यसपटक: खिचडी कुरा !

मनोज कुमार कर्ण

पृष्ठभूमी

खिचडी के हाे ? अंग्रेजीमा Hotch-potch नामले जानिने, नेपालीमा विरामीलाई खुवाईने जाउलाेभन्दा बाक्लाे र अलिकति बढी अन्य सामाग्री चामल, दाल, पानीमा हालेर पकाईएकाे नरम, लेदाे तर पाैष्टिक खाद्यवस्तु नै खिचडी हाे ।

राजनीतिक रूपमा धेरै कुरा मिसिएकाे सरकारकाे स्वरूप, मानाैं हाल काेशी प्रदेशकाे सरकारकाे स्वरूप, खिचडी हाे । विधा अनुसार फरक परिभाषा आफ्नाे आवश्यकता अनुसार बनाउन सकिन्छ । यहाँ भने याे खिचडी शब्द अर्थात्, ठाेसरूपमा केवल एउटा वस्तु नजनाई धेरै वस्तुकाे समिश्रण जनाउँछ किनकि याे नबुझेर केबल शीर्षक पढेर र जम्मा एउटा मन:स्थिति ठाेसरूपमा बनाईकन याे लेख पढ्दा भेउ नै पाउन कठिन हुन्छ र पढ्दा भेउ नपाउँदा केही नबुझिकन समय “बर्वाद” भएकाे काेही-काेही पाठकले ठान्छन् ।

यहाँ याे खिचडी शब्दकाे सिधा अर्थ यस “सामाजिक विज्ञान”मा आधारित लेखसँग छ जसमा विविध क्षेत्रलाई समावेश गरि लेदाे अर्थात्, ठाेस एउटामात्र थीमलाई समातेर नबसिकन “यताउता” बाट बहुमूल्य भेट्टाईएका सबै अनुभवलाई एउटै लेखमा समावेश गरिएकाे हाे जुन गाउँघरकाे असली “स्वाद” पारखी पाठकलाई शहरमा दिनेछ । खिचडी पनि धेरै वस्तुकाे मिश्रण भाेजन हाे भने पाठककाे लागि र राज्यका विभिन्न निकायका लागि पनि याे एउटै लेखले मुद्दा दिनेछ ।

पाँच सय ड्यूज ल्याउनुस्

गत असोज २८ गते काठमाडाैं-मनरा चल्ने बस “जय माँ लक्ष्मी डिलक्स”, बस नं. ९०२९, टिकट नं. ४६५, सीट नं. बी “घ” मा कलंकीकाे बाबा पेट्राेल पम्पबाट एक दिन अगावै गाैशाला काउण्टरबाट टिकट लिइएझैं रामचन्द्र भन्ने मान्छेले चढायाे । ताेकिएकाे सीटमा जनकपुर जाने २ जना भाईहरू बसिरहेकामा रामचन्द्रलाई मेराे सिटकाे खाेजीमा एकजनालाई अन्तै सारियाे, एकछिन सबै ठिक रह्याे, मन खुशी भयाे ।

बसमा तेल हालेर गुड्न थालेपछि भने अचानक बसमा विवादकाे वातावरण तब बन्न पुग्याे जब कलेज पढ्ने विद्यार्थी जस्ताे कन्डक्टर भाईले मेराे नाम लिँदै रू. ५०० टिकटकाे बाँकी छ भनेर माग्न थाल्याे । मैंले भने म स्वयंले शनिवार गाैशाला काउन्टरमै गएर आफैंले टिकट पूरा १,५०० तिरेर ल्याएकाे र ड्यूज बाँकी नै नरहेकाेले याे “बाँकी” शब्द कहाँबाट आयाे भनेर सामान्य त्रुटि हाेला उनिहरूकाे भनेर आफैंले बुझेर अब चूप लाग्लान् भन्ठानें । तत्काल माैसमी चीसाेकाे कारणले गर्दा मास्क लगाएर चूपचाप बस्न मन पराईरहेकाे थिएँ तर उनिहरूका लागि “म कमजाेर मूर्गा” सावित हुँदै थिएँ ।

छेउकै भाई साेहन साह (जनकपुर पुग्ने भाइ, टिकटमा उसकाे नाम साेहनकाे ठाउँमा शेखर साह उल्लेख भएकाेमा उसले असन्तुष्टि जनाईरहेकाे थियाे, सिट “बी काे ग” नम्बर, मसँगै थियाे त्याे एचए पढ्ने भाई) काे नाममा पनि ५०० बाँकी चलानमा रहेछ । साेहनले कन्डक्टरलाई भन्याे कि दाई त्याे ५०० बाँकी ममाथि हाे, सबै हिसाब गर्नुस्, तपाईंकाे बसकाे रकम मिलान हाेला शायद वहाँ (मप्रति ईशारा गर्दै) माथि बाँकी नहाेला । यति बेलासम्ममा निज कन्डक्टरले मसँग ड्यूज रहेकाे भनेकामा म स्वयंले टिकट काट्ने रामचन्द्रलाई फाेन गरिसकेकाे थिएँ तर नउठ्दा उनले नै फर्काएका थिए र मैले जानकारी गराएँ कि हेर्नुस् तपाईंका कन्डक्टर भाईले अनावश्यक ड्यूज ५०० भनी मागिरहेका थिए, तर छेउकाे भाईकाे पाे बाँकी रहेछ, अब कुरा मिलिसक्याे, त्यसैकाे लागि फाेन गरेकाे थिएँ अब राख्नुस् ।

यता कन्डक्टरले भने साेहन यात्रुले ५०० तिर्दा “हाे, हाे” भनेर क्याबिनमा पसेर बसकाे बत्ति निभाएर नजाने बस चालक वा क-कस्सँग एकछिन कुरा गर्याे, अचानक पुन: भित्र आएर मेराे नाम लिँदै ५०० ड्यूज बाँकी छ त्यसैले काउन्टरमा फाेन गर्नुस् भनेर बसकाे “तापक्रम” बढाइदियाे, एक त माैसमी चिसाेले नबाेल्न खाेजेकाे थिएँ, अब बाेल्न र झगडा गर्न कर नै लाग्याे । मैंले “मलाई जे भन्नू थियाे, भनिसकेँ । अब तपाईं फाेन लगाउनुस्, म लगाउँदिनँ र थप कुनैपनि पैसा तिर्दिनँ किनकि केही बाँकी नै छैन । अहिलेपनि सबै कुराे मिलिसक्याे भनेकाे हैन ?” भनें । कन्डक्टरले चाहिँ उग्र हुँदै उच्च स्वरमा मसँग विवादसँगै धम्की दिन थाले “के रे पैसा नदिने रे ?” भन्दै । ऊ अचानक बिचबिचमा क्याबिनमा पस्थ्याे, चुप्की साँध्थ्याे र फेरि कुर्लन थाल्थ्याे ।

यसैबिच साेहि रामचन्द्रलाई एउटा नम्बरबाट ८ चाेटी र अर्काे नम्बरबाट २-३ चाेटी फाेन गरें तर फाेन उठिरहेकाे थिएन भने यता विवाद भैरहने भयाे । यस्ले उनिहरूकाे मिलेमत्ताेमा “विवाद” भईरहेकाे जसले पनि बुझ्ने कुराे थियाे । मैंले आफ्नाे टिकट पछाडी सिट नम्बर १-२ मा बस्नुभएका पढेलेखेका सभ्य दम्पतिलाई देखाएँ कि रेट १,५०५ लेख्या छ, मैंले जम्मा गरेकाे पनि १,५०० प्रष्ट छ, टिकटमा ड्यूज छैन, उनिहरूकाे चलानीमा लेखिराखेका छन्, उनिहरूकाे के-कस्ता गलत दाबी अनुसार मैले किन पैसा तिर्ने ? भन्दा उनीहरूले पनि “बसवालाले बदमासी गर्दैछन्” भने ।

पछि रामचन्द्रले आफैंले “नयाँ कहानीसहित” ४ मिनेट ४३ सेकेण्ड कल ब्याक गरी फाेन गरे । उसकाे “कहानी” थियाे, “तपाईंले हिजाे टिकट लिनेबेला जम्मा १ हजार तिर्नुभयाे, बाँकी पैसा ५०० बसमा तिर्ने भन्नू भयाे …” मैंले अब अति नै भयाे भनेर बाेल्नैपर्ने निष्कर्शसहित प्रतिवाद गरें उक्त करिब पाैने ९ बजे गुडिरहेकाे “शान्त” बसमा, “हुँदै नभएकाे कुरा नगर्नुस्, मैंले ड्यूज राख्नुपर्ने कुनै कारण नै छैन । म आफैंले काउण्टरबाट लिएकाे टिकटमा ड्यूज भएकाे भए टिकटमा पनि उल्लेख रहन्थ्याे नि ? छैन तर तपाईंकाे चलानमा मात्रै छ, त्यसकाे जिम्मा मैले लिने ? … तपाईंकाे मन पहिला स्थिर हाे ? तपाईंले मेराे टिकटमा मितिसमेत बिगार्नुभएकाे थियाे, टिकट लिएर हिंडेपछि फेरि ५-७ मिनेटमा म सच्चाउन हिजाे पुगेकाे बिर्सिनुभयाे ? अब तपाईंहरूलाई याे सिङ्गाे बसमा मैं भेट्टाएँ झग्डा गर्नलाई ? हाे ? तपाईंहरूकाे दशैं, तिहार, छठ बेलामा यस्तै गरेर खाने बानी बसेकाे हुन्छ, तसर्थ खानलाई दिनुस् भनेपछि खुशीले म त्यतिकै २ हजार दिनेछु तर ड्यूजकाे नाममा दिन्नँ किनकि ड्यूज बाँकी नै छैन । मबाेल्न चाहिरहेकाे थिईनँ तर अब बाध्य भएर म बाेल्दैछु, म सरकारी क्याम्पसकाे प्राध्यापक हाे । के म तपाईंकाे काउन्टरमा गएर १ हजार तिर्ने र ५०० ड्यूज बाँकी राख्‍ने हैसियत हाे मेराे ? …” । बसभित्र सन्नाटा छायाे ।

दुवैतर्फबाट फाेनमै चर्काचर्की परेपछि पुन: कन्डक्टरले क्याबिनबाट बसभित्र आएर काे हाे साेध्दा मले “काउन्टरकाे रामचन्द्र हाे” भनें । कन्डक्टरले पनि बढी बाेल्न खाेज्दा उसलाई पनि मसँग राम्ररी कुरा गर नत्र ठिक हुँदैन भाइ भन्दिएँ । पछि ऊ चूप लाग्याे र टिकट माग्याे । मैंले शंका लागेर “टिकटमाथि ड्यूज अब नलेख्नू नि !” भन्दा निजले रक्षात्मक बन्दै “त्यसाे हुन्न” भने र विवाद शान्त भयाे तर रातभरी म यात्रुकाे मनमा अन्य बसभित्रका यात्रुहरूसँगै कुरा खेलिरहेकाे थियाे कि याे बसलाईनकाे कुरै यस्तै हुन्छ तसर्थ, भाेली यीनिहरूले उक्त यात्रु (म मनाेज)लाई के गर्ने हाेलान् ? तर म भनें याेजना बनाईसकेकाे थिएँ कि अब उनीहरूले निहुँ खाेज्ने बित्तिकैे टिकटसहित ट्राफिकमा रिपाेर्ट गरी गाडी थन्क्याउन लगाईदिने !

टिकट लिन नै जाँदा वर्षभरी सर्पल्लाे-काठमाडाैं गुड्ने काबेलीकाे अताेपताे गाैशालाकाे ३-४ वटै काउन्टरमा कहिंकतै पाईएन्, सबैले यात्रुकाे सेवा “भाँड”मा जाओस् भनी साे मिनिबस दिवा सवा नचलाएर मात्र रात्री लक्जरी बस महँगाे टिकटमा चलाउँदा रहेछन् । बसमा सिट कुन हाे ? टिकट दर कति हाे ? साेध्दा मिनटाैंसम्म काउन्टरमा चुप्की साँध्ने रामचन्द्रले दबाब दिँदा मुख खाेल्ने मान्छे रहेछन् । यति पछि टिकट काट्दा जानीजानी कसैकाे नाम बिगार्ने, कसैकाे बस नं. प्रष्ट नपार्ने (जस्तै, तलकाे टिकटमा ९०२९/३० छ, ठ्याक्कै कुन बस हाे ? कहाँकाे बस हाे ? केही छैन), टिकट बुकिङ्ग मिति लेख्ने तर प्रस्थान मिति खाली रहँदापनि नलेख्‍ने, सच्च्याउन जाँदा टिकटमा मात्र प्रस्थान मिति लेख्ने तर कार्बन कपी वा चलानमा नलख्ने गरेकाे पाईयाे ।

ओर्लने बेला कन्डक्टर भाई चालकसहित मबाट डराएकाे अनुभव भयाे किनकि मैंले “अब मेराे झर्ने बेला आयाे भाइ, याे ठाउँमा राेक” भन्दा उनिहरूले गाडी नै राेकेर “हजूर, हाम्राे गाडी त्याे रूटबाट जाँदैन, अलिकति केही मिटर हिंडेर जानुपर्ने भयाे” भनेर गाडी नै माेडेर अर्काे वैकल्पिक बाटाेबाट बखरी-जलेश्वरतर्फ सर्पल्लाेबाट लागे, जबकि बस सर्पल्लाेबाट साेनाैल-भाेल्ही-मनरा हुँदै बखरी तर्फ लाग्ने मलाई भनिएकाे थियाे भने अर्काे बस पनि त्यसैगरी गयाे पनि !

राराब जनकपुर र पाटनमा सेमेष्टरकाे खेती

गाउँठाउँमा आइपुग्दा अर्कै “खिचडी” पाक्दै रहेछ । वडाध्यक्ष मनरा-शिस्वा, वडा नं. ३, साेनाैलका नेपाली काँग्रेसबाट जितेपनि, आफ्नी धर्मपत्नीकाे सरकारी काज काठमाडाैंदेखि जलेश्वरसम्म बिग्रिरहँदा समय निकाल्न नसक्ने जनताकाे काजमा अहाेरात्र खट्ने, हामीसँग कर्ट्सीपनि निर्वाह गर्नुपर्ने भने उता गाउँमा वाचाहरूपनि नियमकानूनकाे परिधिमा रहेर पूरा गर्नुपर्ने तर राजनैतिक प्रतिद्वन्द्वीहरू भने जायज हरेक काज नियमत: गराउन पाएपनि एउटा-न-एउटा माटाेकाे डल्लाे “शिर” मा राख्न खाेज्ने । अर्थात्, शिकायत सबैले गर्न चाह्ने, गलत “सल्लाह” दिनेहरू फसाउन हमेशा उद्धत् रह्ने तर निज वडाध्यक्ष अशाेक कुमार यादबलाई हाैसला भने विरलै कसैले बढाउने !

कसैले वडाकाे भद्रगाेल भनी मिडिया बाेलाउने, जुन जायज नै हाे तर कहिलेकाहिं प्रायाेजितरूपमा निश्चित गलतकाम कसैकाे अध्यक्षबाट पूरा नहुँदा बाेलाईदिने । मुख्यरूपमा वडामा कर्मचारी पहिलाकाे बलजफ्ति हटाउन लगाई “मेराे जात/समुदायकाे यति भाेट हाे” भनी ब्लैकमेल गरेर सबै पार्टीबाट चुनावताका मालपानी हसुर्नेहरू अब निजका बेराेजगार सन्तानका लागि वडामा “जागिर” काे नाममा पसेर पूरै बजेट नै लूट्नलाई गिद्धेनजर लगाएर अभिभावकहरू काेहीकाेही बसेका छन् । वास्तवमा यीनिहरू कुनै दलका हाेईनन्, चुनावकाे मुखमा जित्न लागेकाकाे “हनुमान” वा भ्रष्ट, पुरानापापी, दलालहरू हुन् । यस अनैतिक दबावबाहेक वडाध्यक्षकाे कुनै जायज ड्यूटीले गलाएकाे वा चिन्तित पारेकाे देखिंदैन बरू, उनी अकल्पणीय विकासहरू गरेर दशकाैंदेखि वडालाई कब्जाएकाहरूकाे मुखमाथि नैतिक थप्पड हानेका छन् जुन आम गरिब जनताले मननपनि गरिरहेका छन् ।

