नेताहरूकाे चासाे जनताकाे चाहनामा हुनुपर्ने

मनोज कुमार कर्ण

२०६३ साल वैशाख ११ गते सक्रिय राजतन्त्र जस्ताे लाेकतान्त्रिक सरकारलाई सत्ताबाट हटाएर शासन गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले स्वयं र शाहवंशकै राजनीतिक भविष्य केही राजावादी-दरबारीयाकाे सत्ता लालचले भरेकाे कुरा सुनेर त्यहि त्यहि गर्दा दाउमा राखिहाले ।

समकालीन नेता नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद काेइरालाकाे भाषामा “याे राजा (ज्ञानेन्द्र) गयाे” किनकि आमजनताले गलत कदम चाल्दा सम्हलिने चान्स हुन्छ तर राजाले गलत कदम लाेकतन्त्रप्रति चाले भने पछि हट्ने चान्स हुँदैन । त्यसाे भएकाे हुनाले नै २०६५ ज्येष्ठ १५ गते सदनबाट औपचारिकरूपमै नेपालबाट राजतन्त्र हटाईएकाे घाेषणा भयाे । यस असाधारण घट्नापछि इतिहासमा “पूर्वराजा” बनिसकेका ज्ञानेन्द्र शाहले आफ्नै अलाेकतान्त्रिक चाल र महत्त्वाकांक्षाले गर्दा जनता र सुरक्षा निकाय सबैकाे साथ गुमाए र नारायणहिटी दरबारलाई उनकाे दाबी अनुसार स्वेच्छाले नभई बाध्यतामा छाड्नुपर्याे ।

साेपछि भयत्रासले ग्रस्त, भूमरीमा केही मेसाे नपाएका राजाले प्राकृतिक आपद-विपदमा नीजि कमाईबाट जनताकाे घाउमा मलम लगाउने, आश्रम खाेल्ने, अस्पताल खाेल्ने जस्ता जनकल्याणका काम नगरी पुन: मन्दिरकाे नाममा करिब ८५ प्रतिशत नेपालमा रहेका सनातन हिन्दूलाई ईमाेश्नल ब्ल्याकमेल गरि पुन: आफू राजा हुने सानाे श्वरले बाेल्दै गत फाल्गुण ७ गते प्रजातन्त्र दिवशकाे पूर्वसंन्ध्यामा “जनताले साथ देउ, म राजा नै हुन्छु” भन्ने खालकाे सन्देश दिए । याे उनकाे सत्ताकाे छट्टपट्टी, उनलाई देखाएर अन्य राजावादीले सत्तामा उक्लने दाउ खाेजिरहेकाे र बाेल्नपनि उचालेका आदि छन् ।

याे लेख राजावादीले श्रीमान् ज्ञानेन्द्र शाहलाई यति गते, उति गते नारायणहिटीमा लग्ने वास्तविक कुराभन्दापनि हाैवा पिटाऊंदापनि किन चर्चाकाे विषय बने, दलहरू कहाँ चुकिरहेका छन् र अब दलहरूले गर्नुपर्ने के हुन्, त्यसमा समर्पित छ ।

किन हाैसिए पूर्वराजा ?

गणतन्त्रमा सबैकाे बाेल्ने अधिकार हुन्छ, पूर्वराजा ज्ञानेन्द्रले पनि बाेलिरहेका छन् । यसलाई उनका समर्थित मिडियाबाहेक अन्य बुद्धिजीवि वा साधनहरूले महत्त्व दिनु जरूरी छैन । शाह हाैसिने पछाडीका कारणमा सत्ताधारी र विपक्षी दलहरूका मुख्य नेता, पूर्वमन्त्री, सचिवहरू ठूल्ठूला भ्रष्टाचारका काण्डहरूमा मुछिनु तर सम्बन्धित निकायबाट रहस्यमयढंगले ती नेताहरू जाेगाइएर अन्यलाई डामिनु जसले जनतामा वितृष्णा छ ।

तर यसकाे अर्थ २०४६ अघिसम्म पञ्चायती काल र २०४६ देखि २०६३ वैशाख ११ गतेसम्म संवैधानिक राजतन्त्र कालमा दरबारीया नेताहरू गंगाजलले धाेइएका थिए भने हाेईनन् किनकि उनीहरूका भ्रष्टाचार र जनता मार्ने बारे पनि मल्लिक आयाेग, लक्ष्मण अर्यालका प्रतिवेदनहरू छन् जसकाे कार्यान्वयन दलहरूले दया राखेर नै गरेनन् कहिल्यै र फलत: सबै अलाेकतान्त्रिक र हिंसात्मक गतिविधि राजावादी सरकारका दरबारीयाहरूले गरेपनि आज हाैसिएका छन् ।

न २०५८ सालमा राजा विरेन्द्र शाहकाे सपरिवार हत्याकाे ठाउँमा भाई ज्ञानेन्द्र शाहका परिवारका मात्र सदस्यहरूले कसरी बच्न सफल भए, त्यसबारे काँग्रेस, एमाले, माओवादी, मधेशवादी दलका अल्छी सरकार र नेताहरूले कहिल्यै जवाफ खाेज्न सरकारी संयन्त्रकाे सदुपयाेग गरे । यहाँसम्म कि गणतन्त्रमा संवैधानिक वाक् स्वतन्त्रताकाे रक्षा ज्ञानेन्द्र शाहकाे पनि छ र त्यसलाई सामान्यरूपमा लिउँ भन्ने दलका नेताहरूले धर्म निर्वाह गर्दा पनि शाहले बिस्तारै बाेल्दै गरिरहेकामा हाल अब हक नै स्थापित गर्नेजस्ताे व्यवस्थाकाे विरूद्ध दण्डनीय तवरले बाेल्न थालेका छन् ।

बाह्य कारणलाई हेर्दा ज्ञानेन्द्र शाहमा अचानक फेरि राजा बन्ने चाह्ना भारतमा भारतीय जनता पार्टी (भाजपा) काे सरकार केन्द्रमा प्रधानमन्त्री नरेन्द्र माेदी, उत्तरप्रदेश (युपी) मा याेगी आदित्यनाथ तथा झण्डै ५० प्रतिशत राज्यहरूमा भाजपाकै सरकारहरू रहँदा अयाेध्यामा श्रीराम मन्दिर बनिसकेपछि मथुरा आदि साेहि क्रममा रहेकाे, जम्मू-कश्मिरबाट धारा ३७० हटिसकेकाे, ट्रिपल तलाक हटाईसकिएकाे, भारतलाई नै अब हिन्दू राष्ट्र घाेषणा गरिने जस्ता थुप्रै कारणहरूले नेपालका राजावादीहरूले माेदी, याेगिबाट सामान्य कर्ट्सी भेटघाट हुँदापनि बढाईचढाई गरि यता नेपालमा प्रस्तुत गर्छन् ।

ज्ञानेन्द्र शाह हाैसिनेमा अमेरीकि राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे भाेट ब्यांक भारतीय सनातनी त्यहाँ रहेकाेले माेदीसँग बाध्यतावश वेभलेंग्थ मिलाएरै काम गर्ने साेच हुनसक्छ । ठिक यहि बेलामा नेपालमा भारतविरूद्ब उग्र साेच राख्ने सरकारकाे हर्ताकर्ता हुँदा नेपाल एफएटीएफकाे ग्रेलिस्टमा झर्दा भारत र अमेरीकाहरूले खासै वकालत गरेर नजाेगाईदिएकाे मनाेविज्ञान राजावादीहरूले आफूहरूकाे लागि “उर्वर राजनीति” गलतरूपले बुझेका हुनसक्छन् । वास्तवमा भारत, अमेरीकाले चीन कम्युनिस्ट, विस्तारवाद, झग्डालु र अविश्वसनीय देशबाट पूर्ण सुरक्षा नेपालकाे भूमीबाट देख्न चाहन्छन् तर त्याे राजा र उनका समर्थकबाट नै हुने भने जरूरी ठान्दैनन् ! याे कुरा राजावादीहरूले पनि बुझ्छन् तर नेपाल न हाे, हाैवा पिटाएरै अधिकांश जनतालाई भ्रममा पार्न सकेर जनता सचेत हुञ्जेल सत्तासीन भईहाल्ने साेच्छन् भने उनीहरूकाे मूर्खतामा आम मीडिया र बुद्धिजीविले किन ध्यान दिने ?

एफएटीएफमा ग्रेमा नेपाल पर्नु वा अमेरीकि एमसीसीकाे रकम, युएसएआइडीका रकममा नेपाल चुक्नु भनेकाे नितान्त मनी लाैण्ड्रिङ्ग, भ्रष्टाचार किन राेकिंदैन नेपालमा भन्ने सवालसँग जाेडिएकाे विषय हाे जसमा यदि दलहरू मुछिएका हुन् विदेशीकाे नजरमा भने राजावादीहरूपनि भ्रष्टाचार र अपारदर्शिताकाे मामिलामा दलहरूकै पाटाेमा विगतदेखि नै हिस्ट्रि शिटर भ्रष्टाचारी नै हुन् !

जताततै अस्पष्टता

नेपालका राजा पृथ्वीनारायण शाहले स्वयंलाई यहाँ ८५-९० प्रतिशत सनातन हिन्दू देखेर विष्णु भगवानकाे अवतार, बूढानिलकण्ठमा नजाने मिथ् गढेपनि केही निश्चित सवालहरूकाे उत्तर नभेट्टाएर राती सुत्न नसक्ने अवस्थामा छन् । र, विदेशीहरूपनि जान्न चाहन्छन् ती कुरा र यदि नेपालमा अब राजतन्त्रलाई समर्थन गरे बाँकी अधिकांश गणतन्त्र, संघीयता, लाेकतन्त्र, समानुपातिक प्रतिनिधित्व, पहिचान पक्षधरहरूकाे झण्डै दुई-तिहाई जनताहरूले आफूहरूकाे समर्थक रहिरह्लान् कि विराेधी भईदेलान् भन्ने असमञ्जशमा परेका छन् ।

पृथ्वी नारायण शाहका अघिल्लाे ११औं पुस्ता तथा शाहवंशी राजाहरूले आफ्ना पूर्वज भनी किटान गरेर गद्दी आराेहण दिवशहरूमा पञ्चायतकाे प्रभावकालमै सरकारी मुखपत्र गाेरखापत्र दैनिकमा छपाईसकेका कुरा “कुलमण्डन खाँ”लाई कसरी सनातन हिन्दू भनेर स्थापित गर्ने सवाल खडा भएकाे छ । के खाँले लम्जुङ्गमा लिगलिगे दाैडमा प्रतिस्पर्धीलाई जंगल-पहाडकाे सुनसान ठाउँमा काटेर एक्लै उक्लेर “विजयी” भएर राजा बनेझैं आज २१साैं शताब्दीमा साेसल मीडिया र गुगल सर्चकाे जमानामा नेपाली जनतालाई झूठफराेसकाे इतिहास दिएर राजा बन्न र धाेखाले बनिहाले टिक्न सम्भव छ ? खाँ थर हिन्दूमा नभई मुसलमानमा हुन्छ जसकाे पहिचान ज्ञानेन्द्र शाहस्वयंले मुसलमानी टाेपी लगाएर आज पर्यन्त दिईरहेका छन् !

यदि शाह राजाहरू विष्णुका अवतार हुन् भने उनीहरूबस्ने नारायणहिटी दरबार “विष्णु भगवानकाे मन्दिर” सरह हुने भयाे अनि त्यस “मन्दिर”काे अगाडि अर्थात्, त्रिचन्द्र क्याम्पसनेर मुसलमानकाे गामा मस्जिद सक्रिय पञ्चायतमै कसरी बन्याे ? त्यति मात्र हैन, हालै पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्गजामा दर्शन गर्नुभएका “आलमदेवी मन्दिर” काे शब्द “आलम” सनातन हिन्दूमा कस्काे नाम हाे ? याे नाम मुसलमानमा भने हुन्छ !

हाे, भारत, भाजपा, आरएसएस, माेदी-याेगी सबैकाे चिन्ता छ कि नेपालमा हिन्दू राष्ट्र बनाउँदै गर्दा कुलमण्डन खाँ मुसलमानका वंशज आलमदेवीलाई पूजा गर्नेलाई सनातन हिन्दूधर्मकाे संरक्षककाेरूपमा राजा कसरी बनाउने ? अन्य सनातनी किन संरक्षक हुन नसक्ने ? चिन्ता थपिएकै हाे कि भारत, अमेरीका स्वयं लाेकतन्त्र र गणतन्त्र भएका देशहरूले कसरी नेपालमा गणतन्त्रनामक “रसभरी” खाईसकेका जनतालाई राजतन्त्रकाे “जेरी” खुवाउने ? यसरी “जेरी” खुवाउँदा लाेकतन्त्र, गणतन्त्र, अधिकार, पहिचान, प्रदेश, संघीयताका विराेधी राजशाहीबाट रिसाएका जनताले यदि भारत र अमेरीकाहरूकै विरूद्ध भड्किदिए के परिणाम हाेला ?

अर्थात्, आरएसएसकाे विदेशनीति “कसैलाई तिमी नै हाैं नभन्ने तर काेही कुनै शक्ति जाेडदाररूपमा जसाेतसाे भएपनि सडकमा आइरहेकाे छ भने उसँग भाेलीकाे सम्बन्ध बनाइराख्नलाई सम्पर्कमा राख्ने” अनुसार मात्र भाजपाका नेताहरूले चासाे नेपालमा राजावादीहरूप्रति राखेका हुन्, समर्थन दिने कुरै आउंदैन । श्रीलंकामा भारतीय प्रम राजीव गान्धिले एलटीटीईलाई दबाउन सेना पठाईदिए पछि उनलाई नै तमिलहरूले मारिदिए तसर्थ, भारतले यस्ताे गल्ति भारतविरूद्ध हुनेगरी जाे जुन दलका आएपनि गर्ने छैन ।

अर्काे, असमञ्जस भारत र अमेरीकाकाे के रहेकाे छ भने नेपालका शाह राजा मुसलमानकै रगत भएकाले विश्वमा अन्य मुस्लिम देशलाई आफ्नाे हीतमा वा “कब्जा”मा राख्न निकै कसरत गर्नुपरिरहँदा यिनै ज्ञानेन्द्र शाह, उनका काठमाण्डाैंका मेयर बालेन साहहरूले विगतदेखि हालसम्म भारतविराेधी तथा प्राेपाकिस्तानी अन्तर्वार्ता, बाईट्स दिईरहँदा किन सघाउने ? के ग्यारेन्टी हाे उनीहरू भाेली चीन-पाकिस्तानकाे पाेल्टामा राजा पुन: बनिसकेपछि नजालान् भन्ने ?

त्यसैले यी काम सरकार र दलले गरून्

वास्तवमा दलहरूले अरू केही गर्नुपर्दैन, बस् एफएटीएफबाट तत्काल बाहिर आउने मनी लाैण्ड्रिङ्ग कानूनहरू फटाफट संसदबाट पारित गर्ने । यसपछि भ्रष्टाचारका फाईलहरू दबाउने नभई कारवाही गर्नुपर्छ, आफ्नै नेता भएपनि र हिजाेका मल्लिक आयाेग वा, लक्ष्मण अर्यालका पनि प्रतिवेदनहरू सार्वजनिक गर्नुपर्छ ।

राजालाई गणतन्त्रलाई सम्मान गर्न दबाव दिनुपर्छ, शासन गर्ने ईच्छा भए चुनावमा आउन लगाउनुपर्छ । यता जनतामा सहि सूचना दिने, सुशासनकाे प्रत्याभूत गराउने, प्रदेश-संघीय कानूनहरू बनाएर काम गर्न दिने ताकी डेलिवरी भईरहेकाे म्यासेज जाओस् । राेजगारकाे सृजना, कलकारखानाकाे जीर्णाेद्धार तथा नयाँ खाेल्नेतर्फ लाग्नुपर्छ ।

कामहरू धेरै छन्, तत्काल परिणाम दिने र जनतामा आशा जगाउने कामहरू भने गर्नुपर्छ, नहुने कामकाे गफ् सरकारले दिनुभएन ।

(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय