नेपाली अन्तर समाज र संस्कृतिमा महिला

दीपा थाेकर

नेपाली समाज चाडपर्व, भेषभूषा, खानपीन, भाैगाेलीक बनावट, आर्थिक हैसियत र खासगरी शारीरिक रूपरङ्ग बनावट अनुसार विविध समाज र संस्कृतिमा वर्गीकृत छ । यस लेखमा भने कम्तिमा भाैगाेलिक बनावट र शारीरिक तथा भाषिक आधारमा नेपालभित्र पनि एक समुदायकाे महिला अर्काे समुदायमा कार्य विशेषले वा जन्मेरपनि बस्नुपर्दा के-कस्ता राम्रा सुखद र नमीठाे अनुभव गर्नुपर्छ, त्यसबारे छाेटकरीमा चर्चा गरिएकाे छ ।

नेपाल मधेश, पहाड तथा उपत्यका र हिमाल गरी तीन भागमा विभाजित छ जहाँका हावापानी र उब्जाऊ जमीन अनुसार उनीहरूका पहिरन, खाद्यवस्तु, बाेलिने मातृभाषा, शिक्षा-स्वास्थ्य-विकासकाे स्त्तर तथा रफ्तार सबै फरक छन् । यी कारणले गर्दा कुनै एक क्षेत्र वा समुदायमा नेपालकै अर्काे क्षेत्र वा समुदायकाे महिलाले बस्दा उनले अनुभव फरक पर्छ । कुनैपनि घर/परिवारकाे जग महिलाकाे भूमीकामा रहेकाे हुनाले उनकाे सुरक्षा प्रथम हुन जान्छ नत्र परिवार पलायन हुन्छ तसर्थ, नयाँ ठाउँमा महिलाकाे अन्तरघुलन स्वभाविक हुनु अनिवार्य रहेकाेले याे लेख यस विन्दूमा बढी केन्द्रित छ ।

मिश्रित संस्कृति

एउटा क्षेत्र वा समुदायकाे महिलाले अर्काे क्षेत्र वा समुदायमा बस्दा उनले नयाँ परिवेशमा पहिला आफूले पहिला घुलमिल (adapt) हुनुपर्छ । याे मनले सजिलाे मान्याे भने संसार एउटै मानव वस्ति हाे बुझेर सबैलाई सामान्य लिई तत्काल घुलमिल हुने हाे भने मनमा अवसरकाे ठाउँमा चुनाैती ठानिदियाे भने हरेक परिस्थिति गाह्राे हुन जान्छ । क्रिस्टिना ब्राउन (Christine Brown) र सुसन हूड (Susan Hood) का पुस्तक एकेडेमिक ईन्काउन्टर्स (Academic Encounters), क्यम्ब्रिज युनिवर्सिटि प्रेसकाे अध्याय सांस्कृतिक परिवर्तन (Cultural Change), पृष्ठ १९३-१९५ सम्म संस्कृति (culture) भनेकाे कुनै निश्चित मानिसहरूकाे समूहकाे ईशारा, अर्थहरू तथा दुनियाँ देख्ने तरिकाहरूलाई जनाउँछ ।

अर्थात्, मानिसकाे जन्मदेखि मृत्युसम्म गरिने हरेक चाडपर्व, लगाउने लुगा, बाेलिने भाषा, साेच्ने तरिका, खानपिन आदि नै ऊ र उसकाे समाजकाे संस्कृति हाे । यसरी जहाँ वस्तु, लुगा, भवन, हतियार तथा कलाका वस्तुहरू भाैतिक संस्कृति (Material culture) बनाउँछन् भने त्यही समाजका सामाजिक मान्यता र मूल्य (norms and values), भेषभूषा (customs), व्यवहार, साेच (beliefs), ध्येय (attitudes), ज्ञान (knowledge) र भाषा (language) आदि अभाैतिक संस्कृति (Non-material culture) बनाउँछन् । ब्राउन र हूडका अनुसार एउटा संस्कृति समयकाे अन्तरालमा परिवर्तन हुन्छ जसकाे बदलावकाे कारणहरू विज्ञान तथा प्रविधिमा विकास तथा एक-अर्काकाे सम्पर्कमा जाँदा बद्लिन पुग्छ ।

उदाहरणकाे लागि काठमाडाैंमा आजभाेली मधेशी समुदायले मनाउने प्रकृत्ति शुद्धताकाे प्रतीक छईठ (छठ) पर्व अब गैह्रमधेशीले पनि मनाउन थालेका छन् भने मधेशमा श्रीमानकाे दीर्घायू र परिवारकाे सुखसमृद्धिकाे लागि जात अनुसार करवाचाैथ, जीतिया तथा घडी पर्व फरकरूपमा मनाईरहँदा अब उपत्यका र पहाडतिरकाे तीज पनि मनाउन थालिएकाे छ ।

फरक पहिचान

नव समाज र संस्कृतिमा पुग्दा स्वभाविकरूपले आफू हुर्केकाे समाज र संस्कृति नाैलाे हुन पुग्छ । याे नाैलाेपन सबैकाे अवसरकाे रूपमा लिईनु पर्छ । जस्तै, काठमाडाैं र पहाडमा विवाह र चाडपर्व तथा लुगा पहिरण कसरी मनान्छ र लगान्छ भने मधेशमा कसरी, ती सबै फरक हुन्छन् । जहाँ काठमाडाैं र पहाडतिर दशैंमा, मानाैं, मासु खानेहरू जुन दिनपनि खान्छन् भने मधेशमा तीक्ष्ण व्रत प्राय: ले बस्ने भने बली दिईने दिनदेखि बल्ल भाकल भएकाे परिवारमा मात्र पशु बली दिइन्छ भने काठमाडाैं र पहाडतिर दशैंमा ऋण काढेर भएपनि मासु खानैपर्ने साेच राख्दा मधेशमा भने त्याे हाेली (फागु) पर्वमा रहेकाे देखिन्छ । यद्दपी याे लेख कुनैपनि किसिमकाे हिंसालाई समर्थन गर्दैन, केवल चलिरहेकाे अभ्यासलाई उदाहरणकाे रूपमा उल्लेख गर्छ ।

त्यस्तै, मार्भिन ह्यारिसकाे ‘आक्रामक असभ्य पुरूष, The Savage Male’ भन्ने निबन्धमा अमेरीका/भेनेजुएलाकाे बाेर्डरमा बस्ने करीब दस हजार आदिवासी यानाेमामाे (Yanomamo) बारे लेख्छन् कि त्यस समाजमा काेहि श्रीमतीलाई उनकाे श्रीमानले माया गरेकाे भनेकै कति बढी उनलाई कुटपिट र हिंसा गरेर घाउ लगाइने हाे ! जबकि शहरतिर र पढेलेखेकाे समाजमा कुनैपनि हिंसा वा मारपिट महिलालाई नगरि निर्णय प्रक्रियामा समावेश गराउनुलाई श्रीमानले माया गरेकाे ठानिन्छ । नेपालमा भने मधेश वा पहाड-उपत्यका जहाँपनि परिवारकाे आर्थिक सम्पन्नता, व्यक्तिगत चालचलन र साक्षरतामा बढी कुनै परिवारकाे सभ्यता जाँचिन्छ ।

प्राय: पढेलेखेकाे सभ्य परिवारमा मधेशमा महिलालाई आदर गरिन्छ भने संस्कारित घरानामा धर्मसंस्कृतिले सम्पन्न घरमा नाबालिग छाेरीलाई त झन् साक्षात दुर्गा वा लक्ष्मी देवीकाे प्रतिमूर्तीकाे रूपमा लिईन्छ । पहाड र उपत्यकातिर नेपालमा भने जात र समुदाय अनुसार कुनै समाजमा महिला, छाेरी-चेलीलाई ढाेग्नेसम्म पनि देखिन्छ तर मधेश वा पहाड जहाँपनि कुनै कुनै परिवारमा मारपीट, गालीग्लाैज, बलात्कार, हेप्ने, धम्काउने, उनीप्रति जहिलेपनि चारित्रिक शंका गर्ने जस्ता अमानवीय व्यवहारहरू हुन्छन् ।

यस्ताे खासगरी आर्थिक विपन्नता, धार्मिक रूपले सुसंस्कृत तथा अनपढ परिवारमा बढी देखिन्छ भने कुनै ठाउँमा यी सबै भएर पनि व्यक्तित्व विकास काेहि पुरूष वा महिलामा नभएर हुने हुन्छ ।

संघीय लाेकतान्त्रिक गणतन्त्रकाे उच्चतम विन्दू

भारतीय नाेबेल पुरस्कार विजेता कवि रबिन्द्रनाथ टेगाेर (Rabindranath Tagore) ले आफ्नाे कविता ‘Where the Mind is Without Fear’ मा भन्छन् कि मेराे पिता (भगवान) मेराे देशलाई यस्ताे बनाईदिनुस् जहाँ कसैले विना भयत्रास सबैकाे टाउकाे सीधा रहाेस्, समाज साँघुराे घेरामा विभाजीत नरहाेस्, जहाँ सत्यताकाे गहिराईबाट शब्द निस्काेस्, जहाँ नथाकिकन मान्छेकाे हाथ पूर्णतामा परिणत हाेस् र जहाँ कसैकाे दिमाग सदा नव क्षितिजतर्फ साेचाेस् र कर्महरूलाई प्ररित गराेस् ।

टैगाेरले याे कविता पाकिस्तान देश भारतबाट नछुट्टिनु अघि लेखेका थिए जसकाे आत्मसात्त कार्य सबै जात, धर्मका मान्छेले बेलैमा गरिदिएका भए आज एक भारत रहने थियाे । यद्यपि दुनियाँका देशहरूले भने यहि अनुसार समाजलाई डाेर्याउन र मानवबीच विविधतालाई न्यूनपार्न काेशिस गरिरहेका छन् भलै ऊसकाे देशकाे कविले यस्ताे कविता त्यहिंकाे भाषामा छुट्टै किन नलेखेका हाेऊन् !

फरक समाजमा अर्काे समुदायकाे महिलाले जीवनयापन सन्ताेषजनकरूपमा गर्नु भनेकाे देशकाे समुदायहरूबीच राम्राे सुमधुर सम्बन्ध रहेकाे मानककाे रूपमा लिन सकिन्छ । नेपालकाे संघीय लाेकतान्त्रिक गणतन्त्रकाे संविधानकाे मूल मर्मपनि यहि अन्तरघुलन हाे । अर्थात्, मानाैं पहाड वा हिमालकाे महिलाले मधेशमा वा मधेशकाे महिलाले नेपालकाे मधेशबाहिरकाे समाजमा जात, धर्म र समुदायगतरूपमा पनि आफ्नाे स्वभाविक भाषा बाेल्ने, चाडपर्व विना कुनै कसैकाे बिथाेलिने भयत्रास मनाउने, सत्य कुरा बाेल्न/लेख्न पाउने, आफ्नाे पहिरन लगाउन पाउने आदि हुन् । यदि यस्ताे हुन सकेन भने देशकाे लाेकतन्त्र वा सामाजिक कानून र सुरक्षा व्यवस्थामा राेग लागेकाे ठहरिनेछ ।

अपमान तथा भय

फरक समुदायमा बस्दा भने कहिलेकाहिँ कुनै परिवार तथा खासगरी महिलाले सामाजिक असुरक्षा महशूस गरिरहेका हुन्छन् । जस्तै, मधेशमा पहाडीमूलका र उपत्यका तथा पहाडमा मधेशीमूलका महिलाहरूले समाज अशान्त भएकाे तथा शान्ति र कानूनी सुरक्षा मजबूत नभएकाे अवस्थामा असामाजिक तत्वहरूबाट कतिखेर जिस्क्याइने, अश्लिलता प्रकट हुने, कम्युनली हेपिने जस्ता घट्नाबाट त्रसित रहन्छन् ।

चाहे मधेशमा गैह्रमधेशी महिलाकाे शारीरिक रंगलाई कसैले घुरेर हेरून् वा चाहे पहाड र उपत्यकातिर काेहि बिग्रेका घरधनीले वा सार्वजनीक सवारीमा काेहि बिग्रेकाले उनकाे डरकाे फाईदालिई याैनजन्य दुर्व्यवहार गरून्, तर असामाजिक तत्व त्रेतायुगमा रावणदेखि आजसम्म रहेकाले सबै ठाउँमा यस्ता अप्रिय दुर्घटनाहरू भईरहेका हुन्छन् जसकाे न्यूनीकरण वा निराकरण देशकाे असल शिक्षा र राम्राे प्रहरी प्रशासनकाे दक्षताले मात्र गर्न सक्छन् ।

अन्त्यमा

हरेक समाजमा रहेकाे संस्कृतिका सबै कुरा प्रशंसनीय नै हुँदैनन् अर्थात्, कुनै निश्चित संस्कृतिकाे कुनै अवयव (constituent) राम्राे हुन्छ भने अर्काे कुनै अवयव अलि कमसल हुन्छ । यस्ताेमा बर्ट्रान्ड रस्सेल (Bertrand Russel) काे निबन्ध “गल्तिबाट जाेगिने, Keeping Errors At Bay” काे एउटा बुँदा अनुसार हामीले जीवनमा व्यापक अर्काे समाजकाे अध्ययन र भ्रमण यात्रामार्फत् गर्नुपर्छ किनकि यसले गर्दा हाम्राे साेच्ने, आफ्नाे समाज र संस्कृतिसँग तुलना गर्ने प्रचुर अवसर प्राप्त हुन्छ अनि आफ्नाे संस्कृतिका असल प्रयाेगहरूलाई निरन्तरता दिंदै आफ्नामा भएका कमजाेरीलाई रूढीवादीपन त्यागेर अर्काकाे संस्कृतिमा त्याे मामिलामा भएकाे राम्राेलाई सहर्ष स्वीकारेर आफूसहित समाजमा पनि परिवर्तन ल्याउन काेशिस गर्ने हाे ।

जात र समुदायपिच्छे महिलालाई सम्मानकाे डिग्री कम वा बढी हुन सक्छ त्यस्तै साक्षरता र आर्थिक सम्पन्नता र धार्मिक सुसंस्कृत कति छन् कुनै परिवारकाे सदस्य, त्यसमा पनि महिलाकाे कदर कम/बढी हुने कुरा भरपर्छ । तर समग्रमा के बुझ्नुपर्छ भने महिला छ भने कुनै घरकाे अस्तित्व हाे, घरमा राैनक, चहलपहल, छिमेक, कुटुम्बकाे आवागमन आदि हुन्छ नत्र सबै ठप्प हुन्छ ।

अर्काे कुरा, जस्ताे आफ्नाे घरकाे महिलाकाे सम्मान र स्वाभिमान उच्च प्राथमिकतामा पर्छ, त्यस्तै अरूकाे घरकाे पनि पर्छ । हामीले के बुझ्नुपर्छ भने धार्मिक ग्रन्थमै पनि सीताकाे त्रेतायुगमा रावणले अपमान गर्दा “रामायण”मा राम-रावण युद्ध भई रावण बध भए भने द्वापरयुगमा द्राैपदीकाे अपमान काैरवद्वारा हुँदा तथा पाण्डवद्वारा रक्षा हुन नपुग्दा “महाभारत” युद्ध भई मानव महासंहार भयाे । त्यस्तै, काेही केटाले अरू केटीलाई जिस्काउँदा वा दु:ख दिंदा एकचाेटी के साेच्नुपर्छ भने यस प्रकृतिमा जस्तालाई त्यस्तै (Tit for tat) कडारूपमा लागू हुन्छ अर्थात्, आज मैंले अरूकी छाेरी, बहिनी, चेलीकाे स्वाभिमानसँग खेल्दा मेरी आफ्नी दिदी, बहिनी र भाेली पत्नि तथा छाेरीपनि असुरक्षित हुनेछन् किनकि समाजले आफ्नाे विगत उनिहरूलाई बताई दिनेछन् वा बदला लिनेछन् ।

तसर्थ, हरेक हालातमा महिलालाई सम्मान गर्नुपर्छ, उनीसँग नम्र भई बाेल्नुपर्छ र सकेकाे सहयाेग गर्नुपर्छ । अझ, विधवा, कमजाेर, आर्थिकरूपले विपन्न, विरामी महिलाकाे विशेष सहयाेग गर्नुपर्छ ।

(लेखक सामाजिक अभियन्ता हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • ‘बोक्सीको घर’मा कलझगडा !

    काठमाडौं ।कलाकार केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले बम्बर ब्यापारको साथमा ५१ दिन मनाएसँगै निर्देशक र...