विश्वविद्यालय एउटै तर कहाँ चुके अन्यले ?
मनोज कुमार कर्णकाठमाडाैं उपत्यकास्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आंगिक क्याम्पसहरू मात्रकाे संख्या झण्डै एक दर्जन छ । अहिले त नेपालमा विश्वविद्यालयकाे संख्या करिब १७ वटा पुगिसकेकाे अवस्थामा ती युनिवर्सिटिका निकायहरू धेरै बढेका छन् ।
याे लेख भने केही उदाहरणसहित त्रिवि र नेपाल संस्कृत विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूकाे तुलनात्मक दृष्यावलाेकन गरि एउटै नेपाल सरकार, उही-उही युनिवर्सिटि अन्तर्गत लगभग उस्तै आर्थिक सहयाेग पाए पनि किन कुनै क्याम्पस आउटलूक, प्रशासन र सेवामा असल, कमअसल तथा झूर क्याम्पसहरू देखिन्छन् वा सेवा प्रवाहमा गन्ति गरिन्छन् जस्ता कुरा यस लेखले सराेकारवालाकाे ध्यानाकृष्ट गराउन खाेजेकाे हाे ।
यसले व्यवस्थापन र प्रशासनमा सराेकारवालाकाे ध्यानाकृष्ट गराउने भई निजीका राम्रा गुण सेवा छिट्टाे प्रवाह तथा राम्राे आउटलूक जस्ता कुरामा आङ्गिक क्याम्पसलाई पनि तुलना गरि आफूलाई स्त्तराेन्नती गर्न उत्प्रेरणा दिनेछ । राजधानीकै कुरा गरिदिने हाे भने माेफसलका क्याम्पसहरू आफैं अध्ययनकाे दायरामा प्रतिनिधित्व हुनगई लाभान्वित हुने नै छन् ।
निजीतर्फ के देखिन्छन् ?
सामान्यतया निजी कलेज वा बैंकहरूकाे अध्ययन एउटै मातृ संस्थाका शाखाहरूलाई देशैभरी वा, कलेजहरू सम्बन्धन लिएर चलेकालाई देख्दा केही कुरा समान उही प्रकारका हुन्छन् । जस्तै, युनिफर्म ड्रेस काेड हुन्छ, ठिक समयमा पुग्ने, पूरा समय बसेर काम गर्ने, ड्यूटीकाे बेेला सेवाग्राही भए वा नभएपनि कर्मचारीले ग्राउण्डमा हल्लिनु नभएर आफ्नाे ठाउँमा मुस्तैद (सेवा दिन तम्तयार) रह्नु, खाजा खाने बेला र ताेकिएकाे समयजति मात्र सेवा स्थगन हुनु, राम्राे तथा आकर्षक रंगराेहन देखिनु आदि हुन्छन् ।
साथै, खानेपानी, शाैचालय, प्रतिक्षालय, बाहिर सुरक्षागार्ड तैनाथ आदि हुन्छन् । आजकाे काज भाेली नभनी तुरून्त सेवा दिईन्छ र आफूले नबुझेकाे कुरा कर्मचारीले तत्काल छेवैकाे जान्ने अर्का सहकर्मीसित साेधेर छरिताे तथा प्रतिस्पर्धात्मक रूपमा सेवा दिन्छ ।
याे भन्न करै लाग्छ आजकाे नेपाली परिवेशमा कि यति सेवा सुविधा दिंदापनि, ड्यूटीकाे चाप भएपनि नेपालका ती निजी कर्मचारी वा निजी कलेजका अध्यापकहरू भाग्यमानी हुन् कि उनीहरूकाे तलबमान, सेवा र सुविधा कम्तिमा सरकारी आफू सरहकाे जति वा बढी पाउँछन् । अर्थात्, ताेकिएकाे समय, जनशक्ति, चाप र स्राेतसाधनमा राम्राे पर्फाेर्मेन्स देखाउने दबाव निजीतर्फ हुन्छ ।
त्यस्तै, याे अर्काे भाग्यमानी कुराे हुनेछ ती आंगिक क्याम्पस वा त्यहाँ पढ्ने विद्यार्थीका आजकाे नेपालमा कि निजीमा जस्ताे माथि वर्णनित् सेवासुविधा युनिवर्सिटि वा भनाैं नेपाल सरकारबाट स्राेत र साधन पाएपनि पाउन सकून् ! तर एउटा के साझा कुरा छन् भने न सबै निजी कार्यालयमा श्रम शाेषण हुन्छ र नै त सबै आंगिक क्याम्पस वा सरकारी निकाय झूर हुन्छन् सेवा प्रवाहमा । अर्थात्, व्यवस्थापक हाकिम, कर्मचारीकाे सेवाभावप्रति समर्पण र सेवामा दण्ड र पुरस्कारकाे सहि मूल्यांकनले गर्दा प्रभाव पार्दाे रहेछ ।
काठमाडाैंका केही आंगिक क्याम्पस
त्रिविका केही आंगिक क्याम्पस काठमाडाैं उपत्यकामा त्रिचन्द्र घण्टाघर, पाटन संयुक्त पाटनढाेका, रत्न राज्य प्रदर्शनीमार्ग, विश्वभाषा त्यहीं, नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग, केन्द्रीय विश्वविद्यालय क्याम्पस कीर्तिपुर, महेन्द्र रत्न ताहाचल, जनप्रशासन बल्खु, ललितकला भाेटाहिटी, शंकरदेव पुतलीसडक, पद्म कन्या बागबजार, पब्लिक युथ धाेबीचाैर-क्षेत्रपाटी, पुल्चाैक र थापाथली ईञ्जिनियरिङ्ग क्याम्पसहरू, सरस्वती क्याम्पस साेह्रखुट्टे, अमृत सायन्स लैनचाैर, नेपाल कमर्श नयाँ बानेश्वर, सानाेठिमी शिक्षा क्याम्पस, भक्तपुर बहुमुखी आदि छन् । त्यस्तै नेपाल संस्कृतकाे आंगिक सबैकाे आँखामा पर्ने वाल्मीकि क्याम्पस प्रदर्शनीमार्गमा छ ।
केही अनुभव बटुल्दा के देखिन्छ भने प्रशासन चुस्तदुरूस्त यी आंगिक क्याम्पसमध्ये पब्लिक युथ, वाल्मीकि, पद्म कन्या, केन्द्रीय क्याम्पस आदिकाे मान्छेले उत्तम भनेर नाम लिइहाल्छन् ।
पब्लिक युथकै कुरा गर्ने हाे भने स्तम्भकारकाे नजरमा : प्राध्याकले काेर्ष सकाए र हिजाे २०६५/०६६ सालतिर ई-हाजीरिकाे व्यवस्था नभएपनि नियमित हाजीरि गर्न जानैपर्ने, ठिक समयमा सबैले पुग्नैपर्ने, जाडाेमा पहिलाे कक्षामा प्रवेश गर्दादेखि नै अफिसमा कार्यालय सहयाेगी एकजनाले प्राध्यापकलाई राताे चीया र अर्काेले डस्टर-मार्कर दिने, कक्षा सकेपछि प्राध्यापकले फेरि अफिसमा नियमित डस्टर आदि बुझाउनुपर्ने, आंशिक शिक्षकले पारिश्रमिक स्थायीले जस्ताे महिनापिच्छे र सबै कार्य भ्याएर कर्मचारीले बाेलाई भुक्तानि ससम्मान गर्ने, विद्यार्थीले कलेज युनिफर्म लगाउनुपर्ने, शंका लागेमा मेन गेट बन्द गरि सानाे गेट छेउकाे खाेलेर आईडी कार्ड र ड्रेसमा भएका विद्यार्थीमात्रलाई प्रवेश दिने आदि पाईए । अति सुन्दर लाग्याे नै । हालकाे स्थिति भने राम्रै हुनुपर्छ भन्ने लाग्छ । त्रिविमा केन्द्रीय क्याम्पसबाहेक यसपछि पद्मकन्या वा, अन्यकाे राम्राे भनी चर्चा हुन्छ । शंकरदेवलगायतकाे पनि राम्रै चर्चा हुन्छ, यस मानेमा ।
टाईट जाँच लिनेमा महेन्द्र रत्न ताहाचलकाे नाम आउँथ्याे पछि मात्र अन्यत्रकाे । कुनै न कुनै नाममा हरेक क्याम्पसकाे नाम अग्र स्थानमा आउँछ तर आउनुपर्ने शीर्षक भने राम्राे पठनपाठन, स्वस्थ्य शैक्षिक वातावरण, प्रशस्त कक्षाकाेठा, सफा क्यान्टिन तथा शाैचालय आदि हुन् । यी यस्ता कुरालाई ध्यानमा राख्ने हाे भने स्तम्भकारलाई संकाेच हुन्छ याे उल्लेख गर्नलाई कि सबै राम्राे स्राेतसाधन आफू नै कार्यरत्त रहेकाे पाटन क्याम्पसमा भने रहेपनि धेरै कुरा सन्ताेषजनक छैन ।

क्यान्टिन छँदै छैन, बल्लतल्ल २-३ वटा जति शाैचालय पूरा क्याम्पसभित्र अलि ठिक छ पानीसहित जबकी भवनपिच्छे सबै राम्राे हुनुपर्थ्याे, प्राध्यापक स्वयंमै अधिकांशमा हाजीरिगर्न नियमितता भएपनि कक्षामा रेगुलारिटि, पंक्चुआलिटी र फुलटाईम ताेकिएजति कक्षाकाेठामा काज गरेर बस्ने छैन, कर्मचारीमा पनि उस्तै समस्या, पुराना भवन, टहरा, टुटेका चूसी फाउण्डेशनका प्रिफ्याबहरू, जताततै फाेहर, कक्षाकाेठामा अन्य समयमा गलत मान्छेले प्रवेश गरि प्रदूषित कलुषित पारेकाे भाेलीपल्ट हेर्नुपर्ने, जाँचमा हाकीमहरूलाई नै आवारा-गुण्डा टाईपका असमाजिक केही तत्वले फाेन, एसएमएसमार्फत् लेखेर ज्यानकाे ध्यानकाे धम्की दिने (उपप्राध्यापकहरूकाे क्याम्पस प्रमुखसँगकाे भेलामा दुइजना सहायक क्याम्पस प्रमुखले एसएमएस नै सबै सामु देखाउनुभयाे), कक्षाकाेठा आरामदायी (Cozy) नभई जाडाेमा चिस्याउने अनि वर्षात्मा भित्रै जीउमै आरडी बिल्डिङ्गकाे केही काेठामा भिज्नुपर्ने आदि छन् ।
तर संस्कृत विश्वविद्यालयकाे वाल्मीकि क्याम्पसकाे स्थिति सिमित स्राेत र साधन भएपनि बाहिरबाट चिटिक्क परेकाे, अध्यात्मिक मार्ग जस्ताे चित्रहरू काेरिएका, घेरेबेरेकाे, भित्रपनि साफसुग्घर, प्राध्यापकहरूकाे मधुरवाणि र व्यवहार, चुस्त प्रशासन, सफा क्यान्टिन आदि छन् । अन्य क्याम्पस सबैकाे माथि उल्लेखितजतिकाे बारे उल्लेख नगरिएकाेमा स्तम्भकारकाे प्रत्यक्ष अनुभव अभाव रहेकाे छ । तर सबैतिरबाट आएकाे साझा कुरा भने राम्राेकाे राम्राे उल्लेख गरिसकियाे भने बाँकीकाे आैसत वा असन्ताेषजनक नै रहेकाे सुनिन्छ ।
पाटनबारे धेरै बाहिरबाट खराब लाग्ने भएपनि किन उल्लेख गरियाे भने पाटनकाे अनुभव विद्यार्थीकालदेखि आज प्राध्यापनसम्म गरिंदैछ । फेरि खराब पर्सेप्सन पर्नेछ भनी लुकाएमा त्यहाँ सम्हाल्नुपर्ने कुरा र कामबारे त्रिवि केन्द्र र नवनियुक्त क्याम्पस प्रमुखले कसरी थाहा पाउने ? स्तम्भकारकाे बुझाइमा आफ्ना कमजाेरीलाई प्वाेईन्ट आउट गरेर सुधार्ने हिम्मत पहिला हुनुपर्छ । र, यदि “प्वाल”हरू नै नपुरिने हाे भने पाटनले कसरी र कहिले प्रतिस्पर्धामा उत्रने ? के प्रतिस्पर्धा राम्राे पठनपाठन, सेवा प्रवाह आदिमा गर्ने कि जाँचमा चिट् चाेराउने, आर्थिक घाेटाला, अपरादर्शिता, अनियमितता, सम्हालिएकाे विद्यार्थी सूझबुझपूर्ण राजनीति नभएर संस्था थिल्थिलाेपार्ने अराजक राजनीतिमा गर्ने ? याे अहम् सवाल हाे, आज ।
अवश्यपनि ठाउँमा क्यााम्पस प्रमुखसमक्ष पनि सार्वजनिक भेलामै र मर्यादितरूपमै पनि स्तम्भकारले राख्ने कुराे बुँदागतरूपमा राखिसकेकाे हाे, अझ बढी बुँदा नै पनि ।
उपसंहार
१) वास्तवमा आफ्नाे घर आफैंले बनाउने हाे तसर्थ, प्राध्यापक, कर्मचारी र विद्यार्थी तीनटैले एउटा आ-आफ्ना ठाउँँबाट साझा न्यूनत्तम काेड अफ् कन्डक्ट बनाउनैपर्छ र व्यवहारमा उतार्नैपर्छ । बल्ल उच्च शिक्षा हाम्राे सुध्रन्छ र क्याम्पस नजिककाे समाजले उक्त क्याम्पसलाई त्यहाँ पत्याएर बच्चा पठाउनेछ । यदि पाटनका बच्चा आरआर वा अन्यत्र पढ्न जाडाेमा दु:ख पाएरपनि जान्छन् भने, मानाैं पाटनलाई नपत्याएकाे लाजमर्दाे अवस्था भयाे । र, अन्य क्याम्पसले पनि यस्तै साेच्नुपर्छ । हाे, आफूले चाहेकाे विषय नजिकमा नभएर पढ्न जानुपर्याे भने त्याे अलग्गै कुरा भयाे ।
२) कतिपय कार्य क्याम्पस स्वयंले स्थानियतहबाट गर्ने हाे भने कतिपय नीति, नियमका कुरा डीन अफिस, परीक्षा नियन्त्रर कार्यालय, अनुसन्धान केन्द्र आदिकाे भर्डिक्ट्समा र युनिवर्सिटिकाे आर्थिकलगायत जनशक्तििकाे सहयाेगमा गर्ने हाे । तर ईमान्दार अनुगमण चाहिन्छ, जुन त्रिविमा आम प्राध्यापकले र स्तम्भकारले पनि बुझेकाे के हाे भने अनुगमण पदाधिकारीद्वारा हाथगाेडा बाँधिएकाे, चाहिएकाे मान्छेलाई जाेगाउने वा डाम्ने तथा अनुगमण स्वयंले पनि जसकाे विरूद्ध अनुगमण गर्न जान्छ, उसैकाे “भात”पनि खान्छ ! के अनुगमणकाे रिजल्ट त्रिविमा हुन्छ, यहिंबाट प्रस्ट हुन्छ ।
३) मानें कि संस्था बनाउनलाई धेरै फ्याक्टर्स ठिक हुनुपर्छ तर संस्थाकाे सर्वेसर्वा एक नम्बरमा उच्च नैतिकवान, प्राज्ञिक, वित्तिय अनुशासित, चाँदीकाे घेरामा केहीद्वारा घेरिएर नरह्ने, स्वयं अल्छी नभएकाे फुर्तिला, गतिला, राम्राे गर्छु भन्ने दृढ निश्चय क्षमता भएकाे, राम्राे कामकाे लागि कसैसित नडराउने, धैर्यवान, सकारात्मक साेच्ने, पहिला गल्ति गर्नेलाई सुध्रिने माैका दिने तर नसुध्रे आफ्नै भएपनि कसूरदारविरूद्ध कार्वाही गर्न नहिच्किचाउने, प्रशासन र ईमाेश्नालिज्म एक-अर्काका विपरीत हुन् राम्ररी बुझेका आदि हुनुपर्छ । अनि बिग्रेकाेबाट लगातार र नियमित सपार्नु छ, अझ बिगार्ने छुट् कसैलाई छैन, सबैलाई आैसतबढी मिलाएर सक्दाे लाने जस्ता राम्रा साेच भएकाे र सेवासुविधामा सकिनेजति आफैंले भाेली नकुरीकन प्रक्रिया मिलाएर माग पूरा गर्ने, नसके पारदर्शी र उचित पहल गरिदिनाले गर्दा भारतमा प्रधानमन्त्री नरेन्द्र दामाेदार दास माेदीले गुजरातमा मुख्यमन्त्री र हाल तीन कार्यकाल प्रधानमन्त्री भई राम्राे सेवा दिईरहे जस्ताे दिन सकिन्छ ।
४) नेपाल सरकारकाे उच्च शिक्षामा लगानी कम्तिमा हालकाेभन्दा ५ गुणाले बढी हुनुपर्छ । शिक्षक-प्राध्यापक, कर्मचारीकाे तलबमान सार्क जति बढाईनुपर्छ । विद्यार्थीले पढ्नेसँगै राेजगार र अनुभवपनि बटुल्ने काेर्ष बन्नुपर्छ । प्राध्यापक-कर्मचारी-विद्यार्थीका राजनीतिकाे एक शर्तमात्र हुनुपर्छ, शैक्षिक र संस्थाकाे प्रगति नत्र गलत व्यक्तिलाई जुनपनि दलकाे सरकारले जुन दल/विचार निकटलाई शैक्षिक संस्थाबाट पर पुर्याउनुपर्छ जस्ता साेचहरू राखेर अगाडि बढ्याे भने नेपालमा तत्काल सकारात्मक परिवर्तनकाे कुरा देखिनेछ, अनुभवपनि गरिनेछ ।
(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