एकजना “यादब” थरका स्नातक उतीर्णगरी स्नातकाेत्तर शिक्षा विभागमा कुन विषय लिएर पढ्ने भनी मसँग सप्रसङ्ग साेधिरहँदा अनायासै बाेलिहाले, “दाजु ! राराब जनकपुरमा प्राय: विभागीय प्रमुखले (एकजना यादब थरकैकाे नामपनि लिए तर उनकाे सुरक्षाकाे लागि भने यहाँ उल्लेख गर्न मिल्दैन), ले त एमएमा अस्सी प्रतिशत विद्यार्थीकाे हाजिरी नपुग्दा त विद्यार्थीलाई बाेलाएर माेबाईल रेकर्ड नहुने तर फाेटाे र विडियाेपनि नबनाओस् भनि टेबुलमुनि माेबाईललाई लुकाउन लगाएर हजाराैं रकम असुलीरहेका हुन्छन् ।”

मैंले भने “याे हाम्राे लागि लज्जाकाे विषय र भ्रष्टाचार हाे । म त मीडटर्म जाँच नै नदिने, सेमेष्टरमा उपस्थित नै नहुनेहरूलाई अयाेग्य (Non-qualified, N-Q) लगाएर हरेक चाेटी आफ्नाेलागि प्रमाण राखेर, अथाेरिटीलाई जानकारी क्याम्पसदेखि केन्द्र डीन अफीससम्म दिएर बल्ल जे छ, त्यहि क्याम्पसकाे प्रशासनमा बुझाऊंछु र, प्राय: वर्ष टर्म पेपर नलेख्नेहरू, एन्-क्यूवालाकाे कारणले हरेक विद्यार्थी समूहका “काेही नेता”द्वारा अपमान, धाक, धम्की सहन्छु तर नियमविरूद्ध जाँदिनँ तर क्याम्पसचीफदेखि सहायक र फुल डीनसम्म थाहा दिंदापनि एन्-क्यूवालाहरूपनि सगर्व फाईनल जाँच दिन्छन् भने याे मेराे क्षमताले भ्याउने कुराे भएन । यहाँसम्मकि प्राय: टिचरहरूले पनि विना टर्म पेपर र मीडटर्म जाँज “पास” गर्न “अभ्यस्त” भैसकेकाले मप्रति काेहि सम्मान भने धेरैले “कच्कचे” भन्छन् ।”

राराब जनकपुरमा पनि म पढेकाे हुँ र पाटन संयुक्तमा पनि पहिला पढेर २०६२ सालदेखि जागिरकाे विभिन्नरूपमा प्राध्यापनरत् छु, “कच्कचे” भएर । यी क्याम्पसहरूमा अनुसन्धान, थेसिसकाे कुराे अब गरिरह्नु परेन : पहिला “फ्याक्ट्री”बाट सेटिङ्गमा प्रपाेजलदेखि फाईनल थेसिस अधिकांशले ल्याएर “मिहिनेती जाेहाे” मा पारित हुन्थ्याे भने अब प्लेजियरिज्म चेक गर्ने प्रावधान भएकाेले “सुपरवाईजर/गाईड” साहेब वा अमूक व्यक्तिले “सप्लाई” गरेकाेमाथि केहिपनि दायाँबायाँ नगरी पास आउट गराउने “सिस्टिम” छ । यस्मा हामी “मूर्ख”हरूले थेसिस गाईडगर्न पाउने चान्स नै भएन अत: हामी “काम नलाग्ने” पर्याैं, जबकि संसारलाई थाहा छ कि पाटनमा २०७४ सालमा सेमेष्टर प्राेग्राम ल्याऊंदा मैंले लागू गर्न केसम्म गरिनँ र ?

राराब क्याम्पसमा बितेका करिब दुई वर्षभित्र निकै गम्भीर केही शिकायतहरू कर्मचारी, प्राध्यापक र केही कथित् विद्यार्थी नेताहरूबारे त्यहिं नै पढ्ने अन्य पुरूष-महिला विद्यार्थीहरूबाट आईरहेका छन् । जस्तै, साईंसमा वा कतै प्रयाेगात्मक परीक्षामा ब्याक लागे, रिटाेट्लिङ्गकाे फाराम भर्न, परीक्षा फारामहरू भर्न, भर्ना, स्कलरशीप आदिमा छात्राहरूमाथि पुरूषहरूले गिद्दे नजर लगाउँदै माेबाईल नम्बर पुरूष गलत नियतका कर्मचारी, विद्यार्थी, शिक्षकलेपनि माँग्ने, नजिकिन र एकान्त खाेज्ने, भेट्न कर गर्ने, माेबाईलमा रिचार्जकार्ड १५ हजारसम्मकाे पठाउने, अश्लिल म्यासेजहरू गर्ने आदि छन् । यसैक्रममा मेराे राराबका एकजना “पागल” कर्मचारीसँग करिब २ वर्ष अघि तँ तँ-म म नै भयाे ! कस्ताे ड्रगिस्ट गुण्डा भने ऊ हरेक दल निकट फेसबुक अकाउन्ट खाेल्ने र लाेकतन्त्रमा संवैधानिक वाक् स्वतन्त्रता अनुसार तपाईंले जे लेख्नु भयाे, साे अनुसार त्यहि दलकाे अकाउन्टबाट फ्रेण्ड बनाउने, भाेली श्रीमतीकाे नयाँ अकाउन्ट हाे भनी म्यासेन्जरमा लेखेर फेरि ईमाेश्नल ब्लैकमेल गर्दै रिक्वेस्ट ८-९ वटाबाट पठाउने ! मैंले सबै गहिराे अध्ययन गरेर एकदिन निज लेखा कर्मचारीलाई, “त्रिविकाे आचरण अनुसार तपाईंमाथि तत्काल कार्वाही हाेला है” झपार्दै ब्लक गरेकाे थिएं । त्याे कस्ताे जब्बर भने म्यासेन्जरमा पनि झग्डा गर्न आयाे तर कस्ले सम्झायाे, तत्काल गुण्डागर्दी बन्द गर्याे । तर लगातार राराबका यस्ता शिकायतहरू भने महिला विद्यार्थीहरूमार्फत् आइरहेका छन् नै ।

मध्यपूर्वमा प्रतिपक्षी दलका नेता केपी ओली किन कराउने ?

एमाले अध्यक्ष तथा प्रतिपक्षी दलकाे नेताले केवल इजराईलले गाजापट्टीमा आक्रमण गरिरहेकाे देख्नुभएछ रतन्धाेमा दिनमा देखिने तर राती नदेख्ने जस्ताे हमास आतंकीकाे पक्षमा विज्ञप्ति जारी गरेर । जबकि प्यालेस्टाईनी हमास आतंकवादीले पहिला इजराईलभित्र जल, जमीन, आकाशबाट पसेर आतंक मच्चाई हाम्रा १० जना नेपाली विद्यार्थीसमेत मारे । भन्नैपर्छ कि एमालेभित्र उच्च ओहदामै प्यालेस्टिनि सपाेर्टर आतंकी साेच राख्नेहरू रहेछन्, आखिरमा मुस्लिम आयाेगका प्रमुख यीनै ओली महानुभावले जाे नियुक्त गरेका हुन् !

आम नेपाली जनताले के बुझ्नुपर्याे भने कि ओली र उनका नीजि नेपाली मुस्लिम आयाेगका अध्यक्षले मात्र इस्लामलाई “अन्तर्राष्ट्रियवाद” हमासजस्ता आतंकवादीले जस्ताे साेच्छन्, बाँकीले ईस्लामलाई केवल एउटा समुदायले मनाउने आपसी भाईचाराकाे धर्म मान्छन् । नेपाली जनता संयमित हुनुपर्छ, यी “पेईड” वक्तव्य निकाल्ने केही नेतादेखि ! ओलीले बुझ्नुपर्छ कि त्याे ईजरायल देश हाे, नेपाल हाेईन कि जहाँ उल्टै मूर्ती बिर्सजन गरि फर्कीरहेका सनातनीमाथि घरकाे छतबाट सीसा, ईंट्टा, ढुंगा आदि बर्साउने, एउटै शहरमा २-२ चाेटी कर्फ्यूपनि लाग्ने तर सिडियाे र सुरक्षा चीफ समेत मधेश प्रदेशका गृह सञ्चार मन्त्रीकाे समुदायगत अघाेषित “पक्षधरता” मा तत्काल सरूवा नहुने हजूर नै ओली जस्ता “प्यालिस्टाईनी” हरूकाे धाकधम्कीमा ।

उल्टै नेपाली मुस्लिम चीफले “आफूहरू डराएका र शान्तिदूत भएकाले रक्षाकाे लागि सद्भाव र्याली निकालेर सरकारसँग सुरक्षाकाे माँग गर्छन् !” जाे ईंट्टा, ढुंगा, घरेलु हतियार, पत्थरले घरकाे छतबाट सनातनीलाई पहिला मार्छन्, बदला पाउने बेला त्याे “शान्तिदूत” वाला भारत-नेपालकाे फर्मूला ईजरायलमा चल्दैन प्रतिपक्षी दलका नेता ओलीजी ! याे त ईजरायल हाे, आतंक मच्चाउनेलाई आतंकवाद के हाे, त्याे सिकाईदिन्छ । चीनले पनि त्यसै गर्छ तर कम्युनिस्टहरू भने मार्क्सवादी सहि चिन्तककै शब्दमा दाेग्ला (slippery) हमेशा हुन्छन् किनकि उनिहरूले बाेल्ने एउटा हाे र गर्ने अर्काे हाे । वा भनाैं, आफूहरू कम्युनिस्टले उक्त “शान्तिदूत” समुदायमाथि दमन गर्छन् तर नेपाल-भारतविरूद्ध उनैलाई आतंकवाद बनाएर प्रशय दिन्छन् ।

नेपाल स्वयं चीन-पाकिस्तानकाे रेहिंग्या मुसलमानमाथि यस्तै दाेहराे चरीत्रबाट काेराेनापछि सर्लाही, सिरहा, महाेत्तरी, धनुषा, नेपालगञ्ज सबैतिर परेशान छ । पश्चिमा दर्शनमा तथा प्यालिस्टिनी समुदायतिर सत्य स्थायी हुँदैन भनेर कुनै दार्शनिकले भनेकाे पढेकाे सम्झन्छु र त्यसै गरि याे प्यालेस्टिनि “सत्य” पनि इजराइली यहूदीका लागि हामी नेपाली निरपेक्ष अर्थ लगायाैं भने, अस्थायी वा भनाैं भ्रममात्र हाे : जेसस क्राईष्ट मुसलमान थिए अर्थात्, सत्य याे हाे कि जेसस मुसलमान थिएनन् र क्रिश्चियानिटी एउटा अलग धर्म हाे । प्यालेस्टिनिहरूले यहूदीकाे क्राईष्टकाे जन्मथलाे जेरूसलेम तिमी ईजरायलीहरूले छाेड भन्नुकाे कारण यहि हाे जुन माँग पूरा हुन सम्भव छैन तर पटकपटक नयाँ विश्वयुद्धहरू हुने अनन्तकालसम्म भने सम्भावना छन् । तसर्थ, नेपालका मुस्लिम आयाेगका वर्तमान अध्यक्ष ओलीद्वारा नियुक्त जाे दिनै पिच्छे पुलिसकाे रेडबाट भाग्दैछन्, उनकाे गाडी समातिर “दबाव”मा छाडिन्छन् र शंकास्पद वस्तु तथा अन्तर्राष्ट्रिय गिराेहका सदस्यहरू विमानस्थलबाट ओसार्न दुरूपयाेग गरिन्छन् अर्थात्, नेपालविरूद्धकाे षड्यन्त्रमा श्रृंखलाबद्ध मुछिईरहेका व्यक्तिकाे “दबाव” हाेईन कि धम्कीमा केपी ओलीले निकालेका वक्तव्यमा हामी “सत्यता” नखाेजाैं !

के यी “शान्तिका दूत” समुदायका सर्लाही, नेपालगञ्ज आदिका भर्खरका घट्ना बिर्स्याैं हामीले ? आज मधेश हाेईन, नेपाल देश नै आक्रान्त बनाईदिए, यी “शान्ति दूत” हरूले । अब अझ “पीडित” उनै “शान्तिदूत” प्यालेस्टिनिलाई नै नेपालबाट रसियासँग कम्युनिस्ट ओलीहरूले भिडाईदिनु भयाे भने फेरि ब्रम्हाण्ड निर्माण गर्नुपर्ला ईश्वरले, याे शाश्वत सत्य हाे किनकी इजरायल-प्यालेस्टाईनबिच झग्डाकाे गूढ कारण माथि उल्लेख भैसक्याे र त्याे दु:खदरूपमा स्वयं प्यालिस्टिनिहरूले आत्मसात्त गरेर शान्त बसेनन् भने शान्तिकाे कुनै उपाय तत्काल छैन । माथिबाट दाउद ईब्राहिम अन्डरवर्ल्ड डन जसकाे एकक्षत्र कब्जा नेपाली ब्लैकमार्केटमा छ, उनिहरूले समुदायगत प्रभाव पारिरहेका कुरा नेपाली मुस्लिम आयाेगका अध्यक्ष तथा श्रीमान् ओलीजीकै वक्तव्यहरूले प्रष्ट पारिरहेका छन् ।

निष्कर्श तथा सुझावहरू

राज्यका अङ्गहरूले दशैं तिहार जस्ता पर्वहरूमा लामाे दूरीका बस काउण्टरवालाहरूकाे गतिविधि कि त नियाल्न सकेन वा, कि नियामक निकायका अधिकृतहरू अधिकांशत: बिक्री भईसकेकाले टिकटमा हुने फट्याइँ, अनावश्यक झैझमेला, साविक गाडीहरूबाट मनचाहे बेला दिवामा काठमाडा‌ैंबाट उचित् मूल्यमा घर जानेबाट ग्राहकहरू वञ्चित छन् । याे दशैंकाे अनुभव हाे तसर्थ, सरकारले तिहार, छईठ, ईद, म्हपूजा आदिमा अब यी गड्बडीहरूलाई हटाओस् ।

एउटा पढेलेखेकाे वर्ग यति ठगिन्छन् भने आम जनता कति ठगिईरहेका हाेलान् यी कन्डक्टर, टिकट बेच्ने आदिद्वारा ? यिनिहरूले लामाे दूरीकाे लग्जरी-डिलक्स बसमा काम गर्ने न्यूत्तम भाषा, शैलीबारे के कस्ता तालिमप्राप्त हुन्छन् ?

उता क्याम्पसकाे शैक्षिक वातावरण सुधार्न स्ववियु, क्याम्पस प्रशासन, अख्तियार, सीआइबी, स्थानीय र प्रादेशिक सरकारहरू खुल्ला र गाेप्यरूपमापनि साईबर क्राईमहरू चेक गर्न विद्यार्थीकाे भेषमा विभिन्न ग्रुपमा पसेर “भाईरसेज्”लाई फिल्टर गर्नुपर्छ ।

त्यस्तै, नेपालले इजरायल वा प्यालिस्टाईन कसैकाे पक्षमा नलागी हरेकखाले आतंकवादकाे विराेध गर्दै शान्तिद्वारा वार्ताकाे पक्षमा उभ्नुपर्छ । नेपाली नेताहरूले सामाजिक सद्भाव बनाउन भूमीका खेल्नुपर्छ ताकि आसन्न चाडपर्वहरू सबै समुदायले मनाउन सकून् । काेही अराजक अन्य समुदायमाथि जाईलागे भने कथित् “सद्भावर्याली”ले पुग्दैन अपितु “आत्मरक्षा प्रकृतिकै सबैभन्दा पुरानाे नियम”लाई ओली र उनका विशेष समुदायका नियुक्त अध्यक्षले प्रयाेग गर्न दिनैपर्छ ।

(लेखक पाटनढोकास्थित पाटन स‌ंयुक्त क्याम्पसका उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय