त्रिवि प्राध्यापक संघकाे राष्ट्रिय अधिवेशन कहिले ?
मनोज कुमार कर्णनेपालमा २००७ सालपछि प्रजातान्त्रिक वातावरणमा पहिलाे कलेज त्रिभुवन-चन्द्र (त्रिचन्द्र हाल) इन्टर कलेजबाट उच्च शिक्षा शुरू भएकाे राजा त्रिभुवनकाे अथक प्रयास स्वरूप उहाँकाे देहावसान २०११ सालमा भएपछि, प्रा. तीर्थराज खनियाँका अनुसार, साल २०१२ मा वार्षिकाेत्सवमा महारानीद्वय कान्ति र ईश्वरीकाे चाहनामा शिक्षामन्त्रीले प्रधानमन्त्रीले बाेल्नेे कुरा “राजा त्रिभुवनकाे नाममा विश्वविद्यालय खाेल्ने” प्रथम विश्वविद्यालयबारे आह्वान गरे ।
विश्वविद्यालयहरू थपिंदै जाँदा प्राध्यापन पेशालाई मर्यादित बनाउने, देशमा लाेकतान्त्रिक सञ्चार निरन्तर भईरहन र प्राध्यापककाे हकहीतका लागि भनेर सबै विश्वविद्यालयहरूकाे छाता संगठन “नेपाल प्राध्यापक संघ, नुटा, Nepal University Teachers’ Association, NUTA” काे स्थापना पहिलाे बैठक साल २०१९ काे आषाढ १६ गते काठमाडाैंमा बसेर साउन महिनातिर भयाे । पछि त्रिविमा छुट्टै आधिकारीक छाता संगठनकाे रूपमा “त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, टुटा, Tribhuvan University Teachers’ Association, TUTA) काे पनि स्थापना गरियाे ।
नुटामा रहेका अध्यक्षहरूकाे नामावली बाेर्ड शुरूदेखि आजसम्मकाे हेर्दा प्रथम अध्यक्ष ऋषीकेश शाह (वि. सं. २०१९-२०२२); प्रा. भीसी (वासुदेव चन्द्र) मल्ल (वि. संं. २०२३-२०२५ र पुन: साल २०३७-२०३९) देखिन्छन् अनि क्रमश: खिलेन्द्रप्रसाद पाण्डे; डा. मंगलसिंद्धि मानन्धर; डा. राममाण श्रेष्ठ; डा. दुर्गाप्रसाद भण्डारी; डा. चन्द्रप्रसाद गाेर्खाली; डा. कमलकृष्ण जाेशी; सुप्रभा घिमिरे; कपिल श्रेष्ठ; डा. विनाेदकुमार श्रेष्ठ; डा. केशवानन्द गिरि; भीमसेनदास प्रधान; खगेन्द्रप्रसाद भट्टराई; प्रा. भूपति ढकाल; रामेश्वर उपाध्याय; रञ्जितप्रसाद यादब; प्रा. बुद्धबहादुर थापा, र प्रा. रमेशकुमार जाेशी नामहरू पढ्नपाईन्छ ।
टुटामा भने केन्द्रीय सभापतिहरूकाे नामावलीमा वसन्तकाजी बुढाथाेकीकाे कार्यसमितिकाे शुरू मिति २०५८ साल; शिवप्रसाद मुनंकर्मीकाे २०६१; याेगेन्द्रनारायण बरबरीयाकाेे २०६८, र प्राडा वसन्त ढकालकाे २०७५ साल लेखेकाे देखिन्छ ।
