नेपालकाे खल्बलिँदाे आन्तरिक सद्भाव
मनोज कुमार कर्णनेपाल हाल संविधानत: एक धर्म निरपेक्ष संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक देश हाे । यसकाे बावजुद पनि नेपालमा करिब ८५ प्रतिशतभन्दा बढी जनसंख्या ॐकार परिवार छन् ।
हुन त प्रजातन्त्रकाे पुनर्बहाली साल २०४६ सालमा हुँदापनि साे अघि राजा महेन्द्र शाहकाे पालामा पनि नेपालका पहाडी दूर वस्तिमा ईसाईहरूकाे सनातनधर्म विराेधी गतिविधि भएर गिरिजाघरहरूमाथि प्रतिबन्ध लागेकाे, संलग्नमाथि धरपकड गरिएकाे इतिहास छ ।
अन्तरिम संविधान-२०६३ माघ १ गते तथा वर्तमान संविधान-२०७२ अशाेज ३ गते (२० सितम्बर सन् २०१५ आईतवार) लागू हुँदासम्म र सन् २०२० काे काेराेना महामारी फरबरीमा अन्तर्राष्ट्रियरूपमा लाैकडाउन हुनथालेकाे अर्थात्, विक्रम सम्वत् २०७६ काे माघ-फाल्गुणसम्म नेपालमा धर्मनिरपेक्षता संविधानत: लागू भैसकेपछिसम्म नेपालमा धार्मिक सद्भाव दिनहुँ बिथाेल्नेजस्ता विभिन्न ठाउँहरूमा घट्ना घट्दैनथे ।
एकप्रकारले भन्ने हाे भने शान्तिपूर्णरूपमा सबै धर्मावलम्बीहरूले नेपालमा धर्मनिरपेक्षता घाेषणा नहुँदापनि धर्मनिरपेक्षता जतिकै भव्य र निर्भयरूपमा आ-आफ्ना गतिविधिहरू गर्दथे । उदाहरणकाे लागि, २०४६ साल अघिसम्म नेपालमा सक्रिय राजतन्त्र थियाे जुन साे बेला संवैधानिक राजतन्त्रमा परिणत भई २०६२/०६३ सालकाे जनआन्दाेलनबाट २०६५ सालमा गएर बल्ल राजतन्त्र पूर्णरूपमा उन्मूलन भयाे तर राजतन्त्रमा पनि सनातन हिन्दूकाे विष्णु भगवानकाे प्रतीक राजा रहँदापनि नारायणहिटि राजदरबार अर्थात्, विष्णुकाे मन्दिरकाे प्रतीक रहेकाे भवनकाे अगाडि त्रिचन्द्र क्याम्पसकाे सामुन्ने मुसलमान समुदायकाे कश्मिरी जामा मस्जिदलगायत थियाे र छ पनि साथै देशभरी नै एक-दुई परिवार मुसलमान वा अन्यधर्मकाे, सनातनीबाहेककाे, वस्ति रहेपनि देशले ससम्मान बस्ने वातावरण र मरणपछि अन्तिम संस्कारकाेलागि कबरगाह, प्रार्थणाकाे लागि मस्जिद, चर्च आदि रह्न दिने व्यवस्था गरेकै थियाे ।
यस लेखकाे मुख्य आशय नेपालमा अचानक धर्मकाे नाममा सद्भाव बिथाेल्ने, धर्मनिरपेक्षताकाे नाममा केही ईसाइ तथा केही राजनीतिजीवि र कट्टरतावादीले लगातार सनातन हिंदूमाथि लगातार मधेश र पहाडतिर दुर्गापूजा, श्रीकृष्णजन्माष्टमी, गणेशचतुर्थी, सरस्वतीपूजा आदिकाे अवसरमा मूर्ति विसर्जन गर्न नदिने, हिंसात्मक गतिविधि, अचानक घरकाे छतबाट भारतमा प्राय: देखिने जस्ताे ईंट्टाढुङ्गा बर्साउने, मूर्तीकाे अपमान गर्ने हर्कतहरू लुकेर गर्ने, मन्दिरमा मूर्ती ताेड्ने जस्ता गतिविधि हुनेगरेकामा यहि धर्मनिरपेक्ष र गणतन्त्रात्मक संविधानले निर्दिष्ट गरेकाे वाक् स्वतन्त्रताकाे आधारमा यस्ता गतिविधिहरू राेकेर पुन: सद्भाव बनाईराख्नलाई काे व्यक्तिगत वा दलगत वा संस्थागत कति जिम्मेवार छ र के सुधार गर्नुपर्छ, नेपाल सरकारले के गर्दा राम्राे हुनेछ, जनताकाे धर्मनिरपेक्षतामा के कर्तव्य हाे जस्ता कुरा आम पाठकमाझ पुर्याउनु नै यस लेखकाे मुख्य उद्देश्य हाे ।
नेपालकाे शाहवंश राजपरिवारकाे नालीबेली
केशवराज देवकाेटाका पुस्तक “अग्निज्वालामा दरबार”, पृष्ठ १३ बाट अनि तात्कालीन राजा वीरेन्द्रकाे २०५४ सालमा भएकाे गद्दी आराेहणकाे सन्दर्भमा “गाेरखापत्र” काे विशेषाङ्कबाट करिब ५०० वर्ष अघि भारतकाे चिताैडगढबाट भागेर आएका “सिसाैदिया राजपूत”हरू कहलिएकाहरूकाे केहिमात्र विगत हेराैं, यिनिहरू कुन धर्म वा जातका हुन्, आफैं प्रस्ट हुनेछन् :
१) कुलमण्डन खाँ (चिताैडगढबाट नेपाल पसेका)
२) यशाेब्रम्ह शाह (कुलमण्डनका छाेरा, खाँबाट शाहमा परिणत आफूलाई गरेका, “शाह” मुसलमानमा त लेखिन्छ नै तर सनातनीलाई झुक्याउनलाई प्रयाेग गर्न थालिएकाे तथा लमजुङ्गमा राजा खाली भनेर राज्य खाेसी राजा आफू भएका)
३) द्रव्य शाह (यशाेब्रम्हका द्रव्य र नरहरि गरि २ छाेरा, यिनै द्रव्यले गाेर्खाका खड्का थरका राजाकाे हत्या गरि खाेसेर आफ्नाे कथित् स्वतन्त्र राज्य खडा गरेका थिए)
४) दुरन्दर उर्फ पूर्ण शाह (सन् १५७०-१६०५)
५) छत्र शाह (सन् १६०५-१६०६)
६) डम्बर शाह (सन् १६३३-१६४५)
७) कृष्ण शाह (सन् १६४५-१६६१)
८) रूद्र शाह (सन् १६६१-१६७३)
९) पृथ्वीपति शाह (सन् १६७३-१७१६)
१०) नरभूपाल शाह (सन् १७१६-१७४२)
११) पृथ्वीनारायण शाह (सन् १७४२-१७६०), नेपालकाे एकीकरण भनिएकाे अघि पृथ्वीनारायण राजा भएका,
१२) श्री ५ पृथ्वीनारायण शाह (सन् १७६८-१७७५), एकीकरणपछि फेरि राजा भएका र, नामकाे अगाडि “श्री ५” थपेका,
१३) श्री ५ सिंहप्रताप/प्रतापसिंह शाह (सन् १७७५-१७७७)
१४) श्री ५ रणबहादुर शाह (सन् १७७७-१७९९), यिनले नै तिरहुते विधुवा ब्राम्हणी “त्रिपुरा देवी” मधेशनीसँग, भारतकाे वैद्यनाथधाम जाँदा राती नदि किनारमा वास बसेकाे बेला राँटी मगराैनी गाऊं, बिहारका नारायणत्त मिश्र-कुमशालनी दम्पत्तिकी छाेरी र ईश्वरीदत्त मिश्रकि बहिनि (त्रिपुरा देवी)सँग, विवाह गरेका थिए, माईतीपक्षकाे दाबी अनुसार विवाहबेलाकाे शर्त अनुसार उनै त्रिपुरा र रणबहादुरका ज्येष्ठ पुत्र गीर्वाणयुद्ध पछि राजा भए,
१५) श्री ५ गीर्वाणयुद्ध विक्रम शाह (सन् १७९९ मार्च ८ शुक्रवार- सन् १८१६), यिनी पहाडी रणबहादुर र मधेशनी त्रिपुराकाे “क्रस” छाेरा रहेकाले नाममा “विक्रम” शब्द थपेका थिए भने बुवा रणबहादुरकाे आफ्नी आमा विधुवा ब्राम्हणीसँग गरेका विवाहका कारणले आफ्नी २ सानी आमाका विहे नभई राखेकाे विषम परिस्थितिमा दरबारमै मिथिलाबाट १०१ ब्राम्हण वर (दुलाहा) झिकाई विहे गरिदिएका थिए र थुप्रै जमीन, कीर्तिपुरमा त्रिवि रहेका सम्पूर्ण जमीन आदि जायदाद दाईंजाे दिएका थिए ती सबैलाई पछि राणाहरू र राजा महेन्द्रले खाेसेका थिए,
१६) श्री ५ राजेन्द्र विक्रम शाह (सन् १८१६-१८७४)
१७) श्री ५ सुरेन्द्र विक्रम शाह (सन् १८७४-१८८१)
१८) श्री ५ पृथ्वीवीर विक्रम शाह (सन् १८८१-१९११)
१९) श्री ५ त्रिभुवनवीर विक्रम शाह (सन् १९११-१९५४), नाममा “वीर” शब्द फेरि थपियाे,
२०) श्री ५ महेन्द्रवीर विक्रम शाह (सन् १९५४-१९७२), कट्टर मधेशविराेधी राजा तथा हनुमानढाेका दरबारनेर रहेकाे राजा गीर्वाणयुद्धकी आमापट्टीकी हजूरआमाकाे नाममा रहेकाे मधेशी निशान “कुमशालनी भवन” भत्काउने लगायत काठमाडाैंमा रहेका महारानी त्रिपुरा देवीका २ बहिनी ज्वाईंहरूले राजा गीर्वाणयुद्धबाट विवाहमा पाएका सबै जमीन त्रिपुरेश्वर, गाेकर्णेश्वर महादेवकाे सम्पत्तिलगायत नेपाल भरिबाट नै खाेस्ने गरेका थिए,
२१) श्री ५ विरेन्द्रवीर विक्रम शाह (सन् १९७२-२००१), सपरिवारकाे शंकास्पद हत्या भएकाे थियाे, जसकाे कारण जान्न र असली हत्यारालाई दण्डित गर्न सम्पूर्ण नेपाली पर्खिरहेका छन्,
२२) श्री ५ दिपेन्द्रवीर विक्रम शाह (सन् २००१-२००१), छाउनी शैनिक अस्पतालमा मरेकै अवस्थामा टेक्निकली “खेलाडीहरूले” राजा बनाएका,
२३) श्री ५ ज्ञानेन्द्रवीर विक्रम शाह (सन् २००१-गणतन्त्र घाेषणा हुँदा नारायणहिटी दरबारबाट बाहिरिनुपरेकाे) ।
मैले जान्न खाेजेका कुरा के हुन् भने यदि यिनि “शाह”हरू हिन्दू राजा नै हुन् भने “खाँ” कुन हिन्दूले विश्वमा लेख्छन् ? अनि यिनि “शाहहरू” हिन्दूका विष्णु भगवानका अवतार रहेकाे दाबी गर्छन् भने हिन्दू राजाकाे नारायणहिटी दरबारकाे अगाडि त्रिचन्द्र क्याम्पससँगै पछि आएर मुसलमानकाे कश्मिरी जामा मस्जिद कसरी ठड्याईयाे ? हाे, “खाँ” चाहिँ मुसलमानमा लेख्छन् र कुलमण्डन “खाँ” नेपालमा आएका थिए, कुनै “शाह” हाेईन !
नेपालमा मुसलमान समुदायकाे आगमन
“नेपाली समाज र संस्कृति”का लेखक रेशराज अधिकारी मानवशास्त्री प्राध्यापकका अनुसार मल्लकाल-मध्यकाल अर्थात्, १५ औं शताब्दीकाे उत्तरार्द्धबाट नेपालमा मुसलमानहरूकाे आवागमन भएकाे देखिन्छ । कान्तिपुरका मल्लराजा रत्न मल्लकाे समयमा नेपालमा मुसलमान व्यापारीलाई आकर्षित गरियाे, जाे भारतकाे लद्दाखकाे बाटाे हुँदै ल्हासामा व्यापारिक सम्बन्ध बढाए । पछि सरकारबाट नै प्रात्साहित तथा संरक्षण दिएकाे कारण उनिहरू नेपालमा स्थायी बसाेवास गर्न थाले ।
भाष्कर मल्लकाे पालामा (सन् १७००-१७२२) कान्तिपुरका मुख्यमन्त्री नै मुसलमान नियुक्त हुन पुगे भने पछि उनिहरू पश्चिमि पहाडी भागमा पसे र ठाउँ-ठाउँमा चूरा बेच्ने पेशाले “चुराैटे” भनिन थालियाे । त्यसैगरी सत्राैं शताब्दीतिर नेपालकाे बाईसे-चाैबिसे राज्यकाे बेला राजाहरूले भारतबाट पश्चिमभेगमा सिपाहीहरूलाई बन्दुक चलाउन प्रशिक्षककाेरूपमा मुसलमानलाई बाेलाएकाे देखिन्छ । खुला सिमानाकाे कारणले भारतबाट नेपालमा पस्ने सामान्य कुराे भैसक्याे । यस्ता मुसलमान समुदायकाे आगमन एउटा उद्देश्यले र राम्राे साेचले भएकाे पढ्दा थाहा हुन्छ । तर ईतिहासले नवलपरासीलगायतका केही जिल्लामा केही यस्ता प्रकारका मुसलमानपनि पाईन्छन् जसलाई दक्षिण छिमेकीलाई दु:ख दिने नियतले तानाशाही पञ्चायती व्यवस्था टिकाउनलाई राजा महेन्द्रले “राष्ट्रवाद”काे जलपलगाएर पाकिस्तानकाे विश्वास जित्न पस्न दिएकाे देखिन्छ ।
राजा महेन्द्रले चीनलाई त बकाइदा सगरमाथाकाे सर्वाेच्च चुचुराेमा पानी खस्नेभन्दा उत्तर अर्थात् तिब्बती पठारतिर आधी भाग दिइएकाे तथा नेपालतिर दक्षिणी आधी भागमात्र नेपालकाे भनेर भेंटी चढाइयाे । माओवादी र एमालेकाे क्षणिक नेकपाकाे केपी ओलीकाे कम्युनिस्ट “देशभक्त” सरकारले सन् २०१९ अक्टूबर १३ तारिखमा चिनियाँ राष्ट्रपति सि जिन्पिङ्ग नेपाल आउँदा जारी भएकाे संयुक्त वक्तव्यकाे बुँदा नं. ८ अनुसार सगरमाथाकाे संयुक्त मापन “सगरमाथा /चाेमाेलुङ्मा नेपाल र चीनकाे मित्रताकाे प्रतीक हाे भन्ने मान्यतालाई स्विकारगर्दै दुवै पक्षले जलवायु परिवर्तनलाई संबाेधन गर्ने र वातावरण संरक्षणलगायत विभिन्न क्षेत्रमा सहयाेगलाई बढावा दिनेछन् । संयुक्तरूपमा सगरमाथा/चाेमाेलुङ्माकाे ऊंचाई घाेषणा हुनेछ र वैज्ञानिक अनुसन्धान गरिनेछ ।” भनी सन् १८५५ मा सर्भे अफ ईण्डियाले दुई सय ६५ वर्ष (अब करिब २६८ वर्ष) अघि नापेर साे उचाई ८,८४८ मिटर कायम गरिएकाेमा त्यस राजा महेन्द्रकाे पञ्चायत टिकाउने कथित् सम्झाैतालाई वैधता औपचारिकरूपमा स्विकार गरेर दिएकाे हाे (हेर्नुस्, “जन आस्था”, पृष्ठ १ र ८ मा “अग्लिंदै छ सगरमाथा” शीर्षककाे समाचार, मिति २०७७/०७/१९ गते बुधवार) ।

राजा महेन्द्रकाे कथित् राष्ट्रियता कतिसम्म देखिन्छ भने उनले चीनलाई करिब साढे ४ हेक्टर दशगजानेरकाे नेपाली भू-भागपनि चीनलाई सुम्पिदिए जतिखेर पाकिस्तानले पाकिस्तान अधिनस्थ कश्मिर (Pakistan Occupied Kashmir, PoK) काे भाग सीयाचेन/अक्साईचाईना “मित्रता”काे प्रतीक चीनलाई सुम्पिदिए जुन नेपाली साढे चार हेक्टर जमीनमा चीनले भारततर्फ अत्याधुनिक मिसाईलहरू आक्रमणकाे लागि तैनाथ गरेर राखेकाे छ । यहि चुराे कुराेकाे कारणले चीनले नेपाली साे भू-भाग भारतविरूद्ध सामरीक महत्वले कब्जा पारिरहँदा साे काे काउन्टरमा भारतले नेपालकाे कालापानी, लिम्पियाधुरा क्षेत्र नछाेडिरहेकाे जानकारहरू बताउँछन् (“जन आस्था” मै छापिईसकेकाे समाचार) । अर्थात्, राजा महेन्द्र “ट्रेडमार्का”वाला भारतविराेधी तथा कथित् राष्ट्रवादी ऊता चीन-पाकिस्तानमैत्री मुसलमानहरू पनि नेपालमा छन् ।
पछिल्लाेपटक विश्वभर फैलिएकाे काेराेना महामारीकाे बेला सन् २०२० तिर नै यहि “महेन्द्र ट्रेडमार्का” अन्तर्गत भारतबाट हजाराैंकाे संख्यामा रातारात बर्मा, बंगलादेशबाट भारतमा पसेर रेल्वे ट्र्याक, ऐलानी, पर्ती कब्जा गरेर बसेका तथा भारतविराेधी दलहरूलाई भारतकाे राशनपानी खाएर भाेट हाल्दै आएकामा माेदी सरकारले लखेट्दा उनिहरू आफ्ना देशमा फर्कनुकाे साटाे एकातिर पाकिस्तानले भारतमा सीमापार आतंक गर्न आतंकवादी भारतमा लुकिछिपि पठाऊंदा भारतीय सेनाले अपरेशन अल् आऊटमार्फत् एक-एकजनालाई मारिदिने कारणले पीओकेबाट भारतलाई अब परेशान गर्न सकिंदैन भनेर बरू भारतबाट लखेटिएका भारतविराेधी रेहिंग्या ती आतंकवादीहरू र त्यसैमा पाकिस्तानी नागरिकलाई पनि भारत-नेपाल बाेर्डरमा नेपालकाे कमजाेर बाेर्डर व्यवस्थापनकाे नाजायज फायदा तथा नेपालका भारतविराेधी साेचका कम्युनिस्टहरूकाे मद्दतमा नेपालमा “नयाँ कश्मिर” बनाएर दु:ख दिने “नीति” नै बनाएर चीनबाट आर्थिक व्यवस्थापनमा हरेक ती घूसपैठिया गलत साेचकाे परिवारलाई गाेरखा, धादिङ्ग, बनेपा, मधेश र भारत-नेपाल बाेर्डरलगायत ठाऊंहरूमा एक कट्ठा घडेरी र नागरिकता दिलाउने “व्यवस्थापन” स्वरूप साेहि नेकपाकाे ओली सरकारलाई फकाऊंदै जिम्मा दिन जसपाकाे उपेन्द्र यादबलाई काेराेनाकालमै सुटुक्क पहिलाे किस्ता स्वरूप नेपाली रूपैयाँ ९ कराेड ललितपुरकाे श्रेष्ठ थरकाे व्यापारीमार्फत् कपिलवस्तुकाे एऊटा हाेटलमा बुझाईएकाे समाचारपनि “जन आस्था” साप्ताहिकमा छापिसकिएकाे हाे ।
हामीले केही वर्ष अघिमात्र राप्रपा नेता कमल थापाकाे ट्वीट्लाई बिर्सनु हुन्न जसमा उनले लेखेका थिए कि नेपालमा जुनसुकै समुदायले आफ्नाे धार्मिक, सामाजिक गतिविधि शान्तिपूर्णरूपमा संविधानत: गर्न पाउँछ तर जसरी एउटा सूचनाले एक-दुई दिनभित्र ५० हजार मुसलमानले तराईमा भेला भए, त्याे स्वभाविक हाेईन र राज्यले यसलाई गम्भिर रूपमा लिनुपर्छ ।
नेपालकाे धर्मनिरपेक्षता
नेपालकाे अन्तरीम संविधान-२०६३ माघ १ गते जारी हुनु अघि पटकपटक जारी गरिने मिति अन्तरिम प्रधानमन्त्री गिरिजाप्रसाद काेइरालाबाट फेरिए किनकि त्यसमा बाहिर समाचारमा आए अनुसार शीर्ष नेताहरू बीच भएकाे सम्झाैतामा अचानक पेन्सिलले लेखेर नेपाल हिन्दूधर्म (Non-secular) बाट धर्मनिरपेक्ष (Secular) हुनेछ भनी एमालेबाट सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ, काँग्रेसबाट कृष्णप्रसाद सिटाैला तथा नेकपा माओवादीबाट डा. बाबुराम भट्टराईहरूले पेश गरेका जस्ता दिनहुँ कचकच पारिने कुराहरू थिए ।
एकचाेटी त गिरिजाबाबुले डा. भट्टराईलाई बालुवाटारमै “दिनहुँ नयाँ-नयाँ निहुँ खाेजेर यहाँ विवाद ल्याउने ? एकचाेटी माओवादीकाे एजेण्डा ल्याउनु पर्दैन ? यति दलहरूबीच सबैलाई चित्त बुझाउन सजिलाे छ ?” भन्दै झपारेका थिए ! वास्तवमा, याे धर्मनिरपेक्षता न २०६२/०६३ सालकाे संसदवादी र माओेवादीकाे संयुक्त आन्दाेलनकाे अजेण्डा थियाे, न सार्वजनिक कुनै याेजना र नेपाल हिन्दू राष्ट्र भएपनि सबै धर्म र समुदायले सम्मानका साथ बाँचेकै थिए ।
“राजसंस्था हिन्दू राज्यकाे संरक्षककाे रूपमा नेपालमा छ” भनेर राजसंस्थालाई पूर्ण निर्मूलपार्न याे जरूरत छ भनी भनियाे तर याे विकल्पमा नेताहरूकाे छलफल साे बेला गएन कि नेपालमा हिन्दू राज्य रहिरहँदा राजसंस्था वा राजा संरक्षककाे साटाे अन्य व्यक्ति किन हुन सक्दैन जाे सनातनी हाेस् र सामर्थ्यवानपनि ! याे नसाेच्ने कुरा जनतालाई झुक्याउने र गिरिजाबाबुलाई गलाउने राजनैतिक बेईमानी थियाे, केही नेताहरूकाे ।
संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक संविधान नै उत्तम
संक्षेपमा भन्नुपर्दा काेराेनाकालदेखि खासगरी नेपाल पसेका र सामाजिक सद्भाव खल्बलिने गतिविधिमा संलग्नहरूलाई आफ्नै देश वा जहाँसुकै जाउन् तर नेपालबाट बाहिर्याउनु पर्दछ । मानवीयता साँच्चिकै दयाकाे पात्रलाई मात्र राज्यले देखाउने हाे तर आतंकवादीकाे कुनै देश, जात, धर्म, सीमा, कसैसँग नाता केही हुँदैन र यसमा नेपाल सचेत हुनैपर्छ । नेपाल पञ्चशीलकाे सिद्धान्तमा चल्ने असंलग्न परराष्ट्रनीतिमा चल्ने देश हाे तसर्थ, कुनैपनि छिमेकीविरूद्ध प्रयाेग हुनुहुँदैन भने सप्रमाण फेला परेका यस्ता विदेशी एजेन्ट जाे-जाे नेता छन् तीनिहरूलाई असामाजीक तत्वमा करार गरेर राजनीतिबाट सदाकाे लागि पाखालगाएर कानूनकाे दायरामा ल्याउँदै कुनै दलनै यस्ता कार्यमा निर्लिप्त छ भने निर्वाचन आयाेगले साे माथि प्रतिबन्ध लगाउनुपर्छ ।
उता नेपालकाे संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक संविधानमा अधिकारवञ्चित मधेशी, महिला, थारू, जनजाति आदिकाे सबै अधिकार नसमेटिएर असहमति रहँदा पनि याे माेडेलकाे संविधानले नै नेपालीकाे सकारात्मक मनाेकाँक्षा पूरा गर्न सक्षम छ भनी यसमाथि विभिन्न आक्षेपलगाएर समाप्त पार्ने कुततब/सत्ताजीविहरूदेखि सावधन रहँदै यसकाे पूर्ण प्रयाेग भविष्यमा परिमार्जन गर्दै जाने हाे ।
यहाँ स्मरणीय भारतकाे एउटा घटना के हाे भने पासपोर्ट लिन आदिवासी/पहाडी समुदायकी एकजना महिलालाई एकजना कर्मचारीले रंग र भाषाकाे आधारमा अपमान गर्दा स्वयं प्रधानमन्त्री नरेन्द्र माेदीले सार्वजनीक माफी माँग्दै उक्त कर्मचारीलाई जागिरबाटै निकाला गरिदिएकाे जस्ताे नेपालमा पनि धर्म, जात, आर्थिक समानता, क्षेत्र आदिकाे आधारमा विभेद वा टिप्पणि गर्नेलाई जे सुकै कानून, नियम भएपनि तत्काल जागरिबाट निकाल्ने, जेल पठाउने गरेर जनतामा राष्ट्रिय एकताकाे प्रत्याभूती दिनसक्नु पर्छ । नेपालमा कुनै धर्म (धर्महरू) वा कतै कुनै सुरक्षा वा अधिकारमा नअटाएका साँच्चिकै राज्यले विशेष संरक्षण गर्नुपर्नेलाई विश्व प्रचलन अनुसार “अल्पसंख्यक आयाेग” गठन गर्नुपर्छ तर निश्चित धर्मलाई ताेकेर “मुस्लिम आयाेग” जस्ताे बनाउनु महाभूल हाे, याे तत्काल सच्चिनुपर्छ ।
तत्काल भने जहाँ-जहाँ देशभर मूर्ति विसर्जनमा कसैद्वारा ढुङ्गामूढा गरिन्छन्, मन्दिरका मूर्तीहरू ताेडिन्छन् वा राष्ट्रिय जनावरलाई हत्या गरिन्छन्, त्यस्ताहरूमाथि संविधानकाे पूर्ण कार्यान्वयनकाे लागि भर्खरका नागरिकताधारी भए सम्पत्ति जफतगरि नागरिकता खाेस्ने, देश निकाला गर्ने, बुल्डाेजरलगाएर ढुङ्गामूढा हुने घरलाई कारण प्रष्ट्याएर ढाल्ने, आर्थिक जरिवाना, जेल हाल्ने जस्ता कठाेर कारवाही गर्नुपर्छ । सिडियाे, एसपीले सकेनन् भने सरूवा गरेर सक्षमलाई त्यस सद्भाव बिथाेलिएकाे ठाउँमा पठाउने काम गर्नुपर्छ ।
मुख्य कुराे, धर्मनिरपेक्षताकाे अर्थ सनातन हिन्दू वा बाैद्ध ॐकार परिवारमाथिकाे आक्रमण हाेईन अपितु सबै धर्मकाे उच्च सम्मान हाे भन्ने भावना जनतामा सरकारहरूले चेतना विभिन्न माध्यमले अभिवृद्धि गर्नुपर्छ । तत्काल भने काेराेनाकालमा भारत-नेपालका सनातन तथा धर्मनिरपेक्ष विराेधी तत्वलाई भारतबाट नेपालमा पस्नदिने तात्कालीन नेकपा सरकारका अवयव नेताहरू केपी ओली, पुष्पकमल दाहाल “प्रचण्ड” र उपेन्द्र यादवहरू रहेकाले तत्काल सद्भाव जाेगाउने कार्य देखिने गरि गर भनेर जिम्मा लिन लगाउनुपर्छ, खासगरी उपेन्द्र यादवलाई जस्ले मधेशमा “मुस्लिम-यादब भाइ-भाइ”काे बिहारकाे लालू यादब र उत्तरप्रदेशकाे अखिलेश यादवकाे “नारा”मा भाेट बैंककाे राजनीतिमा भारतका आउटफिट मुस्लिमलाई नेपालमा आयातीत गरेकाले उनलाई विशेष जिम्मा लिन बाध्य पार्नुपर्छ अर्थात्, कानूनत: व्यवहार गर्नुपर्छ ।
( लेखक ललितपुरको पाटनढोका स्थित पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक हुन् )

