नेपाल प्राध्यापक संघकाे ६२औं वार्षिकाेत्सव

मनोज कुमार कर्ण

नेपालमा २००७ सालपछि प्रजातान्त्रिक वातावरणमा पहिलाे कलेज त्रिभुवन-चन्द्र (त्रिचन्द्र हाल) ईन्टर कलेजबाट उच्च शिक्षा शुरू भएकाे राजा त्रिभुवनकाे अथक प्रयास स्वरूप उहाँकाे देहावसान २०११ सालमा भएपछि, प्रा. तीर्थराज खनियाँका अनुसार, साल २०१२ मा वार्षिकाेत्सवमा महारानीद्वय कान्ति र ईश्वरीकाे चाहनामा शिक्षामन्त्रीले प्रधानमन्त्रीले बाेल्नेे कुरा “राजा त्रिभुवनकाे नाममा विश्वविद्यालय खाेल्ने” प्रथम विश्वविद्यालयबारे आह्वान गरे ।

विश्वविद्यालयहरू थपिंदै जाँदा प्राध्यापन पेशालाई मर्यादित बनाउने, देशमा लाेकतान्त्रिक सञ्चार निरन्तर भईरह्न र प्राध्यापककाे हकहीतका लागि भनेर सबै विश्वविद्यालयहरूकाे छाता संगठन “नेपाल प्राध्यापक संघ, नुटा, Nepal University Teacgers’ Association, NUTA” काे स्थापना पहिलाे बैठक साल २०१९ काे आषाढ १६ गते काठमाडाैंमा बसेर साउन महिनातिर भयाे । पछि त्रिविमा छुट्टै आधिकारीक छाता संगठनकाे रूपमा “त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, टुटा, Tribhuvan University Teachers’ Association, TUTA) काे पनि स्थापना गरियाे ।

नुटामा रहेका अध्यक्षहरूकाे नामावली बाेर्ड शुरूदेखि आजसम्मकाे हेर्दा प्रथम अध्यक्ष ऋषीकेश शाह (वि. सं. २०१९-२०२२); प्रा. भीसी (वासुदेव चन्द्र) मल्ल (वि. संं. २०२३-२०२५ र पुन: साल २०३७-२०३९) देखिन्छन् अनि क्रमश: खिलेन्द्रप्रसाद पाण्डे; डा. मंगलसिंद्धि मानन्धर; डा. राममाण श्रेष्ठ; डा. दुर्गाप्रसाद भण्डारी; डा. चन्द्रप्रसाद गाेर्खाली; डा. कमलकृष्ण जाेशी; सुप्रभा घिमिरे; कपिल श्रेष्ठ; डा. विनाेदकुमार श्रेष्ठ; डा. केशवानन्द गिरि; भीमसेनदास प्रधान; खगेन्द्रप्रसाद भट्टराई; प्रा. भूपति ढकाल; रामेश्वर उपाध्याय; रञ्जितप्रसाद यादब; प्रा. बुद्धबहादुर थापा, र प्रा. रमेशकुमार जाेशी नामहरू पढ्नपाईन्छ ।

टुटामा भने वसन्तकाजी बुढाथाेकीकाे कार्यसमितिकाे शुरू मिति २०५८ साल; शिवप्रसाद मुनंकर्मीकाे २०६१; याेगेन्द्रनारायण बरबरीयाकाेे २०६८, र प्राडा वसन्त ढकालकाे २०७५ साल लेखेकाे देखिन्छ ।

टाकाे कार्यालय सञ्चालनकाे क्रममा कुनै बेला प्रा. खगेन्द्र भट्टराई र (दि.) प्रा. साैभाग्यजंग कार्कीहरूले संयुक्तरूपमा विहान अफिस खाेलेर क्रमश: झ्यालकाे शीशा र टेबुल पुछ्दथे र आगन्तुकलाई आफैं कालाे चीया पकाएर खुवाउँथे भने प्रा. भट्टराईकाे यस प्राध्यापकीय उच्च नैतिकतामा रहेर विना अर्थकाे स्राेतले प्राध्यापकीय सक्रियतामा थानकाेटकाे चार आना नीजि जमीन बिक्रिभएकाे हाे !

पहिलाे दिन नुटाले क्यालेण्डर छापेर नयाँ वर्ष मनाउने र आफ्नाे वार्षिकाेत्सवमा ३ दिन कार्यपत्रहरू प्रस्तुत गरेर कार्यक्रमहरू चलाउँछन् भने टुटाले दशैंकाे शुभकामनासहित क्यालेण्डर र पकेट डायरी वर्षकाे शुरूमै छापेर स्वागत गर्थ्याे । तर नुटाकाे कार्यक्रम आैपचारीकमात्र भएपनि यथावत् छ भने टुटाकाे कार्यक्रम अर्थाभावमा दशैंकाे शुभकामनाबाहेक प्राय: अवरूद्ध हुँदै आएका छन् । त्यस्तै, नुटाकाे विधानत: महाधिवेशन सबै विश्वविद्यालयका अधिवेशनहरूसकेर हुन्छ, यद्यपि विशेष कारणवश कुनैलाई छाेडर अघि बढ्नपनि नुटाले सक्ने हाे तर यस्ताे ईतिहास छैन । काेराेना काल र पछि विभिन्न शक्ति केन्द्रहरूकाेे स्वार्थकाे टकराहटले तीन वर्षे टुटाकाे समयावधि २०७५ सालबाट जाेड्दा सकेर पटकपटक मिति ताेकिएपनि अवरूद्ध हुँद आएकाे नमीठाे अनुभव स्वयं प्राध्यापकहरूले गरिरहेका छन् भने नुटाकाे महाधिवेशन त्यतिकै ढिलाे हुने भएकाे छ ।

नुटा र टुटाका यस देश निर्माण, निरंकुश राजतन्त्र हटाएर नेपालमा वैश्विक लाेकतान्त्रिक वातावरणकाे सञ्चारमा अन्य वर्गजस्तै निकै गर्व गर्नसकिने त्याग, बलिदानले भरपुर ईतिहास छ । यी संस्थाहरूले विगतमा अनुसन्धान जर्नल निकै स्त्तरीय छापेर, हाल क्वालिटी अलि खस्केकाे भने टुटाले केही वर्ष यतादेखि विविध कारणले प्रकाशन गर्नपनि छाेड्याे, समाजलाई अनुसन्धानमा सघाउँदै आएकाे हाे । देशमा जब-जब कम्तिमा त्रिविकाे स्थापना भईसकेपछि राजा वा दलहरूकाे स्वेच्छाचारी वा निरंकुश सत्ता अभ्यास भएका छन्, चाहे २०४६ साल हाेस् वा माओवादीकाे सशस्त्र द्वन्द्व वा २०६२/०६३ सालकाे संयुक्त जनआन्दाेलनहरू, ती सबैमा नुटा, टुटाकाे नेतृत्वमा प्राध्यापकहरू यस लेखमा नाम उल्लेखितसहित थप कमलकृष्ण जाेशी, कुलप्रसाद काेईराला, गुणनिधि न्याैपाने, प्रकाशसिंह प्रधान, शान्तिकृष्ण अधिकारी, केशवराज पाैैैैडेललगायत सयाैं अन्यले जेल, नजरबन्द, जागिरबाट निकाला हुने, यातना भाेग्ने वा सरकारद्वारा शहादत प्राप्त भाेगेका हुन् । उदाहरणका लागि उपप्रा. हरिराज अधिकारीले जनआन्दाेलन दाेस्राेकाे बेला मिति २०६२ चैत्र २६ गते निरंकुश राजतन्त्र हटाउन सर्वाेच्च बलिदान शहादत प्राप्त गरेर दिए भने त्रिविका पूर्व उपकुलपतिहरू वासुदेव चन्द्र मल्ल तथा केदारभक्त माथेमाहरू अपमानपूर्वक जागिरबाट निकालिए/घटुवा गरिए । त्यस्तै प्रा. खगेन्द्रप्रसाद भट्टराई तथा प्रा. (दि.) साैभाग्यजंग कार्कीहरूले २०४६ सालतिर न केबल राजनीतिक दलका नेताहरूसँग परामर्श गरेर जनआन्दाेलन प्रथमकाे लागि पृष्ठभूमी अन्य प्रा. राममान श्रेष्ठ आदिहरूसँग निर्माण गर्नुभयाे अपितु २०६२/०६३ मा खरीपाटी ब्यारेकमा नजरबन्द नै धेरै जनालाई गरिएका थिए । २०४६ सालमा प्रा. साैभाग्यजंग कार्कीकाे निवासमा काँग्रेसका शीर्ष नेताहरूसहित छलफल गरेर विराटनगर क्याम्पसमा भीसी मल्ल, खगेन्द्र भट्टराई, राममाण श्रेष्ठलगायत डेमाेक्रेट्स र लेफ्टहरू संयुक्तरूपमा गएर २०४५ सालकाे नुटा महाधिवेशनमा पञ्चायती समर्थक प्राज्ञिक समूहले अध्यक्षमा (दि.) प्रा. सूर्यलाल अमात्य र महासचिवमा पूर्वमन्त्री नरहरि आचार्यहरूलाई हराएकाे “बदला” लिएर पञ्चायत ढालेका कस्ले बिर्सन सक्छ र ? प्रा. भट्टराईले त २०६२ सालतिर पूर्वराजा ज्ञानेन्द्र शाहलाई गाेकर्ण रिसाेर्टमा “जनताकाे अधिकार जति कस्सिन्छ, त्यति नै आक्राेश जनतामा बढ्नेछ र जनताकाे नासाे संसद पुनर्स्थापनामार्फत् जनतामा नै फर्काईनु आजकाे समयकाे माग हाे” भनेर मीठाे भाषामा कडा चुनाैती पेशागत महासंघ, पापड, काे तथा तात्कालीन नुटाकाे केन्द्रीय अध्यक्ष उहाँका तर्फबाट दिईएकाे देशलाई याद छ ।

२०६६ सालमा त्रिविका भीसि प्राडा माधव शर्मा तथा रेक्टर प्राडा सूर्यलाल अमात्यमाथि बल्खुमा सत्ताधारी माओवादीका अनेरास्ववियूकाे आवरणमा केही विद्यार्थी कहलिने अराजकबाट दुर्व्यवहार गरिंदा वैशाख ११ गते प्रम तथा कुलपति बस्ने कार्यालयमा प्रा. खगेन्द्र भट्टराई, प्रा. कुलप्रसाद काेईराला, प्रा. राजनप्रसाद पाेखरेल, प्रा. शिवप्रसाद मुनंकर्मी, सन्ताेष पाैडेल आदिसँगै याे सतम्भकार स्वयंलाई कालाेमाेसाे दलेर कुलपति पुष्पकमल दाहाल “प्रचण्ड”लाई “हाम्रा विश्वविद्यालयका अफिसमा बस्ने सर्वाेच्च दुई हाकिममाथि तपाईं सत्ताधारी दलका विद्यार्थी कहलिनेबाट कालाेमाेसाे दल्ने दुर्व्यहार भएकाेले हामी सबै असुरक्षित भयाैं; ज्ञापनपत्र पढ्न तपाईंसँग टाईम नहाेला भनेर साेही अनुसार म आफ्नाे अनुहार बनाएर नबिर्सिने गरि आएकाे हुँ; याे चक-डस्टर लिनुस् र सम्मान गर्नुस् वा फाल्दिनुस् !” भनेर चुनाैती दिएकाे सगर्व सम्झन्छु र परिणामत: ती बद्मासहरू समातिएर कार्वाही गरिएकाे सम्झन्छु ! मेरा फाेटा खिच्नेहरू ऋषि धमलाहरू नै थिए, सिंहदरबारमा !

काे-कसरी बाटाे बिराए त ?

त्रिवि र नेपालकै साझा छाता संगठन प्राध्यापक संघहरू क्रमश: टुटा र नुटाका अवराेधकमा स्वयं त्रिवि पदाधिकारीपनि जाेडिनुपर्ने खास कारण छ : नुटा-टुटामा विगतका ती संस्थाका पदाधिकारीहरूले बडाे संघर्षका साथ कर्मचारीलाई त्रिविबाट व्यवस्थापन गराएकालाई एक वचन कसैसँग त्रिवि पदाधिकारीले नसाेधीकन वा, त्रिविमा कर्मचारीकाे कमीछ भने खुल्ला प्रतिस्पर्धामा विज्ञापनबाट स्थायी-करार नमागेर पटकपटक त्यहाँका कर्मचारीहरूलाई तानेर लान खाेज्नु । तर अन्य स्टेकहाेल्डर्सपनि नुटा-टुटाका प्रगतिमा पूर्ण सहायक देखिंदैनन् । कृप्या तल हेर्नुस् ।
नुटा-टुटाका अर्का अवराेधकमा दल निकट विचार राख्ने केही वैचारिक संघ-संगठनका अध्यक्षकाे ती संस्थामा हाली-मुहाली गर्न अदृष्य चलखेल गरेर विभिन्न बहानामा पटकपटक ताेकिएका त्रिवि प्राध्यापक संघकाे अधिवेशनहरूलाई स्थगन गराएर अरूकाे टाउकामा दाेष थाेपर्ने कामहरू छन् । जस्तै, पछिल्लाेपटक गत आषाढ ७ र ८ गतेपनि टुटा अधिवेशन तालाबन्दीबीच हुन नसक्दा साेही ८ गते असन्तुष्ट पक्ष र टुटा-टुटा निर्वाचन समिति,२०७९ र वैचारीक संघ/संगठनहरूबीच “विवादित ठाउँहरूमा निर्वाचन प्रतिनिधि विवादरहीत ढंगले चयन गर्न आषाढ मसान्तभित्र पत्र पठाई कार्य सम्पन्न गर्ने” भनिएकाे थियाे । तर निर्वाचन समितिले केन्द्रीय क्याम्पस, कीर्तिपुर, त्रिचन्द्र क्याम्पस, घण्टाघर र सानाेठिमी क्याम्पस, भक्तपुरलाई पत्र काटेर ती ठाउँहरूमा दर्ता गराउन नै निकै पापड बेल्नुपर्याे । स्वयं टुटा निर्वाचन समिति, २०७९ का अध्यक्ष प्राडा ध्रुव भट्टराईलाई आफ्नै क्याम्पस त्रिचन्द्रमा पहिलाे दिन “यहाँ विवाद छैन, पत्र किन ल्याएकाे ?” भनेर जिम्मेवार नुटा केन्द्रीय अध्यक्षलगायतले नै दर्ता गर्न नदिएकाे धेरैका मुखबाट सुनिए तर पछि त्यहाँ पत्र दर्ता भएपनि साे पत्र लुकाईएकाे सुनिन्छ ! त्यस्तै केन्द्रीय क्याम्पसमा पहिला त दुई चाेटी टुटाका जिम्मेवार पदाधिकारीले नै “पानीले पखाल्याे भने च्यातिन लाग्याे” भनेर दर्ता गराउन आलटाल गरेकाे तर कर्मचारी निरिहले एकाई सभापतिलाई फाेनमा प्रतिनिधि निर्विवाद चयन गरि पठाउने पत्र लिएर जानुस् सरभन्दा उनले म स्तम्भकारकै सामुमा पहिला त्यहीं छु भनेकामा पाँच मिनेटभित्र बाहिर शहरतिर छु भन्दा बाध्यभएर मैं साे पत्र टुटा केन्द्रीय अफिसबाट माथि एकाईमा गएर मिति २०८१ आषाढ २६ गतेे बुधवार दर्ता नं. ११ गराईदिएँ । तर अब ती विवादीत क्याम्पसहरू जहाँ केन्द्रीय र त्रिचन्द्रहरूमा टुटा एकाई सभापतिहरू प्रप्रासंघका केन्द्रीय अध्यक्ष जगत तिमल्सिना निकट सभापतिहरू छन् र सानाेठिमीमा वामपन्थी सभापति, उनीहरूले चुप्की साँधेर तर प्रकृयामा राराब क्याम्पस, जनकपुरले जस्ताे निर्वाचनमा नगएर बसेका हुन् ।

नेपाल सरकारबाट नयाँ विश्वविद्यालयहरू बिना भाैतिकपूर्वाधारकाे तयारी गर्दा त्रिविकाे सम्पत्ति खाेसेर दिने र यसैक्रममा नुटा तथा टुटाका जमीनहरू पनि कीर्तिपुर, बल्खु, जमल आदि ठाउँबाट यी संस्थाहरू नुटा-टुटा त्रिवि कर्मचारी संघहरू त्रिविका सिनेटर स्टेकहाेल्डर्स भएपनि पाटनकाे ल्याबिम माैल, त्रिपुरेश्वरकाे वर्ल्ड ट्रेड सेन्टरहरूले लिजमा लिएर भाडापनि नतिर्ने र जमीनपनि नछाेड्ने वा, बल्खुमा टाटा सुमाेवालाहरूले त्रिविकाे जग्गा कब्जा कीर्तिपुरका ल्याबरेटरी स्कूलले जस्ताे गरेकाे देखाएर खाेस्न खाेज्दा नुटा-टुटाका केसमा नेपाल सरकारद्वारापनि बाटाे बिराएकै देखिन्छ ।

आजकाे नुटाले सम्झनैपर्ने ईतिहास

नेपाल प्राध्यापक संघ (NUTA) काे ६२आैं यस वार्षिकाेत्सव साउन २६ गतेकाे सुखद् उपलक्ष्यमा सबैजनालाई शुभकामना छ । माथि उल्लेख गरिए झैं त्रिविका पूर्वउपकुलपति प्राडा तीर्थराज खनियाद्वारा लिखित पुस्तक Navigating Higher Education in Nepal: Historical Perspectives and Future Directions काे पृष्ठ संख्या ९२ मा उल्लेख भए अनुसार विगतमा प्राज्ञिक र विश्वविद्यालयकाे स्वतन्त्रताका लागि नेपालगञ्जका उपप्राध्यापक हरिराज अधिकारीले मिति २०६२ चैत्र २६ गतेकाे दिन जीवन उत्सर्ग गर्नुहुने, साे अघि विगतमा प्रा. वासुदेवचन्द्र (वीसी मल्ल), हिरण्यलाल श्रेष्ठ, अर्जुन नरसिङ्ग केसी, दुर्गा पाेखरेल, रमेश प्रधान, बीरेन्द्रभक्त श्रेष्ठ, नुतन थपलिया, राजेश्वर आचार्य, भीमसेनसिंह थापा, जयप्रकाश नारायण सिंह, ध्वजप्रसाद गिरि, गणेशलाल कर्ण, पिताम्बर शर्मा दाहाल, अरूण कुुुमार झा, कृष्णप्रसाद भण्डारीहरू त्रिविमा कार्यरत्त प्राध्यापकहरूले पञ्चायतद्वारा “राजनीतिमा लागेकाे” भनी जागिरबाट निकालिएका थिए । अन्य प्राध्यापकहरू साहना प्रधान, ब्रज किशाेर झा, लक्ष्मी कान्त मिश्र, सूर्यदेवसिंह प्रभाकरहरू नेपाल एडयूकेशन सर्भिसबाट निकालिनुभएका थिए भनेे तात्कालीन श्री ५ काे सरकारकाे सेवाबाट प्राध्यापकहरू रामराज पन्त, साम्यदेव पाण्डे र भवानीप्रसाद मिश्रहरू तथा त्रिविकाे प्रशासनबाट रामप्रसाद भट्टराई, नारायणप्रसाद आचार्य र रत्नलाल श्रेष्ठहरू सेवाबााा बर्टखास्तगीमा पर्नुभएकाे थियाे ।

त्यस्तै केन्द्रीय क्याम्पस त्रिविका तात्कालीन प्रिन्सिपल केदारभक्त माथेमा, सूर्यलाल अमात्य, मंगलसिद्धि मानन्धरलगायतले जागीरमा अपमानपूर्ण व्यवहार ग्रेड घटुवा सह्नु परेकाे थियाे भने प्रा. खगेन्द्र प्रसाद भट्टराई, साैभाग्यजंग कार्की, व्रतराज आचार्य, याेगेन्द्रनारायण बरबरीया, भूपति ढकाल “कमल”, केशवराज पाैडेल लगायत सयकडाैं प्राध्यापकहरूले जेलनेल, अपमान भाेग्नु भएका देश दुनियाँका प्राध्यापक र समाजले देखेका छन् ।

यस्ताे गाैरवशाली विभिन्न प्राध्यापक तथा विश्वविद्यालयका कर्मचारीहरूकाे त्याग, तपस्या र बलिदानबाट सिंचित नेपाल प्राध्यापक संघ (NUTA, नुटा) काे तेज/ओजस्वी घटाउने काम केही प्राध्यापक तथा कर्मचारी, विश्वविद्यालयकै केही पदाधिकारीबाट भने आज समयमा महाधिवेशन नगराएर, कसैले कर्मचारी कटाैती गर्ने कुचेष्टा गरेर, कसैले ठिक समयमा कार्यालय नखाेलिदिएर भने कसैले दलगत वैचारिक राजनीतिक माहाेल बनाउने कुचेष्टा गरेर गर्दैछन् ।

दुर्भाग्य, २०८१ साउन २५ गतेसम्म विहान क्याम्पसमा जाँदा सदा झैं नुटाकाे हरेक वर्ष तीन दिन कार्यक्रम मनाईने सूचना कतै हेर्न वा पढ्न पाईनँ, जबकी गत वर्ष साउन २६ गतेदेखि कार्यक्रम मनाईएकाे थियाे। स्वभाविक छ कि सूचनाविना मान्छे जाँदैनन् । पाटन क्याम्पसबाटै नुटा/टुटा (टुटा अर्थात्, त्रिवि प्राध्यापक संघ, TUTA) दुईटैमा केन्द्रीय काेषाध्यक्षहरू क्रमश: भूमा पाण्डे र उत्तरा खनालहरू हुनुहुन्छ तर सूचना प्राेपेगेट भने हुँदैन वा बिरलै हुन्छ। र, मान्छे कार्यक्रममा नपुग्दा आम नुटा-टुटा पदाधिकारीहरूमा “अन्यकाे चासाे छैन” भन्ने भान हुन्छ वा, जानीजानी पारिन्छ !

आजकाे नुटा केन्द्रीय कार्यालय कस्ताे भने ३ जना कर्मचारी हुनुहुन्छ : ईश्वरी (जाे विरामी अशक्त हुनुहुन्छ, शायद विरामी विदामा); सावित्री कार्यालय सहयाेगी तथा राकेश श्रेष्ठ तर मन लागेकाे दिन टीयू गेटस्थित नुुुटाकाे केन्द्रीय अफिस खुल्छ नत्र खुल्दैन ! म आफैं गत बुधवार साउन २३, २०८१ मा नुटा अफिस विहानकाे साढे ११ बजेसम्म नखुलेकाे देखेर काेषाध्यक्ष भूमा पाण्डे तथा अध्यक्ष प्राडा रमेश कुमार जाेशीलाई फाेन गरेर किन नुटा नखुलेकाे भनेर साेधेकाे हुँ । विभिन्न स्राेतहरूबाट कुरा खाेतल्दा के बुझिन्छ भने काेही कर्मचारी छ नुटामा जसलाई टीयूकाे तलबबाहेक दिनहुँ फ्रिमा भात खान दिनुपर्याे नत्र यस्तै विहान ९-९:३० बजेतिर नुटा खाेलेर अनि खानाखाने बहानामा पुन: नुटाकाे ग्रीलमा ताल्चा ठाेकेर “काम छ” भन्दै घर हिंडेर उतै हराउने हाे रे ! उक्त कर्मचारीलाई बलपुग्ने गरि एक नेपाल रा. प्रा. संगठनका नुटाकै एकजना हाकिमकाे साथ छ जसलाई पनि फ्रिमा खाना नुटाबाट चाहियाे !

ज्ञातव्य छ, त्रिविका तत्कालीन सभापति याेगेन्द्रनारायण बरबरीयाले पदावधी सकेपछि बल्खुस्थित क्वार्टर र नुटा गेष्ट हाउसमा बस्न पाउनुभएकाे एऊटा काेठासमेत छाेड्नुभएकाे थियाे तर आज भने पदावधी सकेका नुटाका माओवादी पदाधिकारी एकजनालाई भात दिनहुँ फ्रि चाहियाे र एकजना कर्मचारीलाई पनि, नत्र उक्त कर्मचारीले नुटामा नबस्ने, जाने रे ! सवाल छ, किन नगईरहेकाे ? याे त्यही एकजना कर्मचारीहरू मध्ये हाे जसलाई नुटाले राखेर पछि त्रिविमा समायाेजन गरी स्थाई गरायाे तर गराउनेहरू तात्कालीन महासचिव पछि अध्यक्ष भएका रामेश्वर उपाध्याय, सेवा आयाेगका तात्कालीन अध्यक्ष स्व. साैभाग्यजंग कार्कीहरूलाई नै पछि नटेर्ने भएकाे र आज ऊ ठेट् माओवादी भएछ र, वर्तमान नुटा अध्यक्ष प्राडा रमेश कुमार जाेशीलाई पनि “टेर्दैनन्” ! जागिर खाने नुटाका कर्मचारी पीडित भनेर तर त्रिविमा स्थायी भईसकेपछि एउटा राजनीतिक दलकाे रंग भिड्ने र साेही दलकाे वर्तमान नुटा एकजना पदाधिकारीसँग विशेष साईनाे गाँस्ने ! यस्ताे गर्न नैतिकताले मिल्छ ?

ज्ञातव्य याे पनि छ कि टुटा बाह्रैमास ठिक समयमा खुल्छ तर नुटा भने खुल्दैन सधैं ठीक समयमा, अनि नुटा-टुटाबाट त्रिविले कर्मचारी कटाैती गरि फर्काउँदा अन्यसँगै म आफैंपनि सूचना चुहाउँछु र नुटा-टुटामा विगतकाे संघर्षबाट कर्मचारी ल्याईएकाेलाई हटाउन पाईंदैन भनेर विराेध गर्छु, गराउँछु तर यस्ता केही भाते कर्मचारीकाे व्यवहारले अब के बाेल्ने हामीले भविष्यमा ? बरू, यस्ता जाउन् र राम्रा कर्मचारी साे ठाउँमा आऊन् ! कतै पुर्खाकाे मिहिनेत/लगानीमा ब्याज त हामी पदाधिकारी भएर आज खाँदैछैनाैं, बिना कुनै उपलब्धीकाे कार्यकालमा अनि कर्मचारी भएर आफैं नुटामा प्रवेश गरि त्रिविमा स्थायी भएकाे धरातल त हामीले बिर्सेका छैनाैं ?

संक्षेपमा

हामीले विगतका हाम्रा पुर्खाका गर्विलाे ईतिहासलाई सम्झँदै त्यही सकारात्मक र अग्रगामी साेचका साथ सबै प्राध्यापक तथा कर्मचारीले व्यक्तिभन्दा नुटा, त्रिवि र नेपाली समाजकाे उच्च शिक्षाबारे ईमान्दार भूमिका आ-आफ्ना ठाउँबाट व्यक्तिगत वा पदीय हैसियतमा भए संस्थाका तर्फबाट खेल्नसक्नु पर्दछ । नत्र हामी सबैजना एक दिन ईतिहास नै बन्ने हाे किनकि अमरत्व कसैले प्राप्त गर्न सम्भव छैन । अब सवाल छ कि नुटा-टुटाका गर्विला ईतिहासमा आफ्नाे नामकाे बाेर्ड पछि दुनियाँले देख्ने गरि सम्झनेयाेग्य काम गरेर झुण्ड्याउने वा त्यतिकै ? अनि साे ईतिहासमा मानव समाजले आफूलाई सम्झँदा भावविह्वल बनाईदिने हिसाबले वा, गाली गराेस् भन्ने हिसाबले ? यदि यतिमात्र बुझियाे भने माथि कसैकाे नाम उल्लेख भए हाेलान् वा नहाेलान् तर दृष्य-अदृष्यरूपमा सबैले नुटाकाे समग्र उत्थानमा नकारात्मकता छाेडेर केवल सकारात्मक भूमीका आ-आफ्ना तर्फबाट व्यक्तिगत तथा संस्थागतरूपमा खेलाैं, कर्म गराैं, अधिवेशनहरूमार्फत् उच्च शिक्षा र नुटा-टुटाका ईतिहास पढेका-बुझेकालाई नेतृत्व सुम्पाैं तर गफ्फ नहाकाैं । कसैले कुराे उठायाे भन्दा पनि उसले किन उठायाे र उसले उठाएकाे बेथिति छ कि छैन अनि त्याे हटाउने कि कुराे उठाउनेमाथि गलत धारणा बनाउने ? जस्ता साेचेर अगाडि बढ्न जरूरी छ ।

फेरीपनि ६२औं नुटा दिवशकाे हार्दिक शुभकामना सबैमा ! सबैकाे प्राज्ञिक र नैतिक चेत् बेलैमा खुलाेस्, यही मेराे कामना !🙏

(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...