टेलिकमको जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु


काठमाडौं । बाजुरामा नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको जगन्नाथ गाउँपालिका- २ काँडाकोटमा मंगलबार बिहान नेपाल टेलिकमको बा ५ च २२०९ नम्बरको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा अन्य २ जना घाइते भएका छन् ।

टेलिकमको टावर मर्मतका लागि कैलालीको अत्तरियाबाट गएको जिप सडकबाट ८० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय