गौरी टापमा पर्यटकका रंगीन टेन्ट (तस्बिरहरू)

रासस

सोलुखुम्बु र ओखलढुंगाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको स्पार्क एड्भेञ्चरमा २०० भन्दा बढी व्यक्तित्व सहभागी भएका छन्।

उनीहरू शुक्रबार राति गौरी टापमा टेन्ट क्याम्पिङ गरी यहाँको पर्यटकीय गन्तव्यको चर्चा गरेका छन्।

कलाकारहरू राजेश हमाल, क्याप्टेन विजय लामा, गायिका आनि छोइङ डोल्मा, गायक राजु लामा, विमलराज क्षेत्री, सुनिता दुलाल, आस्था राउत, बिबिसी मास्टर सेफ सन्तोष साह लगायतको उपस्थिति रहेको कार्यक्रम सबै जना टेन्ट क्याम्पिङमा रात बिताएका थिए।

विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका आठ हजार मिटरभन्दा अग्ला छ वटा हिमाल नजिकबाट देख्न पाइने यो क्षेत्र प्रचुर पर्यटकीय सम्भावना भएको गन्तव्य हो।

यो क्षेत्र २५ भन्दा बढी प्रजातिका गुराँसका साथै सूर्योदय र सूर्योस्तको मनोरम दृश्यवालोकनका लागि उपयुक्त गन्तव्य हो।

तस्बिरहरू:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • सक्षम प्रधानमन्त्रीलाई बधाई !

    आज फागुन २१ नेपालीका लागि ऐतिहासिक दिन सावित भएको छ। देशकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै दिन आज प्रतिनिधि...