मधेशमा चर्कै छ सबैथाेक

मनोज कुमार कर्ण

मधेश भन्नाले मान्छेले आजकाे दिनमा दुईवटा भूगाेल नेपालमा बुझ्छन् । ती हुन् – आम मधेशी जनता जाे राजनैतिकरूपमा शक्तिहीन हुन् र मधेश आफ्नाे माटाेकाे एतिहासीक विरासत र गाैरवपूर्ण ईतिहासकाे आलाेकमा रमाउन चाहन्छन्, उनीहरूले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपालका दक्षिणी मधेशका सबै जिल्लालाई बुझ्छन् । अर्काे मधेशकाे अखण्डतालाई देख्न नसक्ने राजनैतिक कैंचीधारीहरूले आ-आफ्ना दलबाट वर्तमान मात्र आठ वटा जिल्लालाई “मधेश प्रदेश” भनी चित्रण गरिदिएकालाई मधेश बुझ्ने ।

यस लेखले राजनैतिक रूपमा वर्तमान मधेश प्रदेशकाे प्रशासनिक चिन्तन, शुल्क, सरकारी रवैया आदि मात्रलाई बाध्यात्मकरूपमा चित्रण गर्ला तर भावनात्मकरूपमा भने स्तम्भकारले समग्र मधेशकाे चिन्ता गर्न चाहेकाे हाे । याे अधिकार समग्र मधेश एक स्वायत्त प्रदेश देख्ने यस स्तम्भकार तथा अन्यकाे पनि सुरक्षित छ ।

सिंह “राजपूत” मुख्यमन्त्री

यस पाली मधेशकाे मुख्यमन्त्रीमा डा. सीके राउत अध्यक्ष रह्नुभएका जनमत पार्टीबाट सप्त्तरीकाे तिलाठीका सतिश सिंह (राजपूत) बन्नुभएकाे छ । सिंहले जनमतका प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री महेश यादबलाई पछि पार्दै मुख्यमन्त्रीमा चयन भएका हुन् । यसअघि जसपाबाट पहिलाे पाँच वर्ष अध्यक्ष उपेन्द्र यादवले लालबाबु राउत गद्दीलाई अल्पसंख्यक भनी मुस्लिम समुदायबाट र साल २०७९ मंसिरकाे निर्वाचनपछि सराेज यादवलाई मुख्यमन्त्रीमा सारेका थिए । यसले गर्दा उपेन्द्र यादवका आलाेचकहरूले उनी “एम-वाई (अर्थात्, मुस्लिम-यादब) भाई – भाई” काे नारा भारतकाे बिहारका लालू यादव तथा उत्तर प्रदेशका अखिलेश यादवहरूका लाई नेपालमा “स्थापित” गरिरहेकाेप्रति बल पुगेकाे देखिन्छ ।

यसै आराेप कि “मधेश केवल यादव वा मुस्लिमका हुन् भाष्य उपेन्द्रले बनाए”लाई चिर्नलाई जनमत पार्टीले गणतन्त्रका प्रणेता रामराजा प्रसाद सिंह तथा गजेन्द्र नारायण सिंहहरूलाई विचारबद्ध स्थापित गराउन साेही समुदाय तथा रामराजा र गज्जू बाबूहरूकै क्षेत्रका मान्छेलाई मुख्यमन्त्री बनाएर जनमतका अध्यक्ष डा. राउतले चिर्न सफल भएकाे देखिन्छ । यसले गर्दा जनमत दल मधेशमा उपल्लाे जातलाई, उपेन्द्रले जसपामा यादब-मुस्लिमबाहेकलाई नजरअन्दाज गरे झैं, दलका पदाधिकारीमा नजरअन्दाज गरेकाे आम जनताका आराेपलाई पनि खण्डन गर्न पुगेका हुन् ।

यहाँ संक्षेपमा भन्नुपर्दा डा. राउत र उपेन्द्र यादब दुवैजना, संसदमा मधेशकाे लागि चाहिने हुन् तर डा. राउत राजनीतिकाे लागि राजनीति नगरेर देशकाे लागि गर्दा सबै समुदायकाे मधेश हाे जस्ताे भान पारिरहेका छन् र हाल उपेन्द्र यादवभन्दा एक कदम अगाडि छन् । यसरी जसपाकाे साेच मधेश केही जात र एक समुदायमात्र काे हाे भन्ने चर्काे भाष्यबाट जनमतकाे साेच मधेश सबैकाे हाे भन्ने सजिलाेमा परिणत भएकाे छ ।

सरकारी रवैया र शुल्क

मधेशमा पनि सम्पूर्ण देश नेपालकै भाग जस्तै अहिले के देखिन्छ भने जन्म दर्ता, विवाह दर्ता, नागरिकता लिन गरिने वडाकाे सिफारिश, बिजुलीकाे मिटर बकस जडान वा, साेहि कित्ताकाे जमीनमा अर्काे काेठामा विविध कारणले ठाऊं सारी गर्दा लाग्ने शुल्क आदि अनावश्यकरूपमा चर्काे छ । २०७४ सालकाे निर्वाचन अघि पुरानाे दस्तुर, दरहरू दशकाैंदेखिकाे थाेरै थिए, सरकारले बढाउन मेकानिज्म नबनाएकाे अवस्था थियाे तर अब संघीयता धान्ने नाउँमा र फेरि कयाैं दशब सायद सरकारी शुल्क समायाेजन नहुने भन्ने मनाेत्राशमा एकै चाेटी चर्काे शुल्क असुलिरहेकाे आम मानिसकाे गुनासाे छ । अरू त अरू, बिजुलीकाे मिटर बकस एउटै कित्ताकाे जमीनमा विविध कारणले ठाऊं सारी गर्दा भ्याट्सहित रू. आठ सयमाथिकाे शुल्क किन तिर्नुपर्ने ? सरकारी कर्मचारीले गएर ठाउँसारी आफैंले गरिदिंदा वा, उसकाे राेहवरमा हुँदा पुग्दैन र ? यसमा अरू के देखिन्छ भने जागरुक नागरिक थाेरै जनाले सरकारी शुल्कसहित रीतपूर्वक मिटर ठाऊँसारी गराउँछन् भने अधिकांशले विद्युतका “बिकाउ” केही कर्मचारीलाई नै आठ सय शुल्ककाे ठाउँमा व्यक्तिगतरूपमा दुईदेखि तीन सय गाेजीमा हालिदिन्छन् र उसले आएर नयाँ ठाउँमा साेहि कित्ताकाे जमीनमा जडान गरिदिन्छन् । सरकारी नाजायज चर्काे शुल्ककाे ठाउँमा यसरी भ्रष्टाचार हुँदाे रहेछ ।

यहाँ संक्षेपमा भन्नुपर्दा मधेशबाट देशका अन्य प्रदेशहरूले सामान ढुवानी, सडक प्रयाेग, उब्जनी लगेर उत्ता महँगाेमा जनतालाई बेचेर मधेशलाई भने शुल्क, राजस्व भन्दा अरू केही नसुविधा दिने प्रदेश धान्नलाई जस्ताे अवस्थामा पारिएकाे छ केन्द्र सरकार तथा पुराना ठूला स्थापित दलका मानसिकताबाट । यसरी संघीयता र प्रादेशिक सरकारकाे विराेध सरकारी र पुराना ठूला दलका मानसिकताबाट याेजनाबद्धरूपमा “बाेझ” रहेकाे भ्रम पारिंदैछ, जबकि मधेशी, आदिवासि, जनजाति, पिछडिएका समुदाय आदिलाई संघीयता र प्रदेश संरचना चाहिएका छन् ।

चूरेभावर, जानकी मन्दिरकाे संरक्षण तथा विकास

मधेशमा पानी पर्ने, जमीनमुनी पानी भई चापा कल चल्ने भई पानी आउने, जलकाे भण्डार, नदिमा पानी रह्ने कुरा भनेकै चुरे भावर हराभरा रही संरक्षित रहँदा हुने हाे । तर आजकाे दिनमा मधेशका गाऊंहरू पानीविना त्राहीमाम छन्, जमीन-खेत सुक्खा भई जीवन धान्नलाई चर्काे छ । धाराकाे व्यवस्था छैन, पानी छैन काकाकुलकाे अवस्था छ ।

२०६३/०६४ सालका मधेश आन्दाेलनहरूपछि मधेशीकाे नाममा हक, अधिकार लिने सवाललाई मन नपराउने साे बेला एमालेकाे अगुवाईमा मधेशीकाे काउन्टरमा थारू, मुस्लिम समुदायलाई “हामी मधेशी हाेईनाैं र जमीन-जंगलमा हाम्राे हक” भनी काउन्टरमा उभ्याईयाे । यता आन्दाेलन चलिरहेका थिए मधेशमा भने उता थारूहरूद्वारा एमालेले चूरे विनाश (रूख फडानी, जंगल मास्ने, गिट्टी, बालुवा रातारात नदिबाट झिकेर अवैध किनबेच) तीव्र पारिए । यस मधेशविराेधी मानसिकतामा अन्य दलबाट पनि मान्छे थपिए, तस्करहरूपनि थपिए र हुँदाहुँदा साल २०७४ मा क्षणिक नेकपाकाे सरकार केपी एमाले एमालेकाे नेतृत्वमा बन्दा “सरकारी नीति”मै राज्स्व बढाउनलाई देशका मधेशी जनतालाई पानीविना त्राहीमाम पारेर भारतलाई काठ, गिट्टी, बालुवा चूरेबाट बेच्ने काम अझ तीव्र पारिए । धन्य यहि एमाले मधेशबाट पनि राम्रै मत निर्वाचनहरूमा पाऊंदा रहेछ !

अर्काेतिर धर्मनिरपेक्षता (Secularism) काे नाममा जहाँ सनातन हिन्दूका जनकपुरस्थित जानकी मन्दिरकाे गरिमा, ऐतिहासिकपनामाथि आक्रमण भईरहेकाे छ निरन्तर, त्यहीं अन्य धर्मका संरचना धमाधम निर्माणकार्य “अधिकार” पाउनलाई नगरपालिकाकाे नियमकानूनसमेतलाई धाेती लाउने हिसाबले भईरहेकाे छ । उदाहरणका लागि जानकी मन्दिरमा हाफ प्यान्ट लगाएर अर्दधनग्नरूपमा जहाँ केटा र केटी अनि महिलासमेत भित्र पसेर भिडियाे बनाउने, सेल्फी लिने, पूजा गरिने भित्रि मुख्य मूर्तिसम्म पसेर पूजारीज्यूलाई पनि पारिने गरि सेल्फि लिन “छुट” छ, त्यहीं चर्च, मस्जिदमा यी गतिविधिमा परहेज छ । जनकपुरकाे भ्रमरपुराचाैकनेर जीराेमाईलमा बीच सडकमा कहिल्यै मुसलमानकाे कबरगाह थिएन तर जसपाकाे लालबाबु राउत गद्दी मुसलमान मुख्यमन्त्रीकाे पाँचवर्षे शासनमा देश र मधेशी जनताले के देखे भने अन्य धर्म र समुदायका अश्मसानघाट शहर बाहिरपनि विशेष ठाउँ ताेकिएर राज्यद्वारा संरक्षित भएन तर मुसलमानकाे लागि नभएकाे संरचना जनकपुरलगायत धेरै ठाउँमा बीच शहरमा भए र जानकी मन्दिरकाे जिर्णाेद्धारकाे नाममा थप संरचना निर्माणमा मन्दिरकाे डाेममा मुस्लिम बनावट थपिए ताकि एक दिन अयाेध्यास्थित श्रीराम मन्दिर जस्ताे विवादित दाबी सहितकाे मुद्दा स्थापित हाेस् !

याे निन्दनीय मात्र नभई अस्वीकार्य संरचनापनि हाे, भत्काईएर जानकी मन्दिरकाे आफ्नै धार्मिक माैलिकपनमा निरन्तरता हुनुपर्छ । जानकी मन्दिरमा सेल्फी लिने, भिडियाे बनाउनेहरू हिन्दू अज्ञानीमात्र हुन् जाे सम्झाईने वा दण्डयाेग्यपात्र हुन् वा हिन्दूकाे भेषमा अन्य घूसपैठियाहरू ? याे अनुसन्धान हुनैपर्ने भयाे । धर्मनिरपेक्षतामा यस्ता अतिवादी काम सुनियाेजितरूपमा गर्ने-गराउनेका लागि मन्दिरमा मात्रै नभई मस्जिद र चर्चमा पनि अर्दधनग्नहरूले भिडियाे बनाउन पाउनुपर्छ, नत्र सबै धार्मिक क्षेत्र उच्च गरिमाकाे क्षेत्र घाेषित र व्यवहारित हुनैपर्छ ।

सवाल छ, सनातन हिन्दूमाथिकाे आक्रमण नै धर्मनिरपेक्षता, लाेकतन्त्र, गणतन्त्र र आजादी आदि हुन् ? यदि यस्ताे भाष्य निर्माणमा जसपा र कम्युनिस्टहरू लागेका थिए-छन् भने मतदाता र अन्य दलहरू तत्काल सावधान हुनु जरूरी छन् आफ्ना सांस्कृतिक विरासत र पुर्खाका नासाे जाेगाउनलाई । उपशीर्षकमा जानकी मन्दिरमाथि मात्र उल्लेख भएपनि याे सांकेतिक हाे, यसले शान्तिपूर्ण समस्त हिन्दू, सिख, बाैद्ध, जैन र देशैभरीकाे अवस्थालाई चित्रण गर्दछ ।

गलत चित्रणकाे शिकार

माथिका वर्णनबाट मधेशमा प्रदेश, संघीयता र समग्र नेपालमा गणतन्त्र र धर्मनिरपेक्षतालाई गलतरूपमा चित्रण गर्ने राजावादी भूत तथा स्वतन्त्रकाे रूपमा जितेका तिनका केही मेयर, सांसदहरू त दलगत भएपनि छँदैछन्, त्यसमा मधेशविराेधी जनमाेर्चा, एमाले, माओवादीहरूले पनि अदृष्यरूपमा मधेशविराेधी आगाेमा घ्यू थप्ने केही काम गरिरहेका छन् । काँग्रेस, रास्वपा, राप्रपामा पनि मधेशविराेधीहरू छन् । उनीहरूले संघीयता र प्रदेश संरचनालाई आर्थिक भार भनी बाेझ “सावित” गराई मधेश आन्दाेलन र २०६२/०६३ सालपछिका आन्दाेलनका उपलब्धिलाई नकार्नलाई उद्धत छन् तर जसलाई प्रदेश, संघीयता र गणतन्त्र चाहिएका छन्, उनीहरू पछाडि हट्ने अवस्था छैन । अत: यी परिवर्तनविराेधी छद्मभेषी मधेशीका अधिकारविराेधीहरूले के बुझ्नु आवश्यक छ भने नेपालले अब तत्काल कुनै आन्दाेलन थेग्न सक्दैन, विदेशी परचक्रीहरूले यस्तै धार्मिक, सामुदायिक दंगा हाेस् पर्खिरहेका छन् जहाँ आन्दाेलनमै घूसपैठ गराईकन मधेश र नेपालकै अस्तित्वमा असरपारेर नष्ट पारिने हुन् ।

(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय