सुतेकै ठाउँमा मृत भेटिए माओवादी नेता


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं संविधानसभा सदस्य वीरेन्द्र जुहारचनको सुतेकै ठाउँमा मृत्यु भएको छ।

मुस्ताङ घर भएका जुहारचन माओवादी केन्द्रको जेष्ठ कम्युनिस्ट मञ्चका सदस्या तथा ०६४ को संविधान सभा सदस्य हुन् । उनको ६९ वर्षको उमेरमा मुस्ताङस्थित आफ्नै निवासमा निधन भएको माओवादी पार्टीले जनाएको छ।

जुहारचनको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन्। अध्यक्ष प्रचण्ड सहभागी मुस्ताङको कार्यक्रममा सक्रिय रहेका जुहारचन घर फर्केर सुतेका थिए।  पोखरा हुँदै मुस्ताड पुगेका अध्यक्ष प्रचण्ड सहभागी कार्यक्रममा गएर जेठ २८ गते राति आफ्नै निवासमा फर्किएका उनी बिहीबार बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन्। उनको हृदयाघातको कारण निधन भएको आशंका गरिएको छ।

जुहारचनको निधनले सिंगो पार्टी मर्माहत भएको भन्दै अध्यक्ष प्रचण्डले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय