मधेशमा अति नाजूक कानुन व्यवस्था

मनोज कुमार कर्ण

पृष्ठभूमी

मधेशमा हाल समग्र देश जस्तै कानुन व्यवस्था खराब अवस्थामा विभिन्न घट्नाक्रमबाट रहेकाे देखिन्छ । चाहे सामाजिक र धार्मिक असामञ्जस्यता नमिलेकाे घट्ना हाेस् वा बाेक्सीकाे नाममा महिलामाथि कथित् निच जातकाे भनेर अमानवीय व्यवहार गरेकाे घट्ना हाेस् अथवा धार्मिक उन्माद हाेस् । तर अशान्ति भने सामान्य प्रहरी प्रशासनकाे सक्रियताले मात्रपनि हट्न सक्ने देखिएपनि हुन नसकिरहेकाे अवस्था विद्यमान छ जुन सरकारकाे असफलताकाे परिचय हाे ।

जनतामा एक प्रकारकाे कानुनलाई चुनाैती दिने अवज्ञा जस्ताे भयावह अवस्था कस्ले, कुन परिस्थितिले र किन उत्पन्न गरिरहेकाे छ, त्याे खाेजीनीतिकाे विषय राज्यकाे लागि हुनुपर्छ । यस लेखकाे आशय कुनैपनि खालकाे उन्माद, कानुनविहीनता (deviant) व्यवहार कुनैपनि धर्म र समुदायबाट हुन नहुने र महिलाप्रति, सज्जन परिवारप्रति कसैले सामाजिक प्रतिष्ठामा आघात नपुर्याओस् भन्ने हाे जसकाे लागि मधेश सरकार तथा अन्य स्थानिय र केन्द्र सरकार जिम्मेवार बन्नै पर्छ ।

याे लेख र स्तम्भकार आफ्नाे धर्मप्रति गहिराे अगाधरहेकाे र साथै छलकपटविना स्वच्छ मनले शान्तिपूर्ण रूपमा नेपाली समाजमा संविधानत: बस्न रूचाउने अन्य धर्मप्रति पनि उच्च सम्मान राख्दछ भने दण्डहीनता निम्त्याउने जसलाई पनि छुट दिन नहुने भन्ने पूर्ण मान्यता राख्छन् ।

जे देखियाे त्यहाँ

पछिल्ला केही वर्षहरूमा खासगरी सन् २०२० काे काेराेनाकालपछि मधेश अर्थात् मधेश प्रदेशमात्र नभई नेपालकाे दक्षिणि सम्पूर्ण समथर जिल्लाहरूमा धार्मिक असहिष्णुताले गर्दा सनातन हिन्दू धर्मावलम्बीहरूले श्रीकृष्ण जन्माष्टमी, दुर्गा/सरस्वतीपूजा, विश्वकर्मापूजा आदिमा अचानक भारतमा हुने जस्ताे मुस्लिम समुदायबाट मूर्ती विसर्जनका बेला अचानक घरकाे छतबाट पूर्वनियाेजितरूपमा धेरैकाे संख्यामा ईंट्टा, पत्थर, सीसा, घरेलु हतियार आदि फालेर हिर्काइन्छ भने बाैद्ध समुदायलाई पनि कतै कतै मूर्ती टुटाइदिएर जानीजानी सनातन हिन्दू कसैकाे नाम वा पर्चा फाल्ने कुकृत्यहरू प्रहरी प्रशासनले नै सामना गरिरहेकाे आम कुरा भइसक्याे ।

मधेशमा सामाजिक चेतना र संस्कृतिकाे नाममा गरिने विकृतिहरू पहिलेदेखि नै अलिअलि भएपनि हाल मात्रा बढेकाे हाे । जस्तै, हामी बाल्य अवस्थामा मुस्लिमकाे दाहा बन्दा मलिदा चढाउन हिन्दूभएर पनि जान्थ्याैं जहाँ मुसलमानहरूले भाला, गँडासा, तरवार, लट्ठी आदि भाँज्थे (घुमाएर नृत्य गर्थे) । हुन त कसैलाई चाेट लागेन तर हथियार प्रदर्शन नै किन गर्नु ? यसले बाल्य मनाेवृत्तिमा हिंसालाई बढावा दिन्छ जुन काेराेनाकालपछि नेपालमा धार्मिक उन्माद नै फलाउन “मिसन”मा आएका केही मुसलमानहरूले हाम्रा पुराना धार्मिक सामञ्जस्यतालाई बिगारेर अब साँच्चिकै ती हथियार सनातनी ॐकार परिवारलाई मार्नै काट्नै दुरूपयाेग गर्दा रहेछन् । त्यस्तै, मस्जिदमाथि दिन-रातकाे ५ चाेटी चारै दिशामा लाउडस्पिकर लगाएर अजान कि के पढ्ने कुराेले कसलाई सुत्न दिन्छ र ?

धार्मिक असहिष्णुता कतिसम्म बढिसक्याे भने सनातन हिन्दू, बाैद्ध, जैन्य, शिख आदिका मृतकका लागि वस्तिबाहिर अन्तिम संस्कार हुने र अन्य धर्मका मठ, मन्दिर, विहार, गुरूद्वारहरूले सरकारकाे गुठी तिर्नुपर्ने तर मुस्लिमकाे मदरशा वा क्रिश्चियनकाे चर्चले क्रमश: नेपाल सरकारबाट उल्टै पढाईकाे नाममा पैसा माँग्ने (जबकि २१औं शताब्दीमा त्याे धार्मिक अतिवाद फैलाउने वा कुरान-बाइबल मात्र घाेकाउने थियाेलाेजी शिक्षाकाे के काम ?) वा काठमाडाैं महानगरकाे कार्यकारीबाट चर्चकाे सरकारी दस्तुर मेयर बालेन शाहबाट माफी गराउने निर्णय गराउने ! याे कस्ताे किसिमकाे मेयर बालेनकाे सनातन हिन्दूप्रति “अगाध प्रेम” हाे कि हिन्दूलाई त्यागेर अन्यलाई काँध थाप्छन् वा याे कस्ताे धर्मनिरपेक्षता हाे जसमा सनातन हिन्दू धर्मलाई विभेद गरिन्छ ?

गाउँगाउँमा क्रिश्चियनहरूले बाइबल बाँडेका मात्र नभई धर्म परिवर्तन नै गराइसकेकाे मेरै मनरा-शिश्वा नगरपालिकाकाे साेनाैल-३ वडा समेतमा देखिसकियाे ! नवक्रिश्चियन बनाउनलाई गाउँतिर गरिबहरूलाई दस लाख रकम दिने, औषधी उपचार गरिदिने, बच्चालाई खेलाैना दिने जस्ता प्रलाेभन दिएर काेहि एकजना टाठाले केहि रकम लिएपनि अन्य जाे १-२ जना छन्, तिनिहरूलाई भाेकै मर्ने अवस्था भएर उल्टै क्रिश्चियनलाई सराप्दै हिन्दूमा फिर्ता पनि भएकाे देखियाे, सुनियाे ।

तर सांस्कृतिक विचलन सनातन हिन्दूमा पनि रूढीवादीपन जस्ताे छ । उदाहरणका लागि छुवाछुत व्यवहारत: अझै विद्यमान छ भने राती दशबजेपछि पनि जाेरजाेरले डिजे बजाउने, लाउडस्पिकर बजाउने, छाडा गीत बजाउने, महिला देखेर अपशब्द निकाल्ने, दशैंमा फुल साउण्डमा चाैबिसै घण्टा लगातार ९ वा ११ दिनजति कीर्तनभजन गर्ने (अर्थात्, राती दशबजेपछि त मस्जिद वा कीर्तनकाे लाउडस्पिकर बन्द हुँदैन !) जसले गर्दा बच्चाकाे पढाई बिग्रन्छ भने सुत्न नपाई जसकाे पनि आँखा राता हुने, चिर्चिराहट स्वभावमा देखापर्ने आदि राेग हुन्छन् ।

यसपाली गत काेजाग्रत पूर्णिमाकाे दिन अर्थात् कार्तिक ११ गते शनिवारका दिन हामी ४ जना चार परिवारका, जसमा एउटी महिला पनि आफ्नी ७ वर्षकी बच्चीसमेत थिए र हाम्राे जिम्मेवारी उनकाे अभिभावकलाई काठमाडाैंमा सुम्पनु थियाे, एउटै निजी जीपमा गाउँबाट काठमाडाैं आउन लाग्दा महाेत्तरीकाे गाैशाला चाैकबाट हाईवे भएर बर्दीवासतिर बढ्दै गर्दा अचानक ३-४ वटा ट्रिपरमाथि दुर्गामाताकाे प्रतिम सेलाउन लगिरहेकाे र मुख्य राजमार्ग ट्राफिक र जनपद आदिकाे अगाडि नै गाउँलेकाे भीडले पूर्ण जाम पायाैं ।

प्रहरीसँग गाडी चालक-धनि तथा डाक्टर साहेबले अगाडि जाने बाटाे माग्दा हात जाेडेर निरीह देखिए कि काेहिपनि यिनिहरूलाई भन्न सक्ने अवस्था छैन हजूर, बरू राजमार्ग छाेडेर वैकल्पिक बाटाे राेज्नुस् ! यतिकैमा ठर्रा दारू पिएर मातिएका तथा रंग-अबीर दलेका ४-५ जनाले आएर “जा उता ! गाडी किन ल्याएकाे ? …” अपशब्द प्रयाेग लड्खडाउँदै गर्न थाले, बीच हाईवे जाम गरेर त्याेपनि प्रहरीकै सामु । तर काेहिकाेही गाउँले सज्जनले वैकल्पिक बाटाे पनि देखाए । वैकल्पिक बाटाेमा गाैशाला चाैकदेखि उत्तर मन्त्री शरदसिंह भण्डारीकाे गाउँ औरही निस्कने समात्दापनि त्यसमा पनि उहि समस्या रहेछ र, अन्त्यमा माओवादी नेता भरत साहकाे नयाँ घर बनेकाे कच्ची बाटाे सडक हुँदै रजखाेईर भएर हामी औरही निस्क्याैं ।

सवाल छ, गाडीमा रहेका हामी तीनजना युवाले निस्केर गाडी पर राखिदिएर उनिहरूले प्रहरीकै सामु हामीलाई अपशब्द प्रयाेग गरेकामा दुई-चार थप्पड हान्न सक्थ्याैं तर हामी किन चुप लाग्याैं ? हामीसँग कसैकी छाेरी वा आमा वा धर्मपत्नि भन्ने महिला हुनुहुन्थ्याे र हाम्राे मुख र हात “बाँधिएका” थिए, न कि हामी “नपुंसक” ती प्रहरीहरू जस्ता थियाैं ! हामी शायद काठमाडाैंसम्मकाे लामाे यात्रामा नभई स्थानिय भ्रमणमा भएकाे भए उनिहरूकाे गाला दुई थप्पड हानेर घरमा गएर ऐनामा पढ्नलाई भनिपनि दिन्थ्याैं तर हामी समय अभावले पनि “मजबूर” थियाैं ।

सवाल छ, मधेश प्रदेश सरकार वा नेपाल सरकारका मन्त्रीकी चेलीबेटी, परिवार भएकाे भए उनिहरूले के गर्थे हाेलान् ? अनि उनिहरूकाे प्रतिष्ठा छ तर जाे सरकार वा प्रहरीमा जागिरे छैन, त्यस्ता सिविलियनकाे प्रतिष्ठा छैन नेपालमा ? याे घट्ना सरकारहरूका लागि लाजमर्दाे हाे र, आम जनता यदि यति असुरक्षित छन् भने सरकारमा सत्ताधारी दलबाट नै “माईका लाल”लाई माैका दिनुपर्छ, “नपुंसक”हरूले राजीनामा दिनुपर्छ । जानीजानी एक हप्तापछि याे लेख लेख्नुकाे आशय नै स्तम्भकार अति धार्मिक, कट्टर सनातनी भएकाेले कुनै आँच यस्ता धार्मिक गतिविधिमा नपुर्याई, जनतामा गलत सन्देश जान नदिई छाडाहरूलाई केवल कानूनी ट्र्याकमा ल्याउनु हाे ।

कानुनहीनताकाे अर्काे लज्जास्पद चरम् नमूना जानकी मन्दिर, जनकपुरमा देखियाे जहाँ एकजना पहाडी समुदायकी हात्तीजति माेटीले माथिसम्मकाे जिन्स हाफ पैन्ट लगाएर अङ्ग प्रदर्शन गर्दै माेबाेईल चलाउँदै भित्र प्राङ्गणमा गत शुक्रवार कार्तिक १० गते देख्याैं । म र गाउँले दाई हामी लाजले भूईंतिर हेर्न थाल्याैं तर उनी शर्महीन, असंस्कारीक महिलालाई याे नारीकाे सर्वाेच्चतम नाम माता सीताकाे मन्दिर हाे जतिपनि हाेश नभएर मन्दिरलाई पूरा पिकनिक वा फिल्म शुटिङ्ग स्पट बनाएकाे जस्ताे लाग्याे । मुस्लिम गृहसञ्चार मन्त्रीले मधेशका मन्दिरमा जुन “धर्मनिरपेक्षता” छाडापन देखाउन दिएर गरेका हुन्, म उनलाई मस्जिदमा पनि त्यस्तै अर्धनग्न “आधुनिक” महिलालाई पस्न दिन जाेडदार माग गर्दछु । यदि मन्त्री महाेदयले सक्नु हुन्न भने तत्काल निजलाई मधेशकाे र सनातन मन्दिरकाे यस धर्मनिरपेक्ष नेपालमा सम्मान गर्न नजानेकाे र कानून व्यवस्था सम्हाल्न नसकेकाे भनी बर्खास्त गरेर काेहि सनातन हिन्दूलाई नियुक्त गर्न जाेडदार माँग गर्दछु ।

किन भएकाे हाेला त्यस्ताे ?

देशमा धर्मनिरपेक्षताकाे अल्पज्ञान, कसैमा पूर्ण लागू गर्ने नाममा दुरूपयाेग गर्ने “मिसन” छ यस्ता धार्मिक उन्मादकाे पछाडीकाे कारण भने कसैमा किन धर्मसापेक्षता हट्याे, त्यसकाे क्राेधपनि छ । र, प्रतिगामी शक्ति राजावादीहरूले यसलाई नराम्ररी धार्मिक दंगामा परिणत गराएर राजनैतिक स्वार्थकाे राेटी सेक्न चाहिरहेका छन् जबकि सनातन हिन्दू धर्म ल्याएर “संरक्षक” भई म राजा बन्नेछु साेच्ने ज्ञानेन्द्र शाह नै कुलमण्डन खाँ भारतबाट आएका मुसलमानका रगते हुन् !

दण्डहीनताका अन्य कारणमा प्रहरीकाे मनाेबल खस्केकाे पाईन्छ । सेवासुविधा कम छ, नियमित पदाेन्नती छैन अनि जनशक्ति अभाव छ । चुनावमा माथिबाट एउटा निर्वाचन क्षेत्रमा दैनिक सय लिटर पेट्राेल डिएस्पी कमाण्डरलाई दिन भन्छ तर डिआईजी, एआईजी आदिले “पिएर” बचेकाे जम्मा मुस्किलले २०-२५ लिटर वा कतैकतै १० लिटर तेल दिन्छ अनि बुथमा कतै गाेली नै चल्याे भने प्रहरीले पैदल लखेट्न खेत्तमा जाने ? याे सवाल काेहि डिएस्पी मेरा साथीले नै गरे ! यसपछि दण्डहीनता भनेकाे देशमा कानूनीराज नभएकाे पहिचान जनतामा छाप परेकाे हाे । जहाँ गरिबिले मधेशमा अपराध गर्न बाध्य तुल्याएकाे छ, त्यहीं अशिक्षा र चेतनाकाे अभावले बुद्धिमाथि पर्दा हालेकाे छ ।

राराब वा अन्य क्याम्पसहरूमा महिलाप्रति हुने दुर्व्यवहार गलत मानसिकताकाे शिक्षक, कर्मचारी पुरूषमा काेहि हुनु, महिलाहरू काेहि काेहि नपढेरै उतीर्ण हुने, अभ्यास भाग वा आन्तरीक परीक्षामा बढी अंक खाेज्‍ने वा स्वयंले बढ्ता हुने पुरूषलाई तत्काल सबैकाे सामु जाेरले कराएर “देखार” गर्नसक्ने हिम्मत नभएर हाे । सामाजिक प्रतिष्ठा वा लाज उनीहरूकाे अर्काे कमजाेरी हुन् तर प्रहरीकाे निष्क्रियता पनि हाे । महिलाहरूले प्रहरीमा नजानु पनि वा मिडियामा नजानुपनि कि त डरले काम गरेकाे हाे वा राज्य प्रणालीबाट विश्वास उठेकाे दु:खद कारणहरू छन् ।

सुधार्न के गर्नुपर्ला त ?

नेपालमा सामाजिक अज्ञानता, बेराेजगारी, चेतनाकाे स्त्तर कम अधिकांश नपढेका युवा वर्गहरूमा व्याप्त रहेकालगायत धार्मिक उन्मादहरूकाे कारणले खासगरी मधेशमा विकृति छन् जसले असामाजिकता निम्त्याउँदछ । मध्यमवर्गीय वा जुनपनि अन्य सज्जन परिवारले सपरिवार मधेशका गाउँ-सडकमा अचानक भीड देख्दा तर्सने अवस्था छ, मुख छाड्ने, अपशब्द बाेल्नेहरू भेट्टिन्छन् भने नजीकका प्रहरीसमेतले केही नगर्ने वा डराएर बसेकाे अवस्था देखिन्छ । तर आश्चर्यरूपमा उनै प्रहरीहरू रातीमा वैधानिक र जायज काठपनि ट्र्याक्टरमा लक्ष्मिनियाँबाट महाेत्तरीकाे गाैशालाहुँदै सम्सीतिर ल्याउँदा उनिहरू कागज हेरेरपनि “हजूर, सबै ठिक छ तर हाम्राे कमाई नै यहि हाे, पचास रूपैयाँ भएपनि दिनुस् सर !” भन्छन् अनि डराएकाे कसरी बुझ्ने ?

धार्मिक उन्मादलाई, असामाजिक गतिविधि, मूर्ती विसर्जनहरूमा राेक आदिलाई हटाउने समग्रमा राजनैतिक दल, सरकार र समाजकाे धर्मनिरपेक्षता जनतामा सञ्चारमाध्यम तथा कानुन-विधिले सम्झाउने कुरा हाे भने त्यहिं प्रतिगामी शक्तिले राजनैतिक लाभ उठाउनलाई धार्मिक असहिष्णुता धर्मकाे नाममा निम्त्याउँछन् भने सरकारले राेक्न राज्यसंयन्त्रका सबै उपाय अपनाउनुपर्छ । धर्मनिरपेक्षताकाे प्रयाेग बराबरी गर्ने हाे भने मुस्लिम आयाेग खारेज तत्काल गरि “अल्पसंख्यक आयाेग” बन्नुपर्छ जसमा मुस्लिम, जैन वा जातीय अल्पसंख्यक आदि समूहलाई राखिनुपर्छ वा, नेपाललाई “सनातन हिन्दू बाहुल्य धर्मनिरपेक्ष राज्य” घाेषणा गर्नुपर्छ ।

दण्डहीनता हटाउनलाई दलका नेताहरूले कानुन, प्रशासनलाई न्यायकाे पक्षमा राष्ट्रपतिबाट माफी पाए पनि अदालतले न्यायिक सर्वाेच्चता देखाएकाे जस्ताे अन्य दलका कार्यकर्ताहरूमा पनि व्यवहारत: लागू हुन दिनुपर्छ ताकि जनताकाे अदालतप्रति भराेसा बढाेस् तर यसाे गर्दा राजनैतिक बन्दीलाई नीजि वा पेशेवर अपराधीकाे मुद्दासँग दाँज्न मिल्दैन नत्र शान्तिप्रकृया नै भंग हुनसक्छ ।कर्तव्यपरायण प्रहरीकाे कार्यक्षमता बढाउनलाई राज्यले सुविधा जवानकाे हाथसम्म पुग्ने गरि थप्नुपर्छ भने पदाेन्नतीका विज्ञापनहरू हरेक तहमा नियमित खुलाउनुपर्छ त्याेपनि प्राविधिक वा प्रशासनिक (जनपद) वा सशस्त्र आदि कुनै भेदभाव नराखेर अनि त्यहिं भ्रष्ट प्रहरी नै छन् कडा कार्वाहीपनि तत्काल हुनुपर्छ ।

मधेशका सडक, शहर तथा क्याम्पसमा हुने महिलाप्रतिकाे पुरूषबाट जिस्क्याईने, अपराधकर्म, बाेक्सीकाे नाममा अमानवीय कृत्यका लागि महिला आयाेगलाई “ब्यूंझाउनु” पर्याे जसले निरन्तर प्रहरी-प्रशासन र मानवाधिकार निकायलाई झक्झक्याओस् । त्यस्तै काेचिङ्ग, ट्यूशन सेन्टर आदिकाे लाईसेन्स प्रणाली, दर्ता भए-नभएकाे, कक्षाकाेठा तथा परिसरमा सिसिटिभि क्यामरा माेनिटरिङ्ग छ/छैन आदि निगरानी गर्ने, साईबर क्राईम राेक्ने, विद्यार्थी भनेर विभिन्न सामाजिक ग्रुप खाेलिएकामा प्रहरीका गुप्तचरले पनि ग्रुपमा भेष बद्लेर पस्ने आदि कर्म गर्नुपर्छ । त्यस्तै, सडक, बस, बाजारमा अल्लारे, बदमाश केटा-पुरूषबाट महिलामाथि हुने छेडखानी राेक्न महिला प्रहरीकै समूहले विशेष अपरेशन भेष बदलेर सेफ्टी पिन वा स्टिङ्ग वा राेज भनेर चलाउनुपर्छ जसकाे मुख्य उद्देश्य महिलाप्रति गरिने दुर्व्यवहारलाई ओन द स्पट् समातेर कार्वाही चलाउने हाे। विश्वविद्यालयले भने त्रिवि शिक्षक-कर्मचारीकाे आचरण कानुनबाट तत्काल सस्पेन्ड गरेर दाेषी देखिए त्यस्ता कर्मचारीलाई जागिरबाट निकाल्नलाई स्वयं सक्षम छ ।

मुख्य कुराे देशमा बेराेजगारी हटेर मान्छेमा शिक्षा आर्जन र कानुनमाथि भराेसा बढ्याे भने कानुनविहिनता आफैं हटेर जानेछ, जनतामा कानुन र प्रशासनप्रति सकारात्मक डर पैदा हुनेछ जुन अपराध नियन्त्रणमा मद्दत पुर्याउनेछ तसर्थ शिक्षा र चेतनाकाे साथै देशकाे आर्थिक समृद्धिमा सरकारले ध्यान दिनुपर्छ ।

(लेखक पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय