मधेशमा नारीका यी भाेगाईहरू
दीपा थाेकर
नेपालका दक्षिणी तल्लाे समथर भू-भाग पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म हाल रहेका तेईसवटा जिल्लालाई यस लेखमा महिलाहरूकाे जीवनपद्धतिमा धेरै समानता भाैगाेलिक बनावट अनुसारका पहिरण, खेति कार्य, व्यवसाय, जागिर, वातावरण आदि उस्तै भएकाेले र समग्रमा आर्थिक स्थितिपनि प्राय: काे त्यहि मध्यमवर्गीय र अति गरीब, काेहि कसै अपवादबाहेक, रहेकाले अहिले मधेश प्रदेश नामाकरणसमेत केही जिल्ला सप्तरी, सिरहा, धनुषा, महाेत्तरी, सर्लाही, राैत्तहट, बारा र पर्सालाई भईसकेकाे परिस्थितिमा समग्र यस मधेश वृहत् अर्थका सबै २३ वटै जिल्लालाई समेटेर लेखिएकाे प्रयत्न हाे ।
साक्षरता तथा उच्च शिक्षा हासिलकाे अवस्था
नेपालकाे मधेशका समथर मात्र ८ वटा माथि उल्लेखित जिल्ला नभई सबै २३ वटै जिल्ला जुन दक्षिणि तल्लाे भागमा छन् र भारतसँग जाेडिएका छन्, ती जिल्लामा देशकाे अन्य भागभन्दा साक्षरता, मानव विकास सूचकांकका सबै आधारहरू अति न्यून अर्थात् कम छन् र असन्ताेषजनक छन् । साक्षरताकाे परिभाषामा हरेक व्यक्ति खासगरी महिला साक्षर छैनन्, हरेक परिवारमा भने काेहि न काेहि साक्षर प्राय: छन् । फेरि साक्षरता भनेकाे नाम लेख्न सक्ने, हस्ताक्षर गर्न सक्ने र सामान्य लेखपढ गर्न सक्नेलाई सामान्यत: यहाँ भन्न खाेजिएकाे हाे ।
यसभन्दा माथि विद्यालय शिक्षा गएका, उच्च शिक्षाका लागि कलेज/क्याम्पस गएकाकाे संख्या/प्रतिशत निकाल्ने हाे भने तल्लाे साक्षरता आधारदेखि माथिल्लाे टुप्पाे क्याम्पस पुगेका पिरामिड (Pyramid) बन्ने अवस्था छ अर्थात्, सबभन्दा बढी तल प्रतिशत वा संख्या छ भने जति माथि गयाे त्यति घट्दै जाने हाे । तर, आफ्नाे जीवन अभावै अभावमा कष्टमय बितेपनि देशभित्र वा बाहिर अर्थाेपार्जनकाे लागि भर परेपनि बालबच्चालाई भने विद्यालय र कलेजसम्म मधेशका अभिभावकहरूमा अभिलाषा रहेकाे पाईन्छ भलै त्याे अभिलाषा पूरा भएकाे हाेस् वा नभएकाे हाेस् ।
हुनत “बेटी बचाऊ, बेटी पढाऊ” मधेश सरकारकाे लाेकप्रिय अभियान थियाे जुन छाेरी मान्छेलाई शिक्षातिर उन्मुख गराउनेमा समर्पित भनिन्थ्याे तर त्यस कार्यक्रम अन्तर्गत वितरणका लागि ल्याईएका साईकलहरू वितरण नहुँदै त्यसमा व्यापक भ्रष्टाचार भएकाे भनी थन्किएर खिया लागिरहेका कारूणिक दृष्य हेर्न सकिन्छ । छिमेकी देश भारतबाट समेत ल्याइएका जनकल्याणका सामानहरू कहिले केन्द्रकाे संघीय सरकारका काेहि मन्त्रीबाट षड्यन्त्र भई मधेशमा राहत कार्यक्रममा राेक लगाईन्छ, जस्तै सुशील काेईराला सरकारका गृहमन्त्री एमालेका वामदेव गाैत्मले भारतीय प्रम नरेन्द्र माेदीले नेपाल भ्रमणकाे क्रममा जनकपुर आउने र छाेरी-महिला विद्यार्थीलाई साईकिल बाँड्ने कार्यक्रमविरूद्ध हाथ धाेएरै लागेर कार्यक्रम भाँडेरै शान्ति पाए । भने यस्तै मधेशमा कहिल्यै मुख्यमन्त्रीकाे कार्यालय नै साईकल वितरण कार्यक्रममा भ्रष्टाचारमा मुछियाे ! केन्द्रीय मन्त्री विशेषकाे षड्यन्त्र तथा मधेशमै मुख्यमन्त्री कार्यालयकाे भ्रष्टाचारमा साईकल वितरणमा भ्रष्टाचारमा मुछिनु दुईटै दु:खद् घट्नाले अन्तत: मधेशमा बस्ने मधेशी वा गैह्रमधेशी समग्र महिलामाथि नै असर पर्याे ।
मधेशमा एक त शिक्षाकाे गुणस्त्तर एकदमै दयनीय छ । त्यसमा पनि शिक्षा आर्जन गरेर जागिर खाने वा स्वव्यवसाय गर्ने साेच कम प्रतिशत परिवारमा आर्थिक दयनीय तथा सामाजिक पछाैटेपनकाे कारणले नभई जे जस्ताे भएपनि ११-१२ पढेपछि राम्राे केटा विहेकाे लागि पाईनेछ भनी छाेरीलाई ११/१२ सम्म अर्थात् विद्यालय शिक्षासम्म मात्र अड्काईन्छ । वैश्विक परिभाषा अनुसार स्नात्तक (Bachelor’s) काेर्ष र साे भन्दा माथि पढाउन ग्रामिण भेगमा लगभग शून्य नै छ किनकि आर्थिक अभाव छ, कलेज/क्याम्पस कम संख्यामा छ र मुख्य कुरा घरबाट टाढा छ जहाँ असुरक्षा छ पुग्नलाई । तथापि कसैकसैकाे घरमा काेहि छाेरा मान्छे जनकपुर, जिल्लाकाे सदरमुकाम वा काठमाडाैंलगायत ठाऊंमा काेहि जागिर खान्छ वा पढ्छ भने छाेरीलाई पनि पठाउने हिम्मत गरेकाे पाईन्छ तर याे प्रतिशत अति न्यून छ । यसमा आमाबुवाले एकातिर घर बाहिर छाेरीलाई पठाऊंदा संस्कार बिग्रेला भनी मधेशी समाजमा चिन्ता रहेकाे पाईन्छ भने सामाजिक सञ्जालले छाेरी विद्यार्थीमा घर बाहिरपनि पढ्ने अभिलाषा जगाईरहेकाे सकारात्मक असर पारिरहेकाे पनि देख्न सकिन्छ जहाँ सकारात्मक समन्वय अभिभावक र सन्तानबीच हुन जरूरी देखिन्छ ।
जीवन बाँच्ने आधारभूत व्यवसाय
मधेशमा महिलाकाे आर्थिक उपार्जनकाे मुख्य स्राेत श्रीमानमाथि भरपर्ने अर्थात्, केहिपनि नभएकाे, खेतीबारी, बाख्रालगायत वस्तुभाऊकाे पालन (Domestic livestock keeping) लगायत अधिकांशकाे छन् भने अन्यकाे कसैकाे जागिर वा स्वराेजगार छन् तर जागिर/स्वराेजगार संख्या कम छ । अति गरिबीकाे चपेटामा (vicious circle of poverty) ऋणमा परेर मुक्तिकाे आशा गुमाएर काेहिकाेहि बाध्यतावश वेश्यावृत्तिमा धकेलिन (pushed to prostitution) पुगेकाे सामाजिक धब्बा सरकारहरूकाे अनुहारमाथि पाेतिएकाे छ जसकाे कारण र निर्मूलिकरणबारे तथ्याङ्क संकलन कार्य तत्काल जरूरी छ ।
कृषि कार्यमा लागेका महिलाले हाटबजारसम्म सामान किनबेच गर्न टन्टलापुर घाममा (scorching sunlight) पनि गएकाे देखिन्छ भने मधेशका शहरका हाेटलमा मधेशी महिलाले यदि व्यवस्थापन विषयमा उच्च शिक्षा हासिल गरेका छन् भने कम प्रतिशतमा बैंक, हाेटलमा जागिर खाएकाे वा सहकारी संस्थामा कार्यरत्त तथा पसल खाेल्ने जस्ताेमा छन् भने राजधानी काठमाडाैं तथा विदेशमा श्रीमानले देखेकाे सुनेकाेबाट बाध्यता वा मति बिग्रेरमात्र मधेशका हाेटलहरूमा तल्लाेस्त्तरमा काम गर्ने गरेकाे पाईन्छन् । ठूला हाेटलकाे ठूलाे कुर्सीमा जहाँ ईज्जतदार साेच पाईन्छन् मधेश र देशमा त्यहिं सानाेतिनाे हाेटल र ढाबाकाे भाँडा माँझ्ने, खाना पकाउने कार्य “गलत” रहेकाे साेच्छन् मधेशका पुरूषप्रधान साेचले तर उनिहरूका लागि विकल्प भने कसैले दिंदैनन् ।
सरकारी (co-operative) वित्तिय संस्थातिर एऊटा सञ्चालककाे रूपमा भने अर्काे पेट पाल्नैलाई दैनिक खाेता खाेलेर रकम संकलक (collector) काे रूपमा मधेशी महिला अति कम संख्यामा सञ्चालक र तुलनात्मक बढी संख्यामा विहे अघि प्राय: १२ कक्षा उतिर्ण छाेरी मान्छेले संकलककाे काम गर्छन् जुन घाममा साईकलकाे सवारीमा शहरबाहिर घुम्नु कष्टमय कार्य छँदैछ साथै अपरिचित पुरूष तथा स-साना हाेटलहरूबाट रकम संकलन गर्नु कम चुनाैतीपूर्ण कार्य छैन । त्यहाँ न राज्यकाे उनिहरूकाे सुरक्षाकाे व्यवस्था देखिन्छ र नै तत्काल सुरक्षा पुर्याउने मेकानिज्म भनाैं भगवान भराेसेमा संकलक छाेरीकाे भाग्य अड्केकाे छ जुन सरकारकाे मधेशप्रति र मधेशी सरकारकै पनि उपेक्षा हाे ।
यी बाहेक शिक्षण तथा स्वास्थय पेशाप्रति अलि बढी खासगरी शिक्षण पेशाप्रति मधेशमा महिलाकाे लगाव देखिन्छ । तर मधेशमा भने स्त्तरीय पढाई समग्र देशकै संगै आज छैन किनकि प्राय: शिक्षकहरूले मिहिनेत गरि त्यहि एऊटै दशकाैं पुराना नाेट्स त्यहि थाेत्राे निद्रा लाग्ने भाषण विधि (lecture method) बाट वार्षिक काेर्ष (annual course) मा पढाईने जस्ताे पढाईन्छ जबकि नेपालमा पढाईने आज प्राय: स्नातक काेर्षहरू विद्यार्थी, लेखन, भाषणभन्दा क्रियाकलाप केन्द्रित शीपमूलक सेमेष्टर प्रणाली (semester system) छ जहाँ शिक्षक केन्द्रित भाषण विधि हाेईन (teacher centred lecture method) कि विद्यार्थी केन्द्रित प्राेजेक्ट तथा छलफल विधि (student centred project or discussion method) अपनाईनु पर्नेछ ।
उपसंहार
मधेशमा नारीकाे शिक्षा र स्वआर्थाेपार्जन मुख्य चुनाैति छन् । कुनै पनि परिवार र परिवारमार्फत् समाजकाे आर्थिक दिगाेपन तब नै सम्भव छ, जब त्यहाँका महिला आर्थिकरूपले सशक्त र आत्मनिर्भर छन् । तर देशलगायत मधेशमा व्याप्त भ्रष्टाचारले महिलामैत्री कार्यक्रमहरूलाई नेता र कर्मचारीकाे भ्रष्टाचारमा संलग्नताकाे दु:खद समाचारहरू आईरहेका हुन्छन् । मधेशमा विदेशमा कामगर्न गएका श्रीमानहरू धेरैकाे परिवार त्यहिं बस्ने केही असामाजिक तत्वकाे कारणले गर्दा नारीस्वाभिमानदेखि जुनपनि अर्थमा असुरक्षित छन् । यता स्वदेशमा राेजगार छैन, यस्ताे सामाजिक विकराल अवस्था सरकारहरूकाे असफलताले देख्न पाईन्छ । एउटा प्रख्यात उखान हाे कि एऊटा छाेराेलाई पढाउँदा एकजना मात्रलाई शिक्षा दिनु हाे भने एउटी छाेरीलाई पढाउनु भनेकाे एउटा परिवारलाई नै पढाउनु हाे । याे सत्य हाे किनकि विहेपछि परिवारकाे सरसफाई, उन्नत साेच र घरमा बच्चाहरूलाई पढाउने र उच्च संस्कार दिने काम उनै माईतीकी छाेरी आज बुहारी, पत्नि, आमालगायतमा अवस्था (different statuses) मा पूरा गरिन्छन् ।
(लेखिका समाजिक अभियन्ता हुनुहुन्छ)

