देशका लागि युवाको दायित्व

ताराप्रसाद पोख्रेल

हाम्रो देश नेपाल कहिल्यै बिदेशीको गुलाम भएन । बिदेशीले घुमाउरो पाराले आफ्नो अधिनमा ल्याउन खोजेपनी वीर गोर्खालीको पुर्खाले कहिल्यै पनि विदेशीको अधिनमा पर्न दिएनन । हाम्रो देश पहिले जस्तो थियो अहिले त्यो भन्दा विकसित पनि छ । देशमा जुन-जुन समयमा जस-जसले सत्ताको नेतृत्व गरेर देशको शासन सत्ता सम्हाले पनि त्यो सबै राम्रैका लागि गरे होलान् भन्ने आशा गरौं। १०४ बर्षिय जहानिया राणा शासनको समयमा जनताले बोल्ने  समेत अधिकार थिएन। केबल राणाको उपद्रो र मनपरि व्यवस्था टुलुटुलु हेर्ने मात्र थियो ।

२००७ सालमा राणा  शासन अन्त्य त भयो तर,त्यसको केही समय अस्थिर राजनीति र ०१५ सालमा प्रथम आमनिर्वाचन भएर सरकार बनेपनी २०१७ पुस १ गते त्यो पनि अपहरणमा पर्‍यो। त्यसपछिको ३० बर्षे पंचायतकालमा केही थोरै स्वतन्त्रता भयो तर, जनजिविकाको सवालमा खासै प्रगती भएन । २०४६ सालमा बहुदलीय व्यवस्था आएपछी र २०६२/०६३ को आन्दोलनपछि गणतन्त्र र संघियता अनि धर्म निरपेक्षता भएपछि चाहिँ जनताले आफ्नो मनमा लागेका कुरा निर्धक्क भन्न सक्ने भए ।

यो सबै परिवर्तन जनता आफैंले लडेर ल्याएका हुन् कसैले दया मायाले दिएको होइन । तर,जनताको वलिदानबाट प्राप्त गणतन्त्र,संघियता र धर्म निरपेक्षताको मर्म अनुसार कसैले काम गरेको देखिदैन । लोकतान्त्रिक व्यवस्था नै शंसारको सबैभन्दा उच्चतम सासकिय स्वरुप हो । तर केही निहित स्वार्थ बोकेका एकल सोच भएका र अरुको प्रगती र उन्नति भएको देख्न नचाहानेहरुको हातमा यो राजनैतिक उपलब्धिको बागडोर गएकोले जनताले चाहेजस्तो गर्न दिइएन ।

अझैपनी राजावादी वा अन्य नाममा यो राजनैतिक उपलब्धिलाई उल्टाउन विभिन्न षड्यन्त्र भैरहेकै छन्। गणतन्त्र असफल भयो वा संघीयता फेल भयो भन्ने नाममा प्रतिगामी,पुनरुथ्थानबादी र यथास्थितिबादिहरु अहिले पनि सल्बलाउदैछ्न । यो अहिलेको गतिविधिले देशमा आन्दोलन, हडताल, भ्रष्टाचार अनियमितता हुने र दलाल, कमिशनखोर, माफियाहरुले शिक्षामा स्वास्थमा र उत्पादन देखि बजारीकरण सम्म र रोजगारिमा समेत कब्जा जमाएकाले सर्बसाधारणको पहुंच भन्दा बाहिर हुन पुग्यो र यहाका युवाहरुले रोजगारी नपाउदा अरबको खाडी देखि बिकशित मुलुक रोजगारिको लागि जान थाले ।

हाम्रो देश अरु देश भन्दा प्राकृतिक हिसाबले धेरै धनी देश हो । हाम्रो देशका नेताको अक्रमण्यताका कारण देशका युवा निरास भएका छन् । देशका नेताको कारण न देशको बिकाश भएको छ न हुने छाँटकाट देखिएको छ । यो देशको नेतृत्व राम्रो र संबेदनसिल भइदिएको भए हाम्रा देशका कर्णधार बिदेसी भुमिमा श्रम बेेेच्न बाध्य हुने थिएनन् । हुन त हाम्रै देशमा गर्न सके धेरै सम्भावना अहिलेपनी छ।

हाम्रो देशमा न शिक्षा राम्रो छ न स्वास्थ, सबै माफियाले कब्जा गरेर जनताको मौलिक हक अन्तर्गत पर्ने शिक्षा र स्वास्थ सबैभन्दा महँगो भएको छ । बार्षिक ३ लाख जनशक्ति रोजगारिको लागि पुर्ण हुन्छ्न तर आफ्नै देेेशमा रोजगारिको सृजना धेरै कम छ । हुन त पढ्नु भनेको जागिर खानु मात्र हो भन्ने सोच धेरै छ । पढेर के गर्नु जागिर पाइदैन , बरु खाडी या बिकशित मुलुक जादा पैसा कमाइन्छ भनेर त्यतै लाग्छ्न । तिनिहरुले बुझ्नुपर्ने कुरा चाहिँ यो थियो कि पड्नु भनेको असल नागरिक हुनु हो । पढेर अरुलाई ज्ञान दिनु हो भन्ने तर्फ सोच्दैनन ।

मेडिकल शिक्षा पार गर्दा लाखौ रुपैया खर्च हुन्छ । पढिसकेपछी पनि हामिले ज्ञान प्राप्त गर्यौ भनेर चित्त बुझाउनु भन्दा कसरी लगानी गरेको उठाउने भनी सोच्न थाल्छ्न र गलत बाटो पनि अपनाउछ्न ।पढेर पनि के फाइदा जागिर पाइदैन भनी पढ्न निच मार्नेहरु पनि धेरै छ्न । हाम्रा अभिभावक पनि यहाँ पढेर केही जागिर पाइदैन बिदेश गएर पढ भनेर बिदेश पठाउन पाउँदा खुसी हुन्छ्न । तर बिदेश छोराछोरी गएभने उतै भासिन्छ्न र यता आउदैनन र हामी एक्लै हुन्छौ भन्ने सोच्दैनन । यहाँ धेरै देखिएको छ कि छोराछोरी बिदेश पठाएर एक्लो जिन्दगी बिताएको । अर्को कुरा खाडी जाने त धेरै फर्केर आउछ्न त्यहाबाट केही पैसा कमाएर यहाँ गरि खाएको पनि देखिएको छ तर अमेरिका, क्यानडा, अष्ट्रेलिया, जर्मन जस्ता बिकशित मुलुकमा जान खोज्ने गरिब चाहिँ पक्कै हुदैनन । धनिकै छोराछोरी जान्छ्न र त्यहाँ गएर धेरै बिग्रेका देखिएको छ।

अहिले पनि हाम्रा युवाहरु नेपालको चोकचोकमा गल्लिगल्लिमा क्याराम्बोर्ड चेस,तास लुडो खेलेर बसेका हुन्छ्न र हेर्ने त्यो भन्दा धेरै हुन्छ्न र भन्ने गर्छ्न नेपालमा कुनै भबिस्य छैन ,केही गर्न सकिएन । जब एउटा युवा खेलेर बसेर केही गर्न सकिएन र भबिस्य छैन भन्छ नि त्यो उसले गर्न नखोजेर हो । बिदेश गएर अस्पतालमा लेबरको काम, खेतमा काम , भेडा चराउने , गोठमा काम गर्दा मासिक ३०/३५ हजार कमाउछ भने त्यही मेहेनत यहि नेपालमा गर्ने हो भने धेरै कमाइ हुन्छ । तर यहाँ चाहिँ अर्कोले देखेर लाज लाग्छ अरे । यो त सबैलाइ थाहा छ कि बिदेशमा के गर्नुपर्छ भनेर । यहाँ लाज लाग्नुपर्ने किन ? यहाँका विद्यार्थीहरु कलेजमा पड्न जान्छ्न अनि कुनै एउटा कुनामा गफ गरेर बस्छ्न र भन्छ्न याहा त पढ्ने बाताबरण छैन बिदेश जानुपर्छ ।

जब आफ्नो देशको कलेजमा बाबुआमालाई ठगेर पढ्न जान्छु भनी फिल्म हल,खुला पार्क वा अन्यत्र मोटरसाइकलमा चढेर गएर दिन काटेपछी कसरी पढाइ राम्रो हुन्छ । हामीले देशलाइ सरापेर विदेशिने मानिसहरु विदेशमा गएपछी थाहा हुन्छ आफ्नो देशको महत्व । देशको कुनै दोष हुदैन दोष हुन्छ भने त्यो देशको सासक हो । त्यो देशको सासकलाइ चलाउने माफिया दलालहरु हुन । हामिले त्यस्ता विरुद्ध लडेर यहि बस्नु पर्छ । तरकारी देखि अन्य उत्पादन पनि गर्न नसक्ने अनि अरुले उत्पादन गरेका पनि महगो भयो भन्नेहरु धेरै छ्न । महगो भयो भन्नेहरुले आफै उत्पादन गरेर महगो बेच्दा हुदैन ? हाम्रो देशमै जागिर नपाए पनि गरि खाने हजारौ तरिका छ्न । मात्र लाज नमानी लगन र मेहनत चाहिन्छ । कृषि , फलफूल , पर्यटन,होटेल, पशुपालन , यातायात ब्याबसाय , कुखुरा पालन, दूध उत्पादन, हिमाली भेगमा राडिपाखी उत्पादन , नगदेबाली उत्पादन , माछा पालन मौरी पालन जस्ता उत्पादनशिल काममा लागे कोहि पनि ४०/५० हजार कमाउन विदेश जानू पर्दैन । लाज र संकोच नमानी लगनशिल भएर काम गर्नेलाइ कहिलै पनि भोकै मर्दैन । हाम्रा अभिभावक मेरो छोरो अमेरिका छ , क्यानडा छ , अष्ट्रेलिया छ भनेर गर्भसाथ भनेपनी उनिलाइ मेरो छोरो अब कहिलै हाम्रो बुढेसकालको साहरा कहिलै आउदैन भनेर । बिदेशमा गएकाहरु बाध्यताले पनि फर्केर आउन सक्दैनन । विदेशमा न स्वतन्त्रता हुन्छ न कुनै अधिकार । दोश्रो दर्जाको नागरिक भएर बस्नु पर्छ । आफ्नो देशमा बस्दाको शान अर्कै हुन्छ । जति सम्पती कमाएपनी मरेर दिन केही लान सक्दैन ।

छोराछोरीको लागि हो भने त्यसको अर्थ हुदैन । आफैले उपभोग गर्न नपाएको सम्पतिको के काम ? त्यसैले युवाहरुले आफ्नै देशमा रगत पसिना बगाएर देशको सेवा गरे भोलि आफ्ना सन्तानले पनि उपभोग गर्न पाउँछन् । विदेशमा बगाएको रगतको बिदेसको लागि हो हाम्रो देशको लागि केही काम लाग्दैन । समयमै सोच्न जरुरी छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय