
संस्कृतिकाे गाेतामा राजनैतिक चिन्तन: संस्कृति चिन्तन
मनोज कुमार कर्णपरिचय
त्रिभुवन विश्वविद्यालयका हाल अवकाशप्राप्त अमेरिट्स प्राध्यापक तथा पाेखरा विश्वविद्यालय अन्तर्गत आईएसर अध्ययन केन्द्रका नेतृत्वकर्ता अंग्रेजी विषयका प्राध्यापक डाक्टर अरूण गुप्ताे “गडेसेज अफ् काठमान्डु भ्याली : ग्रेस, रेज, नलेज” पुस्तकका लेखक स्वयंले वर्तमान यस पुस्तक “संस्कृति चिन्तन”, ईन्डिगाे इन्क प्रा. लि., २०८०, मूल्य ४९९, असारमा प्रकाशित, मा उल्लेख गर्छन् कि उनका पूर्वज बंगलादेशबाट भारत हुँदै नेपालकाे कपिलवस्तुमा आएरपछि काठमाडाैंसम्म आएका हुन् ।


प्रा. गुप्ताेकै भाषामा उनी बंगलादेशी-भारतीय-मधेशीमूलका नेपाली छँदै हाल छाेरी पल्लवीले पहाडीमूलमा (विवेकसँग) विहे गरेबाट गुप्ताे बहुसांस्कृतिक पहिचानसहित अन्य संस्कृति र धर्मलाई समादर गर्छन् । याे छाेटाे लेख न पुस्तककाे विवेचना हाे र न त लेखक महाेदयकाे वैयक्तिक विवरण (Bio-data), केवल लेखककाे विचारमाथि अलिकति विवेचना हाे । हाे लेखकले छेउ-टुप्पाे भेउ पाउनलाई भने अति आवश्यक जानकारी दिईएकाे हाे ।

वर्तमान पुस्तक “संस्कृति चिन्तन” मा नाम अनुसार नै नेपाल-भारतका सनातन हिंदू तथा बाैद्ध देवी-देवताहरू, मन्दिर आदिकाे, चित्र, मूर्ती, आख्यान आदिबारे विभिन्न शीर्षकका निबन्धमा समेटिएकाे समष्टिगत जानकारी छ तर पनि एउटा सचेत पाठकले पुस्तकभित्र पस्दै जाँदा भने त्रिविमा सन् १९८९/०९९ तिर भर्खर शिक्षक भएर तथा कमलप्रकाश मल्ल, श्रीधर लाेहनी र अभि सुवेदीजस्ता सरहरूकाे विद्यार्थीसँगै प्राध्यापनमा समकालीन बन्न पुगेका र लामाे समय एशियन स्टडीज, कल्चरल स्टडीज तथा विभिन्न सिद्धान्तहरू प्राध्यापन गर्नुभएका लेखक गुप्ताे थाहै नपाईकन आफ्नै स्वभाव विपरीत धर्मलाई संस्कृतिसँग व्याख्या गर्दा हाल स्थापित धर्मकाे परिभाषालाई नेपाल-भारतमा राजनीतिज्ञहरूले जाेड्दा त्याे आफूलाई मन नपरेकाे भनी घुमाउराे प्रतिरक्षा गरेका छन् अर्थात्, राजनीतिसँग जाेडिन पुगेका छन् ।
सामान्य रूपमा लेखक अरूण गुप्ताे भने विश्वविद्यालयमा सज्जन, अध्ययनशील, ज्ञाता, विज्ञ, अंग्रेजी विभागमा सन् १९८९/९९ तिर साहित्य अध्ययनमा अब नन्वेस्टर्न, पाेष्टस्ट्रक्चरल थ्याेरी, पाेस्टकाेलाेनियल थ्याेरी, इन्टरआर्ट स्टडीज्, मिडिया स्टडीज्, कल्चरल स्टडीज्, क्रिएटिभ राईटिङ्ग, हिस्ट्री अफ् माेडर्न आइडियाज् र रेटाेरिक जस्ता थप नयाँ वस्तुहरू त्रिविकाे पाठ्यवस्तुमा कमलप्रकाश मल्लले नसेमेट्ने तथा श्रीधर लाेहनी र अभि सुवेदीहरूले समेट्ने पक्षधरबीच समेट्नुपर्ने अर्थात् परिवर्तनलाई आत्मसात्त गर्ने व्यक्ति हुन् ।
आईएसरमा प्राध्यापनबेला गुप्ताे सन् १९४२ मा जन्मिएकी, युनिभर्सिटी अफ् कलकत्ताबाट ग्याजुएसन गरि सम्पति धिताे राखेर कर्नेल युनिवर्सिटी पढेकी, काेलम्बिया विश्वविद्यालयका भारतीय प्राध्यापक, वामपन्थी चिन्तक तथा “क्यान द सबाल्टर्न स्पिक ?” भन्ने लेख तथा ज्याक्स डेरिडाकाे “अफ् ग्रामेटाेलाेजी”काे अनुवादक गायत्री चक्रवर्ती स्पिभाकलाई आमन्त्रण गरेका थिए र उनकाे विचारले गुप्ताेमाथि प्रभाव पारेकाे कुरा याे पुस्तक “संस्कृति चिन्तन” पढ्दा अनुभव गर्न सकिन्छ तर गुप्ताे भने पुस्तकभरी आफ्नाे एकेडेमिक छाप भने छाेड्न सफल छन् ।
गुप्ताेका लागि धर्म र संस्कृति
“संस्कृति चिन्तन” नै यस पुस्तककाे नाम रहेकाेले यसमा समुदायगत रूपमा, नेपाल-भारत देशगत, शहर-गाउँ, काठमाडाैं-माेफसल, आर्थिक हैसियत आदि अनुसार छाेटकरीमै भएपनि युवाहरूका साेच, विश्वविद्यालय प्रवेशकाे उनिहरूकाे उद्देश्य, नेपाली युवाकाे विश्व युवाकाे तुलनामा सहनशीलता, क्षमता, उद्यमीपना, हिन्दू-बाैद्ध धर्ममा प्राय: विभिन्न मूर्ती, मन्दिर, चित्रहरूका अर्थ, देवी-देवताका आकृतिहरूमा पाईने विराेधाभास, सुन्दर मन्दिर बनाउने कालीगढले भित्र मूर्ती नबनाएर एउटा ढुङ्गा राख्नुकाे काैतुहलता, विचित्रता, भव्यता लगायत मनमाेहक संस्कृतिकाे काठमाडाैंदेखि भारत, श्रीलंका आदि ठाउँसम्म अध्ययन गरेकाे पाईन्छ ।
गुप्ताे उदाहरण दिन्छन् कि काठमाडाैंकाे बज्रयाेगिनीकाे मूर्ती डरलाग्दाे छ तर उनी करूणाका पनि देवी हुन् (पृष्ठ १०१), महाकालकाे विकराल रूप छ तर हाथ भने मुटुमाथि हुन्छ । अर्थात्, तन्त्र परम्पराकाे अध्ययनले यस्ता विकरालमा साैन्दर्य र साैन्दर्यमा विकराल जस्ताे सम्मिश्रण र विकरालता बुझ्न सकिन्छ (पृष्ठ १०२) । एऊटा विद्वत मान्छेले लेखेकाे पुस्तकमा उच्चकाेटीकाे कुरा त पढ्ने पारखीका लागि गुप्ताेकाे यस पुस्तकमा त छँदैछ साथै उनले पनि यस तथ्यलाई स्विकार्न पुगेका छन् कि देशमा तपाईं राजनीतिलाई भलै मन पराउनुस् वा नपराउनुस् तर त्याे देशका धर्म, संस्कृति आदिलाई प्रभाव पारेकै हुन्छ ।
मीथक, नायक, खलनायक पात्रहरूकाे गुप्ताेले भने पाश्चात्य साहित्य विलियम शेक्सपियरकाे “ओथेलाे” नाटककाे इआगाे खलनायककाे तुलना पारिजात (सन् १९५० मा दार्जिलिङबाट नेपाल आएकी शारीरिक विकलांगता विष्णुकुमारी वाईवा) काे पुस्तक “शिरिषकाे फूल” काे खलनायक मृत्यु-दूत सुयाेगवीर तथा भारतीय लेखक रबिन्द्रनाथ टैगाेरकाे “चाेखेर बाली” कीन्ह अपमानित महिला प्रतिशाेध लिईरहेकी विनाेदिनीहरूसँग गरेका छन् (पृष्ठ ८० र अन्यमा) । उनले एशियाका खलनायकले धर्मलाई ठूलाे हतियार बनाएका छन् उल्लेख गर्छन् (पृष्ठ ७९) ।
गुप्ताे लेख्छन् कि चाणक्य हाेस् वा साेक्रेट्स् तर कथा भनेर आफ्ना विचार प्रस्ट्याउने विद्वानहरूकाे तरिका हाे (पृष्ठ ३४) । त्यहिं उनले बडाे विचारनीय कुराे उल्लेख गर्छन्, “पुरान-वेद र उपनिषद्काे फरक नै के हाे भने उपनिषद्मा सैद्धान्तिक रूपमा जे भनिएकाे छ, कथाकाे सहायतामा पुराणमा त्यहि भनिएकाे छ ।” याे नै उपनिषद र पुराणमा फरकपनि हाे । संसारभरी हाल प्रचलनमा रहेका नागरिकता (citizenship) बारे रूथ लिस्टरकाे पुस्तक “सिटिजनशिप एण्ड फेमिनिस्ट प्रस्पेक्टिभ” अनुसार “नागरिकता जेन्डर न्यूट्रल हाेईन, जेन्डर सेन्सिटिभ हुनुपर्छ”, ईन्भायरन्मेन्टल सिटिजेनशिप जस्ताे पश्चिमी तथा दक्षीण एशियाकाे सांस्कृतिक व्यवहार “नागरिकता भनेकाे कागजमा ताेकिएकाे नम्बर नभई दिगाे विकासकाे लागि व्यक्तिले समाजमा कसरी व्यवहार गर्ने र उत्तरदायित्व निर्वाह गर्ने”, ईकाेनाेमिक सिटिजेनशिप अर्थात्, महिलाकाे निर्भरता पुरूषबाट स्वतन्त्र गर्नुपर्छ तथा कल्चरल सिटिजनशिप अर्थात्, भेषभूषा, सम्पदा, रीतिरिवाजमा जाेड दिई विभिन्नता हाेईन अपितु विविधतालाई स्विकार्नुपर्छ (पृष्ठ ५७-५८) गरि वृहत्त जानकारी गराउँदै अब भूमण्डलीकरण र उदारवादले नागरिकताकाे धारणालाई फराकिलाे बनाउँदै लगेकाे बताउँछन् ।
हराएका गुप्ताे भूलवश राजनीतिक विचार प्रकट
“संस्कृति चिन्तन” पुस्तककाे प्रारम्भमै अभि सुवेदीले “विचार र भावनाका सिम्फाेनी” शीर्षकमा पुस्तक र लेखक अरूण गुप्ताेबारे पृष्ठ १३ मा उल्लेख गर्छन् कि पाकिस्तानी जनताकाे दु:ख र उपलब्धिबारे दक्षिण भारतप्रति लक्षित गर्दै एशियामा रहेकाे मिडिया र हेजेमाेनीले गर्दा धेरै चर्चा हुँदैन भन्दै “असहिष्णु मिडियाकाे विपक्ष” निबन्धमा राष्ट्रियताकाे औसत टिप्पणीकाे आलाेचना गर्दै अन्तर्राष्ट्रिय समाजमा भारतकाे हाँस्यास्पद चरित्र देखिएकाे भन्दै उनिहरूले ग्लाेबल नागरिककाे अवधारणा, दाेहोराे नागरिककाे वैचारिक दृष्टिकाेण, सांस्कृतिक राष्ट्रवादबारे प्रस्ट हुन नसकेकाे लेख्छन् ।
मेराे विचारमा भने याे अलि भारतप्रति अनावश्यक एकतर्फी टिप्पणि हाे किनकि भारतबारे, उसका समस्याहरूबारे विस्तृत अध्ययन नै नगरी अर्काे उसकाे काउन्टर देशकाे एकतर्फी कुरा सुनेर तथा भारतका कम्युनिस्ट लेखिका वा विचारधाराका केही कम्युनिस्ट जाे “राष्ट्र र राष्ट्रवाद” लाई मान्दैनन्, उनिहरूकाे संगतले नचाहेरपनि लेख्न पुगेका छन् किनकि उनले भारतमाथि लगाएका आराेपहरू नै सत्य हाेईनन् ! पृष्ठ ७८ मा गुप्ताे यस पुस्तक “संस्कृति चिन्तन”मा लेख्छन् कि समकालीन समय राजनीतिक खलनायकहरूकाे हाे, जसले आफ्नाे हिंसा, घृणा र द्वेषले भरिएकाे … दक्षिण एशियामा यस्ता खलनायकले “धर्म”लाई ठूलाे हतियार बनाएका छन् ।
याे प्रस्ट संकेत उनले भारत र त्यहाँकाे बीजेपीकाे नरेन्द्र माेदी सरकारलाई गरेकाे देखिन्छ अर्थात्, गुप्ताे धर्मनिरपेक्षकाे पक्षधर हुन् तर राजनीतिसँग अनपेक्षितरूपमा, उनले नकारेपनि, जाेडिन पुगेका छन्, जुन नहुनु पर्थ्याे !
उपसंहार
लेखक अरूण गुप्ताेले उल्लेख गरेकै विचार यस लेखकाे पनि विद्वत् हिसाबले सारांश बनाउँदा शायद उपयुक्त हाेला । उनले विचार व्यक्त गरेका छन् कि मानिसलाई रैतीबाट नागरिक बनाउन विश्वविद्यालयकाे महत्वपूर्ण भूमिका हुन्छ किनकि विश्वविद्यालय प्रश्न गर्ने ठाउँ हाे । संसारमा सरकारहरूले विश्वविद्यालयमा पनि मानविकी संकायलाई कम बजेट दिन्छ किनकि मानविकीले प्रश्न र तर्क गर्ने नागरिक उत्पादन गर्छ, राज्यप्रति आलाेचनात्मक हुन सिकाउँछ र गल्ति औंल्याईदिन्छ (पृष्ठ ६१) ।
लेखकले राष्ट्रवाद र प्रचलित धर्मप्रति सचेत हुनलाई राम्राे मानेका छैनन्, विभिन्न गलत विशेषण दिन पुगेका छन्, यस्ता नेताहरूलाई भारत-नेपाल जहाँपनि विराेध गरेकाले भन्न सकिन्छ कि “संस्कृति चिन्तन” मा कार्ल मार्क्सकाे चर्चा विद्वतरूपमा गरिएकाे भएपनि मार्क्स, गायत्री चक्रवर्ती स्पिभाक तथा भारतमा सत्तारूढ भारतीय जनता पार्टीकाे विरूद्ध भारतीय नेश्नल कंग्रेसहरू सम्मिलित हाल बनेकाे कम्युनिस्ट तथा अधिकांश सनातनधर्म विराेधीहरूकाे I. N. D. I. A. गठबन्धनकाे विचार नजिक जान पुगेका छन् जसमा धर्मलाई राजनीतिमा भ्यालु नदिन भन्दाभन्दै पनि उनले आखिरमा बीजेपीकाे विचारधारा विरूद्धकै नाम नलिएर भएपनि अरू राजनैतिक विचार र धार्मिक समूहलाई मद्दत गर्न पुगेका छन् ।
(लेखक पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक हुन्)
Comments

