
रिक्त विश्वविद्यालय पदाधिकारी नियुक्ति बारे
मनोज कुमार कर्णपृष्ठभूमी
त्रिभुवन विश्वविद्यालय वि. सं. २०१६ सालमा स्थापित देशकै ज्येष्ठ, अनुभवी, सबभन्दा ठूलाे हरेक मापणमा, एकमात्र केन्द्रीय विश्वविद्यालय हाे जहाँ देशकाे करिब ९० प्रतिशत विद्यार्थी त्यसमा पनि आर्थिकरूपले गरीब तथा आस्थाकाे केन्द्र मानी पढ्छन् ।


पछिल्लाे ईन्डेक्सबाहेक (१२००-१५०० काे बिचमा) त्रिवि हजार विश्वविद्यालयहरूमध्ये पर्ने तर विद्यार्थी संख्या, पढाई हुने विविध विषय र प्राेग्रामहरू, अचल सम्पत्ति, ल्याण्डस्केप आदिकाे हिसाबले याे विश्वमा उत्कृष्ट १० मध्ये एक हाे । यहि त्रिविका अभ्यास, ऐन, कानूनहरू हेरेर नेपाल सरकारले अनुभव प्राप्त गरि नेपालमा हाल पाईपलाईनमा रहेकाे एउटा बाहेक १६ वटा विश्वविद्यालयमा आवश्यक पदाधिकारी छनाैट, बजेट विनियाेजन, प्राज्ञिक स्वतन्त्रता, ऐन-कानून निर्माण गर्ने जस्ता गतिविधि गर्छन् ।

त्रिविमा गत कार्तिक १६ गतेदेखि उपकुलपति धर्मकान्त बास्काेटाकाे चारवर्षे कार्यकाल सकेर दैनिक कार्य सम्पादनकाे लागि शिक्षाध्यक्ष शिवलाल भुषाललाई तीन महिनाकाे लागि जिम्मेवारी प्रधानमन्त्री तथा कुलपतिबाट दिईएकाे छ । त्रिविकाे मानार्थ कुलपति नेपाल सरकारका प्रधानमन्त्री र अर्का मानार्थ सहकुलपति संघीय शिक्षामन्त्रीबाहेक फुल टाईम अर्थात् २४ सै घण्टा निर्णय लिनसक्ने माथिल्लाे एपेक्स सबभन्दा शक्तिशाली हाकीम उपकसलपति हाे अनि क्रमश: शिक्षाध्यक्ष र रजिष्ट्रार तल हुन् । अन्य नेपाली विश्वविद्यालयमा भने उपकुलपति र रजिष्ट्रार प्राय: छन् ।
आज त्यहि त्रिविमा निवर्तमान उपकुलपति प्राडा धर्मकान्त बास्काेटाले गत कार्तिक १५ गते गरेकाे पत्रकार सम्मेलन अनुसार उनले चाहे जतिकाे काम गर्न नसकेकाे, सम्पत्तिलाई डिजिटल गर्न शुरूवात भएकाे, प्राध्यापकहरूलाई ईमेल आईडी वितरण गरेकाे तर काेराेनाकालमा उनकै भाषामा पढाई सकेकाे १२ महिनासम्म जाँच कति संकायमा नभएकाे, जाँच भएकाे १८-२० महिना परिणाम नआएकाे, उपप्राध्यापकदेखि उपकुलपतिसम्म त्रासमा रहेर उपकुलपतिले सरकारबाट अङ्गरक्षक लिनुपरेकाे, ४ वर्षे कार्यकालमा ४०७ दिन कार्यालयमा आंशिक, करार, कीर्तिपुरवासी, विद्यार्थी आदिका माँगमा बन्द रहेकाे तथा करिब १० महिना अघि हामी प्राध्यापकसँगकाे सामूहिक भेटमा उपकुलपतिलाई नेपाल सरकारले एउटा सहसचिव भेट्न लगाईदिने तर कुलपतिले समय नदिने कुराहरू थिए ।
पठनपाठन भने सेमेष्टरमा डीन अफिसले निर्दिष्ट गरेका क्रियाकलापहरू हुँदैनन्, प्राध्यापकहरू काेहि कसैले गराएपनि विद्यार्थी संघ-संगठनकाे नाममा उभेर केही प्लेजिएरिस्ट तथा अराजककाे भिडले सफल हुन दिंदैन अनि प्राध्यापककाे शिकायतकाे सुनुवाई स्थानीय क्याम्पस प्रशासनदेखि डीन अफिससम्म नहुने अवस्था छ र विषय शिक्षकबाट आन्तरीक परीक्षामा अनुपस्थित वा अन्य ताेकिएका कारणले अयाेग्य भएकाहरूपनि सेमेष्टरकाे अन्तिम जाँचमा हाँस्दै प्रवेशपत्र लिएर पसेकाे देख्दा प्राध्यापक-कर्मचारीकाे मनाेबल साह्रै खस्केकाे देखिन्छ । यस लेखकाे मुख्य आशय नै अब हुने उपकुलपतिकाे नियुक्ति अन्य पद र अन्य यहाँका विश्वविद्यालयहरूमा पनि अति याेग्य परून् जाे नमूनाकाे रूपमा स्थापित हाेस् ।
त्रिविकाे मापदण्ड नै सबैतिर
त्रिवि ऐन अनुसार सहकुलपतिकाे संयाेजकत्वमा प्राध्यापक र डाक्टर उपाधी प्राप्त काेहि पूर्वपदाधिकारी वा राष्ट्रिय याेजना आयाेगमा शिक्षा विभाग हेर्ने कम्तिमा ३ वा साे बढी सदस्यीय सर्च कमिटिले प्राध्यापक र डाक्टर उपाधिप्राप्त, अनुभवी, अति तेज, अनुसन्धानमा गहिराे रुचि राख्ने, शान्त, गम्भीर, तत्काल निर्णय लिन सक्ने आदि गुण भएका तीनजनालाई उपकुलपतिमा सिफारिश गर्छ जसमध्ये कुलपतिले एकजनालाई छनाैट गर्छन् । यस विधिलाई मनपरी चलाउने कुरा अर्थात्, छनाैट समितिकाे आकार र सिफारिश संख्या नै तल-माथी विविध कारणले पारिदियाे भने त्यसकाे के व्याख्या गर्नु ?
तर यहि विधिले नेपालका अन्य विश्विविद्यालयले पनि पदाधिकारी पाउँदै आएका छन् । त्रिविमा उपकुलपति खालि हुनै लाग्दा तत्काल याे छनाैट समिति नेपाल सरमारले नगरी कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नै दल निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनबाट शिक्षाध्यक्ष नियुक्त प्राडा शिवलाल भुषाललाई नै निमित्त उपकुलपतिकाे पत्र दिएकाले प्राध्यापकमाझ र राजनीतिक बजारमा धेरै आशंका जन्माएकाे छ किनकि अबकाे केही महिनामै प्राडा भुषालकाे र त्यसकाे अर्काे केही महिनामै रजिष्ट्रार प्राडा पेशल दाहालकाे कार्यकाल यहि वर्षभित्र सकिंदैछ ।
यहीँबाट राजनैतिक नचाहिंदाे खिंचातानी दलहरूबाट प्राज्ञिक थलाेमा भईरहेकाे देखिन्छ जुन हुँदै आएकाे गलत अभ्यास हाे र यसबाट पार पाउनलाई नै सबै चिन्तित छन् ।
आवश्यकता भने याे हाे
माथि पृष्ठभूमीमै त्रिविलगायत नेपालका विश्वविद्यालयहरूकाे शैक्षिक, प्रशासनिक अस्तव्यस्तता केही उल्लेख भैसके जसले नेपाली विद्यार्थी र अभिभावककाे विश्वास गुमाईरहेकाे लज्जास्पद र दु:खद् अवस्था छ । आज विश्वविद्यालयहरूमा पठनपाठन अस्तव्यस्त छ, अनुसन्धान, बाैद्धिक चाेरी नभएकाे अनुसन्धान, सेमेष्टरमा टर्म पेपर र थेसिस लेखन आदि कृयाकलाप लगभग छैन । ज्यानकाे बाजि थाप्ने एकाधजना प्राध्यापक र सयकडामा २-४ जना विद्यार्थीबाहेक पढ्ने-पढाउने कसैकाे ध्येय छैन । जाँचहरूमा अनियमितता छ, सेमेष्टरकाे आन्तरीक जाँचमै कति आउंदैनन् र पनि याेग्य भई अन्तिम जाँचमा बस्छन् भने साईन्स फ्याकल्टीमा पनि आउँदै नआउनेले ब्याच्लरमा नियमित आउने र तेज विद्यार्थीलाई १०-१५ हजारकाे अफ्फर दिएर एउटा पेपरकाे जाँचमा बस्न “अनुराेध” गरेकाे अनुसन्धानमै पुष्टि भईसकेकाे छ ।
उता काेहि हाेटलमा उत्तरपुस्तिका लेखाएर परीक्षा हलमा साटफेर गर्ने तर काेहि एक्स्पेल्ड नहुने र उल्टै ईन्विजिलेटर कै ज्यान जाने खत्तरा बढेकाे अवस्था छ । क्याम्पसहरूमा आर्थिक भ्रष्टाचारका कुराहरू विद्यार्थी स्वयंबाट प्रशासनमाथि उठाईन्छन् र समाचारहरू पनि छापिएकाे पढ्न पाईन्छन् भने आंशिक, करार राख्ने मापदण्ड त्रिविकाे मिचिएर त्रिविले ३ दिने अल्टिमेटमसहितकाे निर्णय नै कार्यकारीबाट पारित गर्नुपर्ने विकराल अवस्थाहरू छन् । समग्रमा भन्नुपर्दा विश्वविद्यालयहरूमा असल नियतका प्राध्यापक र बदनियत प्राध्यापकबीच खाडल छ, असल कर्मचारी, प्राध्यापक र पढ्ने सभ्य घरका विद्यार्थीहरू मारमा छन् तर संस्था लूट्ने मनशायवाला अधिकांश जुन दलका भएपनि स्वार्थ मिलेकाले “एक्यबद्ध” छन् ।
अभिभावक, विद्यार्थी तथा असल नियतका प्राध्यापकहरूले विश्वविद्यालयका पदाधिकारीहरू राजनैतिक दलकाे भान्सासम्म पहुँच बनाएका, सगाेत्री, थैली बुझाएर वा पछि बुझाउने शर्तमा, दल-क्षेत्र-वर्ग मिलेका आदि आधारमा हिजाे भएका गल्तिबाहेक उम्मेदवारमा भिजन हुनुपर्ने, डरपाेक नभई हिम्मतगर, प्राध्यापक र डाक्टर सक्दाे भएका अनुभवी, संविधानकाे स्पिरिट अनुसार अग्रगमणकारी साेच राख्ने, देशलाई राजनैतिक संकट परेकाे बेला अनुसन्धान कार्य विशुद्धरूपमा गरि समयमा परामर्श दिने खाले आदि गुणले सम्पन्न मान्छे खाेजेका छन् ।
याे गर्दा उपयुक्त हाेला
नेपालका विश्वविद्यालयहरूका छाता संगठन नेपाल प्राध्यापक संघ (नुटा), त्रिवि प्राध्यापक संघ (टुटा), नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघलगायत आदिमा ईतिहास साक्षी छ कि आजसम्म डेमाेक्र्याटहरूकाे प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल (डेपान)ले महाधिवेशनहरूमा वैधानिक ५५-६० प्रतिशत भाेटले जित्दै आएका छन् ।
यस्ताे अवस्थामा झलनाथ खनालकाे तात्कालीन ऐमालेकाे सरकारले साे बेला ८ वटामध्ये केवल पाेखरा विश्वविद्यालयमा प्रा. खगेन्द्रप्रसाद भट्टराईलाई डेपानबाट उपकुलपति नियुक्त गर्दा डेपानकाे कति प्रतिशत हुन आउँछ ? त्यस्तै, नेकपाकाे केपी ओली सरकारमा २०७६ सालतिर अझ विश्वविद्यालयकाे संख्या ११/१२ वटा पुगिसकेकाेमा केवल सुदूरपश्चिममा प्राडा अम्मराज जाेशी तथा पाेखरामा प्राडा प्रेमनारायण अर्याललाई डेपानबाट गरि दुईवटामा नियुक्ति दिई बाँकी ऐमाले र माओवादीकाे प्राध्यापक संगठनहरूलाई त्रिविकाे पूरै सेट नै उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार “कब्जा” गराईदिंदा डेपानकाे कति प्रतिशत हुन आयाे ?
