अन्तर्राष्ट्रिय नारी दिवस : ‘मनुस्मृति र स्त्री’

आज अन्तर्राष्ट्रिय नारी दिवस अर्थात स्त्री जातीको लागि एउटा महान पर्व । आजको दिनमा हामीले महर्षि मनुको अनुपम कृति “मनुस्मृति” माथि थोपरिएको आरोपलाई सुक्ष्म ढंगले केलाएर हेर्न र बुझ्न सान्दर्भिक ठानेर यो लेख मार्फत भावना समेटिएको छ।

मनुस्मृतिमा गरिएको प्रक्षेपणहरु धेरै नक्कली श्लोकहरु हुन् भनेर हामी सजिलै छुट्टयाउन् सक्छौं। प्रक्षेपण रहित मूल मनुस्मृति, महर्षि मनुको अत्यन्त उत्कृष्ट कृति हो। वेदहरु पछि मनुस्मृति नै यस्तो शास्त्र हो जस्ले स्त्रीलाई सर्वोच्च सम्मान र अधिकार दिएको छ। आजका अत्याधुनिक नारीवादीहरु पनि यस कुराको उच्चता सम्म पुग्न सकिरहेका छैनन् ।

मनुस्मृति ३.५३ – जुन समाज या परिवारमा स्त्रीहरुको आदर-सम्मान हुन्छ; त्यहाँ देवता अर्थात दिव्यगुण र सुख-समृद्धि निवास गर्दछ र जहाँ यिनीहरुको आदर-सम्मान हुदैन, त्यहाँ अनादर गर्नेहरुको सबै काम निष्फल हुने गर्दछ। भलै तिनीहरु जति नै श्रेष्ठ कर्म गर्ने हुन्, उनिहरुले अत्यन्त ठुला दुःखहरुको सामना गर्नु पर्दछ।

यो श्लोक केवल स्त्री जातिको प्रशंसा गर्नका लागि मात्र होइन जबकि यो कठोर सच्चाई हो । जो जस्ले महिलाहरुलाई अपमानित गर्दछन् तिनीहरुले ध्यानमा राख्नुपर्ने कुरा हो र जो मातृशक्तिलाई आदर गर्दछ उसको लागि त यि शब्द अमृत समान छन्। र प्रकृति को यस नियम पुरै सृष्टिको कृपा एक समाज, हर एक परिवार, देश र पुरै मनुष्य जातिमा लागु हुन्छ।

हामी त्यसैले परतन्त्र भयौं र हामीले महर्षि मनुको यस परामर्शलाई सदियौं देखि अपमानित दृष्टिले मात्र हेर्यौं। कत्ति आक्रमणहरुपछि पनि हामी सुध्रिएनौं र परिस्थिति झन्-झन् बिग्रेर गयो। १९ औं शताब्दी को अन्त्यमा आएर राजा राम मोहन राय, ईश्वरचन्द्र विद्या सागर र स्वामी दयानन्द सरस्वतीका प्रयत्नहरुबाट स्थितिमा सुधार भयो र हामीले वेद सन्देशलाई मान्न स्वीकार गर्यौं।

कत्ति संकीर्ण मुस्लिम देशहरुमा आज पनि नारीलाई पुरुषहरुसंग जुन अधिकार प्राप्त छ त्यसको तुलनामा नारीलाई आधा सम्मकै अधिकार सम्झिन्छन्। अतः यस्ता स्थान नर्क भन्दा पनि बढ्ता बन्न पुगेका छन्। यूरोपमा त झन् सदियौं देखि नारीहरुलाई अपमानजनकको पुर्ण प्रारुप भनेर अनुसरण गरिएको छ। यो प्रारुप अत्यन्त संकीर्ण र शंकाशील थियो त्यसैले यूरोप अत्यन्त संकीर्ण र सन्देह पालन गर्ने स्थान थियो भनेर बुझ्न सकिन्छ। यो कुरालाई सुधारवादी युगको देन हो भनेर पनि मानिन्छ । त्यहाँ परिस्थितिहरुमा परिवर्तन आयो र बाइबललाई गम्भीरता साथ हेर्न छोडे। परन्तु आज पनि नारीलाई एक कामना पूर्ति र भोगको वस्तुका रुपमा हेरिन्छ । आदर र मातृत्व शक्तिको रुपमा एकदम कम हेर्ने गरिन्छ र यही कारण नै हो कि पश्चिमी समाज बाँकी सबै भौतिक विकासका बावजूद पनि असुरक्षित र आन्तरिक शान्तिको अभावसंग जुधिरहेका छन्।

आउनुहोस्, मनुस्मृति को केहि महत्वपूर्ण श्लोकहरुलाई अवलोकन गरौं र समाजलाई सुरक्षित र शान्तिपुर्ण बनाउने प्रयास गरौं –

परिवारमा स्त्रीको महत्व

३.५५ – पिता, भाई, पति या देवर र आफ्ना कन्या, बहिनी, स्त्री या भाउजु लाई हमेशा यथायोग्य मधुर-भाषण, भोजन, वस्त्र, आभूषण आदिले प्रसन्न राख्नु पर्दछ र उनिहरुलाई कुनै प्रकारको चोट पुर्याउनु हुदैन।

३.८७ – जुन कुलमा स्त्री आफ्नो पतिको गलत आचरण, अत्याचार या व्यभिचार आदि दोषहरुबाट पीडित रहन्छिन्, त्यो कुलले शीघ्र नाश लाई प्राप्त गर्दछ र जुन कुलमा स्त्रीजन पुरुषहरुको उत्तम आचरणहरु बाप प्रसन्न रहन्छिन्, त्यही कुल सर्वदा अघि बढ्दछ।

३.५८ – अनादरका कारण जुन स्त्री पीडित र दुःखी भएर पति, माता-पिता, भाई, देवर आदिलाई श्राप दिन्छिन्, त्यो परिवार यसरी नष्ट हुन्छ जसरी पुरै परिवारलाई विष दिएर
मार्ने हुन्छ। एकै चोटीमा सबै मर्दछन्।

३.५९ – ऐश्वर्यको कामना गर्ने मनुष्यहरुले हमेशा सत्कार र उत्सवका समयमा स्त्रीहरुलाई आभूषण, वस्त्र, र भोजन आदिले सम्मान गर्नु पर्दछ।

३.६२ – जो पुरुष, आफ्नो पत्नीलाई प्रसन्न राखदैन, उसको पूरा परिवार नै अप्रसन्न र शोकग्रस्त रहन्छ। र यदि पत्नी प्रसन्न छिन् त सारा परिवारमा खुसीयाली रहन्छ।

९.२३ – सन्तानलाई जन्म दिएर घर को भाग्य उदय गराउने स्त्री सम्मान योग्य र घरलाई प्रकाशित गराउने हुन्छिन्। शोभा, लक्ष्मी र स्त्रीमा केही अन्तर हुदैन। यहाँ महर्षि मनु उनलाई घरकी लक्ष्मी भन्नुहुन्छ।

९.२८ – स्त्री सबै प्रकारका सुखहरु दिने हुन्छिन्। चाहे सन्तान होस्, उत्तम परोपकारी कार्य होस् या विवाह या फेरि अग्रजहरु को सेवा, यि सबै सुख स्त्रीहरुबाटै प्राप्त हुनुहुन्छन्। स्त्री कहिले आमाका रुपमा, कहिले पत्नीका रुपमा र कहिले आध्यात्मिक कार्यहरुको सहयोगीका रुपमा जीवनलाई सुख्द बनाउदछिन्।

यसको मतलब यो हो कि स्त्रीको सहभागिता कुनै पनि धार्मिक र आध्यात्मिक कार्यहरुका लागि अति आवश्यक छ।

९.९६ – पुरुष र स्त्री एक-अर्का बिना अपूर्ण छन्, अतः साधारण देखि साधारण धर्मकार्यको अनुष्ठान पनि पति-पत्नीदुबै मिलेर गर्नु पर्दछ।

४.१८० – एक समझदार व्यक्ति ले परिवार का सदस्यहरु माता, पुत्री, र पत्नी आदिका साथ बहस या झगडा गर्न हुन्न।

९.४ – आफ्नी कन्यालाई योग्य वर संग विवाह नगराउने पिता, पत्नीको उचित आवश्यकताहरुलाई पूरा नगराउने पति र विधवा मातालाई देखभेल नगर्ने पुत्र निन्दनीय हुन्छन्।

बहुविवाह पाप हो –

९.१०१ – पति र पत्नी दुबै आजीवन साथ रहुन्, व्यभिचारबाट बचुन्, संक्षेपमा यो सबै मानवहरुको धर्म हो।

अतः धर्म को यस मूल तत्व लाई अवहेलना गरेर जुन् समुदाय – बहुविवाह, अस्थाही विवाह र कामुकताका लागि गुलामी इत्यादिलाई जायज ठहर्याउछन्, तिनीहरु आफैले आफैलाई पतन र विनाश तर्फ लग्दैछन्।

स्त्रीलाई स्वाधिकार –

९.११ – धनको संरक्षण र त्यसको व्यायको जिम्मेवारी, घर र घरको पदार्थहरुको शुद्धि, धर्म र अध्यात्मको अनुष्ठान आदि, भोजन पकाउनु र घरको पूरा देख-भालमा स्त्रीलाई पूर्ण स्वायत्तता मिल्नु पर्दछ र यो सबै कार्य उनैको मार्ग दर्शनमा हुनुपर्दछ।

यस कुराबाट यो भ्रमपुर्ण धारणा निर्मुल हुन्छ जस्ले भन्दछ कि स्त्री वैदिक कर्मकाण्डमा अधिकार छैन्। यसको ठिक विपरीत उनलाई यि अनुष्ठानहरुमा अग्र स्थानमा राखिएको छ र जस्ले स्त्रीहरुका यि अधिकारहरुलाई हनन गर्दछन् , तिनीहरु वेद, मनुस्मृति र पूरै मानवताको खिलाफ छन्।

९.१२ – स्त्री आत्मा नियन्त्रणबाट नै अपराधहरुबाट बच्न सक्दछिन्, किनकि विश्वसनीय पुरुषहरु (पिता, पति, पुत्र आदि) द्वारा घरैमा रोकिईन् अर्थात निगरानीमा राखिएकी स्त्री पनि असुरक्षित हुन्छिन् (अपराधहरु बाट बच्न सक्दिनन्)। जो स्त्री आफ्नो रक्षा स्वयम् आफ्नै सामर्थ्य र आत्मबल लिएर गर्न सक्दछिन्, वस्तुतः तिनै सुरक्षित रहन्छिन्।

जस्ले स्त्रीहरुलाई सुरक्षाका नाममा घर मै राख्न मन पराउछन्, उनिहरुले यस्तो सोच्नु व्यर्थ छ। यसको अलावा स्त्रीहरुलाई उचित प्रशिक्षण तथा सहि मार्गदर्शन मिल्नु पर्दछ ताकि उनि आफ्नो बचाऊ स्वयम् गर्न सकुन् र गलत बाटोमा पनि नजाउन्। स्त्रीहरुलाई चारदिवारमा कैद गरेर राख्नु महर्षि मनु भन्दा पूर्णतः विपरित हो।

स्त्रीको सुरक्षा –

९.६ – एक दुर्बल पतिले पनि आफ्नी पत्नीको रक्षा गर्नु पर्दछ।

९.५ – स्त्री चरित्रभ्रष्टता देखि बचून् किनकि यदि स्त्री आचरणहीन भइन् भने सम्पूर्ण समाज नै विनष्ट हुन् पुग्दछ।

९.१४९ – स्त्री हमेशा स्वयम्लाई सुरक्षित राखून्। स्त्रीको संरक्षण पिता, पति र पुत्रको दायित्व हो।

यसको मतलब यो होइन कि मनु स्त्रीलाई बन्धनमा राख्न चाहन्छन्। श्लोक ९.१२ मा स्त्रीहरुको स्वतन्त्रताका लागि उनको विचार स्पष्ट छ। उनि यहाँ स्त्रीलाई सामाजिक सुरक्षाको कुरा गर्दै छन्। किनकी जुन समाज, आफ्ना स्त्रीहरुको रक्षा वाकृत मनोवृत्तिहरु भएका मानिसहरुबाट गर्न सक्दैनन्, तिनीहरु स्वयम् सुरक्षित रहदैनन्।

त्यसैले जब पश्चिम र मध्य एशियाका बर्बर आक्रमणकारीहरुले हामी माथि आक्रमण गरे तब हाम्रा सुरवीरहरुले आमा-बहिनीको सम्मानका लागि अन्तिम प्राण सम्म लडे र कतिले प्राण समेत गुमाए।

हाम्रो संस्कृतिको यस महान इतिहास भए पनि हाम्रो समाजले आज स्त्रीलाई या त घरमा कैद गरेर राखेको छ या उनलाई भोग-विलास को वस्तु मानेर व्यापार गरिरहेको छ। यदि समाजले स्त्रीहरुलाई सम्मानको रक्षा गर्न छोडेर उनको विश्वास लाई यसरी नै आहत गरिरहन्छ भने हाम्रो विनाश निश्चित छ।

विवाह –

९.८९ – चाहे आजीवन कन्या पिताको घरमा विवाह नगरी बसेकी छिन् परन्तु गुणहीन, अयोग्य, दुष्ट पुरुषका साथ विवाह कहिल्यै नगरिदिनु।

९.९०-९१ – विवाह योग्य आयु भएपछि कन्या आफ्नो सदृश्य पति स्वयम् चुन्न सक्दछिन्। यदि उनका माता-पिता योग्य वर चुन्नमा असफल भए भने उनलाई आफ्नो पति स्वयम् चुन्ने अधिकार छ।

सम्पत्तिमा अधिकार –

९.१३० – पुत्रका नै समान कन्या हुन्, त्यसैले पुत्री रहँदा रहदैं कोही दोस्रोले उनको सम्पत्तिको आधिकारलाई कसरी खोस्न सक्दछ ?

९.१३१ – माता पिताको निजी सम्पत्तिमा केवल उनकि कन्याको नै अधिकार हुन्छ।

मनु का अनुसार पिताको सम्पत्तिमा त कन्याको अधिकार पुत्रको बराबर छ नै परन्तु माता को सम्पत्तिमा एक मात्र कन्या को अधिकार छ। महर्षि मनु कन्याका लागि यो विशेष अधिकार यसका लागि दिनुहुन्छ कि उनि कसैको दयामा निर्भर नरहुन्, उहाँ उनलाई स्वामिनी बनाउन् चाहनु हुन्छ, मगन्ती होइन्। किनकि एक समृद्ध र खुसीयाली समाजको कारण स्त्रीहरुको स्वाभिमान र उनको प्रसन्नतामा टिकेको हुन्छ।

९.२१२-२१३ – यदि कुनै व्यक्तिको आफन्त या पत्नी छैन्भ ने उनको सम्पत्तिलाई भाई-बहिनीमा समान रुपले बाडिंदिनु पर्दछ। यदि ठुलो भाई, सानो भाईको तुलनामा बहिनीहरुलाई उनिहरुको उचित भाग दिइएन भने त्यो कानुन दण्डनीय छ।

दाईजो निषेध

३.५२ – जो वर का पिता, भाई, आफन्त आदि लोभवश, कन्या या कन्या पक्षबाट धन, सम्पत्ति, वाहन या वस्त्रहरुलाई लिएर उपभोग गरेर जिउदछन् भने तिनीहरु महा नीच मानिस हुन्।

यसरी, मनुस्मृतिले विवाहमा कुनै पनि प्रकारको लेन-देनलाई पुर्णतः निषेध गर्दछ ताकि कसैमा लालचको भावना नरहोस् र स्त्रीको धनलाई अरु कोहि कसैले लिने हिम्मत नगरोस्।

स्त्रीलाई पीडित गर्नेमाथि दण्ड-

८.३२३ – स्त्रीहरुलाई अपहरण गर्नेहरुलाई आजीवन बन्दीको दण्ड दिनुपर्दछ।

९.२३१ – स्त्री,बच्चाहरु र सदाचारी विद्वानहरुको हत्या गर्ने हत्यारालाई अत्यन्त कठोर दण्ड दिनुपर्दछ।

८.३५२ – स्त्रीमाथि बलात्कार गर्ने, उनलाई उत्पीडित गर्ने या व्यभिचारमा प्रवृत गराउने, आतंकित गर्नेहरुलाई भयानक दण्ड दिइयोस् ताकि कोहि दोस्रो यस्तो विचारबाट उनिहरु भित्र कम्पन् होस्।

८.२७५ – माता, पत्नी या छोरीमाथि झुठो दोष लगाएर अपमान गर्नेलाई दण्डित गरियोस्।

८.३८९ – माता-पिता, पत्नी या सन्तान लाई गम्भीर अवस्थामा त्यसै छोडेर वेवास्ता गरे उसलाई दण्डित गरियोस्।

स्त्रीलाई प्राथमिकता –

स्त्रीहरुलाई प्राथमिकता (Ladies First) का जनक महर्षि मनु हुनुहुन्छ।

२.१३८ – स्त्री, रोगी, भारवाहक, अधिक आयु भएका वृद्ध-वृद्धा, विद्यार्थी, वरलाई जान पहिला बाटो दिनुपर्दछ।

३.११४ – नव विवाहितहरु, साना कन्याहरु, रोगी र गर्भिणी स्त्रीलाई आएका अतिथिहरु भन्दा पनि पहिले भोजन गराउनुपर्दछ।

यसर्थ आज नारी दिवसको सन्दर्भमा महर्षि मनुका यि सुन्दर उपदेशहरुलाई अपनाएर हाम्रो समाज, राष्ट्र र सम्पूर्ण विश्वलाई सुख, शान्ति र समृद्धि तर्फ अघि बढाऔं। यहि प्रण सबैले गरौं । धन्यवाद !!!

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय