त्रिविमा स्‍नातक: तीन वर्षे ठीक कि चार वर्षे ?

मनोज कुमार कर्ण

गत आषाढ १४ गते त्रिभुवन विश्वविद्यालयकाे प्राज्ञिक परिषदकाे बैठकमा परीक्षा नियन्त्रण कार्यालय, बल्खु (पनिका)ले समेत स्नातक तह चार वर्षे कार्यक्रमबाट पुन: तीन वर्षेमा ल्याउनुपर्ने सुझाव अन्य डीनहरूसँगै दिएकाले साउनकाे पहिलाे सप्ताहदेखि त्याे समाचार कतैबाट चुहिएर विभिन्न अनलाईन र सञ्चारमाध्यममा छापिँदै आएकाे देखिन्छ ।

त्रिवि ऐन- २०४९ काे भाग/सेक्शन ४ काे दफा ११ अनुसार प्राज्ञिक परिषद उपकुलपतिकाे अध्यक्षतामा शिक्षाध्यक्ष (१), रजिष्ट्रार (१), अध्ययन संस्थानका (५) र संकायका (४) डीनहरू, विषय समितिका अध्यक्षहरू (१०), आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पस/कलेजका क्याम्पस प्रमुखहरू (२-२ गरि ४ जना), पाठ्यक्रम विकास केन्द्र त्रिविका कार्यकारी निर्देशक (१), चारवटै अनुसन्धान केन्द्रका निर्दशकहरू (४), नेपाल प्राध्यापक संघकाे प्रतिनिधि (१), लब्धप्रतिष्ठित प्राज्ञिक व्यक्तित्वहरू (२), परीक नियन्त्रक (१), केन्द्रीय विषय विभाग प्रमुख (५) र सिनियर प्राध्यापकहरू (१०) जना गरि कुल ५० जनाकाे रहने व्यस्था छ ।

यस प्राज्ञिक परिषदकाे स्थायी समिति भने त्रिवि संगठन र शैक्षिक प्रशासन नियमावली- २०५० काे भाग/खण्ड २८ देखि ३८ सम्म रह्ने कुरा उल्लेख भएकाे छ जुन उपकुलपतिकाे अध्यक्षतामा शिक्षाध्यक्ष (१), रजिष्ट्रार (१), पाठ्यक्रम विकास केन्द्रका निर्देशक (१), प्राज्ञिक परिषदले सिफारिश गरेका मनाेनित (२), विषय समिति अध्यक्षहरू (२) र डीन (१) गरि कुल नाै सदस्यीय रहेकाे छ । यस्ताे संरचनाबीच प्राज्ञिक परिषद ५० सदस्यीय निकायले नै त्रिविमा विद्यार्थी घट्न थाले, भर्ना भएकाबाट बिचमै पढाई छाड्ने धेरै भए, समय चार वर्ष निकै लामाे भयाे, प्रमाणपत्र लिंदालिंदै झण्डै ५ वर्ष लाग्ने भयाे त्यसैले विद्यार्थीहरू विदेश भाग्न थाले भनेर पुन: स्नातक कार्यक्रम तीन वर्षेमै झार्नुपर्ने छलफल थाल्दा अलिकति गम्भीर हामीले हुनैपर्छ ।

चारवर्षे अघिकाे अवस्था:

चारवर्षे स्नातक कार्यक्रम अघि त्रिविमा धेरै वर्ष तीनवर्षे थियाे जसमा विज्ञानतिर प्राक्टिकल र थेओरी पढाई हुन्थ्याे भने अन्य संकायमा भाषण विधिबाटमात्र सैद्धान्तिक पढाई हुन्थ्याे । शिक्षककाे जिम्मेवारी भाषण अर्थात् लेक्चर दिनेसम्ममात्र हुन्थ्याे अपितु विद्यार्थीले पढे-नपढेकाे, कक्षामा नियमित आए-नआएकाे, कक्षागत कार्य गराउने, गृहकार्य दिने जस्ता व्यवहार हुँदैनथ्याे, सम्भवपनि थिएन अर्थात्, जिम्मेवारीविहिन हुँदा विद्यार्थीहरू पढ्नेले पढ्ने नत्र राजनीतिकाे नाममा क्याम्पसमा विहानदेखि बेलुकासम्म झुल्किरह्ने देखिन्थे ।

शिक्षकमा पनि नियमित कक्षालिने प्रवृत्ति ईमान्दारबाहेकमा कमै थियाे भने विद्यार्थी दिनभरी याे झुल्किने हुनत आजपनि छ तर हिजाे जिम्मेवारीविहिनता र पढाई नहुँदा थियाे तर आज भने ताेकिएकाे जिम्मेवारीपनि शिक्षक-विद्यार्थीले नगर्दा त्यतिकै डर, त्रास केही नभई “फुर्सद” पाएर भएकाे हाे । यसका अलावा, स्नातक तीनवर्षे हुँदा अमेरीकालगायत विदेशमा स्नातकपछि पढ्न जाँदा विद्यार्थीकाे जीवनमा स्कूलदेखि क्याम्पससम्म अंग्रेजी कति वर्ष पढेकाे भनेर कुल वर्ष यहिं भारत, पाकिस्तान, श्रीलंका आदि देशजति नपुग्दा नेपाली जुन विषयका विद्यार्थीलाई पनि फेरि थप एक वर्ष पढ्नु पर्थ्याे !

चारवर्षे आएपछिकाे अवस्था:

चारवर्षे स्नातक कार्यक्रम व्यवस्थापन बीबीएसतिर शैक्षिक सत्र २०७१/०७२ बाट लागू भएपनि बीएस्सी र बीएतर्फ पछिमात्र लागू भएकाे त्रिविमा देखिन्छ । बीएमा त झन् सबभन्दा पछि । तर सबै संकायका स्नातकमा भने संकाय सुहाऊंदाे पाठ्यक्रम कम्तिमा मेराे विषय अंग्रेजीमा मैले पाएकाे छु ।

वैज्ञानिक लेखन (Scientific/Academic Writing) मेकानिज्म सिकाउने पाठ्यवस्तु र समयसापेक्ष विषयवस्तु समावेश भएकाे पाईन्छ भने वर्तमान काेर्ष अफ् स्टडीजले चाहिँ स्नातक वार्षिक प्राेग्राम नै भएपनि बकाईदा सेमेष्टर जस्ताे व्यवहार गर्न बलियाेरूपमा भन्छ जस्तै, शिक्षक-विद्यार्थीकाे नियमित र ठिक समयमा कक्षामा हरेक दिन तयारीका साथ उपस्थिति, विद्यार्थीले घर तथा कक्षामा नियमित लेखन र कार्यहरू गर्नुपर्ने, साे काे रेकर्ड शिक्षकले फाईल बनाउनुपर्ने, टर्म पेपर लेख्नुपर्ने, प्रि-बाेर्ड अर्थात्, आन्तरीक मूल्याङ्कनकाे लागि मीड टर्म जाँच विद्यार्थीले दिनुपर्ने, टर्म पेपर लेखनमा पहिलाे र दाेस्राे ड्राफ्टमा शिक्षकले उचित कमेन्ट दिएर एमएलए वा एपिए (Modern Language Assocuation or, American Psychological Associtation) काे पछिल्लाे फर्मेट अनुसार पर्फेक्ट हुनुपर्छ भन्छ ताकि एऊटा विद्यार्थीले संकाय अनुकूल स्नातकसम्ममा शैक्षिक पत्रिकामा लेख्ने लेख, रिपाेर्ट, शीर्षक छनाैट, मेमाेरैन्डम, थेसिस प्रपाेजल, बायाेडेटा, जाैब एप्लिकेशन, विज्ञापन गर्ने आदिकाे दर्शन र लेखनलाई काम लाग्ने व्याकरण, फ्रेज, शीर्षक छनाैट, लेख्दा प्रश्न गर्ने, उत्तर दिंदा तर्क गर्ने जस्ता कुराहरू सिकाउन क्रेडिट आवरमा भन्छन् । यस चार वर्षे प्रावधानले विद्यार्थीले अमेरीका, युराेप, भारत, जापान जहाँ पढ्न गएपनि थप पढ्नु नपर्ने र वैश्विक वातावरणमा फिट् हुने पाठ्यक्रमकाे स्पिरिट रहेकाे देखिन्छ भने अन्य विषयहरूमा हुनुपर्छ नै ।

तर दुर्भाग्य के देखियाे भने माथि उल्लेखित ताेकिएका कर्तव्यपालन क्याम्पस संस्थाबाट, शिक्षकबाट र विद्यार्थी कसैबाट पूरा भएकाे देखिंदैन । क्याम्पसले वर्षभरी नै भर्ना गर्ने, नयाँ विद्यार्थी पढाई छुटेकालाई सेमेष्टर जस्ताे अवधारणाकाे कक्षामा १०० बढी विद्यार्थीलाई काेर्षले १ घन्टाकाे एउटा क्लास ताेकेपनि क्याम्पसले ४० मिनेटमा पढाऊ भन्दा कसरी समेट्ने, मीड टर्ममा जाँच नै नदिने, कक्षामा कहिल्यै देखा नपरेकाे आदिलाई अन्तिम परीक्षाकाे लागि अयाेग्य (Non-qualified) कथित् विद्यार्थी राजनीतिकाे नाममा काेहि शिक्षकले लगाएर राेक्न नसक्ने, राेके उक्त शिक्षक “बदमास, चरीत्रहीन, भ्रष्टाचारी” आदिकाे कुनै विवादमा मुछिने, कुटपिट हुने तर परीक्षा फारम त्रिविमा जाँदा सबै “दुरूस्त” भएर जाने आदि देखिन्छ भने पढाउने शिक्षककाे मनाेबल कहाँ गईसक्याे ? अधिकांश कामचाेर, गफ्फाडी, बाैद्धिक सम्पदा चाेरी गर्ने (plagiarist) रहेका र अल्छी अनि त्रिविलाई ठग्ने शिक्षककाे भीड रहेकाे, नयाँ आंशिक शिक्षकहरूले करार हुन मारपिट गर्ने आन्दाेलन गर्ने तर सयमध्ये २-४ जना बाहेकले स्नातकाेत्तर उतिर्ण प्रमाणपत्रधारी भएपनि तालीमविहिन छन् र पनि स्थायी र याेग्यसँग सिक्ने नभई राजनैतिक गफमा व्यस्त देखिन्छन् । अर्थात्, आज विद्यार्थीहरू स्नातकमा नै टर्म पेपर लेख्दैनन्, प्री-बाेर्ड जाँच कति बस्छन्, कतिले बस्दैनन् तर जाँच भने अन्तिममा सबैले “याेग्य” भई दिन्छन् । कक्षामा नियमित छैनन् केही बाहेक भने गृहकार्यहरूकाे त कुरै छाडाैं, एकै चाेटी परीक्षा फाराम भर्नेबेला “मीड टर्म” औपचारिकताकाे लागि क्याम्पसले आङ्गिकतिर लिन्छ त्यसमा पनि आफूले “राम्राे” पढाएकाे प्रमाणित गर्न निकै सजिलाे स्त्तरहीन प्रश्नपत्र धेरै कम अध्यायबाट बनाऊंछन् जसकारणले मीड टर्ममा धेरै अंक ल्याउनेले अन्तिम परिक्षामा थाेरै अंक ल्याउन प्राप्त अंकहरू बीच बढी काे-रिलेशन वा डेभिएशन हुन्छ । अनि काेहि काेहि मात्रले एकैचाेटी टर्म पेपर कुनै “फ्याक्ट्री/ग्यारेज”बाट रेडिमेड ल्याउँछन् वा काेहि साथीद्वारा शिक्षकलाई थमाउँछन् !

यी सबै बारे यहि गएकाे आषाढमा म स्वयंले व्यवस्थापन विभागका सहायक र फुल डीनलाई राखेर त्रिविमै कक्षाकाे हाजीरि विवरण, टर्म पेपर रेकर्ड, प्रि-बाेर्डका सम्पूर्ण विवरण बाेकेर देखाएर क्याम्पसमा सहायक-फुल क्याम्पस चीफ वा त्रिवि प्राध्यापक संघ एकाई कसैले सुधारमा मद्दत गरेनन् अब मेराे नैतिकताले मानेन, काेहि त जवाफदेहीता लिनुपर्याे, मैंले सकेकाे जति गरें अब यहाँहरूले सम्बन्धितहरूलाई गम्भीर बनाएर पाटन क्याम्पस र त्रिविकाे प्रतिष्ठा जाेगाईराख्नलाई पहल गर्नुपर्याे भनेकने थिएं ! उता सम्बन्धनप्राप्त कलेजहरूमा कतिपयमा पहिल्यै प्रश्नपत्र विद्यार्थीलाई उपलब्ध गराएर प्रि-बाेर्डमा बस्नेकाे उच्च अंक अरू कार्य गरे-नगरेपनि दिएर फाराम पठाऊंछन् भने जाँच नै नदिनेपनि “याेग्य” भई अन्तिम परीक्षा दिन जान्छन् । उत्ता पनिका बल्खुले सेमेष्टर स्नातकाेत्तरतिर डीन अफिस आफैंले जाँचहरू लिंदा मात्र स्नातककाे जाँच र रिजल्ट १७-१८ महिनासम्म कुराउने टीठलाग्दाे अवस्था छ ।

बदलिएन शिक्षक-कर्मचारीकाे साेच:

स्नातकाेत्तर नै आङ्गिक क्याम्पसहरूमा वार्षिक प्राेग्राम दुई वर्षेबाट सेमेष्टरमा वि. स. २०७४ सालतिर लागूहुँदा पाटनमै नेपाली विषयका वैद्य माओवादीमा सेन्ट्रल कमिटि मेम्बर (ससिएम)समेत रहेका वरिष्ठ एकजना प्राध्यापक डाक्टरले अनाैपचारिकरूपमा मलाई पाटनमा अंग्रेजी विभागबाट सक्रिय भएर क्याम्पसमै लागू गराउन क्याम्पसलाई चाहिने सहयाेग गरिरहेकाे देखेर “किन यति मरिमिटेर लागिपर्नु भएकाे सर ? के जरूरी छ सेमेष्टरकाे ? यसलाई त फ्लाैप गराउने हाे हामीले !” विज्ञानतिरकाे गेटमा भनेकाेमा मैंले “तपाईंहरूले जागिर खाएर रिटायर्ड हुने बेला भयाे त्यसैले युनिवर्सिटि बन्द नै हाेस् चाहनु भएकाे रहेछ तर आफैंले जीवन बिताएकाे संस्थाकाे नराम्राे साेच्नु कुनै प्राज्ञिकतामा पर्दैन सर !” भनेर मैंले भनेकाे सम्झन्छु ।

नभन्दै वार्षिकमा सबै विषयतिर पाटनमा सेमेष्टरमा कार्यक्रम जसाेतसाे शुरू भयाे तर नेपालीमा प्रचण्ड माओवादी निकट अर्का प्राडा भण्डारी थरका विभागीय प्रमुखले केहिपनि नगरेर भर्ना नै खुलाउने व्यवस्था गरिदिएनन् भने मानविकि संकायका तात्कालीन सहायक डीन सहप्राडा शरदचन्द्र ठाकुर, हाल अनुगमण सदस्य, ले पाटनमा वस्तुस्थिति हेर्न आऊंदा साे बेलाकाे अर्थशास्त्र विभागमा बुझेर सबै कम्युनिस्ट शिक्षकजति र लहैलहैमा नबुझेर आंशिक जति डेमाेक्रेटहरूले पनि “विना तयारी किन ल्याएकाे ?” भनी असहयाेगात्मक भाव देखाएका थिए । स्मरणीय छ साे बेला त्रिविकाे भिसि प्राडा तीर्थराज खनियाँ हुनुहुन्थ्याे भने मानविकीतिर डीनमा प्राडा शिवलाल भुसाल वर्तमान रेक्टर हुनुहुन्थ्याे भने अंग्रेजी विभागकाे केन्द्रीय विभागाध्यक्ष प्राडा अम्मराज जाेशी, हाल सुदूरपश्चिम विश्वविद्यालयका भिसि, हुनुहुन्थ्याे जाे जाेशि सरकाे ४ वर्षे स्नात्तक समयसापेक्ष गरि ल्याउन र अंग्रेजीले अग्रणी भूमिका खेलेर बीए अंग्रेजीकाे काेर्षपनि डिजाईन गर्न लगाउनुभएकाे थियाे । आज त्रिविमा भिसि, रेक्टर, रजिष्ट्रार र धेरै डीनलगायतहरू “ऐतिहासिक”रूपमा शक्तिशाली निकाय प्राज्ञिक परिषदमा रह्नुहुँदा अब स्नातकलाई पुन: तीन वर्षमा झार्ने छलफल नभई शायद पूर्ण अर्थमा “छल” अनि “फल” निकाल्ने काम याेजनाबद्धरूपमा त्रिविकाे देशमा अग्रणि भूमीका र भविष्यसमेत नसाेचीकन भईरहेकाे छ । सवाल छ, केका लागि ? कसलाई खुशी पार्नलाई ? याे शिक्षा पद्धति फालेर के ल्याउनलाई ? वा, कसलाई त्रिविकाे नेतृत्व दिएर अरू क-कसलाई जागिर खुवाउनलाई ?

आजपनि शिक्षकहरू सेमेष्टर माेडेलकाे स्नातक कक्षामा उहि वार्षिक प्रणालीकाे जस्ताे लेक्चर (भाषण) विधिबाट पढाउँछन् जहाँ क्लास वा हाेमवर्क जस्ताे कुनै जिम्मेवारी तथा हाजिरि उठाउने काम गर्दैनन् ! कर्मचारी त्रिविमा कम अचेल हुनु वा हिजाे भएपनि दिऊंसाे ड्यूटी रहँदा विहान ६ बजेदेखि ओभरटाईम जागिर खाने तर ७ बजेमात्र विभागमा उनिहरू देखिने, आउने बित्तिकै सबै कर्मचारी हूल बाँधेर चीया खान हाेटलमा बस्ने ८ बजेतिर बल्ल आउने र ९ नबज्दै खाना खान भनेर काेठा पुग्ने र बल्ल ११/१२ बजेतिर बिस्तारै क्याम्पस पस्ने र आजकाे साधारण काममा पनि “भाेली” थेगाे झुण्ड्याएर बस्ने ! अनि विद्यार्थीका लागि आकर्षण के भयाे ?

तीन वा चार वर्षे कुन राम्राे ?

याे अति दिमाग खाने प्रश्न हाे कि आखिरमा विदेशका विश्विद्यालयहरूमा सेमेष्टरका सबै कृयाकलापहरू गर्न मान्ने र महंगाे शुल्क तिर्न नेपाली विद्यार्थीहरू सस्ताेमा त्यहि सेमेष्टर काेर्ष नेपालमा खासगरी त्रिविमा किन पढ्न चाहँदैनन् ? नेपालका विश्वविद्यालयहरूलाई किन पत्याउँदैनन् ? वास्तवमा उनीहरूले काेर्स अफ स्टडीमा लेखेका कुराहरू व्यवहारमा गर्न नपाएर कलाहीन हुन्छन् । परीक्षा प्रणाली अति फितलाे छ, हाेटलमा बसेर काेहि कर्मचारी वा जिम्मेवार कहलाउने विद्यार्थी नेताद्वारा सहजै उत्तरपुस्तिका लेखेर परिक्षाहलमा बदल्ने वा १०-१५ हजारमा नक्कली परिक्षार्थी राखेर लेखाउन सकिने भएकाे छ ।

९० प्रतिशत बढी शिक्षककाे अतिरिक्त कमाईकाे स्राेत भनेकै आज थेसिस प्लेजिएरिज्म गरि लेखिदिने वा हाेटलमा प्रश्नपत्र लेखिदिने भएकाे छ । यस्ताे अवस्थामा त्रिविका प्राज्ञिक कहलिने सम्पूर्ण नेतृत्वहरू भीसि, रेक्टर, रजिष्ट्रार, डीन, केन्द्रीय विषय विभागाध्यक्ष, क्याम्पस चीफ, पनिका पदाधिकारी, अनुगमण हाकीम आदिले पार्टीकाे “शिक्षा दर्शन” छाडेर कुन याेजना सफल वा असफल बनाउने कुरा छाडेर विश्वविद्यालयकाे समयसापेक्ष विश्वपरिवेश अनुसार काम गर्न गराउने हाे । यदि त्यसाे हुँदैन भने ४ वर्षबाट ३ वा २ वर्षमा स्नातक काेर्ष झारेपनि विद्यार्थी ह्रास वा हाम्राे विश्वास जनस्त्तरमा खस्कने क्रम राेकिने छैन । त्यसका लागि सरकारले प्राज्ञिक दक्षतामा रहेरमात्र विश्वविद्यालयमा पदाधिकारी खाली नराखेर तत्काल ताेकिनुपर्छ ।

प्राडा मात्रै नाम अगाडि हुँदा फ्लानाे “याेग्य” हाे भन्ने भावना अब बद्लिनुपर्छ मन र ऐनबाट पनि ! सेवा आयाेग पूर्ण रहि फटाफट विज्ञापनहरू गरेर जनशक्ति बढाएर तालिम दिनुपर्छ । पर्फाेर्मेन्स दिन नसक्ने, स्वयं सेमेष्टरमा नपढाउनेलाई नेतृत्व पदमा दाेहाेर्याउने वा चान्स किन दिने कि उहि पनिका प्रमुख वा डीन बन्ने वा क्याम्पस चिफ बन्ने ? विद्यार्थी राजनीतिकाे नाममा “कथित् राजनीति” गर्ने जुनसुकै विद्यार्थीलाई माफिया र दलाल र त्यसतै प्लेजिएरिज्ममा लागेका र जायज क्नलास पढाएर बस्ने तर पार्टटाईम क्लाश पढाएकाे भनी क्याम्पस चुस्ने जुका शिक्षकहरूलाई तत्काल अख्तियार दुरूपयाेग अनुसन्धान आयाेग वा प्रहरीकाे सीआईबी वा सम्पत्ति शुद्धिकरण विभागमार्फत् क्याम्पसबाट घर नभई जेल पठाऊनुपर्छ ।

 

लेखक पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय