३९५ जना सगरमाथा चुचुरोमा पुगे

काठमाडौं । वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका छन् ।

पर्यटन विभागका अनुसार, १३५ आरोही र २३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति लिएका छन् । शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीका सात जना छन् ।

हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । यसपटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही आएका छन् ।

सगरमाथासहित २७ हिमालमा यस सिजनका लागि १२७ समूहका एक हजार १६८ जनाले आरोहण अनुमति लिएका छन् ।
यसअघि मौसम अनुकूल भएसँगै गत आइतबार एकैदिन १३५ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । रासस

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • सक्षम प्रधानमन्त्रीलाई बधाई !

    आज फागुन २१ नेपालीका लागि ऐतिहासिक दिन सावित भएको छ। देशकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै दिन आज प्रतिनिधि...