विगतमा मेराे स्मरण र जानकारी पाए सहभागिता अनुसार कम्तिमा निवर्तमान याेगेन्द्रनारायण बरबरीया टुटा सभापतिकाे कार्यकाल २०७५ अघिसम्म टुटाले जर्नल, पकेट डायरी, क्यालेण्डरहरू प्रतिवर्ष छाप्ने, ज्येष्ठमा (शायद २ गते) त्रिवि दिवस मनाउने, दशैंमा शुभकामना आदान-प्रदान गर्ने जस्ता कार्यहरू सुसम्पन्न गर्दै आईरहेका थियाे र उहाँका पालासम्म टुटाकाे केन्द्रीय कार्यालय जमलमा र हालकाे अचल सम्पत्ति टीयू गेटनेर रहेकाे एउटा बगैँचा बाहेक बल्खु (जनप्रशासन क्याम्पससँगै) टुटा सभापतिकाे क्वार्टर र जमीन थियाे । साे जमीन पूर्व भिसि तीर्थराज खनियाँले स्पष्टरूपमा टुटालाई सुम्पनुभएकाे जानकारी प्राप्त हुन्छ । तर यस पाली भने टुटाले आफ्नाे वार्षिक दिवसपनि नुटा अफिसमा नुटाका पदाधिकारी र वैचारीक संघ-संगठनका केही टाउकेहरूलाई बाेलाएर सिमित घेराबीच ज्येष्ठमा मनाएछ भने टुटाका प्रकाशनहरू बन्द भएछ अनि वर्तमान टुटा पदाधिकारी टीमले निवर्तमान भिसि धर्मकान्त बास्काेटाका पूर्ण वामपन्थी त्रिवि पदाधीकारी टीमसँग घुँडा टेक्न बाध्यभएर जमल र बल्खुस्थित टुटाका सबै अचल सम्पत्ति गुमाएर “शान”काे साथ “हामी सफल टीम छाैं” भनी केही टुटा पदाधिकारीले हिडिरहेकाे मात्र भेटिंदैन अपितु अब पदाेन्नतीसहित अध्यक्ष र अर्काे पदाधिकारी पदमा दाेहरिन पाउनैपर्छ भनेर राेदन-क्रन्दन गरिरहेकाे अवस्था छ । कम्तिमा २ जनाकाे प्रष्ट देखिन्छ, सुनिन्छ जुन दुर्भाग्य हुनेछ ।
उता नुटाले भने नव वर्ष क्यालेण्डर, डायरी आदि छाप्ने, नव वर्ष मनाउने, साउनमा वार्षिक दिवस मनाउने, जर्नल छाप्ने जस्ता कार्यहरू गर्दै आइरहेकाे छ । जर्नलतिर जस्ताे भएपनि छाप्ने र अन्य कार्यहरूमा पनि आैपचारिकता निर्वाह नुटाले गरिरहेकाे छ । यसपाली साउनमा वार्षिकि ३ दिनबाट झारेर १ दिनमा सिमित गर्याे ।
विधानत: सबै विश्वविद्यालयहरूका नियमित अधिवेशनहरू सकिएर बल्ल नुटाले आफ्नाे महाधिवेशन सम्पन्न गर्छ ।
टुटा-नुटाप्रति कस्काे-कस्ताे भूमीका रह्याे ?
त्रिवि र नेपालकै साझा छाता संगठन प्राध्यापक संघहरू क्रमश: टुटा र नुटाका अवराेधकमा स्वयं त्रिवि पदाधिकारीपनि जाेडिनुपर्ने खास कारण छ : नुटा-टुटामा विगतका ती संस्थाका पदाधिकारीहरूले बडाे संघर्षका साथ कर्मचारीलाई त्रिविबाट व्यवस्थापन गराएकालाई एक वचन कसैसँग त्रिवि पदाधिकारीले नसाेधीकन वा, त्रिविमा कर्मचारीकाे कमीछ भने खुल्ला प्रतिस्पर्धामा विज्ञापनबाट स्थायी-करार नमागेर पटकपटक त्यहाँका कर्मचारीहरूलाई तानेर लान खाेज्नु । तर अन्य स्टेकहाेल्डर्सपनि नुटा-टुटाका प्रगतिमा पूर्ण सहायक देखिंदैनन् । कृप्या तल हेर्नुस् ।
नुटा-टुटाका अर्का अवराेधकमा दल निकट विचार राख्ने केही वैचारिक संघ-संगठनका अध्यक्षकाे ती संस्थामा हाली-मुहाली गर्न अदृष्य चलखेल गरेर विभिन्न बहानामा पटकपटक ताेकिएका त्रिवि प्राध्यापक संघकाे अधिवेशनहरूलाई स्थगन गराएर अरूकाे टाउकामा दाेष थाेपर्ने कामहरू छन् । जस्तै, पछिल्लाेपटक गत आषाढ ७ र ८ गतेपनि टुटा अधिवेशन तालाबन्दीबीच हुन नसक्दा साेही ८ गते असन्तुष्ट पक्ष र टुटा-टुटा निर्वाचन समिति,२०७९ र वैचारीक संघ/संगठनहरूबीच “विवादित ठाउँहरूमा निर्वाचन प्रतिनिधि विवादरहीत ढंगले चयन गर्न आषाढ मसान्तभित्र पत्र पठाई कार्य सम्पन्न गर्ने” भनिएकाे थियाे । तर कसैले टेर-पुच्छर नलाएर बसेकाे देखिन्छ ।
यस अघि गत २०८० मंसीर महिनामा पनि प्रतिनिधिसम्बन्धी विवाद नमिलाएर एकैचाेटी टुटाबाट अधिवेशन मिति ताेकिएर पेलेकाे झैं अगाडि बढ्दा झन् असन्तुष्ट समूह आक्राेशित भई वातावरण बिग्रेन जाँदा र वामपन्थी खासगरी साे बेलाका केन्द्रमा सत्ता अलायस सरकारका दलहरू निकट वैचारीक संस्थाहरूबीच नेपाल राष्ट्रिय प्राध्यापक संगठनले प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल (डेपान) का अध्यक्षलाई “फकाएर” डेमाेक्रेट्सकाे भाेटमा लेफ्टलाई नुटा-टुटामा पदाधिकारी बनाईदेउ भित्रि “समीकरण”ले डेपानका “असन्तुष्ट” समूह झन् आगाे हुँदा डेेेपान अध्यक्ष जगत तिमल्सिनाले पछाडी हट्ने उपाय खाेज्नुपरेकाे थियाे, अधिवेशन के-के नाउमा स्थगन भयाे ! थपमा चाहिँ साे बेलाका सरकार अलायन्स पार्टनर्स काँग्रेस सभापति शेरबहादुर देउवाले माैन समर्थनदिंदा पनि कुलपति, प्रम तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”काे नुटा-टुटामा वामपन्थी पृष्ठभूमीका त्रिवि भिसिकाे “सहयाेग”मा माओवादी छिराईहाल्ने र साे गर्नबाट राेक्न आए सशस्त्र प्रहरीलगाएर टाउकाे फुटाईदिने धम्की आएकाे सुनेर डेमाेक्रेटका असली सिपाही “विद्राेही/असन्तुष्ट” ले “च्यालेञ्ज स्विकार छ !” भनेर अघि बढ्दा २०८० मंसीरमा टुटा अधिवेशन गराउनबाट “कस्सिएकाहरू” पछाडी हटेका थिए ।
दुर्भाग्य, गत आषाढ ७/८ गते टुटाका अधिवेशन ताेकिंदा पनि २०८० मंसीरकै घट्ना वामपन्थीबाट दाेहरियाे तर डेपानबाट पात्र उनै अध्यक्ष तिमल्सिना रहेपनि वैचारीक संगठनबाट नेपाल प्रगततिशील प्राध्यापक संगठनबाट एउटा तप्का थियाे, डेपानलाई “पट्याएर” डेमाेक्रेट्सकाे भाेटमा पदाधिकारी बन्नलाई तर यसपाली त तालाबन्दीसमेत डेपानका असन्तुष्टले लगाएपछि “टन्टासाफ” भएकाे थियाे ।
नेपाल सरकारले माथि पृष्ठभूमीकाे तल्लाे अनुच्छेदमा उल्लेख गरिएझैं टुटाकाे जमीन जमलबाट राष्ट्रिय पुस्तकालय बनाउने भनेर खाेस्याे (तात्कालीन् नेकपाका कुलपति तथा प्रम केपी ओलीबाट साल २०७५ मा) तर साे पुस्तकालय सानाेठिमीमा बनेकाे देखिएपनि जमलकाे जमीन टुठा, शंकरदेव क्याम्पसका एमबीएसका साविक कक्षाहरूका लागि फीर्ता नगरिंदा नेपाल सरकारकाे पनि बक्र दृष्टि पाईन्छ । टुटाले नै नबाेल्दा झन् सर्वत्र आलाेच्नाकाे पात्र भएर तत्काल विधानसम्मत ढंगले चुनिएका प्रतिनिधिद्वारा मार्ग प्रशस्त्त गराेस् याे टीम भन्ने आम धारणा रहेकाे पाईन्छ ।
नुटा-टुटाका वर्तमान कार्यसमिति जिम्मेवार बनून् !
त्रिविका पूर्वउपकुलपति प्राडा तीर्थराज खनियाद्वारा लिखित पुस्तक Navigating Higher Education in Nepal: Historical Perspectives and Future Directions काे पृष्ठ संख्या ९२ मा उल्लेख भए अनुसार विगतमा प्राज्ञिक र विश्वविद्यालयकाे स्वतन्त्रताका लागि नेपालगञ्जका उपप्राध्यापक हरिराज अधिकारीले मिति २०६२ चैत्र २६ गतेकाे दिन जीवन उत्सर्ग गर्नुहुने, साे अघि विगतमा प्रा. वासुदेवचन्द्र (वीसी मल्ल), हिरण्यलाल श्रेष्ठ, अर्जुन नरसिङ्ग केसी, दुर्गा पाेखरेल, रमेश प्रधान, बीरेन्द्रभक्त श्रेष्ठ, नुतन थपलिया, राजेश्वर आचार्य, भीमसेनसिंह थापा, जयप्रकाश नारायण सिंह, ध्वजप्रसाद गिरि, गणेशलाल कर्ण, पिताम्बर शर्मा दाहाल, अरूण कुुुमार झा, कृष्णप्रसाद भण्डारीहरू त्रिविमा कार्यरत्त प्राध्यापकहरूले पञ्चायतद्वारा “राजनीतिमा लागेकाे” भनी जागिरबाट निकालिएका थिए । अन्य प्राध्यापकहरू साहना प्रधान, ब्रज किशाेर झा, लक्ष्मी कान्त मिश्र, सूर्यदेवसिंह प्रभाकरहरू नेपाल एडयूकेशन सर्भिसबाट निकालिनुभएका थिए भनेे तात्कालीन श्री ५ काे सरकारकाे सेवाबाट प्राध्यापकहरू रामराज पन्त, साम्यदेव पाण्डे र भवानीप्रसाद मिश्रहरू तथा त्रिविकाे प्रशासनबाट रामप्रसाद भट्टराई, नारायणप्रसाद आचार्य र रत्नलाल श्रेष्ठहरू सेवाबाट बर्खास्तगीमा पर्नुभएकाे थियाे ।
त्यस्तै केन्द्रीय क्याम्पस त्रिविका तात्कालीन प्रिन्सिपल केदारभक्त माथेमा, सूर्यलाल अमात्य, मंगलसिद्धि मानन्धरलगायतले जागीरमा अपमानपूर्ण व्यवहार ग्रेड घटुवा सह्नु परेकाे थियाे ।
नुटा-टुटाका ब्यानर अन्तर्गत नेपालमा विगतमा पञ्चायतकालदेखिनै प्राध्यापकहरूले प्राज्ञिक स्वतन्त्रता, लाेकतान्त्रिक विचार, देशमा लाेकतन्त्रकाे सुनिश्चितता आदिका लागि विभिन्न कालखण्डमा प्राध्यापकहरूले शहादत दिएर, जेलनेल गएर, जागिरबाट अपमानित भएर भूमीका खेलेका हुन् ।
अधिवेशन नहुँदाका विकृतिहरू
टुटाकाे अधिवेशन २०७८ मै सम्पन्न भईसक्नुपर्ने थियाे तर साे बेला काेभिडपनि नरहँदा किन सम्पन्न भएन भन्ने टड्काराे प्रश्न छ । सभापति वसन्त ढकालले प्रयासहरू गर्दापनि किन सम्पन्न हुँदैन त : पूर्ण तयारीविना हाम्फालेर कि टुटाका उनकै टीमका केहीले दाेहरिनलाई आफू “अनुकूल” नपर्दा भित्रभित्रै भाँडिदिएर कि प्रतिनिधि चयनमा विवाद भएर वा, कि कुनै निश्चित वैचारीक संघ-संगठनका नेता विशेष काेही “टाउके”का आसेपासेलाई विगतझैं हुल्ने वातावरण नमिलेर ? याे अर्काे प्रश्न हाे । तर कारण जे भएपनि टुटाकाे अधिवेशन राेकिंदा नुटाकाे महाधिवेशन अलपत्र छ भने टुटाका केही (सभापति हाेईन है !) पदाधिकारीले संस्थाप्रति आस्थावान र साेप्रतिकाे अगाथ प्रेमले शान्त ठाउँ खाेजेर पढ्न जानेसमेत आम प्राध्यापकहरूलाई एक प्रकारले “लखेटेर” स्वयंका लागि जेरी, लालमाेहन, चिकेन, मट्टन आदि खाने “सुरक्षित” स्थानकाे रूपमा टुटा कार्यालयलाई परिणत गरेका छन् । कार्यकाल रहेकाे भए, टुटाकाे व्यवसायिक वा नियमित जरूरी बैठक भए वा नीजि पैसाले किनेर जे खाएपनि केही कसैलाई हुन्नथ्याे तर म्याद नाघेर अधिवेशन नहुँदा र हुने भए स्वयं पदाधिकारीमा दाेहरिने भ्रष्ट आचरण र पदलाेलुपताले ग्रसित भएर टुटाकाे सार्वजनीक सम्पत्ति म्याद नाघेका अकर्मण्य सावित गरेका केही पदाधिकारीले खाँदा भने प्रश्न उठ्ने नै छ । सबैले यस्ताे गर्नुहुन्न त्यहाँ र केवल प्राध्यापककाे यहाँ चर्चा गरिएकाे हाे ।

वास्तवमा सामान्य काेही प्राध्यापक बबुराेले संस्थालाई “माईतीघर” जस्तै सम्झेर “शितलता” लिनलाई पढ्न उच्च नैतिकतामा रह्ने गरि नै जान्छन् । याे उसकाे नैसर्गिक हकपनि हाे नुटा-टुटामा जानलाई- मिटिङ्ग यदि छ भने डिस्टर्ब नगर्ने गरि, त्यहाँकाे वस्तु नखाने गरि बरू स्वयंकाे खानेगरी, गाँजा-चुराेट नतान्ने गरि, अफिसका भाैतिक सम्पत्ति दुरूपयाेग-ताेडफाेड नगर्नेगरी तथा अन्य प्राध्यापक र त्यहाँ कार्यरत्त कर्मचारीहरूसँग मर्यादित उचित अनुशासित व्यवहार गर्नेगरि । तर सामान्य प्राध्यापकसँग यदि काेही टुटा-नुटाका पदाधिकारीले देख्ने बित्तिकै झर्काे मान्छ, घुमाएर अपमानित भाषा बाेलेर लखेट्न खाेज्छ, फ्लानाे विद्राेही भनेर झगडा गर्छ वा अब “याे अफिसमा मलाई डिस्टर्ब भयाे, अर्काे काेठा खाेल !” भनेर फुईं गर्छ जुन आफ्नै कानले पनि सुनियाे भने माथि उल्लेखित सबै कुरा सहि हुन् भन्ने बुझ्नुपर्छ- अधिवेशन नगराएर पदमा बसिरह्ने, दाेहरिनलाई षड्यन्त्र गरिरह्ने, लालमाेहन-जेरी-चिकेन-मट्टन दिनहुँ संस्थाकाे पैसाले खान भ्रष्टाचार गर्न जाने, पढ्नुलेख्नु भन्दा स्वयं धूम्रपान कतै गरेर नशा उतार्न “शान्त” ठाउँ खाेज्दै टुटा-नुटामा जाने आदि । कति कुरा टुटा केही पदाधिकारीका र नदाेहरिन पाए ज्यान नै फाल्ने जस्ताे गर्नेले टुटालाई “कब्जा”मा पारेझैं म स्वयंले बर्बराएकाे पनि सुनेकाे छु यस्ताे कि मानाैं उ कतैबाट गाँजा पिएर आएकाे छ ! यस्तालाई तत्काल संस्थाकाे गरिमा जाेगाउनलाई टुटा सार्वजनीक प्राज्ञिक थलाे हाे भन्ने ज्ञात टीमका अर्काेले गराउन् र उ नसुध्रे उसलाई प्रवेश निषेध त्रिवि पदाधिकारीले नै गरिदिनुपर्छ !
यी पछि, टुटाकाे अधिवेशन राेकिंदा प्राज्ञिक समस्याहरू ओझेलमा परेका हुन्, त्रिवि पदाधीकारीले हेपेर बलमिच्याईं गर्दैछन् विभिन्न मामिलामा चाहे सावधिक पदका विज्ञापनहरूमा हाेस् वा, चाहे सिनेटमा हाेस् । त्यस्तै, टुटामा अद्यावधिक निर्वाचित पदाधिकारी नहुँदा आम प्राध्यापकले पढ्ने, प्राज्ञिक कुरा गर्नेभन्दा पनि अधिकांश त्यता फुर्सदमा जाने प्राध्यापक तथा कर्मचारीहरूकाे राजनैतिक गफ्फकाे अड्डा टुटा केन्द्रीय कार्यालय हाल बनेकाे छ । यस्ताे “क्राेनिक डिजिज्”बाट टुटा-नुटा र समग्रमा त्रिवि गुज्रिरहेकाे छ, जहाँ प्राज्ञिक, अध्ययनशी, संस्थालाई आमा ठान्ने उल्टै “कब्जाधारी, विद्राेही” अलंकृत हुन्छन् तर साँच्चिकै नास्ता-चिकेन-मट्टन-रसभरी-जेरीधारी त्याेपनि म्याद नाघेर पनि टुटाकाे पैसाले, र विना कुनै सम्झनयाेग्य काम गरेका तर पनि अब मैं वा हामी दुईजना दाेहरिन्छाैं भनेर रहेका कब्जाधारीहरू भने “ठेट्/असली” शुभचिन्तक टुटाका भनेर आफूलाई दर्रेका छन् !
अब के त ?
टुटा-नुटामात्र नभई त्रिविमा रहेका डेपानलगायत वैचारीक संघ-संस्था सबैमा जहाँ-जहाँ अद्यावधिक महाधिवेशन हुँदैन, गराउँदैनन्, त्यहाँ-त्यहाँ विश्वविद्यालयका पदाधिकारीहरू, नेपाल सरकार, दलका नेताहरूले वैधानिक प्रतिनिधिद्वारा अधिवेशन/महाधिवेशनहरू यति दिन/महिनाभित्र गराऊ नत्र अनुहार नदेखाउ भन्नुपर्छ । पहिलाे चरणमा वैचारीक संघ-संगठनका शीर्षमा यस्ताे समस्या छ भने त्यहाँबाट याे खर्राे उसले चाहेकै जस्तै व्यवहार स्टेकहाेल्डर्सले गर्नुपर्छ, त्यसपछि नुटा-टुटामा ।
यता वैचारीककाेे “स्वास्थ्य” ठीक नहुञ्जेल टुटा-नुटाका नियमित जायज बैठकबाहेक नास्ता-पानी संस्थाकाे पैसाले खाएर बिल पेश गर्ने प्राध्यापक-पदाधिकारीमाथि उसैबाट तिराउने नत्र अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगतिर पठाउने व्यवस्था गर्नुपर्छ । विगतमा झूर पर्फाेमेन्स गर्नेहरूलाई कदापी अब नदाेहरिने सुनिश्चितता सबै समूहबाट हुनुपर्छ भने आम प्राध्यापकलाई टुटा-नुटामा अफिस समयमा त्यहाँकाे आैपचारीक बैठकमा असर नपर्नेगरी र अनुशासितपूर्वक बस्ने कसैलाई कुनै क्षति नुपर्याउनेगरी भ्रमणमा जाने वा स्वाध्ययन गर्न जानेलाई अपमानित गर्ने, उसकाे माथि बर्बराउने, झर्केेेर भगाउने वा, स्वयं पर भाग्ने तर सार्वजनिक ठाउँमा सबैकाे सामु बसेर प्राज्ञिक कुरा वा पढ्ने काम सामान्यरूपमा नगर्ने कथित् पदाधिकारी के गर्न टुटा-नुटामा जान्छन् : नशा लिन, गाँजा तान्न वा संस्थाकाे पैसाले कर्मचारीलाई थर्काएर आफ्नाे पदावधी सकेपनि नास्तापानी दिनहुँ खानलाई वा अन्य के गर्नलाई (?), त्याे खाेजी हुनुपर्छ र त्रिवि पदाधीकारी-नुटा-आम प्राध्यापक-नेपाल सरकार सबैकाे याे चासाेकाे विषय बन्नुपर्छ ।
उच्च शिक्षालाई, त्रिविलाई सुधार्ने हाे भने अनुशासित, मर्यादित, उच्च नैतिकवान, प्राज्ञिक नेतृत्व प्राध्यापकहरू मात्र चुनिएर नुटा-टुटामा वा जानुपर्छ वा, पढ्न, घुम्न जानुपर्छ र गलत उद्देश्य भएकाहरू राेकिनुपर्छ । यी सबैका लागि त्रिचन्द्र, सानाेठिमी तथा केन्द्रीय क्याम्पसहरूमा विधिसम्मत् र विवादरहीत ढंगले मुद्दा नपर्नेगरी कि सर्वसम्मतिले वा प्रत्यक्ष चुनाव चुनाव गराएर प्रतिनिधि पठाऊ भनेर टुटा-टुटा अधिवेशन-२०७९ बाट पत्र गैसकेपछि पनि किन ती टुटा एकाईहरूले वर्षा त के भनेर प्रतिनिधि नपठाएका, बाहिर जाेरजाेरले अधिवेशन गराउ चिच्याउनेमध्ये नै क-कस्ले एकाई प्रतिनिधिचयन भाँडेर नुटा-टुटाकै काेहीसमेतले बस्न लगाएका आदि छन्, ती बारे स्वयं सम्बन्धित एकाई सभापतिहरूलाई नेपाल सरकार, त्रिवि पदाधिकारी आदि स्टेकहाेल्डर्सले साेध्नुपर्छ र तत्काल टुटा अधिवेशनकाे वातावरण नबनाए “उपचार” पनि ती एकाई सभापतिहरूकाे गर्नुपर्छ । उनीहरूलाई हाेल्ड गर्न भित्रबाट उक्साउनेहरूपनि स्वयं एक्स्पाेज हुनेछन् ।
कुनैपनि बहाना नबनाई तत्काल यी कार्यहरू अगाडि बढाईनुपर्छ नत्र स्वयं अयाेग्य एकाई सभापतिहरू कहलिएर साेहि ईमेजकाे “बायाेडेटा” त्रिविले थमाउनुपर्छ ।
(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