त्यसमा पनि सुशील काेईरालाकाे सरकारले नियुक्त गरेका पूर्वाञ्चलका उपकुलपति प्राडा घनश्यामलाल दास र नेपाल संस्कृतमा प्राडा उपकुलपति कुलप्रसाद काेईरालालाई डेपानका भनेर वामपन्थी विद्यार्थी संगठनकाे नाममा वर्षाैं तालाबन्दी गरेर काम नगर्न दिंदा र पछि नेकपाका प्रम केपी ओलीले उपकुलपति काेईरालालाई शैक्षिक भ्रमणमा क्यानाडा जान लागेकालाई त्रिभुवन विमानस्थलबाट चरम् अपमान गरि फिर्ता बाेलाऊंदा स्वभाविक छ कि डेपानकाे यत्राे ठूलाे मासले ती ज्यादतीहरूकाे अनुसारकाे व्यवहारपनि अन्य ठाउँमा फिर्ता गर्नेछन् ।
तसर्थ, कम्तिमा २०६२/६३ काे परिवर्तनपछि हरेक विश्वविद्यालयमा याेग्यता अनुसार, डेपानकाे वैधानिक भाेट प्रतिशत अनुसार उचित संख्यामा डेपानबाट नेपाल सरकारले नेतृत्वकाे अवसर दिनुपर्छ ताकि अचानक सिर्जित समस्याहरूलाई मिलेरै अग्रगमण साेचका पदाधिकारी, दल र विद्यार्थी संघ संगठनले निराकरण गर्नेछन् । यस्का लागि राजनैतिक दलका सभापति र अध्यक्षहरूले थैली वा नाताफरिया, क्षेत्र, दल, वर्ग आदिभन्दा याेग्यलाई नियुक्तिमा प्राथमिकता दिई नेपाली विश्वविद्यालप्रतिकाे भराेसा जनतामा उठ्न सहयाेग तत्कालै पुर्याउनुपर्छ । एक-से-एक उम्मेद्वार प्रा र डाबाट पनि छन्, काेहि टुटा, नुटा, विगतमा पदाधिकारीभएर पनि काम गरिसकेका तथा नयाँहरू पनि छन् ।
काेहि माैका नपाएर गाउँमा छन् भने काेहि घरमा भने काेहि विदेशमा छन् । यदि याेग्य र हिम्मतवाला छ भने ऐन कानुनमा सुधार गरेर प्रा र डाबाट मात्र प्रा भएपनि पुग्ने गरि सहि अर्थमा संशाेधन गरि पदाधिकारी नियुक्ति गर्नुपर्छ तर त्रिविमा भने उपकुलपति तत्काल डेपानबाट याेग्यलाई नियुक्त गरिनुपर्छ नत्र डेपानप्रति अन्याय र धाँधली नै लेफ्टहरूबाट भएकाे ईतिहासले नै पुष्टि गर्छ ।
(लेखक ललितपुरको पाटनढाेकास्थित पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक हुनुहुन्छ)
Comments

