बेताल कम्युनिस्टकाे बुझिनसक्नु ताल !
मनोज कुमार कर्णपृष्ठभूमी
नेपालमा २०६२/०६३ काे जनआन्दाेलनकाे परिणाम स्वरूप अन्तरिम संविधान-२०६३ काे जगमा २०६५ ज्येष्ठ १५ गते राजतन्त्र पूर्णरूपमा निर्मूल भई हाल याे देश २०७२ असोज ३ गतेदेखि “संघीय लाेकतान्त्रिक गणतन्त्र” हाे । याे गणतन्त्र आऊंदासम्म नेपालमा राजतन्त्रबाहेक नेपाली काँग्रेस, सबै वामपन्थी प्राय: ठूला दलहरू र क्षेत्रीय मधेशवादी दलहरू एक ठाउँमा आएका थिए ।
तर २०६५ देखि २०८० सम्म आऊंदासम्म गणतन्त्र ल्याउन काेहि सशस्त्र द्वन्द्व गर्ने कम्युनिस्ट वा काेही शान्तिकाे पक्षधर भनी राजतन्त्रकाे विराेध गर्नेहरू क्रमश: माेहन वैद्य “किरण” र नारायणमान बिजुक्छेंहरूले नै आज सार्वजनिक रूपमा राजतन्त्रसँग जाने कुरा गर्दैछन्, यद्यपि यस्ता धेरै अन्य कम्युनिस्टहरू पनि छन् । यस्ताे हुनु अनाैठाे नयाँ पुस्ताका लागि हुनसक्छ तर नेपालका कम्युनिस्ट तथा विश्व कम्युनिस्टका न्यूनत्तम चरीत्र थाहा हुनेले नेपालका गणतन्त्रवादी कम्युनिस्टहरू अचानक यु-टर्न (U-Turn) गर्दै राजावादीकाे भाषा बाेल्दा आश्चर्य मान्नेछैन।
यस लेखमा यिनै कुराकाे सेराेफेराेमा रहेर नेपालमा हाल देखा परेका केही असामाजिक तथा कृत्रिम धार्मिक द्वन्द्वकाे जराेसम्म पुग्ने प्रयास गरिएकाे छ ताकि सरकारलाई धार्मिक सद्भाव देशमा बनाउन सहयाेग पुगाेस्, जनताले सत्ताजीवि यस्ता केही नेतालाई चिनेर सावधान हाेउन्, नेताहरू भाेटकाे लागि देशकाे भविष्य नै दाऊमा राखेर लागेका काेहि छन् भने स्वयं कै बुद्धि खुलाेस् र नेपालमा आपसी भाईचारा बनिरहाेस् जस्ता हुन् ।
कार्ल मार्क्स र उनका सिद्धान्तबारे
वास्तवमा कार्ल मार्क्स (Karl Marx) काे सिद्धान्त मार्क्सवाद (Marxism) हाे जुन सन् १७८६ मा रिचर्ड आर्कराइट (Richard Arkwright) द्वारा भएकाे भाफ ईन्जिनकाे अविष्कारपछि औद्याेगिक क्रान्ति (Industrial Revolution) काे उपज हाे । मार्क्स अघि आधुनिक ट्रेड युनियनका पिताकाे नामले चिनिने बेलायती एउटा आर्थिक मद्दतगार मानवतावादी, a philanthropist, रबर्ट आवेन (Robert Owen), दार्शनिक जेरेमी बेन्थेम (Geremy Benthem), लेखक विलियम गाेल्डिंग्स (William Goldings) तथा कवि विलियम ब्लेक्स (William Blakes) जस्ता केही क्रान्तिकारी नक्सलवादी (Naxalites) सक्रिय थिए ।
कार्ल मार्क्सका गुरू फ्रेडरिक हेगेल (Frederich Hegel) भन्थे कि व्यक्तिकाे विचारधारा वा चेतनपना (Idealism or Consciousness) अदृश्य हुन्छन् र यसलाई मार्क्सले काटी दिए, द्वन्द्वात्मक र एतेहासिक भाैतिकवाद (Dialectical and Historical “materialism”) सिद्धान्तद्वारा । मार्क्स भन्छन् कि शरीर (Body) काे बनावट वस्तु (Matter) बाट हुन्छ र त्याे म्याटर महिला र पुरूष भन्ने दुई विपरीतबाट बन्छ, जुन दुवै दृश्य हुन् । अर्थात्, गुरूसँगै चेलाकाे विचार दृश्य/अदृश्यमा जुध्याे । अर्काेतिर, समाजमा आर्थिक उत्पादनमा बदलाव आउने बित्तिकै मिडिया, स्कुल, साहित्य सबैथाेक हाम्राे वरिपरि बदलन्छन् ।
सञ्चारमाध्यम र साहित्य समाजमा व्याप्त वर्ग र सरकारलाई टिकाउनलाई बनेका हुन्छन् र समाजमा बनाईएकाे “प्रणाली, System” ले वास्तवमा समाजमा वर्ग, जेन्डर, ईथ्निसिटि आदिलाई जाेगाईराख्छ अर्थात्, सिङ्गाे समाजलाई विभाजीत गरेर राखिरहेका हुन्छन् जबकि सबै सामन्त (Bourgeoise) अविभाजित भई एक रहिरहन्छन् ! मार्क्सवादीहरू भन्छन् कि मानवकाे श्रम र सामान/वस्तुबाट उत्पादन हुन्छ (Human labour जाेड Material = Production) तसर्थ, जब एउटा सडक निर्माण कुनै दुर्गममा हुन्छ अनि त्यहाँका सामान्य नागरिक स्थानीयभन्दा बढी तिनै बुर्जूवा सामन्तवादीहरू लाभान्वित हुन्छन् ।
यसपछि मार्क्सवादी चिन्तकहरू स्वयंले भन्छन् कि याे समाजलाई शासक बनेर वा बाजारमा रहेर कब्जा जमाउने उनै सामन्तवादी बुर्जूवाहरू हुन्छन् जाे गरिबलाई विकास र जीवनस्त्तर उकास्ने नाममा मूर्खबनाईरहेका हुन्छन् र अन्तत: उनिहरू जहाँपनि हुन्छन्, अर्थात्, स्वयं कम्युनिस्ट बनेर ठूल्ठूला फुस्रा भाषणहरू जनतालाई बेवकूफ बनाउन छाँटीरहेका हुन्छन् । र, यहाँ मार्क्सवाद यिनै दाेग्ला सामन्तवादी शासकहरूकाे कारणले असफल भएकाे हाे वा, लाेकतन्त्र (Democracy) पनि दाेहराे ट्राफिक (Two-ways traffic) अर्थात्, जनता र सरकारबीच व्यवहार/बातचीतकाे अभावमा फ्लप हुनपुग्छ भने उता नारीवादी कृयाकलापपनि सुधारवादी गतिविधिकाे ठाऊंमा आक्रामकता र बदलाकाे कारणले गर्दा बदनाम हुन्छ । मार्कस्वादी चिन्तकहरू भन्छन् कि समाजकाे गुँह भनेकै सामन्ती यी बुर्जूवा हुन् जाे दाेग्ला हुन्छन् र देशलाई हाँक्छन् र मार्क्सवादलाई असफल पार्छन् (Scum of society is petty bourgeoise who is slippery and lead in our country and Marxism is fail.) । याे तथ्य हामी नबिर्साैं कि दाेस्राे विश्वयुद्धपछि खासगरी सन् १९६० काे दशकपछि नै मार्क्सवाद सिद्धान्तमाथि टेकेर अधिकारवादी विभिन्न आन्दाेलनहरू नारीवाद वा अन्य पनि संसारभरी निर्णायक माेडले चर्क्याे ।
मार्क्स भन्थे कि दिनमा ४ घण्टामात्र काम गर र बाँकी समय व्यक्तित्व बनाउन र संस्कार/संस्कृति बनाउ । ज्याक्स डेरिडा (Jacques Derrida) कार्ल मार्क्सलाई वैचारिकरूपले सिध्याउनलाई उदाएका भनेर दुनियाँले बुझ्छन् । डेरिडा एउटा पूंजीवादी (Capitalist) थिए तसर्थ उनले आफ्नाे सिद्धान्त मनुष्यकाे भाषामा घुसाए । यी दुईकाे विचारमा उल्टाेपना देखिन्छ जस्तै मार्क्स भन्छन् कि समाजमा केन्द्र/वर्ग (Centre/Class) छ जबकि डेरिडा भन्छन् कि याे गलत कुरा हाे किनकि विश्वमा केन्द्र भनेर जानिने अमेरिका भियतनाम युद्धमा हटाईयाे (was decentred) !
सिद्धान्तत: वामपन्थीका प्रकृति
वामपन्थीहरूले विश्वमा जहाँपनि राष्ट्रवाद र धर्मलाई सिद्धान्तत: नमान्दा रहेछन् तर उनीहरूले राष्ट्रवाद र धर्मकाे ठाउँमा वर्गीय चिन्तनलाई मान्छन् । पहिला नेपालका कम्युनिस्टहरूले साम्यवाद भन्ने शब्दकाे रटान लगाईरहेकामा अब नेपाली काँग्रेसमा बीपी काेईरालाकाे “समाजवाद” भन्ने शब्दलाई “पूज्दा” रहेछन् । यस्तै कार्ल मार्क्सका विचारका फलाेअरहरू संसारमा लाखाैं छन् ती मध्ये यहाँ केही विचारककाे विचार र शब्दावलीलाई बुझाैं जसले गर्दा धेरै कुरा बुझ्न सकिन्छ ।
अल्थुजर (Althusser), एकजना फ्रान्सेली मार्क्सवादी दार्शनिकले ईडियाेलाेजी (Ideology) लाई काेहि व्यक्तिकाे काल्पणिक सम्बन्ध उसकाे वास्तविक अस्तित्वसँग रहेकाे लाई जनाउँछ (Ideology is a representation of the imaginary relationships of individuals to their real condition of existence.) । उनका अनुसार पूँजीवादीकाे मनभित्र मुनाफा कमाउने कुराले पनि याे काल्पणिक कन्सस्नेस हामीलाई यहि सत्य हाे जस्ताे लाग्छ । त्यसैले पीरे म्याचेरी (Pierre Macherey) अर्का मार्क्सवादी चिन्तकले भन्छन् कि पुस्तक कुनै सीर्जना हाेईन अपितु उत्पादन हाे जसभित्र भाैतिकवस्तु (Material) बारे उत्पादन र प्रक्रिया आदि उल्लेख मात्र हुन्छ ।
त्यस्तै, ईटलीका मार्क्सवादी चिन्तक एन्टाेनियाे ग्राम्स्की (Antonio Gramsci) ले Hegemony लाई शासकवर्गकाे आवाज नै सहि/सत्य हाे भने आन्तरीकिकरण प्रक्रियालाई जनाउँछ जसमा शासित वर्गलाई शासककाे गलत कुरापनि हाे जस्ताे लाग्छ । नेपालका कम्युनिस्टहरूमा लागेकाे राेग भनेकाे उनिहरूकै विश्व मार्क्सवादी चिन्तकहरूले बाेल्दै आएकाे वर्गीय अन्धता (Class blindness) हाे अर्थात्, मैंले खाएकाे छु भने मेरा अगाडिका सबैले खाएकै हाेलान् भन्ने सामन्ति साेच हाे ।

नेपाली सत्ताजीवि वामपन्थीकाे दाेहराे चरित्र
गत असोज १६ गते २०८० गते मंगलवार “गाेरखा एक्सप्रेस” साप्ताहिकले पृष्ठ १ मा “पूर्वराजासँग सहकार्य हुनसक्छ” भन्ने शीर्षककाे समाचारमा नेकपा माओवादी क्रान्तिकारीका महासचिव माेहन वैद्य “किरण” ले “याेहाे टिभी” मा “बदलिँदाे अवस्थालाई सुधार गर्न राजतन्त्रसँग मिलेर अघि बढ्नुपर्छ” उल्लेख गर्दै त्यसैमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले पनि रूस र चीनमा राजा र कम्युनिस्टबीच भिडन्त भएकाे हाेईन, पूंजीपति र कम्युनिस्टबीच संघर्ष भएकाे हाे, संसारमा कहीँ पनि कम्युनिष्ट र राजतन्त्रबीच संघर्ष भएकाे छैन, देशभक्त शक्ति एकठाऊंमा उभिनुपर्ने बेला आएकाेले राजतन्त्रसँग सहकार्य गर्न सकिनेछ भन्ने तर्कहरू गर्दै “देशकाे बिग्रँदाे अवस्थालाई सुधार गर्न राजासँग मिल्न जरूरी छ” पनि लेखिएकाे छ ।
यहाँ बुझ्नुपर्ने कुरा के छ भने २०६२/०६३ मा राजसंस्था फाल्नुपर्छ भन्ने संयुक्त ८ दलकाे गणतन्त्रात्मक आन्दाेलनमा बिजुक्छें भक्तपुरबाट एउटा संयुक्त ८ दलकाे एउटा खम्बा थिए भने वैद्य किरण हालकाे सत्ताधारी माओवादी पार्टीमा उपाध्यक्षसहित राजशाहीविरूद्ध हथियार उठाएका थिए र नेपालबाट राजतन्त्र उन्मूलनपनि २०६५ ज्येष्ठ १५ गते भयाे । आज पर्यन्त विश्व कम्युनिस्टले झैं नेपालका पनि कम्युनिस्टहरूले सधैं राजतन्त्रलाई सामन्ति, शाेषक, बुर्जूवा आदि भन्दै सबैखाले विकासकाे बाधक त्यसैलाई मान्दै आएकाे देखिन्छ, सबै भाषणमा बाेलेकाे सुनिन्छ तर बिजुक्छें र वैद्य किरणले खुलेरै राजासंस्थालाई ल्याउनुपर्छ बाेल्न थाले भने भित्रभित्रै र सबैले देख्नेगरी नै २०७४ अनि २०७९ का निर्वाचनहरूमा नेकपा एमाले, केपी ओली नेतृत्व, ले राजावादी राप्रपा र राजावादी एजेण्डामै हिंडिरहेकाे रास्वपासँग खुलेआम चुनावी तालमेलमा गयाे ।
पूर्वराजा ज्ञानेन्द्रकै साेल्टी हाेटललगायत कति बिजनेस भेन्चरहरू छन्, कति कामदार, नाेकर-चाकर छन्, कहाँ कहाँ अझ लगानी छ तर आज उनी यी कम्युनिस्टहरूका लागि पूंजीवादी तथा सामन्ती शाेषक हैनन् रे ! राजतन्त्र भूत-बैताललाई जीवित पार्ने के ताल हाे यिनिहरूकाे याे ? याे विराेधाभास हाे कम्युनिस्टहरूमा वा भनाैं यिनिहरू कम्युनिस्ट नभई सत्ताकाे लागि बढी “चिन्तित” छन् ।
अर्काे विराेधाभास माओवादी नेता माेहन वैद्यमा त झन् के देखिन्छ भने उनी प्रष्टै भन्थे पहिला माओवादी सगाेलमा बस्दा कि राजनीतिमा कमाउन, सत्तापक्ष बन्न त आएकाे हाे नि, जाेगी बन्न हाेईन । यतिमात्र हाेईन कि माओवादी पार्टी शहरमा आउँदा बुद्धनगरमा पार्टी कार्यालय छँदा हेड्क्वार्टरबाट स्वयं अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”, उपाध्यक्षद्वय माेहन वैद्य र डा. बाबुराम भट्टराईहरू पार्टी साे बेला सरकारमा रह्नु अघि प्रति महिना अफिस खर्च भनी काेहि ५ लाख भने काेहि ३ र १ लाखका दरले रकम बुझ्थे । सवाल छ, रकमकाे स्राेत के थियाे र त्याे जायज वा नाजायज कस्ताे स्राेत थियाे ?
यी नेपाली कम्युनिस्टहरूकाे विराेधाभासका बुँदाहरू व्यवहारत: उनिहरूकाे सिद्धान्तलाई मिलान गर्ने हाे भने चाङ् नै लाग्नेछ । उदाहरणका लागि कम्युनिस्टहरूले राष्ट्र र राष्ट्रियतालाई नमानेर वर्गीय चिन्तन मान्छन् भन्छन् भने विश्वका कम्युनिस्टहरू रूस, चीनलाई निश्चित देश र तीनका राष्ट्रियतालाई मात्र किन मक्कामदिना भनेर दर्शन गर्न जान्छन् ? विश्वका कम्युनिस्ट अन्य देशहरूले नेपालकाे राष्ट्रियताकाे सम्मानगर्दै चीनले नेपालकाे हुम्लालगायत धेरै जिल्लामा पिलर नै अत्याधुनिक मापनगर्न भनेर ५५० हेक्टर बढी नेपाली भाग लिन खाेजेकाे र दशगज्जानेरकाे साढे ४ हेक्टर जमीनलाई छाेड्न चीनलाई किन बाध्य पार्दैनन् ? अर्थात्, तिमी कमजाेर देशहरू राष्ट्र, राष्ट्रियता नमान तर हामी चीन, रूसमा मिल्काइ देउ जस्ताे विराेधाभाषकाे नाममा विस्तारवाद चरीत्र देखियाे जुन खत्तरनाक हाे ।
हाे, यसैक्रममा उनिहरू एशिया र विश्वमा गैह्रकम्युनिस्ट भारत, नेपाल, श्रीलंका, पाकिस्तान वा जहाँपनि जसरी सक्छन्, उनिहरूले यी देशका भूभाग हडप्न खाेज्छन् नसके गैह्रकम्युनिस्ट देशमा असामाजिक तत्व धार्मिक अतिवादहरूलाई पस्न आर्थिक लगायत “व्यवस्थापन”मा मद्दत गर्छन् र आफ्ना कम्युनिस्टहरूमार्फत् गराऊंछन् पनि ती देशहरूमा । जबकि धर्मलाई कम्युनिस्टहरूले “अफिम” र मान्नेलाई “मूर्ख” भन्छन् ! जब कम्युनिस्टहरूलाई एउटा मानाैं नेपालमा सनातन हिन्दू धर्म सापेक्ष देश “राज्यकाे धर्म हुँदैन” भनेर भन्छन् भन्ने अब धर्मनिरपेक्षतापछि नेपालमा ह्वात्तै क्रिश्चियानिटीलाई डा. बाबुराम भट्टराई तथा एमालेबाट सुभास नेम्बाङ्ग, माधव नेपालहरूले किन बढाए अनि सन् २०२० काे काेराेना लकडाउनमा भारतबाट नेपालमा पाकिस्तानी असामाजिक तत्व केहि हजार तथा बर्मा, बंग्लादेशबाट लुकिछिपी भारतमा पसेका रेहिंग्या आतंकवादीहरूलाई भारत सरकारले “हिसाब” गर्दा नेपालमा क्षणिक नेकपाकाे सरकार केपी ओलीकाे सरकार, नेता पुष्पकमल दाहाल “प्रचण्ड”, मधेशी कम्युनिस्ट जसपाका अध्यक्ष उपेन्द्र यादबहरूले किन नेपालमा पस्नमात्र नदिई एलानी, पर्ती जमिनमा घडेरी, नभए १ कट्ठा किन्नलाई रकम र नागरिकता उपलब्ध गराए ? याे कुनै आराेप नभई खुफिया रिपाेर्ट भारत-नेपालकाे हाे ! कमल थापा नेताले समेत मधेशमा ५० हजार मुसलमान एक रातमा भेला हुँदा ट्विट्टसमेत गरेकाे गम्भीर मामिला हाे याे ।
विराेधाभाष कतिसम्म नेपालमा कम्युनिस्टहरूकाे भने सामन्तवादी, पूंजीपतिवर्गकाे विरूद्ध लड्ने, हतियार उठाउने तर स्वयं सबै कम्युनिस्टहरू माथि उल्लेख गरिए झैं मार्क्सवादलाई धाेतीलाऊंदै पूंजीपति बन्ने, रकम लुकाउने विदेशमा, भ्रष्टाचारमा मुछिने अनि सम्पत्ति शुद्धिकरण कानून नबनाएर देशलाई नै फाइनान्सियल एक्शन टास्क फाेर्स (FATF) मा नेपाललाई ग्रे लिस्टमा धकेल्न खाेज्ने ! जाे कम्युनिस्टले क्लास/वर्ग समाजबाट हटाउन खाेज्छन् र अन्यलाई समाजमा आदिवासी, जनजाति आदिमा समाजलाई बुर्जूवाहरूले बाँडेकाे आराेप लगाऊंछन्, उनिहरू नै नेपालमा “काेशी” प्रदेश नभई सरकार केन्द्रमा चलाएर उता नयाँ नामाकरण गर्न उचाल्छन् ! यहि हाे पेटी बुर्जूवाकाे दाेग्लापन र नेपालमा काेही कम्युनिस्ट हाेईन, केहीपनि यी नेपाली कम्युनिस्टहरूकाे सिद्धान्त मार्क्सवाद वा विश्व कम्युनिस्टसँग मिल्दैन तसर्थ, यिनिहरू या त नेपालमा कम्युनिस्ट आन्दाेलन र मार्क्सवाद अवसान गरिदिए वा यिनिहरू समाजकाे स्कम जस्ताे माथि उल्लेखित पेटी बुर्जूवा हुन् जाे सत्ताकाे भर्याङ्ग चढ्नलाई चीन, रूस आदिकाे फेभर पाउन कम्युनिस्टकाे चाेलाेमा छन् ।
अन्त्यमा
नेपालमा कम्युनिस्टहरू विश्वप्रचलित मूल्य र मान्यताहरू विपरीत धर्म, अर्थतन्त्र, राष्ट्रियता, उल्टै वर्ग निर्माण आदिमा लागेका छन् । यतिसम्म कि आफूहरूले नै विगतमा राजतन्त्र फाल्न लागेकाेमा अब सत्ता पाउन र दक्षिण छिमेकीसहित नेपालमै पनि ८५ प्रतिशत जति समग्र ॐकार परिवारलाई आहत तुल्याउँदै उत्तर छिमेकीकाे चाहनामा लागेकाे देखिन्छन् नत्र सिद्धान्तविपरीतका कृयाकलाप प्रदेश नामाकरणमा, राजतन्त्र पुन: ल्याउनलाई, धार्मिक अतिवादहरूलाई भारतबाट नेपालमा विभिन्न साथ, सहयाेग दिई किन देश नै बर्वाद हुनेगरी लाग्थे जबकि देशलाई संघीय लाेकतान्त्रिक गणतन्त्रकाे संविधानमा सफलतापूर्वक चलाउनलाई विभिन्न कानूनहरू बनाउने, लागू गर्ने, भ्रष्टाचार उन्मूलन गर्ने, क्लास ब्लाईन्डनेस्काे कारणले गर्दा कम्युनिस्ट शासनमै पनि भएकाे तर नदेख्ने र जनताले पनि खान पाएकै हाेलान् भन्ने जस्ताे अवस्था नभएकाे महंगी नियन्त्रण गर्ने, कालाेबाजारी राेक्ने, जनतालाई जीवनजीउन सजिलाे बनाउने, कृषि कार्यमा युवा संलग्नता गराउने, साम्प्रदायिकता बचाउने, विविधतामा सद्भाव देखाउने एक-से-एक कार्यहरू थिए ।
अवश्य पनि नेपालमा सत्राैं शताब्दीदेखि विभिन्न बाईसे-चाैबीसे राज्यका राजाहरूले मुसलमानहरूलाई सिपाहीलाई बन्दुक चलाउन, व्यापार भारतकाे लद्दाखदेखि तिब्बतसम्म गर्न दिन आदिरूपमा प्रवेश दिएकाे राम्राे साेच भएका उनिहरू थिए देखिन्छन् तर यदि गलत अर्थ नलागेमा र केवल नेपालकाे भलाई साेचेमा नेपालमा गणतन्त्रपछि र खासगरी काेराेनाकालमा “मिसन” अन्तर्गत ल्याईएका गैह्रसनातनी चाहे क्रिश्चियन बनाईएकाे हाेस् वा भारतबाट भाग्दा नेपालमा पस्न दिईएका अतीवादी मुसलमानहरू हाेउन्, उनीहरू नेपालकाे अस्तित्वमाथि संकट दिनलाई र दक्षिण छिमेकीलाई दु:खदिनलाई नै काेहि कसैद्वारा भित्र्याइएका छन् ।
यहाँ नेपालमा वास्तवमा देशलाई संकटमा राखेर काेराेनाकालदेखि जानीजानी उत्तर छिमेकीकाे पूर्ण दबावमै धार्मीक अतिवादीहरूलाई सत्ताधारी तथा कम्युनिस्टहरूद्वारा पस्न दिईयाे जसकाे प्रमाणस्वरूप धेरै समाचारहरू पनि नेपालका संलग्न केही नेताहरू सहित विभिन्न पत्रपत्रिकामा आईसके भने आजपनि तीनिहरूलाई अझ बढी अवस्था बिग्रनु आगावै नियन्त्रण गर्न राजनैतिक, कूटनैतिक, कानूनी उपायहरू छन् तर कुनै एउटा छिमेकीकै रूचीमा अर्काे छिमेकीकाे विराेधमा सद्भाव बनाउने कार्य नेतृत्वतहबाट भैरहेकाे देखिंदैन । शाहवंशी राजपरिवार कहलिएका सबैकाे पूर्वज नै कुलमण्डन खाँ हुन् भने उनीहरूले त नेपाल सनातन हिन्दूमा गए संरक्षककाे रूपमा “राजा” खाने नत्र भित्रभित्रै अन्तर्राष्ट्रियवादमा आधारित निश्चित किसिमकाे “… रिपब्लिकन अफ् नेपाल” बनाउन यस्तै गरि लागिरहन्छन् ।
यस्ताेमा दलहरूले राष्ट्रियताकाे सवालमा र विदेशीकाे उनिहरूकाे आपसी लडाईंमा नफसीकन नेपालकाे वर्तमान संविधानलाई दृढतापूर्वक लागू गर्न र जनताकाे जीवनयापनलाई बाँच्नयाेग्य बनाउनु पर्छ ।
(लेखक पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक हुनुहुन्छ)

