मागा कि ट्रम्पकाे दिमागी विचलन ?

हाल विश्वमा अमेरिकी राष्ट्रपति डाेनाल्ड जे. ट्रम्पकाे क्षण-क्षणमा निश्चित देश, व्यक्ति वा संस्थाप्रति भईरहेकाे विचार परिवर्तन र साे अनुरूपकाे व्यवहारले संसारले ट्रम्पले आगामी कदम के चाल्लान् भन्ने अनुमानमा धेरै नीतिहरू अस्पष्ट, त्रासपूर्ण रूपमा तय गरिरहेका पाईन्छन् ।

चाहे त्याे व्यापारनीति हाेस् वा कूटनैतिक, राजनैतिक, युद्धनीति वा जेसुकै । किन एकै छिन ट्रम्पले कसैलाई प्रशंसा गर्नुहुन्छ भने तत्क्षण गाली गर्नुहुन्छ ? के उनी यति दिमागी अस्थिरता भएकाे मान्छे राष्टरनीति चयन गर्नलाई चुनिए वा, यसमा अर्कै केही तथ्य लुकेकाे छ ?

यिनै विषयवस्तुमाथि आधारीत भएर याे सानाे लेख तयार पारिएकाे हाे ।

मस्कसँग यस्तै उतारचढाव

व्यंग्य प्रहार गरि हसाएर तर झूट्टा कुरा गर्नु ट्रम्पकाे कला हाे भन्नुपर्दा अतिशयाेक्ति नहाेला । अर्थात्, कुरा गरेर त्यसबाट पछि हट्नु, कुरा फेर्नु उनकाेलागि सामान्य व्यवहार तर प्रतिदिन अविश्वसनीय सावित गरिरहेकाे व्यवहार हाे ।

केही हप्ता अघिमात्र ट्रम्पकाे आँखामुनि सानाे कालाे दाग बसेकाेलाई ट्रम्पले व्यंग्य प्रहार गर्दै “सञ्चै हुनुहुन्छ हाेला …” भनेर सार्वजनिक मञ्चमै उपहास गरे जसकाे उत्तरमा उनले आफ्नाे छाेरासँग खेलिरहेकाे बेला हानेकाे बताए । तर पनि ट्रम्पले पेलेकाे पेलेकै गरे । याे त सानाे उदाहरण हाे ।

हाल ट्रम्पले भने मस्ककाे स्पेश कार्यकाे लागि टेन्डर दिएकाे संस्था स्पेश एक्सलाई भन्दा एमेजनकाे मालिकलाई सयाैं मिलियन डलरकाे टेन्डर खाेसेर दिएर अब मस्कलाई दक्षिण अफ्रिका जाउ नत्र तिमिले ह्वाईट हाउसमा काम गरेकै संस्था डजमार्फत् कार्वाही गर्छु भनेर धम्क्याएका छन् ।

ट्रम्पकाे चुनावी दाैरानदेखि उनकाे विजय, मस्ककाे सहयाेगकाे प्रशंसादेखि उनलाई ह्वाईट हाउसमा प्रवेशसम्म र अचानक दुवैजना बीचकाे दिनै पिच्छे आलाेचना, धम्की र फेरि एक अर्काकाे प्रशंसाले निकै राेमाञ्च दुनियालाई दिईराखेकाे छ । पछिल्लाे समयमा ट्रम्पसँगकाे आफ्नाे दूरी बढ्दा मस्कले नासाकाे लागि आफ्नाे अन्तरीक्ष कार्य गरिरहेकाेबाट हाथ झिक्ने धम्कीसम्म दिंदा ट्रम्प विकल्प खाेज्न थालेकाे बताईन्छ ।

तर मस्कसहित दुनियाँले बुझेकाे तथ्य के हाे भने देशकाे नीति, निर्णय राष्ट्रप्रमुखकाे हाथमा तय गर्ने अख्तियारी रह्नेभएकाेले कम्तिमा कार्यकालभरी ट्रम्पसँग पंगा लिनुकाे मतलब आफ्नाे मति बिग्रेकाे हाे ।

युद्धरत्त देशहरूसँग ढुल्मुले ट्रम्प नीति

सधैंदेखि भारतसँग अति खराब नभएपनि ठिकठिक कै सम्बन्ध अमेरिकी पूर्व राष्ट्रपतिहरूले राखेका छन् तर ट्रम्पले भने व्यापारमा दिईने धाेखाजस्ताे व्यवहारमा पनि भारतलाई नै धाेखा दिईरहेका छन् । यसाे किन उल्लेख गरियाे भने ट्रम्पकाे हारे वा जीतेपनि सन् २०१५, सन् २०२० र सन् २०२५ का तीनवटै राष्ट्रपतिय निर्वाचनमा सनातन हिन्दु धर्म र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे प्रशंसा गरेर लडेका छन् ।

यतिमात्र हैन कि पाकिस्तान विश्वमा आतंक निर्यात् गर्ने देश हाे भनेर आतंकवादी समूहकाे हवालादिंदै स्वयं अमेरिका र युएनओले भन्दै आएकाेमा उल्टै अमेरीकाले सन् २०२५ काे पहलगाममा आतंकी हमलामा २६ जना भारतीय र नेपाली पर्यटक मारिएपछि उब्जेकाे द्वन्द्वमा उल्टै आतंकवादकाे सप्लाई गर्ने देश पाकिस्तानकाे पक्ष लिएकाे छ । जबकी पाकिस्तानलाई चीनले डेटा उपलब्ध र टर्कीले ड्राेन र पायलट उपलब्ध गराएर भारतविरूद्ध मद्दत गरिरहेकाे थियाे ।

यदि ट्रम्पकाे लाेकतन्त्रप्रति पूर्ण निष्ठा र आतंकवादकाे विपक्षमा उभेकाे रहेकाे भए अमेरीकाले त्यही पाकिस्तान आतंकी र चीन कम्युनिस्टकाे लाईनमा उभ्ने थिएन । यसले गर्दा ट्रम्पकाे जताबाट लाभ हुने भए, त्याे जस्ताे राष्ट्र भएपनि उसकाे पक्षमा उभ्ने व्यापारीक र लाेभी चरीत्र देखाउँछ ।

अर्काेतिर रूस र युक्रेन युद्धमा पनि ट्रम्पले त्यस्तै अपरिपक्व जस्ताे पहिला सार्वजनिकरूपमा युक्रेनी राष्ट्रपतिलाई धम्काएर कब्जा जमीन रूसलाई छाेडेर मिनेरल्ससमा अमेरीका र रूसले बाँड्नेछन् भने । देशकाे र जनताका भलाईका लागि लाेकतान्त्रिक सार्वभाैम देशकाे राष्ट्रपति आफू भ्लाेदाेमिर जेलेन्सकी ठूलाे हाेईन भनी अपमान सहेपनि अब रूसले कब्जाएकाे युक्रेनी भूभाग नछाेड्ने, मिनेरल्सपनि लिने तर युद्धपनि नराेक्ने भनेपछि ट्रम्पले फेरि युक्रेनलाई शैन्य उपकरण दिएर मद्दत गर्ने रे ! यहि त ट्रम्पले उथलपुथल गर्नु अघि अमेरिकी नीति रूस-युक्रेनप्रति थियाे ।

ईजरायल र ईरानबीच युद्धमा ईजरायललाई सहयाेग गर्दै ट्रम्पले इरानी सर्वाेच्न नेता आयाेताेल्लाह खामेनेईलाई आत्मसमर्पण गर्ने समय ताेकेर धम्की दिए तर नमानेपछि पन्ध्र दिनपछि निर्णय लिने उद्घाेष गरे । यसपछि अपत्यारिलाे ढंगले ट्रम्पले ईरानकाे परमाण्विक भट्टी बनिरहेकाे तीनवटा पहाडी भागकाे जमिनमुनी बंकरमा आक्रमण गरे । तर त्यसकाे प्रभाव विश्वमा यस्ताे पर्याे कि चीन, रूस, उत्तर काेरिया सबैले भित्रभित्रै ईरानलाई साथदिंदा अमेरीकाले आफ्नाे उद्देश्य पूरा ईरानमा भईसकेकाेले अब ईजरायल र ईरानले युद्ध अन्त्य गर्नुपर्ने घाेषणा गरि पछि हटे ।

तर यहाँ दुईवटा राेचक कुरा भए: पहिलाे, ट्रम्पले ईरानमाथि हमला गर्दा युद्ध निम्तिने देखेपछि “विश्वगुरू” भारतीय प्रम नरेन्द्र माेेदीकै भाषा “ईरानकाे परमाण्विक भट्टीलाई तवाह गरिसकेकाेले युद्ध गर्नुपरेन” दाेहाेर्याए, जुन माेदीले पाकिस्तानमाथि गत मई ७ तारिखदेखि ४ दिन हमलागर्दा “पाकसँग युद्ध वा निर्दाेष जनता मार्ने हाम्राे उद्देश्य नभई आतंकी ठेगाना र आतंकी हुन्” भनेका थिए । थपमा ट्रम्पले ईरानलाई उल्टै लाखाैं मिलियन डलर हथियार बनाउने कार्य छाेड्दा दिने बताए ।

दाेस्राे राेचक कुरा, पाकिस्तानले डबल गेम खेल्याे- एकातिर अमेरीकालाई ईरानमाथि आक्रमण गर्न ईरानी शैन्य चीफलाई घडी “उपहार” दिएर ट्रयाक गरेर सूचना दिई, युद्धपाेत राख्न दिएर सहायता खुलेआम गर्याे भने अर्काेतिर आफूले नै अमेरीकालाई भनेर युद्धविराम गराईदिएकाे कुप्रचार गर्याे पाकिस्तानले । वास्तवमा भारतले पाकमाथि चार दिनमै चिनियाँ हथियारकाे बलमा लडेकाे युद्धमा उसकाे एयर डिफेन्सेज र एयरपाेर्टहरू ध्वस्त बनाईदिंदा हरिकंगाल पाकिस्तानले अमेरीकाकाे काखमा मुस्लिम आफू भई मुस्लिम देशहरूकाे विरूद्धमा “सहयाेग” गरेकाे भनी रकम असूल्ने र कश्मिर मुद्दालाई गलतरूपमा अन्तर्राष्ट्रियकरण गर्ने भनेर यति तिकडम गरेकाे हाे ।

मागा नीति के हाे त ?

माथि जतिपनि घट्नाहरू राष्ट्रपति ट्रम्पकाे पर्स्नालिटिकाे विचलन मस्क र दुई देशीय युद्धहरूमा गरिए, त्यसमा ट्रम्पकाे अपरिपक्वता देखाउँछ तर त्यसाे हाेईन भनिन्छ । हुन पनि ट्रम्प अमेरीकामा बिजनेस टाईकून नै हुन् जसले आफ्नाे जहाजमाथि हिराका टुक्राहरू जडान गरि राखेका छन् । के बेवकूफ दिमाग हाे त उनकाे ? हाेईन हाेला ।

हालै ट्रम्पले भारतलाई तिमी रूससँग सबै सम्पर्क टुटाउ नत्र भारतमाथि ५०० प्रतिशत ट्यारिफ अर्थात् भन्सार कर लगाईदिन्छु भनी धम्काएका छन् । त्यस्तै, नेपालकाे सन् २०१५ काे महाविनाशकारी भू-कम्पबाट पीडितहरू ईमर्जेन्सीमा अमेरीकामा गएकालाई अब समयावधि नलम्ब्याउने नेपाल फर्क भनेका छन् ।

माथिका ट्रम्पका ढुल्मुले व्यापार वा युद्ध नीति र तलका यी दुई पछिल्ला उदाहरणले के देखाउँछ भने अमेरीका रिपब्लिकन पार्टीभित्रपनि ट्रम्पले एउटा तेस्राे धार मागा (Make America Great Again) बनाएका रहेछन् । यसमा अमेरिकी आदिवासी, जनजातिहरूकाे पक्कड छ भनिन्छ र स्वयं ट्रम्प एक कुशल व्यापारीपनि भएकाले गर्दा कुन देश विश्वमा आतंकवाद, कम्युनिस्ट, पुरानाे आफ्नाे मित्र, लाेकतान्त्रिक छन्, केही पनि नहेरी कुन देशबाट कतिञ्जेल अमेरीकालाई लाभ हुनेछ, उससँग नजिक हुने हाे ।

याे अमेरिकी सम्बन्धले विश्वलाई कहाँ कससँग कहिले पुर्याउने हाे र आर्थिकरूपले गरिब देशहरूकाे खनिज वा अस्तित्व अब के हुने हाे, याे नयाँ चिन्ताकाे विषय बन्याे । यहि कारणले हाे, ट्रम्पकाे नीतिकाे विराेध अमेरिकी संसद कंग्रेसमा मागा समूहबाहेक उनकैपनि रपब्लिकन दलका अरू दुई समूहका सांसदहरूले विपक्षी डेमाेक्रेट सांसदकै श्वर मिलाएर विराेध गर्छन् ।

(लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय