धादिङमा भुकम्पको पराकम्पन रोकिएन, खरी क्षेत्रमा पहिरो

धादिङ, ५ कात्तिक । आइतबार विहानै धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं, चितवन, गोरखा लगायतका जिल्लामा पनि महसुस गरिएको थियो ।

उक्त भूकम्पपछि धादिङमा लगातारजसो पराकम्पन गइरहेको छ । स्थानियका अनुसार पराकम्पनको क्रम नरोकिँदा त्रास बढिरहेको छ । दशैंको बेला सपरिवार बसेर रमाइलो गर्ने समयमा डरका कारण सबैजना सतर्क भएर बस्‍नुपरेको उनीहरुले बताएका छन् ।

केन्द्रविन्दु खरी क्षेत्रमा माटोको ढिस्कोहरु खसेका छन् । त्यस्तै भूकम्पका कारण बूढीगण्डकीको तटीय क्षेत्रमा जमिनमा चिरा परेको बताइएको छ । अन्य भौतिक र मानवीय क्षतिको भने विवरण आएको छैन ।

पराकम्पन नरोकिँदा स्थानियहरु घरबाहिर निस्किएर बसेका छन् । विज्ञहरुले भने फेरि शक्तिशाली धक्का आउन सक्ने बताउँदै सतर्क रहन आग्रह गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय