त्रिविमा अबको उपकुलपति काे ?

मनोज कुमार कर्ण

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा असमयमै मिति २०८१ चैत्र १३ गते उपकुलपति पछिल्लाेपटक भएकाे नियुक्ति २०८० फाल्गुण १० गतेबाट जाेड्दा कर प्राडा केशरजंग बरालले करिब १३ महिनामा नै राजीनामा दिनुभई गत २०८१ चैत्र २८ गतेबाट रिक्त हुन पुगेकाे छ ।

उहाँ नेपाली काँग्रेस र माओवादी केन्द्र सम्मिलित माओवादीबाट प्रम पुष्पकमल दाहाल “प्रचण्ड”बाट विज्ञापन भई मेरिटाेक्रेसीबाट नियुक्तभएकाे भनिएकाे थियाे । २०८० काे पाैष २० गतेबाट त्रिविमा भीसिकाे विज्ञापन गराउने छनाैट समिति र विज्ञ समिति अति नै विवादीत भई शर्ट लिस्टिङदेखि नै अपार्दर्शी र अन्यायपूर्ण तरीकाले ३ नाम र अन्तिममा एक नाम सिफारिश गरिएकाे सम्मिलितहरूबाट नै व्यापक असन्तुष्टि व्यक्त गरिएकाे थियाे ।

तर प्रचण्ड सरकार भने हात्ती चले बजार ताे कुत्ता भुके हजार जस्तै आफ्नाे “मिसन”मा लागेर भीसि नियुक्त गर्याे र परिणामत: १३ महिनामा उनी स्वयं राजीनामा दिएर हिंड्दा, पदमा रहुञ्जेल गरेका सावधिक पदका नियुक्तिहरू र राजीनामापछि स्वयं श्रीबरालले पत्रकार सम्मेलनमा जुन स्विकाराेक्तिसहित आलेख मीडियालाई बाँड्नु भयाे, तीबाट नै उनी विज्ञापन अनुसार उनी दलीय विचारबाट मुक्त रहे-नरहेकाे, आफ्नै अरिजिनिल स्ट्रेंग्थमा काम गरि/नगरिरहेकाे र प्रतिस्पर्धीमध्येबाट कति याेग्य भई आएका थिए, त्याे परिणामले नै बताईसकेकाेले लेखिराख्नु परेन ।

यस्ताे अवस्थामा अब त्रिविमा भीसि कस्ताे मान्छेलाई पठाउँदा पूरा ४ वर्ष टिक्ने र परिणाम पनि दिएर जानेबारे प्राज्ञिक जगत्मा विभिन्न अड्कलहरू काटिईरहँदा याे लेख त्रिवि, नेपाली समाजलाई मद्दत मिल्नेगरी साेहि अनुसार नेपाल सरकारलेपनि व्यक्ति छनाैट गर्न सकाेस् भन्नेमा केन्द्रित छ ।

छाेटकरीमा विगतकाे विज्ञापनमा त्रुटि

२०८० काे पाैष महिनातिर त्रिविमा भीसि पदकाे लागि विज्ञापन प्रचण्ड सरकारद्वारा गरिंदा नियतवश नै गम्भीर केही गल्तिहरू गरिएकै थिए । लाेकतन्त्रमा जिम्मेवार नेताले आफूबाट गल्तिहुँदा वा राम्राे हुँदा दुईटै अवस्थामा त्यसकाे जिम्मा लिन्छ । तर नेपालमा जसरीपनि नेताहरूले देशका भाईटल पाेष्ट खाेस्ने, स्वार्थ राखेर “मिसन”मा पात्र पठाउने, राम्राे भयाे भने सबै क्रेडिट लिने तर बिग्रयाे भने “काम गर्न दिएन” भने अन्यलाई गाली गर्ने परम्परा छ ।

यस अनुसार २०८० काे त्रिविकाेलागि भीसिकाे विज्ञापनमा सेलेक्शन कमिटीमै एक जना केवल उपप्रा चन्द्रकला घिमिरे (डाक्टरपनि हाेइन, जबकि भीसिकाे उम्मेदवार चाहिँ पहिला प्राध्यापक र डाक्टर दुवै हुनुपर्ने भनिएकामा व्यापक विराेधपछि २०८० पाैष २२ गते पुन: प्राध्यापक भएपनि भर्नपाउने बनायाे) माओवादी निकट राष्ट्रिय प्राध्यापक संगठनकि नेतृलाई नै दलीयमुक्त भीसि छान्ने भनेर राखियाे ।

वास्तवमा त्याे कस्ताे विडम्बनापूर्ण स्थिति थियाे भने भीसि सेलेक्शन कमिटिदेखि एक्सपर्ट कमिटिसम्म एकजनै काेहीपनि डेमाेक्रेट थिएन, सबै वामपन्थी थिए ! त्यतिमात्र हैन कि भीसि खाेज्ने प्रा र डा दुईटै टाईटिल भएका तर एक्सपर्ट टीममा रहेर अन्तर्वार्ता लिने एकजना युजीसि-नेपालमा केवल प्रा रहेका प्राध्यापक शंकर भण्डारी थिए, उनी डाक्टर थिएनन् । सुरक्षा र गाेपनीयताकाे कारणले स्राेत खुलाउन स्तम्भकारलाई गाह्राे तर कन्फर्म सूचना के हाे भने कि भीसिकाेलागि अन्तिम तीन नाम सिफारिश मध्ये एकजना यस्ताे मूर्धन्य “विद्वान्” र एक्सपर्ट कमिटिका एकजना यस्ताे “ईमान्दार” परे कि एक्सपर्टले नै उसकाे भीजन र वर्क प्लान पेपर्स लेखेर आफैंले मूल्याङ्कनपनि गरिदिएर शर्टलिस्टदेखि अन्तिम तीन नाम सिफारिशसमेतमा पारिदिए ।

यी भूलहरूका अलावापनि सिफारिश माओवादी विचारनिकट प्राडा चित्रबहादुर बूढाथाेकीलाई कार्यविधिले ताेकेकाेभन्दा बढी तर बिना कैफियत अङ्क अन्तर्वार्तामा दिई एक नम्बरमा पारिएकाे थियाे भने ४१ जना प्रतिस्पर्धीमध्ये १४ जनाकाे शर्ट लिस्टिङ्ग भएकाबाट केवल ३ जना वामपन्थी मात्र नेपालमा “याेग्य” रहेकाे झैं नाम सिफारिश गरिएकाे थियाे । अर्थात्, कुलपति साे बेला प्रचण्ड माओवादी, सहकुलपति शिक्षामन्त्री अशाेक राई वामपन्थी, सेलेक्शनदेखि विज्ञ समितिहरूसम्म सबै वामपन्थी त्यसैले अन्तिम तीन नाम सिफारिश पहिला दुई माओवादी र तेस्राे नम्बर विगतका एमाले हाल समाजवादी “न्युट्रल” सबै वामपन्थी नै परे र प्रचण्ड सरकारकाे नजरमा सबैथाेक “फेयर” नै भए !

माथि उल्लेख गरिएझैं प्रचण्ड सरकारले किन यति बिघ्न गरेभन्दा उनलाई पूरा छुट एक प्रकारले स्वयं काँग्रेस सभापति शेरबहादुर देउवा नै थिए किनकि उनले त्रिविमा सबैभन्दा ठूलाे पद रजिष्ट्रार नै हाे, भीसि केहिपनि हाेइन भनी कान भरिएकामा माओवादीलाई भीसि लेउ भनेर छाड्नुभएकाे थियाे । डेमाेक्रेट प्राध्यापकहरूले पटकपटक भीसि नछाेड्न सुझावदिंदापनि उहाँले सुझाव नलिने हुनुभएपछि माओवादीले मनपर्दी गर्ने अवस्था आएकाे थियाे । यतिपछि पनि अपार्दर्शीता र जालझेलपछिपनि माओवादी विचारबाहेक अन्य उम्मेद्वार वा कम्तिमा डेमाेक्रेट विचारवाला भीसिका उम्मेदवारहरूले सर्च र एक्सपर्ट कमिटिहरू गठन हुँदा नै शर्ट लिस्टिङ्ग अघि नै “तिमिहरू आफैंले पद लेउ, हामी उम्मेदवारी फीर्ता लिन्छाैं” भनेर प्रचण्ड सरकारलाई अप्रत्यक्ष “मूर्ख” सावित गर्न नसक्नु महाभूल थियाे ।

अवस्था कस्ताे थियाे भने भीसि दलीय विचारमुक्त छान भनेर प्रचण्ड सरकारले नाैटंकी भाषा बाेल्याे तर आफ्नै माओवादी नेता देवेन्द्र पाैडेल “सुनिल”लाई भीसि छान्न “सहजीकरण” गर भन्दा माओवादीभित्रै महाभारतभएर जनार्दन शर्मा र वर्षमान पुनहरू समानान्तरमा प्रचण्डकाे राेजाईका केशरजंग बरालकाे ठाउँमा प्राडा चित्रबहादुर बूढाथाेकीलाई अगाडि सारिदिए भने डेमाेक्रेटमध्ये विगतमा त्रिविमै भीसि, रेक्टर आदि रहिसकेका कसैकाे नाम शर्ट लिस्टमा पनि परेन !

उच्च शिक्षा अन्तर्गत त्रिविका आवश्यकता र चुनाैती

वास्तवमा नेपालकाे उच्च शिक्षा विगत केही दशकदेखि निरन्तर ओरालाे लागेर चिन्ताजनक स्थितिमा छ । विद्यार्थी विदेश पलायन समस्यादेखि शीपमूलक समसामयीक विषयवस्तुमा आधारीत पाठ्यक्रम नभई विद्यार्थीकाे पढाईसँगै राेजगार दिन असफल जस्ता टड्काराे अवस्था छ । त्रिविबारे पूर्व भीसि प्राडा तीर्थराज खनियाकाे पालामा सन् २०१८ मा बनेकाे त्रिवि भीजन सन् २०२० – सन् २०३० अनुसार यसलाई पुनर्संरचना गर्नुछ, बेलायतस्थित टाईम्स हायर एड्युकेशनमा त्रिविकाे हाल १५०० प्लस लिस्टिङ्गमात्र रहँदा रैकिङ्गमा पनि टाैप ५०० र अझ माथि उकासेर गुणस्त्तरीय बनाउनु छ । हाल त्रिविकाे हरेक क्षेत्रमा सरकार स्वयंद्वारा कहिले जग्गा खाेसेर भने कहिले त्रिवि परिसरमा अन्तर्वार्तामा वा प्राध्यापक संघमा बिना अनुमति प्रहरी पठाईएर भने त्रिवि सेवा आयाेगलाई लाेक सेवा आयाेगकाे जिम्मा लगाई स्वायत्ततामा हमलाहरू लगातार गरिएकाे अवस्था छ ।

माथि उल्लेखित चुनाैती नै चुनाैती त्रिविमा रहँदापनि प्रचण्ड सरकारद्वारा नियुक्त “दलीयमुक्त” माओवादी भीसि प्राडा केशरजंग बरालले भने त्रिविमा १३ महिना रहँदा त्रिवि स्मृतिभवनसँगै त्रिवि प्राध्यापक संघकाे केन्द्रीय कार्यालयपनि माेहन वैद्ध माओवादी पार्टी तथा माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी)हरूलाई त्रिविकाे ईतिहासविपरीत दलीय अधिवेशन गर्न दिइएर त्यसमा खुकुरी भाँच्नेदेखि कुर्सी ताेड्नसम्म दिईए ! सावधिक पदमा नियुक्ति हुँदा काेहीपनि माओवादी बाँकी नहुनेगरी सबैलाई पदमा पुर्याईए, रास्वपाबाट शिक्षामन्त्री मान्य सुमना श्रेष्ठकाे समर्थनमा माओवादी भीसि बरालले प्रहरी लगाएर अन्तर्वार्ता गरि वामपन्थीलाई प्राध्यापक बनाई समाजशास्त्र केन्द्रीय विभागका प्रमुखपनि अनेरास्ववियुहरूकै कथित् माेटरसाईकल मार्चपास “दबाव”मा नियुक्तपनि गरियाे ।

कर्मचारी सरूवामा सबै मालदार अफिसदेखि महत्त्वपूर्ण ठाउँमा माओवादीलाई सेट गरियाे भने रास्वपाकी मन्त्रिसँग मिलेर माैजूदा आंशिक, करार, ज्यालादारी प्राध्यापक तथा कर्मचारीलाई अदालत, अर्थाभाव आदि देखाएर लखेटीकन नयाँ ठेक्का-करारमा रास्वपा-माओवादी कर्मचारी र नयाँ आंशिक, करार प्राध्यापक वा विज्ञापनद्वारा वैध बनाइएर दलीय प्राध्यापकहरू हुल्ने याेजना थियाे, जुन राजीनामापछि तुहियाे । स्वभाविक छ कि सर्पकाे खुट्टा सर्पले नै देख्छ भन्ने उखान अनुसार नेपालमा एमाले कि माओवादी एकमात्र वामपन्थी दल बलियाे सावित गर्ने प्रतिस्पर्धीमध्ये माओवादीले सत्तामा छँदा यति दादागिरी कथित् विज्ञापनकाे नाममा भीसिदेखि नै सावधिक पदसम्म गरिरहँदा पछि एमालेका कुलपति तथा प्रम केपी ओली आउँदा माओवदी भीसि बराललाई पेले र उनी भीसि नभई माओवादी क्याडर नै सावित आफूलाई गरेका हुनाले घर गए !

अबकाे भीसि खनिया कि काेइराला ?

हाल नेपालकाे प्राज्ञिक जगत्मा त्रिविकाे भीसिमा एमालेबाट, रेक्टरमा माओवादीबाट तथा रजिष्ट्रारमा काँग्रेसबाट हुने हुन् भन्ने अनुमान लगाईंदैछ । तर वास्तविकता भने अर्कै छ किनकी राष्ट्र बैंककाे गभर्नर काँग्रेसले लिने भनिएकाेमा अर्थमन्त्रीकाे सहमा कामु गभर्नरद्वारा अड्काइएकाे स्थितिमा यदि एमालेले गभर्नर लियाे भने यता नेपालकाे राेगग्रस्त भागबण्डाकाे नीति अनुसार काँग्रेसले त्रिविकाे भीसि लिने सम्भावना बढ्नेछ । तर एमाले यस्ताे निस्क्याे आजसम्म कि उसले काेएलिशन सरकारसमेत बिर्सेर गभर्नरपछि अनैतिक भएर भिसिपनि खाेस्ने हाे भने काँग्रेसलाई शिक्षा मन्त्रालय र विश्वविद्यालयतर्फ खास रुचि नै छैन ! हुनत एमाले निकट नेपाल प्रगतिशिल प्राध्यापक संगठनले त्रिविमा भीसि लिने भए धेरै नाम “बजार”मा छन् तर अन्तिममा भने त्रिवि कस्ले अब चलाउन सक्छन् भन्ने बहस हुँदा प्रजातन्त्रवादी प्राध्यापक संघ निकट पूर्व भीसि तीर्थराज खनियाँ अनि प्रगतिशिलनिकट उपेन्द्र काेइरालाकाे नाम मात्र सुनिन्छ ।

काेइराला विगतमा उच्च मावि शिक्षा परिषद् हाल राष्ट्रिय परीक्षा बाेर्डमा डा. खनियाझैं उपाध्यक्ष अनि त्रिविमा खनियाकाे भीसिकाे अनुभवजस्तै उनकाे उत्ता मध्यपश्चिम विश्वविद्यालयमा भीसिकाे अनुभव राखेर अन्य क्षेत्रमा सरकारी नियुक्ति तथा अड्न सक्ने क्षमता देखाएका छन् । तर काेइरालाकाे ठाउँमा प्राज्ञ खनिया भनेकाे काेइरालामाथि भारी पर्ने २० नै हुन् किनकि त्रिविमा विगतमा खनिया भीसि छँदा कर्मचारी, प्राध्यापक वा विद्यार्थी कसैलेपनि कहिल्यै बन्द, हड्ताल, तालाबन्दी गर्नसकेनन् ।

त्यतिमात्र हैन कि डा. खनियाले पूर्ववर्ती भीसि हिराबहादुर महर्जनले सम्झाैता गरेका १६ सय सिटका खुल्ला र आन्तरीक विभिन्न पदका प्राध्यापककाे विज्ञापन खुलाएर सम्पन्नपनि गराए । हिराबहादुर महर्जन र आफूपछि भीसि आएका प्राडा धर्मकान्त बास्काेटाहरूका पालामा एक सय ३० दिन बढी त्रिविमा विद्यार्थीले तालाबन्दी गर्दा शितल निवासबाट तात्कालीन् महामहिम राष्ट्रपति विद्यादेवि भण्डारी र बालुवाटारबाट साेबेलाका पनि सम्मानीय प्रम केपी ओलीहरूले चीया खान निम्ताे दिएर सहयाेग माग्दा डा. खनियाले तालाबन्दी खुलाएर कम्युनिस्ट भीसिहरूलाई चार वर्ष “टिकाईदिएकै” हुन् ।

यसपछि डा. खनियाँले त्रिविकाे रैकिङ्ग टाईम्स हायर एड्युकेशन लण्डनकाे म्यागजिनमा आफैंले गराउन थालेका, त्रिविकाे स्वायत्तता माथि धावा बाेलेर चितवनकाे जमीन सरकारले खाेस्दा भीसि छँदै सरकारविरूद्ध अदालत गएका तथा त्रिविकाे पुनर्संरचना भीजन सन् २०२०-सन् २०३० बनाएका छन् । निवर्तमान भीसि बरालले राजीनामा स्विकृतिपछि आफैंले “मैंले खनिया सरकै त्रिवि भिजनमा आफ्नाे वर्क प्लानलाई सात सदस्यीय कमिटिले सेट गरिदिएपछि साेही अनुसार काम गरिरहेकाे तर नयाँ केही नगरेकाे” स्विकाराेक्ति आलेख नै लेखेर मीडियालाई दिएर गरेका छन् ।

तसर्थ, अब वर्तमान कुलपति केपी ओली, काँग्रेस सभापति देउवा तथा माओवादी सुप्रिमाे प्रचण्डहरूले निर्णय लिने बेला आएकै हाे कि भीसि अब डा. खनियाजस्ताे भीजनभएका अरिजिनल क्षमता भएकाे, उच्च शिक्षामाथि सन् २०२४ मा दुईटा पुस्तकपनि लेखेका, विद्यार्थीलाई डिल गरेर तालाबन्दी हुन नदिएका र अरूलाईपनि सघाएकालाई दिने वा, कि देउवा, ओली, प्रचण्डकाे नजिक भएकै आधारमा फेरि काेही बरालजस्ताे अरूकाे भीजनमा काम गर्ने डुप्लिकेटलाई केवल बायाेडेटा भर्नलाई त्रिविकाे भीसिमा नियुक्त गर्ने ?

तर उपेन्द्र काेइराला र तीर्थराज खनियामा एउटा समानता के छ भने कि अब कथित् विज्ञापनमा आफूहरूले ईज्जत गुमाउन नजाने, बरू सरकारले बाेलाएर परम्परागत सर्च कमिटिद्वारा त्रिविलाई सम्भालिदेउ भन्दा पछि हट्ने कुरा हुँदैन !

(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढाेका, ललितपुर)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय