समाजवादी क्रान्तिको रणनीतिक लक्ष्य
तारा पोख्रेलविश्वको परिवर्तनको रफ्तारलाइ हेर्दा र विभिन्न देशमा भइरहेको समाजवादी क्रान्तिलाइ हेर्दा नेपालमा पनि समाजवादी क्रान्तिको जरुरी देखिन्छ । नेपालको समाजवादी क्रान्ति पनि विभिन्न मोड र घुम्ती पार गर्दै र विभिन्न उतारचढाव भोग्दै अघि बढ्ने देखिन्छ ।
हाम्रो मुलुक अहिले पुँजीवादी चरणमा गुज्रँदैछ । अब बिस्तारै समाजवादी चरणमा लम्किँदै छ । लोकतन्त्रको एक नमुना अनुसार जस्तो भएपनि विभिन्न समयमा निर्वाचन हुँदै जनप्रतिनिधि छानिँदै आएका छ्न । सरकार पनि गठन हुँदैछ । सत्ता परिवर्तन हुने र आन्तरिक र बाह्य नीति पनि परिवर्तन हुँदै आएका छ्न । यसो गर्दा प्रतेक पार्टीले पनि त्यही अनुरुप नितिनियम परिवर्तन गर्नुपर्ने अनिवार्य देखिँदैछ ।
त्यस्ता कार्यनीति अनुरुप पार्टीहरुले आफ्नो प्रचार शैली, निर्माण गर्ने शैली र संघर्षको कामहरु अघि सार्दैछ्न । पार्टी निर्माण गर्दा पार्टीले समय सापेक्ष र बदलिँदो परिस्थिती अनुरुप रणनीति र कार्यनीतिका लक्ष्य परिवर्तन गर्दै जानुपर्दछ । पार्टीका कार्यनीतिक लक्ष्यले रणनीतिक लक्ष्य तिर उन्मुख भएर रणनीतिक लक्ष्य पूरा गर्न मद्धत गर्दछ । अबका सच्चा पार्टीको रणनीतिक लक्ष भनेको समाजवादी क्रान्तिको लक्ष्य पूरा नहुन्जेल निरन्तर चल्ने क्रान्ति हो ।
समाजवादी क्रान्तिले समग्र क्रान्तिको प्रक्रियालाई मार्गदर्शन गर्दछ र यो स्थिर हुन्छ । त्यसैले पार्टीको रणनीतिक लक्ष्य भनेको वैज्ञानिक समाजवाद हो । यो कार्यक्रम पार्टीले लक्ष्य प्राप्त नगरुन्जेल चलाउने क्रान्ति हो समाजवाद तिर उन्मुख गराउने । त्यसैले आफैँ सबै कार्यक्रमलाई स्वस्फुर्त रुपमा अघि बढाउन मार्गदर्शन गर्दछ । यसले पार्टीका क्रान्तिका सम्पुर्ण कार्यनीतिक लक्ष्य हरुलाइ मार्गदर्शन गरिरहनेछ । पार्टीका प्रचार , संगठन र संघर्षको सम्पुर्ण सृङ्खलाहरुलाइ निर्देशन गरिरहनेछ । त्यसैले पार्टीको लक्ष्य यसै अनुसार समाजवादी क्रान्ति गर्दै समाजवाद प्राप्त गर्नु हो । समाजवादलाइ प्राप्त गर्न अनेक कार्यनीतिलाइ सँगसँगै लानु पर्दछ ।
समाजवाद प्राप्त गर्ने ३ हतियारः
१) शक्तिशाली , जनव्यापी, राष्ट्रव्यापी गतिशील पार्टी निर्माण
२) संयुक्त मोर्चा
३) समय सापेक्ष बहुआयामिक संघर्ष
( १) समाजवादको बाटो तय गर्न सबैभन्दा पहिलो हतियार भनेको शक्तिशाली, राष्ट्रव्यापी , जनव्यापी गतिशील र जनाआधार भएको पार्टी निर्माण गर्नु हो । हामी जसरी हाम्रो संगठन बलियो बनाउछौ उति नै पार्टी बलियो र शक्तिशाली हुन्छ र अझ संगठन निर्माण गर्न सजिलो हुन्छ । सशक्त पार्टी बनाउन क्रान्तिको धार बलियो बनाउनु पर्छ । हामीले पार्टीको कार्यदिशा सहि बनाउनु पर्दछ, जनमुखी बनाउनु पर्दछ । संगठन निर्माणमा गतिशीलता र हामी जति संगठन निर्माणमा लाग्दछौ तब हाम्रो शक्ति अघि बढ्छ । हाम्रा योजनाहरु सफल हुँदै जान्छन् ।
(२) अर्को हतियार संयुक्त मोर्चा बनाउन एउटा राम्रो समिती बनाएर नीति सिद्धान्त मिल्ने तर सा-साना कुराले एक हुन नसकेकालाई मर्ज गरेर एक बनाउने र अर्को बाटो एउटै भएका पार्टीको संयुक्त मोर्चा बनाउनु पर्छ । हामीले सबै पक्षलाइ समेट्न मजदुर किशान, निम्न पुँजिपती वर्ग , राष्ट्रिय पुँजिपती वर्ग, देशभक्त र सामाजिक व्यक्तिहरुलाइ गोलबन्द गरी मोर्चा बनाउनु पर्छ ।
जुन मोर्चा हामी बनाउँछौ उनीहरु प्रगतिशील, जनता प्रति उत्तरदायी र इमानदारलाई संगठित गर्न बिल्कुल भुल्नु हुदैन । विचार मिल्न सक्ने पार्टीहरुसंग कार्यगत एकता गर्नुपनी मोर्चा बनाउनु हो । बिचार मिल्ने भिन्न दलसंग कार्यनीतिक लक्षमा मात्र एक भएर जाने हो रणनीतिक रुपमा होइन । कार्यनीतिक एकता भनेको गठन पनि हुन्छ विघटन पनि हुन्छ ।
(३) तेश्रो हतियार भनेको वर्गीय संघर्ष हो । दलाल पुँजिपती वर्ग र राष्ट्रिय पुँजिपती वर्गको वर्ग संघर्ष, धनी र गरिबको वर्ग संघर्ष, मजदुर र मालिक, किसान र साहु, उद्योगपति र मजदुर बिचको वर्गसंघर्ष हुने अवस्था हो । हामीले सकेसम्म सबै वर्गको सहमति लिने नसके उत्पीडित तथा श्रमिक वर्गलाइ एकीकृत गराउन र हामिलाइ कुन वर्गले हेपेको र ठगेको छ त्यो जनतालाइ बुझाएर गोलबन्ध गरि समाजवादी बाटोमा आउन उत्साहित गर्नुपर्छ ।
वर्गसंघर्ष भनेको एकले अर्कोलाइ सिध्याउने होइन । हो भने केबल आफ्नो अधिकारको संघर्ष हो । अधिकार लिँदा दिँदा कसैले कसैको कटौती गर्ने होइन । कटौती गर्ने नै हो भने सामान्त तथा प्रतिगमनकारी तथा दलाल पुँजिपती बर्गलाई साइजमा ल्याउदा अधिकार कटौती भयो भन्छ्न् भने केही भन्नु छैन । दलाल पुँजिपतिहरुले राष्ट्रिय पुँजिपतिहरुलाइ शोषण गर्दछ्न् । साहु सामान्तले किसानलाइ, उद्योगपतिले श्रमिकलाई अनि ब्यापारिले ग्राहकलाइ शोषण गर्ने गर्दछ्न । त्यो सामान्य रुपमा भन्ने हो भने हाम्रो उदेश्य त्यसरी शोषण नगरुन भन्ने बिषयमा संघर्ष हो । भन्नुको मतलब कसैले कसैलाइ हेप्ने ठग्ने होइन हामी सबै उस्तै र बराबरी हौं भन्ने हो ।
यो संसद अहिले गफ गर्ने अड्डा
अहिलेको संसद नितान्त गफाडिहरुको गफ गर्ने अड्डा हो । अहिलेका संसदवादीहरु संसदमा गएर जनताका यावत समस्याको बारेमा आवाज उठाउने भन्दा कसरी भत्ता बढ्छ र आफ्नो क्षेत्रमा बजेट पारेर भ्रष्टाचार गर्न पाइन्छ भनेर मात्र कराउँदछ्न । चुनावमा जसरी भएपनि जित्ने अनि मन्त्री हुने ध्याउन्नमा हुन्छ्न । संसद किनबेच अनि मन्त्री हेरफेर गर्दा करोडौंको कारोबार गर्ने अड्डा हो । जस्ले मालदार मन्त्रालय लिन खोज्छ उसैले मोटो रकम तिर्न लगाउछ्न ।
सांसद जितेर संसद जाँदैनन हल खाली हुन्छ । जब विधेयक पास हुने दिन आउँछ तब मात्र भेला हुन्छ्न । चुनाव देखि चुनाव सम्मको निती लिएपनि भत्ता चाहिँ मासिक लिन्छ्न् । चुनाबबाट जितेको भनी संसदमा क्रान्तिकारी कुरा गर्छन् । वास्तवमा कम्युनिस्टहरुले २०४३ सालको राष्ट्रिय पंचायातको चुनाव हुँदा यो संसदिय व्यवस्थालाई उपयोगको नीति लिएर संसद छिरेका थिए । तर पछि गएर मदन भन्डारिले जबज छिराएर यसैलाइ सहि ठानी यहि नितिमा मजा आउने र फाइदा हुने बुझेपछी यसैलाइ निरन्तरता दिए ।
अहिलेको संसदिय व्यवस्थाबाट जनताका यावत समस्या समाधान हुन सक्दैनन । अहिलेको संसदिय अभ्यासमा पार्टीले २/३ ल्याएपनी सरकार चलाउन सकेको छैन । प्रधानमन्त्री फेरिरहने भएपछि सबै अलपत्र पर्छ्न । जनताले भोट दिएर प्रतिनिधि पठाएपनी जनताको म्यान्डेट अनुसार काम गर्दैनन । तिनै जनताको भोटले जितेर सांसद मन्त्री बन्ने अनि तिनै जनताको टाउकोमा गिर खेल्ने अनि बुर्किसी मार्ने भन्दा अरु केही गर्दैनन । त्यसैले यो संसदिय ब्यबस्थाको कार्यविधिलाई आमूल परिवर्तन गर्नुपर्छ ।
देशमा समाजबाद आएपछि :
* वर्गिय रुपमा पुँजिपती वर्गको सत्ता पल्टिन्छ ।
* समाजमा रहेका शत्रुतापूर्ण व्यवहारको अन्त्य हुन्छ ।
* समाजमा किसान, मजदुर, श्रमिक र निम्न पुँजिपती वर्ग मात्र रहन्छ्न् ।
* उद्योगहरु सार्वजनिककरण हुन्छ्न ।
* हरेक वर्गको मुख्य उदेश्य गरि खाने हुनाले शत्रुता हुदैन ।
* यी तिनै बर्गको लोकतन्त्र हुन्छ ।
* पुँजिबादी लोकतन्त्रबाट समाजबादी लोकतन्त्र हुन्छ ।
* समाजबादी लोकतन्त्रले सबैखाले अधिकारको रक्षा गर्छ ।
जस्तै-: राजनैतिक,आर्थिक,बालीक, सामाजिक,मौलिक शक्ति पृथकिकरण, व्यक्तिगत स्वतन्त्रता र स्वयात्त शासन
* सिमित मानिसको एकाधिकारको अन्त्य र न्यायपुर्ण जनताको अधिकार
जस्तै -: धनतन्त्र,पुँजितन्त्र,नोकरशाही तन्त्र, निरंकुश तन्त्र, पुंजिको एकाधिकारको अन्त्य
* स्वच्छ निर्बाचन, वालिग मताधिकारको आधारमा प्रतिनिधि छान्ने
* पुँजी बल भिडको राजनीति अन्त्य
* राष्ट्रको माथिल्लो तहदेखी तल्लो तहसम्म निर्बाचित जनप्रतिनिधि
* समाजबादी कानुनको स्थापना