रिस र रागबारे चर्चा…
मनोज कुमार कर्णमानव जीवन अचेल तनावग्रस्त, व्यस्त र मर्यादित संस्कारकाे कमीले बढी नेपालका नागरिकहरूमा बितिरहेकाेे देखिन्छ । याे कुनै तथ्याङ्क भन्दा पनि आम मानिसले महशूस गरिरहेकाे विषय हाे याे । मानिसमा रिस अलि बढी र चाँडै उठ्ने गरेकाे (Hot/Bad Tempered) देखिन्छ । कुनैपनि देशकालमा जनताकाे समृद्धि वा मानसिक अशान्ति जस्ता कुरा अर्थात्, जनता कति खुशी छन् भन्ने कुराे सरकारकाे सफलता तथा देशकाे समृद्धिसँग जाेडिन्छ । अवश्य नै गरिबी, बेराेजगारी, जीवनमा अभाव जस्ता कुराले मानसिक शान्ति दिंदैन । हिजाेआज समाचारहरूमा प्राय: रिस उठेर फ्लानाेले फ्लानाे आफन्तलाई नै हत्या गरिदिएकाे जस्ताे समाचारहरू तुलनात्मकरूपमा बढी आईरहेका छन् ।
याे लेख भने मुख्यत: रिस उठ्ने र यसकाे कुप्रभावबारे केन्द्रीत छ । मनुष्य हामीले रिस-राग दुईटा शब्दसँगै बाेलेपनि वास्तवमा रिस र राग सापेक्ष तर विपरीत ध्रुवका शब्दहरू हुन् । यस लेखमा रिस शब्दका शाब्दिक, अध्यात्मिक, मनाेेवैज्ञानिक, व्यवहारिक आदि केही पाटाेमा चर्चा गरिएकाेछ ताकि मनुष्यले यसकाे जडसम्म बुझेर रिसबाट जाेगिन मद्दत पुगाेस् र गलत समाचारहरू समाजमा बन्नबाट राेकियाेस् भन्ने हाे ।
के हुन् रिस र राग ?
रत्ना प्रकाशनकाे प्रा. बाबुलाल प्रधानद्वारा लिखित शब्दकाेष “नेपाली-ईङग्लीश-नेपाली” (सन् १९९७) काे पृष्ठ ६७७ अनुसार “रिस”लाई अंग्रेजीमा ऐंगर (Anger), रेथ् (Wrath), ईन्भी (Envy), म्यालाइस (Malice), ग्रड्ज (Grudge) अर्थात्, रिस, काेप, रिसानी, राेष आदि भनिन्छ । त्यहीं राग शब्द रिसकाे उल्टाे अर्थ दिने जनाउँछ र साथै अर्काे प्रसङ्गका पनि अर्थहरू जनाउँछन्। साेहि शब्दकाेषकाे पृष्ठ संख्या ६६७ मा “राग” भन्नाले अफेक्शन (Affection, स्नेह), मेलाेडि (Melody), ट्यून (Tune), ओडाेर अफ् चिल्ली आैर ओनियन (Odour of chilly or onion) अर्थात्, उत्कट गन्ध, गीतकाे लय आदि जनाउँछन् । समग्रमा रिस (Anger) काे अर्थ अक्स्फाेर्ड डिक्शनरीकाे पृष्ठ ५१ मा हेर्ने हाे भने “The strong feeling that you have when something has happened that you think is bad and unfair” अर्थात्, केही खराब र अन्यायपूर्णढंगले घटेकाे घट्नालाई जनाउँछ । यस प्रकार जहाँ रिसले नकारात्मक, कमी, शारीरिक अक्षमता आदि देखाउँछ भने रागले एक प्रकारकाे “लगाव” देखाउँछ ।
मनाेविज्ञान (Psychology) मा भने रिसलाई चिन्ता (Anxiety) काे एऊटा कारकमध्ये लिन सकिन्छ । ल्वाेइस टाइसन (Lois Tyson) अमेरिकी लेखिकाकाे पुस्तक “क्रटिकल थ्याेरी टुडे” दाेस्राे प्रकाशनकाे पृष्ठ १६/१७ मा उल्लेख भए अनुसार एन्जाईटी भन्नाले शरीरमा (मानसिकरूपले) काेर ईस्यूजहरू निस्केर डिफेन्सेजहरू असफल हुनु हाे (Anxiety is breakdown of defenses and the core issues are exposed) । स्थायीरूपमा यी डिफेन्सेजहरू काम नलाग्ने भए त्याे क्राईसिस (Crisis) हाे (Crisis is the permanent breakdown of the defenses) । मनुष्यकाे मनभित्र सताउने यी काेर कुराहरू क) मित्रताकाे भय; ख) त्यागकाे भय; ग) धाेखाकाे भय; घ) स्वमूल्यांकनमा कमी; ङ) आफूलाई असुरक्षा ठान्नु र च) ईडिपल कम्प्लेक्स (Oedipal Complex) हुन् । स्वभाविक हाे कि यी ६ वटा काेर ईस्यूज मनुष्यमा रिसकाे भाव जगाउनेछ ।

साहित्यमा विलियम ब्लेक (William Blake) राेमान्टिस्ट अंग्रेजी कविका अनुसार अखिल ब्रम्हाण्डका सकारात्मक वा माया शक्तिले विविधता हटाएर एकबद्ध वस्तु/आत्मालाई गराउँछ, आपसी दूरी घटाउँछ भने नकारात्मक शक्ति घृणा, क्राेध (रिस) जस्ता शक्तिले ताेडफाेड, अशान्ति मच्चाउने, दूरी बढाउने आदि बुझिन्छ । माथिका शब्द रिस हाललाई नकारात्मकरूपमा बुझाैं (किनकि रिस हमेशा बिगार्दैन, राम्राे अर्थमा पनि रिस देखाईन्छ) भने राग सकारात्मक शक्तिकाेे रूपमा लिईन्छ ।
साधु-संतकाे पनि रिस उठ्छ
राम्राे सद्विचार तथा शान्त प्रकृतिका मान्छे जस्ताे साधुसंत, आमाबुवा, गुरूज्यू, वा विशुद्ध निःस्वार्थ माया गर्ने जाे काेहिलाई पनि सकारात्मक उद्देश्यकाे लागि रिस उठ्छ । उदाहरणकाे लागि अबाेध बच्चाले पटकपटक आगाे समात्न आमाले राेक्नुकाे बावजूदपनि खाेज्छ भने उसकाे जीवन जाेगाउनलाई आमाले रिसाएर आँखा तर्ने, बलजफ्ति हाथ झट्कारिदिने, डाँट्ने आदि गर्नुहुन्छ । यस्ताे रिस जरूरी रिस हुन्छ । एउटा ज्ञानी तथा अनुभवीले आफू मातहतका सदस्य वा प्रियजनलाई गल्ति गर्नबाट जाेगाउन पटकपटक प्रयास गरेपनि उसले नमान्दा रिसाउँछ । याे सच्चा अभिभावक मायालुकाे स्वभाविक लक्षणपनि हाे ।
असूर/बद्मास तथा मूढबुद्धिकाे पनि रिस उठ्छ
साधुसंत जस्ताे असूर तथा मूढबुद्धि मनुजकाे पनि रिस उठ्छ तर यिनिहरूकाे रिस बिगार्ने, विध्वंसात्मक हुन्छ । जब मानिसकाे साेच्ने शक्ति बन्द हुन्छ, ऊ जिद्दी बन्छ अनि अकारण रिस उसमा उठ्दै जान्छ र शान्ति अवस्थाबाट टाढा हुँदै जान्छ ।
श्रीमद्भाग्वदगीताकाे अध्याय २ काे श्लाेक ५६ मा प्रस्ट उल्लेखित छ, “दु:खकाे प्राप्ति हुँदा जसकाे मनमा उद्वेग हुँदैन, सुखकाे प्राप्तिमा जाे सर्वथा नि:स्पृह हाे तथा जसकाे राग, भय र क्राेध नष्ट भईसकेका छन्, यस्ताे मुनिलाई स्थिरबुद्धि भनिन्छ ।” त्यस्तै अध्याय २ कै श्लाेक ६३ मा रिसबारे भनिएकाे छ, “क्राेधले अत्यन्त मूढभाव उत्पन्न हुन्छ, मूढभावले स्मृतिमा भ्रम हुन्छ, स्मृतिमा भ्रम हुनाले बुद्धि अर्थात्, ज्ञानशक्तिकाे नाश हुन्छ र बुद्धिकाे नाश हुँदा मनुष्य आफ्नाे स्थितिबाट झर्छ ।
मनुष्यले के गर्ने ?
माथिकाे केही बहुआयामिक विवेचनाले याे प्रस्ट भईसक्याे कि रिस/क्राेध अकारण मनुष्यमा उठ्नु शान्ति, स्थिरबुद्धि हुनुबाट हामीलाई टाढा पुर्याउनु मात्र नभई हामीमा रक्तचाप बढाउने तथा जानलेवा सावित हुनु र समाजमा समकक्षीबाट तिरस्कृतपनि बन्नु हाे । अत: हामीले माथि प्रसङ्गवश उल्लेखित जायज र नियन्त्रित तथा सकारात्मक परिणाम दिनेबाहेक रिसाउनु हुँदैन (जस्तै, रावण वा कंस-काैरवलाई मार्नलाई क्रमश: श्रीराम र श्रीकृष्णमा यहि रिस कारणसहित उठ्नु जरूरी थियाे) । यस अतिरिक्त कारणमा रिसाउनु भनेकाे क्षति पुग्नु हाे । यसबाट वचन केही उपायहरू छन् :
क) रिस उठ्दा चिसाे पानी खानु र सक्दाे सुन्नु/प्रतिक्रियाविहिन हुनु र परिस्थितिमा विचार गर्नु;
ख) अध्यात्मिक मार्ग अपनाउनु : तपस्या (Meditation/Contemplation) गर्नु, याेगा गर्नु;
ग) परिस्थिति/घट्नामाथि रिसाउनुभन्दा किन परिस्थिति बेकाबू नियन्त्रणबाहिर गयाे, त्यसमाथि शान्त दिमागले साेचेर सूत्र पत्ता लगाउनु;
घ) साधुसंत, स्थिर व्यक्ति, विद्वत्वर्ग आदिकाे सानिध्यतामा जानू, त्यहाँ बाेल्नु कम तर सुन्नु र सिक्नु बढी;
ङ) “मैं हुँ”, “मेराे अर्डर मान्नै पर्छ” जस्ता अहंकार त्यागेर सत्यता, व्यवहारिकता बुझ्न प्रयास गर्ने, सबैलाई उचित आदर दिने;
च) चाउमिन, चाउचाउ जस्ता जंक फूड खानबाट जाेगिने;
छ) कम्प्यूटर/माेबाईलजस्ता अवास्तविक जीवन (Virtual life) लगातार बढी नचलाउने किनकि यसबाट निस्कने रिडिएटेड तापले मस्तिष्क तताउँछ । बेलाबेला पानी खाने, पुस्तक पढ्ने, कुराकानी गर्ने, प्रकृतिकाे नजिक हुने, घुम्ने र वास्तविक जीवनमा आऊने,
ज) दान-पुन्य, यज्ञ, पुजा, सहायता, अरूकाे ओठमाथि मुस्कान ल्याउनेे काम गर्ने, गरीबलाई विनास्वार्थ सहयाेग गर्ने आदि । हरि ॐ !
(लेखक ललितपुरको पाटनढाेकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

