नेपाली सेना राष्ट्रको कि जनताको ?
ताराप्रसाद पोख्रेलहाम्रो देशको सेनाबारे केही भन्न र लेख्न मन लाग्यो । पहिले शाही नेपाली सेना र गणतन्त्र पछि नेपाली सेना भनिएको यो संस्थालाई आजभोलि राष्ट्रिय गौरव समेत भनिन्छ । तर, नेपाली सेना राष्ट्रको लागि गौरव हो कि जनताको लागि हो ? वा स्वयं सेनाको लागि मात्रै हो त्यो प्रष्ट हुनुपर्छ । अब राष्ट्रको लागि हो भने राष्ट्रको लागि सेनाले के भुमिका निर्वाह गर्दैछ त ? के देशको सिमानामा बसेर सिमाको सुरक्षा गरेको छ ? के देशमा हुने बाह्य हस्तक्षेप या लडाइमा विदेशी सेनासँग लड्न सक्छ ?
अहिलेको अवस्थामा नेपाली सेनाको काम दैवी प्रकोप हुदा उद्दार कार्यमा खटिने र कतिपय व्यापारमा खटेको देखिन्छ । सेनाको अस्पताल, सेनाको फास्ट ट्र्याक र सेनाको पेट्रोल पम्प त देखिएकै छ । हाम्रो देशमा ९८ हजार हाराहारी सेना छ्न् भनिन्छ । सबै सेनालाइ ब्यारेकमा कैद गरेर राखिएको छ । युवाहरु पहिले रहरले सेनामा भर्ती हुन्छ्न् । त्यो पनि कलिलै उमेरमा । जब सेनाका जवान भर्ती हुन्छ्न तब तिनिहरुलाइ अत्यधिक सोषण गर्छ्न भन्ने सुनिन्छ । त्यो हो वा होइन सेनाले नै जानोस्।
नेपाली युवा युवती सानै उमेरमा सेनामा जागिर खान पसेर ३७/३८ बर्षको उमेरमा अवकाश हुन चाहन्छ्न् । किनकि सेनामा कुन समयमा अवकाश हुन्छ र जागिरबाट निस्कने भनेर पर्खेर बसेका हुन्छ्न् । त्यहाँ पसेर जागिर खान रहर भएपनि पसिसकेपछि त्यहाँ भित्रको कडा नियम र अनुशासनले अवकाशको समय कुरेर बसेका देखिन्छन् । तल्लो दर्जाका जवानहरु ४०/४२ वर्षको उमेर भित्रै अवकाश भएर निस्कन्छ्न् तर हाकिमहरु चाहिँ केश फुलेर बूढो हुन्जेल जागिरमा हुन्छ्न् । यो अधिकृत तह भन्दा मुनिका सेनाको लागि छोटो अवधि हो । अब ती जवानहरुलाइ १६/१७ वर्ष जागिर खुवाएर बाँचुन्जेल पेन्सन दिनु पर्दा कति खर्च होला राज्यको ? त्यसको हिसाब गर्नु भएको छ कसैले ?
अधिकृत भन्दा तलका सेनाका जवानहरुको एउटै आशा शान्ति सेना गएर केही पैसा कमाऊँ भन्ने हुन्छ । तर शान्ति सेनामा गएका जवानहरुलाई पनि ठगिन्छ्न् भन्ने गुनासो धेरै सुनिन्छ । उनीहरुले त्यहाँ पाएको रकमको केही प्रतिशत कटाएर मात्र ती शान्ती सेनामा जानेले बाँकी रकम पाउँछन् । सेनामा अर्को पनि गुनासो सुनिन्छ कि ती तल्लो दर्जाका जवानहरु हाकिमको भाडा माझ्ने घर सफा गर्ने जुत्तामा पालिस लगाउने देखि लिएर छोराछोरीलाई स्कुल पुर्याउने काममा समेत खटिनुपर्छ । अझै हाकिमको ड्राइभरको काम हाकिमका परिवारलाई तरकारी किन्न र अन्य सपिङ गर्न, आफन्तको भोजमा लैजान र अन्य घरेलु कामको लागि समेत गाडिको दुरुपयोग हुने गरेको प्रशस्त उदाहरण छन् ।

अर्कोतिर नेपाली सेना यति धनी छ कि उसले पेट्रोल पम्प देखि हस्पिटल र बाटो निर्माणको ठेक्का समेत लिएर रकम जम्मा गरेको हुन्छ । यहाँ माथि यी कुरा भनिरहँदा सेनाको बारेमा घृणा जागेर भनेको होइन मैले त केवल सेनालाइ लोकतान्त्रिकरण र सहि काममा लगाउनु पर्छ भन्न खोजेको हो । सेनाबाट सरकार डराउने होइन सरकारबाट सेना नियन्त्रित हुनुपर्छ सेनालाइ सिमानाको रक्षा गर्न राखिएको छैन । सेना भनेको देशको रक्षक हो तर सिमानामा सेना खोइ तैनाथ गरिएको ? भारतले सिमाना मिचिरहेको छ । खोइ के गर्दैछ सेना ? के सेना हावी भएर सरकारले खटाएको ठाँउमा नगएको होकि सरकारले नपठाएको हो ? सेनालाइ अहिले त्यसै ज्वाइँ जस्तो पालेको छ । सशस्त्रलाइ पनि सहि काममा लगाउनु पर्छ । हाम्रो देशको सेनालाइ अहिले भएकालाइ घटाउने होइन निर्माण कार्यमा लगाउनु पर्छ । ससस्त्र र सेनाका जवानहरु देखि हाकिम सम्मलाई निर्माण कार्यमा लगाउनु पर्छ ।
निर्माण कार्यमा खटिने सेना र सशस्त्रलाइ अरु भन्दा ज्यादा सुविधा दिनुपर्छ । जब आपत बिपत पर्छ तब बाहिर निकाल्नु पर्छ । त्यसो गरे विकास निर्माणमा लाग्ने खर्च बचत हुन्छ । अझ जेलमा जेल जीवन बिताइरहेका कैदिलाइ एउटा कानुन बनाएर काममा लगाउनु पर्छ । तिनिहरु काल कोठरीमा बस्नुभन्दा काम गर्दै बाहिर खुल्ला हावामा समय बिताउन चाहन्छ्न् । हाम्रो देशमा सेना भएपनि बाहिरी आक्रमणलाई थेग्न सक्दैन । हाम्रो देशको सेनाको हतियार पनि अरु देशबाट खरिद गर्नुपर्ने हुनाले सायद सेकेन्ड हेन्ड खरिद गरिएको हुनुपर्छ । सेनालाइ बाटो पुल बनाउन र शहर सफाइ गर्न परिचालन गर्नुपर्छ ।मैले यो भनिरहदा अबकाश प्राप्त सेनाले पेन्सन खाए भनेर आपती जनाएको होइन , विशेषत अबदेखी नीति बनाएर त्यो प्राबधान हटाइ अझ राम्रो नीति बनाएर सबैलाइ जीवनयापन गर्न सजिलो होस भनेको मात्र हो । यहाँ सेनालाइ अर्घेलो देखेर लेखिएको होइन सेनाको व्यवस्थापन राम्रो भएन भनेको मात्र हो ।

