सगरमाथा आरोहणका लागि बेसक्याम्प पुगे विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सगरमाथा आरोहण गर्ने भएका छन् । उनले यस अघि लोबुचे हिमाल आरोहण गरिसकेका छन् ।
महामन्त्री शर्मा राजनीतिसँगै हिमाल आरोहण र गीत संगीतमा समेत रुचि राख्छन् । उनले नयाँ चलचित्रमा संगीत पनि दिएका छन् ।अहिले सगरमाथा आरोहणको लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेकाे शर्माले संजालमा जानकारी गराएका छन् ।
बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको जानकारी गराएका हुन् । उनी सामाजिक संजालमा पनि आफुलाई अपडेट राखिरहने नेता हुन् ।
उनले फेसबुकमा लेखेका छन्,’अहिले म फाइनल अर्थात सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु । ६ हजार १ सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरिसकेको हुँदा, सगरमाथा चढ्न पाउने मापदण्डमा म पर्छु र त्यही मापदण्ड बमोजिमको अनुमति पत्र पनि म सँग छ ।’
उनले सगरमाथा बेसक्याम्प पुग्दैमा सगरमाथा नपुगिने बताउँदै इच्छाएका कुरा हासिल गर्न सोही बमोजिमको योग्यता पनि हुनुपर्ने बताए ।

