प्राध्यापक संघमा ‘मर्ने बेला हरियाे काँक्राे’ !
मनोज कुमार कर्णत्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ (त्रिवि प्राध्यापक संघ, टुटा) र नेपाल प्राध्यापक संघ (नुटा) का क्रमश: अधिवेशन र महाधिवेशनहरू विभिन्न प्राध्यापकका नाममा खुलेका संघ, संगठन अनि तिनिहरूकाे अन्तरसंघर्ष तथा टुटा र नुटाकै केही पदाधिकारीहरूकाे शंकास्पद गतिविधिले राेकिएका छा् ।
एकले अर्कामाथि दाेषाराेपण गरेपनि आम प्राध्यापकलाई यथार्थ थाहा भएपनि स्वयं नुटा र टुटाले आफ्नाे स्वभाविक कर्तव्य समयमा अधिवेशनहरू टुंग्याउनुपर्थ्याे भन्ने आम बुझाई छ । यस कारणले गर्दा प्राध्यापकहरूकाे नूर गिरेकाे छ, प्राध्यापककाे प्राज्ञिक उन्नयन राेकिएकाे छ, शैक्षिक गतिविधिमा त्रिवि पदाधिकारीकाे भूलवश वा जानीजानी गर्नेगरिएका बेलाबखतका स्वेच्छाचारीमा नुटा-टुटा स्वयंकाे अनैतिकताले गर्दा राेक्न नसक्ने भएर गम्भीर असर परेकाे छ ।
प्रावधान कस्ताे छ भने नेपालका सबै युनिवर्सिटिका अधिवेशनहरू सम्पन्नभएर मात्र नुटाकाे महाधिवेशन हुनेछ भने टुटा एक्लैले नेपालकाे झण्डै ७५ प्रतिशत प्राध्यापककाे प्रतिनिधित्व गर्दछ । यस्ताे अवस्थामा टुटा र नुटा नेतृत्वकाे मूल ध्येय नै अधिवेशनहरू गराएर थप प्राज्ञिक क्षति पुग्नबाट राेकेर आफ्ना बँचेखुचेका सम्मानलाई जाेगाउने हुनुपर्थ्याे ।
तर टुटा, नुटाका केही पद दाेहाेर्याउन चाह्ने पदाधिकारी तथा विगतमा टुटाकाे पदाधिकारी एकजना रहिसकेकाले पनि आफूहरू प्राध्यापकीय गतिविधिमा सक्रिय रहेकाे म्यासेज गलतरूपमा दिन तल्लिन देखिन्छन् ।
यस लेखकाे मुख्य ध्यान प्राध्यापककाे नाममा अवैध गतिविधि गर्नेहरूलाई राेकेर तत्काल अधिवेशनहरूतर्फ डाेर्याएर सम्पन्न गराई नैतिकरूपले अघि बढ्न उत्प्रेरणा दिनु हाे ।
किन स्टेकहाेल्डर्स नै विवादमा मुछिए ?
टुटा र नुटाकै केही पदाधिकारी विशेषरूपमा र समग्र यी टीमहरू नैतिकरूपले बाँधिएर अधिवेशनहरू राेकिनुमा जिम्मेवार छन् र विवादमा मुछिन पुगेका छन् ।
अर्थात्, नुटा र टुटाका सबैजना काेही अवाञ्छित गतिविधिमा संलग्न भएर बढी भने काेही सरल र सफा हृदयका रहेकाे भएपनि ठाउँमा छन् तर अधिवेशन गराउनमा प्रभावकारी भूमीका खेल्न नसक्दा र टुटाकाे म्याद २०७५ माघबाट ३ वर्षे म्याद नाघेर हाल २०८१ माघपछि तेस्राे कार्यकालमा प्रवेश गरिसकेकाेले भूमीका अनुसार कम वा बढी जिम्मेवार छन् तर जिम्मेवार भने सबैजना छन् ।
नुटा र टुटाका अस्वभाविक र गैह्रमहाधिवेशन गतिविधितर्फ केन्द्रित कृयाकलापप्रति लक्षित गरेर स्तम्भकार स्वयंले माघकाे अन्तिम तथा फाल्गुणकाे शुरूगरी एक सप्ताहमा लगातार दुईवटा पाेष्ट सामाजिक सञ्जालमा गर्नुपर्याे, जसकाे (भाषा सम्पादनसहित) तलले पृष्ठभूमीमा उल्लेखित प्राध्यापकहरूकाे समस्या र नैतिकतालाई जागृत गर्न भन्छन् । तीमध्ये पहिलाे हाे –
के यहि (ढिलाे भइसकेकाे स्वभाविक अधिवेशनकाे सम्पन्नतालाई भाँडेर स्वयं पद दाेहाेर्याउनलाई प्राज्ञिक माग पूरा गराउने नाटकमा आन्दाेलन गर्ने जस्ताे, सम्पादित) अनैतिक गतिविधि गरेर पदमा पुग्नलाई टुटा कावा महासचिवले गत साउन २०८१ मा विवादरहीत अधिवेशन प्रतिनिधि पठाऊ भनेर निर्वाचन समितिले पठाएका पत्रहरू केन्द्रीय एकाई, त्रिचन्द्र र सानाेठिमी क्याम्पसहरूलाई पत्र दर्ता नगराएर कहिले हरायाे भने कहिले पानीले भिज्याे, गल्याे भनेर पटकपटक पत्र हाईज्याक गर्दै थिए ? टुटा अधिवेशन भाँड्ने स्वयं टुटाकै केही पदधारी रहेछन् भनेर पुष्टि हुँदैन र ? हाे, अजेण्डा गलत हाेइनन् तर टुटा अधिवेशन राेकेर स्वयं चक्चक गर्ने चाहे कावा महासचिवकाे गतिविधि हाेस् वा चाहे सडकबाट स्वघाेषित त्रिविका “सडकछाप दुर्गा प्रसाईं” ट्रेडमार्काका सडकछाप सभापतिकाे हाेस्, याे कसैद्वारा मान्य गतिविधि छैन, अपितु अराजकता हाे ! (टुटाका एकजना पूर्व पदाधिकारीले २०८० काे मंसिर महिनामा दुर्गा प्रसाईंले सरकार र सिस्टमलाई चुनाैतीदिई बैंकहरूकाे ऋण चुक्ता नगर्नलाई गरिरहेकाे गतिविधि झैं स्वयंले शंकरदेव क्याम्पसबाट आफैंलाई टुटा सभापति बिना अधिवेशन घाेषणा गर्न लगाएका थिए, जुन अराजकता, पदलाेलुपता र गैह्रकानूनीपनि हाे: प्रष्ट पारिएकाे सम्पादित भाग) । टुटाकाे लेट्टरहेड अधिवेशन नहुञ्जेल अति आवश्यक जायज ठाउँमा मात्र सदुपयाेग गरियाेस्, यसरी पद खाने नाममा अनैतिकहरूले दुरूपयाेग नगरून्, हामी सम्झाउन चाहन्छाैं !
टुटाकाे सभापतिकाे मतलबै छैन, अरूलाई पद दाेहाेर्उन भने हतार ! टुटा-नुटाका वर्तमान “लास”हरूले पहिला महाधिवेशनहरू गरेर अफिस खाली गर्ने, नयाँ कार्यसमितिले आएर तत्काल यस्ता माग पूरा गराउनेछन् । (लास भन्नाले म्याद नाघेका पदाधिकारी जाे बहिर्गमित हुनुपर्थ्याे, सं.) याे चाहिँ आन्दाेलनकाे नाममा खेतीपाति गर्नेहरूकाे पदमा पुग्ने वा दाेहाेर्याउने कुचेष्टा हाे । टुटा-नुटाका यी अनैतिकहरू रहुञ्जेल कहिल्यै वर्तमान त्रिवि प्रशासनले कुनैपनि कुरा सुन्ने छैनन्, बरू खेतीपाति गर्नेहरूले “हामी सक्रिय छाैं” काे म्यासेज दिन खाेजिरहेका छन् । यदि यस्ताहरू सफल भए फेरि रिटार्यड नहुञ्जेल पद ओगटिरह्ने, टुटा-नुटाका बजेट लूटिने, प्राध्यापकहरूले रकम उठाएर खेतिपाती गर्नेलाई दिनुपर्ने, उसकाे ईन्सयुरेन्स पाेलिसिमा मेम्बर बन्नुपर्ने आदि हुनेछन् ! टुटा-नूटा अफिस गाजा, चुराेट खाने, नास्तापानी संस्थाकाे पैसाले खाने र अनैतिक कर्म गर्ने वैधानिक स्थल बन्नेछन् ! हामीले भाेक लाग्या छ भन्दैमा बालुवा खाने वा तीर्खा लाग्या छ भने विषालु दूध खानु भएन, बुझ्नु जरूरी छ । हामी प्राध्यापक अनैतिक भए देशका अन्य वर्गले के गर्ने ? पहिला अधिवेशन हाेस्, वैधानिक जाेपनि पदाधिकारी आउन्, हामी सघाउन तयार छाैं ! हामी आफैंविरूद्ध छैनाैं तर दुनाे साेझ्याउनेहरूदेखि भने सावधान छाैं ।
माथिकाे स्टाटसले आम प्राध्यापकजगत्मा सकारात्मक हर्ष भएपनि महाधिवेशनहरू राेकेर पदखाने दाउमा लागेकाहरूकाे गतिविधिमा लगाम नलाग्दा स्तम्भकारले भाेलीपल्ट लगत्तै अर्काे स्टैटस सामाजिक सञ्चालमा राख्नुपर्ने भयाे । कृपया तल हेर्नुस् ।
के टुटा सभापतिज्यू कसैलाई सभापति मात्र बनाउनलाई प्रयाेग हुनुहाेला ? उहाँकाे नैतिकतामा भराेसा गर्नेलाई किंमार्थ यस्ताे लाग्दैन । “खेतीपाति, रकमी नेता”ले आँशिकबाट करार र पछि विज्ञापन खुलाउन उसकाे मात्र याेगदान रहेकाे दाबी गर्छन् । तर खेतीपातिलाई साेधियाेस् कि सबैलाई तिमिले नियुक्ति गरायाै तर तिम्राे स्थायीका लागि अन्तर्वार्ता त्रिविदेखि न्यायालयसम्म फाईनल गाेल हानेर गराईदिने काे हाे ? नाम भन ! के स्थायी हुन तिम्राेमात्र याेगदान थियाे कि बरबरीया सर र टुटा समग्र टीमकाे ?

माघ ३० गते पद्म कन्या क्याम्पसमा टुटा सभापतिकाे ईच्छाविपरीत कावा महासचिव र टुटाकाे लेट्टरहेड मिस्युज गरिरहेका “खेतीपाति गर्ने” सभापतिकाे सपना देखेर बसिरहेका पदकाे आडमा अर्थाेपार्जनमा लागेकाहरूले टुटा सभापतिजीलाई तानेर बसाए । ३ दिन अघिकाे सूचनामा उपत्यकाका टुटा एकाई सभापति र सचिवलाई बाेलाईएकामा मुस्किलले माघ ३० गते बुधवार १६-१७ जना कुल मिलाएर पीके (क्याम्पस, सम्पादित) पुगे, जसमा ३-४ वटा क्याम्पसका मात्र एकाई सभापति र सचिव, नुटाबाट सचिव, टुटाबाट नै सभापति, सचिव, काेषाध्यक्ष आदि र २ जना कर्मचारीपनि, “खेतीपाति” जहिलेपनि आन्दाेलन गर्ने रकम उठाउने, पाटनबाट प्रगतिशिलका एकजना नेता मित्र, मिनभवनबाट थप पुराना एक जना मित्र जाे भाषणपनि गरे, भक्तपुरबाट एकजना मात्र (सं.) ! बाेलाईएकाे भने सरस्वतीबाट डेपानका पूर्व एकजना सदस्यलगायतलाई थियाे जसले मान्छेलाई भ्रममा पार्ने कुचेष्टा थियाे कि फ्लानाेपनि हामीसँग छ ।
केही नैतिक प्रश्नहरू पनि उठेका छन् :
१) यहि गर्नलाई कावा महासचिवले निष्पक्ष प्रतिनिधि ल्याउकाे पत्र हिजाे लुकाएका र नुटा चीफले त्रिचन्द्रमा पत्र दर्ता गर्न अवराेध पुर्याएका थिए ?
२) उपत्यकाका क्याम्पसका सभापति र सचिव कतिजना छन्, हिजाे गए कतिजना ? न्यून उपस्थितिले म्यासेज के दिन्छ ?
३) रेक्टर अफिसले टुटालाई वार्ता टाेली पठाउ भन्दा, टुटा सभापति साईडलाग्दा, टुटाले अर्काे नामहरू पठायाे तर त्याे म मान्दिनँ भनेर “खेतीपाति अर्थाेपार्जन गर्ने सडककाे टुटा सभापति”ले कसरी भन्न भ्यायाे ? के वर्तमान सभापतिले “खेतीपाति” गर्नेलाई वा कावालाई सभापति बनाउन युज् हुनुहाेला ?
४) याे बेला अधिवेशन गरेर टुटा-नुटाकाे बाटाे खुलाउनेमा बैठक बस्नुपर्थ्याे कि कथित् आन्दाेलनकाे लागि ? अधिवेशन गराएर आन्दाेलन गराेस् नि ! दादागिरी र धाेकाधडीले पदासिन हुँदा कस्ले पद खाेस्न देला र पछि पदमा आदर गर्ला ? २०६७ मा पनि प्रतिनिधि चयन केन्द्रीय क्याम्पसकाे विवाद नसुल्झँदा त्यसलाई अधिवेशनमा छुट्टाईएकै हाे, आज विवादित एकाईहरूले प्रतिनिधि नपठाउँदा किन फाईनल भनी पठाउ नभनिएकाे वा छुटाएर किन अघि नबढिएकाे ?
५) (निवर्तमान टुटा सभापति श्रीयाेगेन्द्रनारायण) बरबरीयाजीकाे टीमले १,६०० उपप्राध्यापक सिटकाे विज्ञापन खुलाउँदा अन्यले साे टीमलाई दुई कार्यकाल माने तर वर्तमान टीम किन आज तेस्राे कार्यकालले नपुगेपनि कावा महासचिव र काेषाध्यक्ष चाैथाेचाेटी चाहेका ?
६) त्रिवि प्रशासनले “खेतीपाति सडक सभापति”काे फाल्गुण १ गते नुटामा भेटेर अन्तिम एक धक्का आन्दाेलनलाई टेर्नुपर्ने के कारण छ ? उच्च नैतिकवान भए पाे, नत्र कसैलाई सभापति बनाउनलाई किन उसलाई भ्यालु दिने ?
म फेरि भन्छु, मुद्दा गलत हाेईनन्, उठाउने मान्छे गलत हुन् । टुटाका नेता बन्न भगवानबाट साेल प्राेप्राईटरशिप लिएर जन्मेका नै दाबी गर्नेहरू प्राध्यापकका मुद्दाका “दुश्मन” हुन्, अनैतिक र प्राध्यापकलाई बेईज्जतपनि गराउने !
यी दुईटा स्टाटसहरू टुटा र नुटाका संलग्नबारे धेरै कुरा बाेल्छन् ।
निष्कर्ष
१) बडाे वेदनामा हाम्रा उच्च शिक्षाका धराेहर संस्थाहरू त्रिवि र अन्य युनिवर्सिटिहरू तथा तीनका प्राध्यापक संघहरू नुटासँगै छन् । कस्ताे देखिन्छ भने आम प्राध्यापककाे प्राज्ञिक उन्नयन, युनिवर्सिटिमा विद्यार्थी बढाउने, पलायन राेक्ने, गुणस्त्तरीय शिक्षा दिने, अनुसन्धान कार्य बढाउने आदिजस्ता जायज र नेपालीलाई चाहिने कृयाकलापभन्दा पनि नीजि पद पाउने तरकीब (उपाय), मालपानी कमाएर प्राध्यापक संघहरूलाई सिध्याएर युनिवर्सिटिकाे बेईज्जत गराउने र उच्च नैतिकवान बनेर विद्यार्थीलाईपनि बनाउनुकाे साटाे दिनानुदिन नैतिकह्रास (Moral degradation) जस्ता कृयाकलापतर्फ धेरैकाे चासाे छ ।
२) यी दु:खदायी कुरा बुझिरहेका सबैले छन् तर बाेल्न सकिरहेका छैनन् वा, कमजनाले मात्र हाे । यसका कारणहरू काेही प्रमाेशनकाे लाेभमा डराएका, काेही आर्थिक आम्दानी गरिरहेका, काेही अनुसन्धान/पीएच्डी गरिरहेका, काेही पदमा पुग्न गलत बुझेरपनि झूठाे प्रशंसामा लठ्याईरहेका, काेही यस्तै रहाेस् पढाउन नपराेेस् र पदमा आफू पुगिउन् आदि स्वार्थहरू छन् ।
३) हाल प्राध्यापक संघका पदाधिकारीहरूले प्राज्ञिक उन्नयनकाे नाममा कथित् आन्दाेलनहरू गर्ने हाेईन, हाल याे अधिकारपनि उहाँहरूमा हाेईन । आर्थिक अपचलन र संस्थाकाे लेट्टरहेड दुरूपयाेग गर्नेपनि हाेईन । हाल उहाँहरूकाे दत्तचित्त अधिवेशनहरू गराएर स्वयंकाे सम्मानित बहिर्गमन हाे ! याे कुरा बेलैमा नबुझ्दा भाेली पछुताउनुपर्ने पनि हुनसक्छ । काेही जीएम वा, राजनीतिक नियुक्ति मानाैं ४ वर्षकाे लागि गरिंदा पदावधि सकेकाे भाेलीपल्ट मन्त्री वा प्रधानमन्त्री नै भएपनि अफिसमा गई नियमित हाजिरी गर्ने वा गाडी चढ्ने, सुविधा लिने कार्यहरू हुन्छन् ? कि सबै तत्काल राेकिन्छन् ? के टुटा र नुटाका पदाधिकारीहरू नियम, कानून, संविधान, प्राज्ञिकसमाजभन्दा माथि अर्काे ग्रहबाट पृथ्वीमा झरेका प्राणि हुन्, जाे आजीवन पदधारी बनिरह्ने हुन् ?
४) युनिवर्सिटिका पदाधिकारीहरूले आम प्राध्यापकहरूकाे चिन्ता र चासाेलाई नजरअन्दाज गरेर मात्र न्यायिक हिसाबले पर्याप्तमात्रामा उपप्राध्यापक, सह र प्राध्यापकहरूकाे विज्ञापन राम्राे गृहकार्यसहित अलि ढिलैभएपनि गर्नुपर्छ । कम सिट गराएर नेता टाउकेजतिलाई पार्ने हिसाबलेमात्र गराए भने आफ्नाे बाँकी कार्यकालकाे कष्ट आफैंले बढाउने भई पदावधीभरी नबस्नेपनि अवस्था आऊन सक्छ । उत्ता आंशिक र करारकाे समस्या ज्यूँका त्यूँ छ, त्याे समाधानतर्फ पदाधिकारीले लाग्नुपर्छ ।
५) त्रिवि पदाधिकारीले प्राध्यापक वा कर्मचारीका जायज मुद्दा टेबुल गर्नैपर्छ तर वर्तमान म्याद नाघेका टुटा र नुटाका पदाधिकारीसामु लत्रिनुपर्ने कुनै कारण नै छैन किनकि यिनिहरू नै अधिकांशले अधिवेशन भाँड्ने तत्व हुन् । नयाँ र उच्च नैतिक उत्साही नुटा, टुटाका टीमसँग काम गर्न भने त्रिवि पदाधिकारीले हाथेमालाे गर्नुपर्छ । पदाधिकारीकाे जायज काममा टुटा-नुटाले सघाउने हाे तर स्वार्थपूर्ण स्वेच्छाचारितामा यी संस्थाहरूले जिम्मेवार बनाई पदाधिकारीमाथि हस्तक्षेप गर्ने हाे । त्यस्तै टुटा-नुटाका जायज, संस्थागत, आम भलाई, प्राज्ञिक कार्यमा पदाधिकारीले सघाउने हाे भने टुटा-नुटाका पदकाे आडमा नीजि लाभ उठाउने, प्रमाेशन खान खाेज्नेलाई ईग्नाेर गरि औकातमा राख्ने हाे ।
(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

