त्रिविमा २०औं उपकुलपति: एक नयाँ अध्याय

मनोज कुमार कर्ण

त्रिभुवन विश्‍वविद्यालय (त्रि.वि) ले २०औं उपकुलपति (Vice-Chancellor, V.C.) काे रूपमा गत विहिवार २०८० फाल्गुण १० गते साँझ प्राडा केशर बराललाई पाएकाे छ भने पदबहाली भाेलीपल्ट ११ गते शुक्रवारमात्र भएकाे हाे । त्रिविमा हाल शैक्षिक, प्रशासनिक, व्यवस्थापकीय तथा नीतिगत समस्याहरू कार्यान्वयन पक्षमा देखा परेका अवस्थामा खुल्ला विज्ञापनबाट भिसि चयन गरिएकाेले याे एक प्रकारले नयाँ अध्याय नै शुरूभएकाे हाे । तर त्रिविमा यस अघि कम्तिमा तीनजना उपप्राध्यापकहरू नै भिसि रहिसक्नुभएकाे पनि नाैलाे ईतिहास रहिसकेकाेले अब काे-कसरी भिसि-पदाधिकारी आऊने कुरा भन्दा पनि चयनित पात्र, उनका कार्यदिशा र त्रिवि तथा नेपाली समाजप्रति पवित्र उद्देश्य तथा समर्पित भाव छ कि छैन वा केवल जसरी चयन भईसकेपनि केवल नियुक्तदाता दल तथा व्यक्तिप्रति मात्र जिम्मेवार हुने हाे, याे सर्वाधिक चासाेकाे विषय अहिले बनेकाे छ ।

गत पाैष २० गते त्रिविकाे भिसिमा पहिलाे विज्ञापन गरियाे जसमा कम्तिमा पदाधिकारी रहेकाे ३ वर्षकाे अनुभव अनि प्राध्यापक र डाक्टर मात्रले भर्न पाउनेलाई प्रमुख आलाेचनाहुँदा पाैष २३ गते सच्चाएर पुन: विज्ञापन गरिएकाे भनियाे। प्रा र डा भिसि नियुक्त हुने मानिसकाे तीन हजार शब्दकाे भीजन पेपर अनि पाँच हजार शब्दकाे वर्क प्लान पेपर हेर्ने, अन्तरवार्ता आदिमा भाग लिई तीन जनाकाे नाम सिफारिश गर्ने सर्च कमिटिकी सदस्य एक जना उपप्राध्यापक बाैद्ध अध्ययन, केन्द्रीय विभागकी प्रमुख चन्द्रकला घिमिरे हुन पुगिन् । घिमिरे माओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनकी सक्रिय सदस्य तथा श्रीमान् क्यान्टाेन्मेन्ट चलाएकाे बुझिएकाे अर्थात्, भिसिकाे आवेदकले झैं निजले राजनीति त्याग घाेषणा नगरेकीले कसरी हेर्ने भनी व्यापक आलाेचना हुँदा पनि वर्तमान माओवादी-काँग्रेसकाे संयुक्त प्रचण्ड सरकारले माओवादी अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाकाे मिलेमत्ताेमै भिसि (पूर्व) माओवादी निकटले अनि रजिष्ट्रार (पूर्व) डेपानवाला काँग्रेसीले लिने सहमति नै भएकाेले साेहि अनुसार बढ्नलाई विवादित चन्द्रकला घिमिरे सदस्यकाे नाम हटाएर प्रा र डा काेही वा पूर्व भिसि काेही नबनाईएकाेले याे राजनीतिबाट मुक्त नभएकाे सर्वत्र चर्चा छ ।

याे भिसि छनाैट प्रक्रिया अन्य कारणले पनि विवादित र शंकास्पद रह्न पुग्दा सराेकारवालाहरूले स्वभाविकरूपमा अझै लिन सकिरहेका छैनन् र कुलपति तथा प्रम प्रचण्डज्यूले “भागबण्डा हटाएर मेरिटाेक्रेसीमा त्रिविबाटै भिसि नियुक्त गर्छु” भनेपनि देउवा-प्रचण्डले लिने निर्णयका आधारमा विज्ञापन मन अनुकूल प्रावधान गरेर गरिएकाे कृयाकलापमा कसरी विश्वास गर्ने भन्ने प्रश्नहरू उठेका छन् । जस्तै, दाेस्राे विज्ञापन सुधारसहित गरिएकाे भए तापनि शर्ट लिस्टमै प्रा र डा दुवै उपाधी नभएका जतिलाई फालेर १४ जनाकाे नाम यसरी सार्वजनिक गरियाे कि एकजना मानाैं वामपन्थी भने अर्काे तल लाेकतान्त्रिक एवं एवं जुन आफैंमा नाटक भईरहेकाे जस्ताे “निष्पक्ष” देखाउने तर गलत नियत भित्र लुकेकाे देखाउँथ्याे । अनि प्रश्न उठाउने अर्का शंकास्पद, अनैतिक केही कार्यहरू सर्च कमिटि र विज्ञ टालीकाे यस्ता देखिए- पछिल्लाे चरणमा संलग्न युजिसिका देवराज अधिकारी, लाेक सेवाबाट कयाेदेवी यमी र प्राडा भीमदेव भट्ट सबैजना माओवादी-वामपन्थी; यस्तै चित्रबहादुर बूढाथाेकीकि धर्मपत्नी ३० वर्ष अघि नेकपा माले पार्टीमा सर्च कमिटि अध्यक्ष/संयाेजक शिक्षामन्त्री अशाेक राईसँगै काम गर्नुभएका जाे एक नम्बरमा सिफारिशमा परे अनि एक नम्बरमा पार्नलाई कार्यविधिविपरीत बिना कैफियत जनाई ८५ प्रतिशतसम्म अङ्क दिईएकाे र साथै प्रचण्डज्यूले दाेस्राे नम्बरमा सफारिश बराललाई तथा मन्त्री राई, वर्षमान पुन र देवेन्द्र पाैडेलहरूले बूढाथाेकीलाई च्यापेका तथा माओवादीमै पनि जति विज्ञापन भनेपनि आखिरीमा भागबण्डामा पारिसकेकाे भनी खुशी छाएकाे जस्ता समाचार बन्नु (कान्तिपुर दैनिक, पृ. ३, पाैष ९ गते); अन्तिम ३ जनाकाे नाम सिफारिश गरिंदा बडाे चालाखी ढंगले १ र २ नम्बरमा माओवादी निकट र ३ मा एमाले निकट केवल वामपन्थीकाे नाम सिफारिश गरेर यस देशमा युजिसि र त्रिविका लागि केवल लेफ्टिस्ट नै “याेग्य” रहेकाे देखाएकाे; हालसम्म आवेदक ४३ मध्ये एकजनाकाे फालिएर बाँकी ४२ जनाकाे नामसहित कसले कस्ता भीजन र वर्कप्लान पेपर्स बुझाए अनि कसरी कसले कति अङ्क प्राप्त गरे साे कुरा सरकारद्वारा नै विज्ञापन झैं सार्वजनीक गरि पब्लिक आैडिटमा नदिईएकाे; उप प्राध्यापक चन्द्रकलाले कुन हैसियतमा भिसि छनाैट प्रकृयामा बसिन्, किन फालिएनन् ऊनी आदिले सब गड्बड छ भन्ने आशंका छ ।

नयाँ उपकुलपतिका अवसर तथा चुनाैती

२०७७ सालमा अवकाशप्राप्त नवनियुक्त भिसि प्राडा बराल स्वयंमा एक अब्बल प्राध्यापक तथा अनुसन्धानकर्ता मानिएपनि पदबहाली हुँदा जुन अभिव्यक्तिहरू केही दिए र जसरी ऊनकाे नियुक्ति भएकाे छ, त्यसमा टेकेर हेर्दा हामी आशा गराैं तर बढी अपेक्षा नगराैंकाे स्थिति छ । जस्तै, भिसि बरालले “मलाई राजनैतिक सहयाेग चाहिन्छ, म शैक्षिक क्यालेण्डर र जाँचकाे नतीजा समयमा गराउँछु, स्नातकतह चारबाट तीनवर्षे बनाउँछु, राजनीतिकरूपले एक दलमा विश्वास त हुन्छ तर भागबण्डा गर्दिनँ – आफ्नाे अनुसार अन्य पदाधिकारी नियुक्त गर्नदिन कुलपति तथा सरकारले पर्छ” भन्नू नै प्रमाण हुन् । उदाहरणका लागि, विश्वमा हाल चारवर्षे स्नातक छ, नेपालमा भर्खर तीनबाट चारवर्षे भएकाे थियाे र अब पुन: तीनवर्षे विद्यार्थी पलायन राेक्न भनेर दिमाग लगाईयाे भने विदेशमा नेपाली विद्यार्थीकाे क्रेडिट आवर र अंग्रेजी विषय जीवनमा कति वर्ष पढेकाेमा पुन: प्रश्न उठ्ने भयाे ।

त्यस्तै, “एक दलमा विश्वास त हुन्छ तर भागबण्डा गर्दिनँ र आफू अनुकूल अन्य पदाधिकारी रेक्टर, रजिष्ट्रार, डीन, डायरेक्टर आदि नियुक्त गर्न पाउनुपर्छ” भन्नुकाे साेझाे अर्थ नै माओवादी-वामपन्थीले त्रिविलाई भर्नु हाे र अन्तताेगत्वा प्राध्यापक-कर्मचारी सबैमा “कमरेडहरू”ले तलदेखि माथिसम्म ठाऊं पाउनु हाे, बाँकी “अयाेग्य” हुँदै, जुन आैपचारिक आतंककाे सूचक हाे । यस्ताेमा अन्य राजनैतिक दलकाे साथ भिसिले कसरी जुटाउनु हुनेछ ? स्मरण रहाेस्, २०६४ सालतिर नै माओवादी अध्यक्ष प्रचण्डले साे बेला गिरिजाप्रसाद काेईराला तथा माधव नेपालहरू समक्ष “एऊटा विश्वविद्यालयकाे सेट नै एऊटा दललाई गरि दिऊं र त्रिवि हामीलाई दिनुस्” भन्नू हुन्थ्याे अर्थात्, मास्टरमाईन्ड काेही अर्कै तर आज बाेल्ने चाहिँ भिसि साहेब हुनुहुन्छ कि “भागबण्डा म गर्दिनँ” ! एऊटै विचार समूहकाले “आफू अनुकूल” सबै नियुक्त गर्न पाए भने “भागबण्डा नहुने” माओवादी बुझाई प्रष्ट भयाे, जुन दुर्भाग्य हाे र एउटा सत्ता कब्जाकाे अभ्यास हाे !

यदि नवनियुक्त भिसि साहेबले दलका मान्छेलाई अब त्रिविमा कर्मचारी-प्राध्यापक बनाई जागिर खुवाउने मात्र गलत मनशाय त्याग्नु हुन्छ भने उहाँले यी केही सवालमा गुरूयाेजना बनाउनुपर्छ र असल नियतले सबैलाई समेटेर बढ्दा निष्पक्षता देखिई साथ पनि पाउनु हुनेछ: शैक्षिक क्यालेण्डर पूर्ण लागू गर्न वर्षभरी हुने स्नातककाे भर्ना राेक्ने कि नराेक्ने; क्वालिटि एजुकेशनकाे लागि फ्याकल्टी डेभ्लपकाे अर्थात् जनशक्तिलाई पीएचडी मुफ्तमा, स्कलरशीप दिई, गराउने याेजना कुन वर्षमा हरेक फ्याकल्टीबाट कति छ; माओवादीबाट भिसि बनिसकेकाे सार्वजनीक भईसकेपछि कुलपति तथा प्रम प्रचण्डकै राेजाईका भिसिलाई फ्याकल्टी डेभ्लप तथा तलब आदि सुविधामा तत्काल गणाेत्तर रकम वृद्धि/शिक्षामा लगानी गर्ने कि नगर्ने; यहि मरिटाेक्रेसीमा रहेर अब रेक्टर, रजिष्ट्रार, डीन, डायरेक्टर, पनिका नियन्त्रक, सेवा आयाेग सदस्य, क्याम्पस चीफ आदिकाे चयन प्रतिस्पर्धाबाट गर्ने कि नगर्ने (कि बठ्याईंपूर्वक केदारभक्त माथेमाजस्ता केही विद्वतका आंशिक कुरा भिसिले आफ्नाे राेजाईका पदाधिकारी पाउनुपर्छलाई मात्र सुगा रटाई गर्ने ? किनकी ऊहाँहरूकाे टीमले त प्रचण्डज्यू कुलपतिलाई याे विज्ञापन र शर्टलिस्टेडहरू नै भएन भन्नुभएकाे थियाे!); कुलपतिले भिसि र त्रिवि पदाधिकारीलाई हस्तक्षेप हामी दलका अध्यक्ष-सभापतिबाट नहुने र भए भने अटेर गर्नु भनेर उनिहरूकाे हस्ताक्षरसहित कबुलियतनामा भिसिकाे विज्ञापन झैं सार्वजनिक कहिले हुने; भिसिका आवेदक सबैका भिजन-वर्कप्लान पेपर्सहरू नामसहित वेब साईटमा पब्लिक अडिटकाे लागि सार्वजनिक गर्न ढिलाई किन; सेमेष्टरमा विद्यार्थीहरू सेन्टरमा बढी कक्षामा बस्छन् भने अन्यत्र बढीले छल्छन् अनि टर्म पेपर सब्मिट गर्दैन कि हु-बहु सारेका हुन्छन्लाई कसरी ट्र्याकमा ल्याउने; अधिकांश माओवादीनिकट नै प्राध्यापकहरू कक्षामा नियमित नआउने, ढिलाे पुगेर चाँडाे भाग्ने, पुरानाे काेर्ष पढाउने तर सजाय नपाउने र उल्टै जाे चाेर उसैकाे ठूलाे श्वर गर्न आउने आदिलाई कसरी मिलाउने; परीक्षा निष्पक्ष र भयरहित हुनुपर्नेमा आन्तरीक मूल्याङ्कनमा नेताहरू जति धेरैले नआएरै कि प्राध्यापक-शिक्षकलाई धम्काएर वा किनेरै चाहेजति मार्क्स हाल्न लगाउँछन् तथा एन्क्यू लागेकाहरू पनि फाईनल सेमेष्टरमा सगर्व जाँच दिन्छन्, चीटपनि सार्छन्, ईमान्दार ईन्भिजिलेटर डरले बाेल्दैनन्, बाेले कि आक्रमण हुन्छ, सरूवा हुन्छ, फँसाईन्छ, उत्तरपुस्तिका नै साटिन्छ कतिपय ठाउँमा र नक्कली परीक्षार्थीपनि बसाईन्छ आदिलाई कसरी ट्रयाकमा ल्याउने; पढाउने जति कम प्राध्यापकमाथि विभागीय-क्याम्पस प्रशासनकाे बक्र दृष्टि आफूहरूकाे पाेल नखुलाेस् भनी पेलानहरूबारे कम्प्लेन छन् र आए भने आफ्नै दल निकट भएपनि कार्वाही गर्ने कि नगर्ने; फुल टाईमरलाई पूरा क्लाश लाेड नदिई आंशिकलाई प्राईभेट र सार्वजनीक सबै कक्षाभार ताेक्ने हाकीमलाई दण्ड दिन्छु भनेर कसरी विश्वास दिलाउनुहुन्छ; पढाउनेले पनि स्थायीले क्लाश माग्दा पनि नदिने तर नपढाउने स्थायीले फेक रूटीन बनाएर रूटीनमा लाेड छ तर पढाउँदैनन् जस्ता अपराधी र फटाहाहरूलाई के गर्ने; परीक्षा सञ्चालनका लागि हरेक क्याम्पसमा ग्यालरी-परीक्षा हल बनाएर व्यवस्थित कार्य तथा अन्य भाैतिक संरचना ट्वायलेट, अध्ययन क्लाश आदि बनाउने उपाय के छ; जाँचमा कतिपय ठाऊंमा २० जना बराबर १ ईन्भिजिलेटर नियम छँदा पनि क्याम्पस चीफ केही बदनियत तथा कर्मचारी भ्रष्ट केहीकाे मिलेमत्ताेमा ५०-५५ जनामा पनि जम्मा १ ईन्भिजिलेटर राख्ने तर फाराममा २०:१ ईन्भिजिलेटर भर्ने अनि ड्राईभरसमेतकाे नाममा ईन्भिजिलेटर देखाई पैसा खुवाउनेलाई कसरी नियन्त्रण गर्ने; जुन काेर्ष जति क्रेडिट आवरकाे छ, त्यही काेर्ष विदेशमा र नेपालमै अन्य विश्वविद्यालयमा पढ्न विद्यार्थी जान्छन् तर त्रिविमा आऊंदैनन्, किन (?) यता साेच्ने कि स्नातक ४ वर्षेबाट ३ वर्षमा झार्छु अनि विदेश पलायन राेक्छु भनेर टाउकाे दु:खेकाे राेगमा घाउ लागेकाे आैषधी दिनेजस्ताे कुरा गर्ने; अनावश्यक ठाऊंमा पनि कथित् विद्यार्थी नेताले गर्ने राजनीति तथा प्राध्यापक धम्काउने, सरूवा गराउने, साना पदाधिकारी नै चयन गर्ने कुरा राेक्न के प्लान छ; अन्य विश्वविद्यालयमा झैं त्रिविले ब्याच्लर-मास्टर्समा अनुसन्धानकाे बेला कसरी थाेरै भएपनि पारिश्रमिक पाउने र अनुभवमा समय गन्ति हुने तथा राेजगारका लागि सरकारी र नीजि क्षेत्रसँग सम्झाई-बुझाई अवसर उपलब्ध कसरी गराउने जस्ता दर्जनाैं प्रश्नहरू अझ छन् ।

रणनीतिक कि राजाैतिक हुने ?

माथि वर्णनित त्रिविकाे अवस्था, देशकाे राजनैतिक अवस्थामा नवनियुक्त भिसि प्राडा केशरजंग बराल सामु चुनाैती तथा अवसरहरूसमेत छन् । उनले असल नियतले सबैलाई समेटेर प्रतिस्पर्धाबाट नै अन्य याेग्य पदाधिकारी राेजे र क्याम्पससम्म यसरी नै राेजे भने अन्य चयनितले पनि त्रिविकाे स्त्तर उकास्न, अनुसन्धानतर्फ लागेर, लेखहरू लेखेर माथि उकास्नमा मद्दत गर्नेछन् । तर यदि जनजीभ्राेमा अट्केकाे शब्दानुसार, माओवादी अध्यक्षज्यूकाे गुरूयाेजना अनुसार, केवल “कमरेड”हरूलाई कर्मचारी-प्राध्यापकमा जागरि खुवाउनलाई विभिन्न नाटकहरू रचेर समय बर्वाद गर्नुभयाे भने त्रिविकाे पनि उँभाे लाग्दैन र भिसिलाई सहयाेगकाे ठाऊंमा निहुँ खाेज्नेहरू बढी हुनेछन् तथा माओवादीकाे नियत नै सत्ताकब्जा रहेछ र चिनियाँ कम्युनिस्ट शिक्षा लाद्ने भन्ने उदाङ्गाे भई जनस्त्तरबाटै लखेटिनेछ ।

अत : यदि त्रिविलाई हृदयले नै अगाडि बढाउने, उकास्ने हाे र नेपाली जनताकाे विश्वास दल, विश्वविद्यालयप्रति नवनियुक्त भिसि साहेबले जगाउने हाे भने विद्वतकाे समूह, सर्वपक्षीय समूह अति जरूरी छ नत्र चार वर्ष गफमा र दलीय मान्छेलाई जागिर खुवाउनमा दलका अध्यक्षकाे कारिन्दा बन्न मै दु:खलाग्दाे व्यतित हुनेछ । अहिले नै टिप्पणि त नगराैं तर भए गरेका अपारदर्शी, अनैतिक रूपले भिसि चयन प्रकृयाबारे देशका चिन्तित डेमाेक्रेट्स्हरूले विभिन्न कारणले काँग्रेसका सभापति तथा अन्य नेताहरूले चूप लागेपनि प्राज्ञिक स्वतन्त्रता, लाेकतान्त्रिक-गणतन्त्रमा हरेक खाले स्वतन्त्रता, प्रगति आदि चाह्ने जमातले प्रश्न उठाउने, छलफल गर्ने नै छन् । मलाई लाग्छ कि माथिका सवालहरू तर्फ भिसि केन्द्रीत हुनुभयाे भने आशा जगाउँछ नत्र उहाँले समय कटाउने मात्र आउनुभएकाे बुझिनेछ । मुख्य कुराे, दलगत लगावमा नै र दलका मान्छेबीच मात्रै चाँदीकाे घेरामा रह्ने हाे कि अन्यकाे पनि कुरा सुन्ने, समस्या निष्पक्ष समाधान गर्ने र सहकार्य गर्ने हाे ? यसैमा उहाँकाे आगामी चारवर्ष मित्रवत् सजिलाे वा असजिलाे भएर गुज्रने देखिन्छ । प्राध्यापकहरूकै माओवादीबाहेककाे विश्वास हाल भिसिमाथि कम रहेकाेमा झन् चुनाैती थपिएकै हाे र पछिल्लाे समयमा स्वयं माओवादी नेताहरूले नै बूढाथाेकी कि बराल (?) च्याप्नेमा लागेर विज्ञापन नै हाईभाेल्टेज ड्रामा भएकाे पुष्टि गरिदिएका छन्, जुन दुर्भाग्य त हाे नै साथै भिसिले सबैकाे मन जित्ने काममा अझ मिहिनेत गर्नुपर्ने देखाउँछ ।

(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढाेका, ललितपुर)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय