उच्च शिक्षाकाे ऐतिहासिक अध्ययनमा खनियाकाे याेगदान

मनोज कुमार कर्ण

Shifting Paradigms in Higher Education पुस्तकका लेखक प्राडा तीर्थराज खनिया त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति (वि. सं. २०७२ – २०७६ सालसम्म), नेपाल राष्ट्रिय याेजना आयाेगकाे शिक्षा विभाग हेर्ने पूर्व सदस्य तथा तात्कालीन उच्च मा. वि. शिक्षा परिषद (हाल राष्ट्रिय परीक्षा बाेर्ड) का पूर्व उपाध्यक्ष हुनुहुन्छ ।

उहाँकाे उच्च शिक्षामा गतिशिलता निरन्तरकाे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक विभिन्न परियाेजनाहरूमा लगाव रहेकाेबाट बुझ्न सकिन्छ । यस क्रममा मानव सभ्यताकाे क्षेत्रमा याे पुस्तक उहाँकाे पछिल्लाे याेगदानकाे रूपमा लिन सकिन्छ ।

याे पुस्तक १० वटा अध्यायमा विभाजित छ । ती अध्यायहरू क्रमश: १) History and Philosophy of Higher Education; २) Philosophical Underpinnings of Higher Education; ३) Academic Freedom and Institutional Autonomy; ४) Higher Education, Humanism, and Wellbeing; ५) Utilitarian Perspectives on Science in Higher Education; ६) The Influence of Capitalism on Higher Education; ७) Academic Capitalism and Higher Education; ८) Academic Entrepreneurialism and Entrepreneurial University; ९) Anticipating Future Trends in Higher Education, र १०) Summary and Conclusion छन् ।

पुस्तक : Shifting Paradigms in Higher Education: Balancing Humanism; Scientism, and Academic Capitalism
लेखक : तीर्थराज खनिया
प्रकाशक : STAR Scholars Press, Baltimore
मुद्रण : अमेरीका र नेपाल
प्रकाशन वर्ष : सन् २०२४; पृष्ठ संख्या : बाहिरी गता तथा अन्य २२ पृष्ठ बाहेक २५६
मूल्य : पेपरब्याक ने. रू. १,१००/- ; हार्डकभर : ने. रू. २,२००/-

पहिलाे अध्याय “हिस्ट्री एण्ड फिलाेसाेफि अफ् हायर एड्यूकेशन”ले संसारका प्रथम विश्वविद्यालय भनेर दाबी गरिएकाहरूकाे आधार, क्षेत्र, अर्थ, आकार, निरन्तर सेवा, कहाँ-कहिले र कुन स्राेतले खुलाईए आदिबारे बाेल्छ । समग्रमा हेर्दा Higher Education Institution (HEI) युराेपमा युनिवर्सिटि (University), अमेरीकातिर अकादमी (Academy), रूसतिर स्कुल (School) जस्ता शब्दहरूले बाेलाईंदा रहेछन् । ईतिहास हेर्ने हाे भने ल्याटिन शब्द युनिवर्सिटास (universitas अर्थात्, कलेक्टिभ बडी वा, कम्युनिटी) काे गहिराे अर्थ स्टुडियम जेनेराल (Studium generale, थियाेलाेजी, लाै र मेडिसिन प्राध्यापन हुने स्थल) संग पर्यायवाचीरूपमा मिल्न जान्छ ।

खनिया तर्क राख्नुहुन्छ कि भारतका नालन्दा, Nalanda (५ आैं शताब्दीदेखि सन् १२आैं शताब्दीसम्म लगभग क्रियाशिल) र तक्षशिला, Takshashila/Taxila (७आैं शताब्दितिर) हरू ईटलीकाे University of Bologna (सन् १०८८), फ्रान्सकाे University of Paris (सन् ११५०) र बेलायतकाे University of Oxford (शिक्षण शुरूवात सन् १०९६ मा तर स्थापना वर्ष सन् ११६७ मा अभिलेखित भएकाे)हरू सबैभन्दा पुराना उच्च शिक्षाका धराेहर छन् । चीनमा भने हानवंश (Han Dynasty) का शासक पिङ्ग (Ping) ले चाङ्गान (Chang’an) मा तेस्राे शताब्दीतिर उच्च शिक्षाकाे प्रादुर्भाव गरेकाे देखिन्छ भने अफ्रिका र मध्यपूर्वतिर यस्ताे कार्य पाँचाैंदेखि साताैं शताब्दीसम्म भएकाे देखिन्छ । माेरक्काेमा अल-क्यारावियीन विश्वविद्यालय (Al-Qarawiyyin University) सन् ८५९ मा युवराज्ञी फतिमा अल्-फिहरी (Fatima al-Fihri) द्वारा स्थापित भएकाे हाे ।

युराेपमा क्षात्र-नेतृत्वमा आधारीत University of Bologna र University of Padua थिए भने अर्काे माेडल प्राध्यापक-नेतृत्व (Teacher-led) मा आधारीत University of Paris लगायतहरू थिए तर क्षात्र-नेतृत्व (Student-led) विश्वविद्यालयहरू १४आैं शताब्दीतिर समाजमा समस्याकै रूपमा उनीहरूकाे बन्द, हड्ताल र केहीकाे अनैतिक दुष्कर्मकाे जस्ताे शैक्षिक थलाेलाई प्रयाेगगर्दा देखा परे जसलाई स्थानिय सरकारहरूले हस्तक्षेप गरि बन्द नै गराए र पछि शिक्षकहरूलाई चार्टर बनाएर तलब दिई पुन: शुरूवात गराए । लेखकले John Henry Newman र Wilhelm von Humboldt जस्ता अर्का विद्वानहरूलाई उद्धृतगर्दै लेख्छन् कि प्राध्यापन र अनुसन्धान विश्वविद्यालयमा एकसाथ प्राज्ञिक स्वतन्त्रता र विद्यार्थी, शिक्षक अनि विषयवस्तुकाे ईन्टरनेश्नेलाइजेशनसँगै जानुपर्छ ।

दाेस्राे अध्याय “फिलाेसाेफिकल अन्डरपिनिङ्गस् अफ् हायर एड्यूकेशन” HEI चारवटा परम्परागत कार्यबाट शुरू हुन्छ : विचारकाे पुस्तान्तरण (generation and transmission of ideology); उच्चवर्गकाे निर्माण र चुनाव (selection and formation of dominant elite); शिक्षाकाे उत्पादन र प्रयाेग (production and application of education), र दक्ष जनशक्तिकाे उत्पादन (training of skilled labour force) जसले राष्ट्रिय विकास, लाेकतन्त्रकाे सुदृढीकरण, सामाजिक सुमधुरता (social cohesion) गर्दै देशकाे आर्थिक विकास गराेस् । याे अध्ययायले fine arts; humanities; science; multi/interdisciplinary courses के हुन् र किन आज entrepreneurial university काे आवश्यकता पर्याे भन्ने कुरामाथि बहस गर्छ, यसकाे पहिलाे अध्यायसँग लगाव छ ।

तेस्राे अध्याय “एकेडेमिक फ्रीडम एण्ड ईन्स्टिच्यूश्नल अटाेनाेमी” University of Bologna काे प्रारम्भिक सन् ११५८ काे चार्टरलाई ९००आैं वार्षिकाेत्सव केही ३८८ जना विश्वविद्यालयका नेतृत्वमाझ मनाइरहँदा सेप्टेम्बर १८ तारिख सन् १९८८ मा Academic Freedom के हाे त्यसलाई विश्वव्यापी कानूनी परिभाषा बनाईएकाे Magna Charta Universitatum, यसकाे वृहत्त अर्थ आदि हाे । यस पाठमा प्राज्ञिक स्वतन्त्रता लिइरहँदा विद्यार्थी र शिक्षककाे उच्च नैतिकता देश, समाज, संस्थाप्रति के हुने हाे र अनुसन्धानमा राजनैतिक तथा आर्थिक चुनाैतिहरू के-कस्ता आइपर्छन् र साेका लागि साझा एक्यबद्धता International Association of Universities (1998) काे पनि चर्चा छ ।

त्यसैगरी चाैथाे अध्याय “हायर एड्यूकेशन, ह्यूमानिज्म एण्ड वेलबिइंग” ले विज्ञान तथा प्रविधिकाे दिनानुदिन बढ्दाे प्रयाेगकाे २१आैं शताब्दीमा “मानवता”काे परिभाषाकाे व्यापकता बढाईनुपर्ने र केवल मानवताकै पक्षमा कुनैपनि हालतमा प्रविधिकाे सदुपयाेग हुनुपर्दछ भन्ने उल्लेख गर्छ ।

पाचाैं पाठ “युटिलिटेरियन पर्स्पेक्टिभ्स आैन् सायन्स इन् हायर एड्यूकेशन” चाैथाेकै निरन्तरता हाे । थप चाहिँ एउटा मानवमा सिक्ने क्षमता वैज्ञानिककाे चाहना जस्ताे असिमित हुनुपर्छ भन्ने कुरा लेखक खनियामा पनि छ र लेखकले पनि मनुजमा हुनुपर्छ भनी व्याख्या गर्छन् अत: लेखककाे याे भाषा भारतीय वैज्ञानिक V. S. Ramachandran ले आफ्नाे निबन्ध “The Making of a Scientist” काे तर्जसँग मिल्छ जसमा रामाचन्द्रनले मानिसमा सिक्नलाई curiosity भन्दा पनि pathological curiosity, obsession, love affair with nature, physical discomfort when there is incomprehension हुनुपर्छ ताकी उसले सिकाइकाे विषयवस्तु एऊटामा सिमित नरहेर आवश्यकता अनुसार दायरा फराकिलाेपार्दै आफूमा पूर्ण पर्फेक्शन ल्याओस् जस्ता कुराहरू छन् ।

छैठाैं अध्याय “दि ईन्फ्लूएन्स अफ् क्यापिटेलिज्म आैन् हायर एड्यूकेशन” ले academic; industrial; ethical र China’s State capitalism आदि बारे चर्चा गर्छ, जसमा चाईनाकाे स्टेट क्यापिटालिज्म विराेधाभासपूर्ण छ भनेर प्रमाणित गरिएकाे छ किनकि ग्रामिण भेगमा गरिबी घटाउने भन्छ तर शासकवर्गले केन्द्रमा शक्ति थुपारेका छन् । यसपछि एकेडेमिक क्यापिटालिज्ममा विश्वविद्यालयमा अब महंगा प्रविधिकाे प्रयाेग र शिक्षा महंगाे हुन जाँदा आर्थिक स्राेतकाे खाेजी हुनुपर्छ भन्ने कुराले गर्दा याे पहिलाे पाठसँग जाेडिन जान्छ किनकि नालन्दा र तक्षशिलामा विद्यार्थीलाई मुफ्तमा भर्ना, शिक्षा र बस्ने व्यवस्था मिलाईन्थ्याे, राज्य वा चन्दादाताले जिम्मा लिन्थे तर आज अर्थाेभाववालाले पढ्नै नसक्ने अवस्था रहेकाे कुरा छन् ।

अध्याय सात “एकेडेमिक क्यापिटालिज्म एण्ड हायर एड्यूकेशन” अध्याय १ र ६ बाट नै “एकेडेमिक क्यापिटलिज्म”काे निरन्तरता हाे । लेखकले यहाँ के नाेट गर्छन् भने कि ब्रिटिश प्रधानमन्त्री मार्गरेट थ्याचर (Margaret Thatcher) र अमेरीकि राष्ट्रपति राेनाल्ड रेगन (Ronald Regan) हरूले आ-आफ्ना देशबाट उच्च शिक्षाका थलाेबाट कर्मचारी, शिक्षार्थीका अनावश्यक राजनीति संघ/संगठन (Unionization) लाई ध्वस्त गर्न नवउदारवादी अर्थनीति अङ्गीकार गरेर राज्यकाे लगानी कर्म गर्ने तथा नीजि क्षेत्रकाे लगानी शिक्षामा बढाउने, नयाँ स्राेतहरू खाेज्ने जस्ता कुराहरूले अब नव महंगाे प्रविधिकाे युगमा झन् उच्च शिक्षा आफैं महंगाे पर्न जाँदा नयाँ-नयाँ आर्थिक स्राेतकाे खाेजी उच्च शैक्षिक निकायहरू आफैंले गर्नसक्नुपर्छ । तर लेखक सावधान के मा छन् भने कि अती निर्धन तर तेज विद्यार्थीलाई राज्यले छात्रवृत्तिमा सधैं लगाव राखि पहिलाे प्राथमिकता दिनैपर्छ नत्र त्याे मानवताकाे हार हुनेछ । चाइनाले अझै धेरैवटा विश्वविद्यालयमा राज्यकै लगानी गरिरहेकाेमा अब बाँकी विश्वविद्यालयहरू प्रविधिमा विकास गर्दै शीपयुक्त शिक्षा प्रदान गर्नुपर्नेमा उनी जाेड दिन्छन् ।

आठाैं अध्याय “एकेडेमिक ईन्ट्रेप्रेन्यूरिअलिज्म एण्ड ईन्ट्रेप्रेन्यूरिअल् युनिवर्सिटि” मा लेखक खनियाले काेभिड-१९ काे समयकाे उदाहरणदिंदै अब प्रविधिकाे विकास उच्च शिक्षामा दिंदै आैद्याेगिक शिक्षातर्फ हामीले ध्यान दियाैं भने बेराेजगारी समस्या हट्छमा जाेडदिन्छन् ।

त्यसैगरी नवाैं पाठ “एन्टिसिपेटिङ्ग फ्यूचर ट्रेन्ड्ज् इन् हायर एड्यूकेशन” मा उनले उच्च शिक्षामा नवचुनाैतीहरू- नयाँ प्रवृत्ति, तकनीकि विकास, उच्च शिक्षाकाे अन्तर्राष्ट्रियकरण तथा बाजारीकरण, पब्लिक-प्राईभेट काेलाबाेरेशन अवधारणा- आदिलाई बुझ्दै साेही अनुसार संस्था र नेतृत्वले आफूलाई तयारपार्ने जस्ता कुरा छन् ।

अन्तत: दशाैं अध्याय “सम्मरी एण्ड कन्क्लूजन” मा लेखक तीर्थराज खनियाँले उच्च शिक्षाकाे विकासलाई ईतिहासकाे गर्तबाट आजकाे जमानाकाे Artificial Intelligence (AI) सम्मकाे नाविक भ्रमण सगर्व हामीलाई गराउँछन् जसमा उनले एक सच्चा मनुष्यमा आफूलाई ऊभ्याउन सफल छन् याे सम्झना गराउँदै कि उच्च शिक्षामा उच्च नैतिकता, शिपयुक्त शिक्षा प्रदान गर्ने आैद्याेगिक विश्वविद्यालयहरू, मानिसले शान्तिपूर्ण समाजमा आर्थिक उन्नयनकाे साथमा रह्ने, वातावरणीय निरन्तर भइरहेकाेप्रति चनाखाे हुने जुन संयुक्त राष्ट्र संघ (UNO) ले चाहेकाे छ आदि हामीमा जरूरी छ ।

यसरी यस पुस्तकमा लेेेखकले नेपाललाई उच्च शिक्षाकाे कडीमा त्रिभुवन विश्वविद्यालयसहित आजपर्यन्त खुलिरहेका विश्वविद्यालयहरूलाई जाेडेका हुन् । पुस्तकमा पुस्तकबारे, न्यू टाईटिल्स्, कन्टेन्ट्स्, याे पुस्तक किन ? Steward E. Sutin, Ph. D. काे फाेरवर्ड (Foreword) जस्ता अन्य विन्यासले अलंकृत छ, भाषा अति सरल र सहज छ अनि विचारमा लाेकतान्त्रिक सभ्य समाजकाे स्पष्टता छ । मलाई लाग्छ कि writing mechanics प्रति अलिकति ध्यान लेखकले आगामी प्रकाशनमा पुर्याएदेखि अझ् निखरता यस पुस्तककाे हुनेछ ।

र, मेराे सुझाव के हाे भने नेपालका काेहीपनि विश्वविद्यालयकाे नेतृत्वमा जाने, नेपाल/त्रिवि/अन्य प्राध्यापक संघहरूकाे नेतृत्वमा जाने ईच्छुक, क्याम्पस प्रमुख बन्न ईच्छुकहरूले अवश्य एकचाेटी पहिला तीर्थराज खनियाका यहाँ वर्णनित् पुस्तक “Shifting Paradigms…” र एकैसाथ प्रकाशित नितान्त नेपालकाे उच्च शिक्षाकाे साेही डाइमेन्शनकाे पुस्तक “Navigating Higher Education in Nepal” पढ्नैपर्छ । नेपाललगायत अन्य विश्वविद्यालयहरूले काेर्ष अफ् स्टडीज्मै समावेश गर्नु जरूरी पनि देखिन्छ । मेराे सम्पूर्ण शुभकामना लेखक प्राज्ञ तीर्थराज खनियालाई र उत्तराेत्तर लेखन निरन्तरताकाे अपेक्षा पनि राख्दछु ।

(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय