१६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार

काठमाडौं । चितवनको पश्चिम क्षेत्रमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। आफ्नै केटा साथिले बोलाएर भेट्न गएकी १६ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।
प्रहरीले उनका केटा साथी सहित ५ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। किशोरीमाथि गत वैशाख २५ गते ६ जना युवाले सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीमा जाहेरी दर्ता भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने सबैको पहिचान लुकाइएको छ। थप प्रमाण जुटाउन र घटनाको तथ्य पत्ता लगाउन अहिले पक्राउ पर्नेको नाम सार्बजनिक नगरिएको हो। सामूहिक बलात्कारको जानकारी आएपछि किटानी जाहेरीका आधारमा ५ जना पक्राउ परेका हुन् । भने, एक जना अझै फरार रहेका जनाइएको छ ।
गत २५ गते केटा साथीले बालिकालाई आफ्नो घर बोलाएका थिए । उनको घरमा बुबा आमा भएपछि केटा साथीले आफ्नो साथीको घरमा लगेर सुरुमा जबरजस्ती रक्सी खुवाएको बुझिएको छ। पानीको बोत्तलमा रक्सी हालेर ती किशोरीलाई खुवाएपछि उनि अर्धचेत भएको र केटा साथीले जबरजस्ती बलात्कार गरि बाँकी ५ जनाले पनि बालिकामाथि बेलुका ९ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म बलात्कार गरेको जाहेरीीमा उल्लेख छ ।

