विकासकाे पर्खाइमा बाैद्ध स्तूपा

मनाेज कुमार कर्ण

नेपालीमा ‘बाैद्धनाथ’, नेवारीमा ‘खास्ति चैत्य’ तथा ‘खासा चैत्य’काे नामले चिनिने बाैद्ध स्तूपा काठमाडाैंकाे मापन केन्द्रदेखि उत्तर-पूर्वी दिशामा करिब ११ किलाेमिटर (६.८ माईल) बाैद्धसडक, काठमाडाैंकाे ४४,६०० मा चाैबिसै घण्टा खुला रह्ने एउटा विश्वप्रसिद्ध बाैद्ध दर्शनार्थीहरूकाे पवित्र तीर्थस्थल मण्डला हाे ।

चाबहिलबाट पनि पुगिने उत्तर-पूर्वतर्फ अवस्थित यस बाैद्ध स्तूपाबारे जानकारी गुगलमा विकिपिडियाबाट लिंदा ऊंचाई ३६ मिटर (११८ फिट) हाे भने तिब्बतबाट काठमाडाैंकाे सांखु भएर प्रवेश गर्ने सबैभन्दा प्राचीन व्यापारिक मार्गकाे बाटाेमा याे ठूलाे स्तूपा पर्छ जुन चाबहिलकाे चारूमति लघु बाैद्धनाथसम्म पुग्छ ।

युनेस्काेले यस धार्मिक बाैद्ध स्तूपालाई विश्व सम्पदा सूचिमा ‘सांस्कृतिक’ धराेहर भनि क्राईटेरिया नम्बर ३, ४ र ६ अन्तर्गत सूचीकृत गरेकाेमा डिजाईनेटेड सन् १९७९ मा र रिभाईज्ड भने सन् २००६ मा भएकाे पाईन्छन् ।

मनोज कुमार कर्ण

पछिल्लाेपटक सन् २०१५ काे भूईंचालाेले नेपालमा खासगरी काठमाडाैंमा व्यापक क्षति पुर्‍याउँदा यस भीमकाय बाैद्ध स्तूपाकाे माथिल्लाे गुम्बजलाई ढालिदिनेलगायत अन्य भौतिक संरचना ध्वस्त पारिदिएकाेमा श्री बाैद्ध क्षेत्र विकास समितिकाे विशेष पहलले सन् २०१५ काे अक्टुबर महिनादेखि करिब २.१ मिलियन अमेरीकि डलर तथा ३० किलाे सुनकाे लागतमा पुनर्निर्माण कार्य सम्पन्न हुँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा उद्घाटन भई २२ नाेवेम्बर सन् २०१६ बाट दर्शनार्थीहरूकाे लागि पुन: खाेलिएकाे थियाे ।

तिब्बती बाैद्धमार्गीहरू शताब्दियाैंदेखि यस बाैद्ध स्तूपामा प्रार्थणा गर्दै आएकामा सन् १९५० काे दशकमा उनीहरू शरणार्थीकाे रूपमा पनि यस क्षेत्रलाई बनाउँदै आएकाे पाइन्छ । चाबहिल नजिककाे यस स्तूपाभित्र कसप्पा बुद्धकाे अवशेष रहेकाे मानिन्छ । यस सम्बन्धि प्राय: दुईटा उपाख्यान रहेकाे पढ्न र सुन्न पाईन्छ: नेवा उपाख्यान र तिब्बती बाैद्धमार्गी उपाख्यान ।

नेवा उपाख्यान

यस उपाख्यान अनुसार काठमाडाैंकाे हाल नारायणहिटी दरबार (संग्रहालय) रहेकाे ठाउँमा लिच्छवी वंशका राजा विक्रमादित्य बस्थे जसले नगरकाे खडेरी हटाउन दक्षिणतिर ढुङ्गेधारा निर्माण गराए तर पानी आएन ।

अनि ज्याेतिषीकाे सल्लाह अनुसार ३२ लक्षण सम्पन्न एकजना पुरूष मान्छेकाे बली दिनुपर्ने हुँदा उक्त लक्षणयुक्त काेही नभई स्वयं राजा विक्रमादित्य तथा उनका छाेराहरू रहेकामा जनताकाे सुखकाे लागि आफ्नै छाेराकाे हातले आफैंलाई राजा विक्रमादित्यले बली चढाउन लगाएका थिए ।

बलीकाे बेला राजा विक्रमादित्यकाे टाउकाे उडेर सांखु बज्रयाेगिनी मन्दिरनेर खसेकाे थियाे र साे ठाउँमा कुखुरीले चल्ला काेरल्न जहाँ बसिन्, त्यहिं बाैद्धनाथ स्तूपा निर्मित हाे । साे बेला सुक्खापन/खडेरीबाट बच्न शितकाे थाेपा संकलन ठाउँ त्यहीँ रहेकाेले त्यसकाे ‘खास्ति’ पनि पर्न गयाे किनकि नेवार भाषामा शीतलाई ‘खास’ र थाेपाहरूलाई ‘ति’ भनिन्छन् । पछि तत्कालिन श्री ५ काे सरकारले उक्त ठाउँकाे नामाकरण हिंदूत्व झल्कने किसिमकाे बाैद्धनाथ गरेकाे हाे ।

तिब्बती बाैद्धमार्गी उपाख्यान

यस उपाख्यान अनुसार कश्यपा वा कस्सपा स्तूपालाई घेर्ने गाउँक्षेत्रलाई बाैद्ध भनिन्छ भने तिब्बती भाषामा याम्बु चाेर्टन् चेम्पाेको आफ्नै राेचक कथा छ । वास्तवमा २९ बुद्धहरूमध्ये २७ औं बुद्ध भनेर चिनेने कश्यपा वा कस्सपालाई २९औं बुद्ध शाक्यमुनि बुद्धभन्दा अघिल्लाे मर्यादाक्रममा राखिन्छ ।

यस उपाख्यानमा भनिन्छ कि कश्यपा वा कस्सपा बुद्धकाे देहावसानपछि एउटी वृद्धा कुखुरा पालक महिला माझाजिमाले आफ्ना चारजना छाेरासहित यस बाैद्ध स्तूपा भन्ने ठाउँमा पुगिन् र स्तूपा निर्माण गराएकी थिईन् । उनले स्तूपाअघि राजासँग जमिन माग्दा राजाले राँगाकाे छालाजति क्षेत्रफल जमिनमात्र दिने भने तर त्यतिले स्तूपा निर्माण असम्भव रहेकाेले ती वृद्धाले विवेक प्रयाेग गरिकन राँगाकाे छालालाई पात्लाे धागाे जस्ताे चिरेर गाेलाे पारिकन ठूलाे क्षेत्रफलकाे गाेलाकार पारिन् र राजाले वचन बमाेजिम जमिन उपलब्ध गराए ।

उनी अति निर्धन गरिब र वृद्धा महिला र उनका चार छाेराहरूले त्यति जमिनमा बनाएकी बाैद्ध स्तूपालाई पछि दरबारमा ठाटबाट गरी विकास कार्य नगरिकन बस्ने दरबारियाहरूले निर्माण गरिरहेकाे देख्दा लाजले भुतुक्कै भएर तर ईर्ष्याले जल्दै त्यस बाैद्ध स्तूपालाई राजाले भत्काउने र आफूहरूले पहाडजत्राे बनाउने बिन्ति राजा कहाँ बिसाए तर राजाले वचन नफेर्ने घाेषणा गरेर उनै महिलालाई नै स्तूपा निर्माण गर्ने सहमति दिए तसर्थ त्यसलाई “ज्या रूङ्ग खशाेर चाेर्टन् चेन्पाे भनिन्छ ।

समयक्रममा पछि चिनियाँ प्रथम लामा नेपाल अाएर नेपालका शासकलाई तिब्बतसँगकाे युद्धमा वार्तालापमा सघाएकाेले निज लामालाई विहारकाे लागि तथा स्तूपानेर उनकाे निवासकाे लागिपनि उपहार स्वरूप जमिन प्रदान गरियाे भने जङ्गबहादुर राणाकी तामाङ्गपट्टीकी श्रीमतबाट जन्मेकी छाेरीसँग उनी लामाकाे विहे गराईंदा एकसाथ राणा तथा तामाङ्ग समुदायसँग जाेडिन पुगे ।

पुनर्उद्धारकाे पर्खाईमा बाैद्ध स्तूपा

दुवै उपाख्यानबाट के प्रस्ट हुन्छ भने चाबहिल बाैद्ध स्तूपा विश्व सम्पदामा सूचीकृत धराेहर चाहिँ नेवार, तामाङ्ग, लामालगायत समुदायगतरूपमा बाैद्ध, नेवार, सनातन हिन्दु सबैकाे लागि उत्कृष्ट धार्मिक आस्था तथा ऐतिहासिक पर्यटकीय क्षेत्र हाे । तर उक्त बाैद्ध स्तूपा चाहिँ टुसालभन्दा अगाडि बढ्दा नयाँ मान्छेले फेला पार्न सक्दैनन् जबकि त्यसकाे प्रवेशद्वार बिच सडकमै छ ।

यसाे हुनुकाे कारण हाे कि बाैद्ध स्तूपा क्षेत्र बाहिरबाट घरहरूले घेरिएकाले देखिंदैन भने भित्र परिसरमा पनि उचित सरसफाई, भूईंमा बिछ्याईएका जीर्ण ढुङ्गा तथा चट्टानहरू फेरिएका छैनन्, खिईएकाहरू छन् अनि पानपराग, गुट्खाका प्याकेटहरू फालिएका, पान खाएर पीक फालिएका, प्लास्टिकभित्र फाेहर कुनामा राखिएका अति भीड र अस्तव्यस्त बजारकाे दृश्यहरू देखिन्छन् ।

अरु त अरु, विश्व सम्पदा सूचीकाे मापदण्ड अनुसार ताेकिएकाे सरहदभित्रबाट घरहरू हटाईनु पर्नेमा अझ सूचीकृत भईसकेपछि चाहिँ घरहरू थपिएका छन् अर्थात्, कम्तिमा ३००-४०० घर तत्काल भत्काउनु पर्ने देखिन्छ । जहाँ काठमाडाैं महानगरपालिका प्रशासनले महानगरभित्र पार्किङ्ग, धार्मिक क्षेत्र, एतिहासिक सम्पदाहरूकाे संरक्षणमा अतिक्रमणहरूबाट उद्धार गर्नेकाम तीव्र पारेकाे छ, त्यहाँ यस बाैद्ध स्तूपामा यतिकै जाम, जथाभावी सवारी साधनहरू राेक्ने, काेलाहल आदि अव्यवस्थाहरू देखिन्छन् ।

उपसंहार

विश्व सम्पदा सूचीकृत बाैद्ध स्तूपा केबल नेपालीकाे नभई विश्व मानवसमाजकै अभिन्न अङ्ग बन्न पुगेकाेले हरेक समुदायका मान्छेले यस बहुधार्मिक संगम तीर्थस्थलकाे संरक्षण सामूहिक प्रयासमा नै गर्नुपर्ने देखिन्छ जसले गर्दा गणतान्त्रिक वर्तमान नेपालमा सबै धर्म र धार्मिक स्थलहरूकाे संरक्षण भई साँच्चिकै साझा कर्तव्य पालन भएकाे हुनेछ ।

अब धार्मिक क्षेत्रलाई सार्न सकिँदैन तसर्थ, अतिक्रमित बाैद्ध स्तूपा क्षेत्रकाे जमिनलाई काठमाडाैं महानगरपालिकाले तुरून्त खाली गराएर त्यसकाे सुन्दर दृश्यता र भव्यताकाे लागि अन्य घरहरूलाई पनि मुआब्जा दिएर अन्तै सार्नुपर्ने अत्वाश्यक देखिन्छ भने व्यवस्थित पार्किङ्ग र सार्वजनिक सवारी साधनहरूकाे यात्रु चढाउने र ओराल्ने ठाउँ निर्माण गर्नुपर्ने देखिन्छ ।

स्तूपा परिसरभित्र सरसफाईदेखि नयाँ टाईलहरू बिच्छाईने कार्यहरू गर्नुपर्ने देखिन्छ ।

(लेखक ललितपुरस्थित पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक पनि हुन्)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय