका दुई पायलट, धेरै ड्राेनहरूलगायत पाकिस्तानकै पनि धेरै शैन्य बल मरे, एयर डिफेन्स सिस्टम र एयर बेसहरू ध्वस्त भए ।

पाकिस्तानकाे सबै सुरक्षा प्रणाली भारतीय हथियारसामु फेल हुँदा कि त मूकदर्शक भई सक्नलाई कुर्नुपर्ने वा न्युक्लियर विपन्स भारतविरूद्ध प्रयाेग गर्नुपर्ने बाध्यतामा ऊ थियाे । तर सहज थिएन किनकि भारतले उसकाे पावर प्लान्ट नै साे अघि ध्वस्तपार्ने मनशायमा थियाे । बाध्यभएर पाकले अमेरिकालाई भारतीय आक्रमण राेकिदिन अमेरीकि राष्ट्रपति ट्रम्पलाई अनुराेध गर्नलाई भनें जुन मध्यस्थता छँदै थिएन किनकि त्यसमा केवल भारतका शर्तहरू मान्दै पाकका डिजिएमओले भारतीय डिजिएमओलाई आक्रमण राेक्न अनुराेध गर्नुपर्ने थियाे । भयाेपनि त्यस्तै अनि मध्यस्थताकाे कुराे कहाँबाट आयाे ? याे पाकिस्तानकाे जालझेल थियाे, पहिला आक्रमण राेक्न लगाउने अनि पछि भारतकाे “जम्मू-कश्मिरमाथि तेस्राे पक्षकाे मध्यस्थता नस्विकार्ने” नीति विपरीत त्याे बलजफ्ति बाेल्न लगाएर मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने ।

तर माेदीले “ट्रम्पकाे मध्यस्थता”ले नभई “पाक डिजिएमओकाे अनुराेधमा उसले भारतीय शर्त मानेकाेमा आक्रमण राेकेकाे” भन्दै खारेज गरिदिए । यहाँ ट्रम्प बेनकाब भए र रिसाएर पाकिस्तानलाई शैन्य उपकरण सहायता दिने अनि भारतसँग युद्ध गर्नलाई अन्तर्राष्ट्रिय मुद्रा काेषबाट, जनतालाई खान नभई, ऋण दिलाईदिए !

साे अघि ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लाेदाेमिर जेलेन्सकीलाई ह्वाईट हाउसमा बाेलाएर रूसले तिम्राे जमीन कब्जा गरिसकेकाे जतिलाई छाेडेर अब खनिजलाई रूस र अमेरिकाले बाँड्ने हुन् र युद्ध राेक भनेर धम्काए । जेलेन्सकीले नमान्दा कतिले समर्थन भने कतिले विराेध गरे तर युक्रेनी जनताकाे शान्ति, मान र सुरक्षाकालागि व्यक्तिगत अपमान सहेर भएपनि ट्रम्पसँग पुन: वार्ता गरेपछि रूसले युद्ध न राेक्ने तर खनिज र जमीन लिने विस्तारवाद, दुष्ट बुद्धि र झगडिया रहेकाे व्यवहार प्रदर्शन गरे । यहाँ एऊटा लाेकतान्त्रिक र सार्वभाैम देश युक्रेनलाई यसरी असहायकाे बेला दु:ख दिनु अमेरिका जस्ताे शक्ति राष्ट्रकाे कुन सहन, साैम्यता र लाेकतान्त्रिक आचरणभित्र पर्याे ? ट्रम्पले शान्ति बहालीकाे झूट्टा क्रेडिट लिन खाेजे तर यहाँपनि कम्युनिस्ट रूस अगाडि हारे ।

पछिल्लाेपटक ट्रम्पले प्यालिस्टाईनसँग युद्धमा पस्त ईजरायललाई ईरानविरूद्ध कम्प्रिहेन्सिभ टेस्ट ब्यान ट्रीटि (CTBT) मा हस्ताक्षर नगर्दा ईरान परमाणु अस्त्र भएकाे पाकिस्तानपछि दाेस्राे देश हुने भनी उचालेर मध्यपूर्वलाई शान्ति राख्न ईरानमाथिकाे आक्रमण जरूरी छ भन्दै युद्धमा हाेमिदिए । तर ईरानद्वारा ईजरायलका विमानस्थलहरू ध्वस्तपारिंदा अनि एयर डिफेन्स सिस्टम याे लेख तयारपार्दासम्म एघार दिनजतिमात्र रहेकाेमा ईजरायललाई हथियार समर्थन नदिई जुन अमेरिकाले ईरानी सर्वाेच्च नेता आयाताेल्लाह अलि खामेनेई (Ayatollah Ali Khamenei)काे सरेण्डरकाे काउन्ट डाउन दिन्थ्याे, त्याे सकेपछि ट्रम्पले “अबकाे दुई हप्तामा विचार गर्ने कि हामी युद्धमा भाग लिने कि नलिने” भनी ईजरायलसँग एक प्रकारले धाेखा गरेकाे छ । याे ट्रम्पकाे पछिल्लाे कूटनीतिक विफलता र खामेनेईकाे अगाडि शर्मनाक पराजय हाे ।

क्यानाडाकाे जी-सेभेन र मुनिरलाई भाेजन

पाक समर्थित आतंकवादमाथिकाे भारतीय पछिल्लाे आक्रमणपछि क्यानाडामा हुनलागेकाे जी-७ काे बैठकमा भारतलाई नबाेलाईने भनी भारतविराेधी नेपालका केहीलगायत विश्वमा केही यस्ताले खुच्चिङ्ग गर्दै थिए । तर जी-७ काे नियम र त्यसभित्र भारतका असल मित्र शक्ति राष्ट्रहरूकाे उपस्थितिबारे लापर्वाह ती नशा खाने केही विचारक र लेखकहरूकाे अनुमानविपरीत भारतलाई निम्ता गरियाे ।

त्यहाँ ट्रम्पले पाकिस्तानी सेना चीफ जर्नल असिम मुनिर (Asim Munir)लाई पहिल्यै डिनर खुवाईकन आफ्नाे नाम नाेबेल शान्ति पुरस्कारकाे लागि मुनिरद्वारा प्रस्तावित गर्न लगाईवरी गएका थिए । त्यसै ऊक्साहटमा भारतीय प्रम माेदीलाई “अमेरिकाकै मध्यस्थतामा भारत-पाक द्वन्द्व राेकिएकाे हाे, अमेरिका जाउँ डिनर खाँदै व्यापारीक सम्झाैता गराैं” भन्दा माेदीले “भारतकाे पवित्रभूमी मलाई केही जरूरी कार्यगर्न बाेलाउँदैछ, निम्ताकाेलागि धन्यवाद” भनी निम्तालाई ठुकराईदिए ।

ट्रम्पलाई शान्ति पुरस्कार

दाेस्राे कार्यकालकाे लागि ट्रम्प अमेरिकाकाे राष्ट्रपतिमा आउने बित्तिकै मान्छेले उनकाे बिजनेस टाईकून एलन मस्कसँगकाे विशेष लगाबले केही नयाँ गर्लान् कि भन्ने लागेकाेमा अन्तरिक्षमा नाै महिनादेखि फँसेकी सुनिता विलियम्सलाई धर्तीमा सकुशल ल्याएर सम्भवत: लागत खर्च थुप्रै कर्मचारीलाई कटाैती गरेर मस्कलाई शुल्क तिरे । ट्रम्पकाे साेच भने राजनैतिक-व्यापारिक फ्युजनबाट दुनियाँलाई आफू “मानवता र शान्तिकाे लागि काम गरिरहेकाे” कन्फ्युज्ड् म्यासेज दिई नाेबेल शान्ति पुरस्कार “जित्ने” मनशाय थियाे ।

तर माथि उल्लेखित प्रायाेजित जस्ताे देखिने विभिन्न द्ई देशीय कथित् युद्ध/तनाव पहिला निम्त्याएर पछि युद्ध विराम वा शान्ति कायम गराएकाे नाटक लगातार कम समयमा भारत-पाक, रूस-युक्रेन र ईरान-ईजरायलमा देखिँदा ट्रम्पकाे पाेल नखुलेपनि पाकिस्तान शैन्यचीफ असिर मुनिरलाई भाेज खुवाएर आफ्नाे नाम प्रस्ताव गर्न लगाउँदा ट्रम्पकाे खुराफाती दाऊ प्रष्ट भएकाे हाे ।

उनले आफ्नाे पैसा र अमेरिकाकाे राज्य शक्तिकाे दुरूपयाेगमा म जेपनि गर्नसक्छु भन्ने गलत साेचमा रहेर शान्ति स्थापनाकाे लागि साँच्चिकैकाे युद्धरत्त देशहरूलाई शान्तिवार्ताकाे टेबुलमा नल्याई उल्टै युद्ध भड्काएर कथित् शान्ति स्थापना गर्न चाहेका छन् ।

अत: उनकाे पाेल खुलेर अब सम्भवत: नाेबेल शान्ति पुरस्कारजस्ताेकाे लागि अयाेग्य ठहर्याइनेछ ।

(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय