डेटिङ: बेथिति र निराकरण

वन्दना पोख्रेल भण्डारी

एउटा उमेरमा आएर माया प्रेम गाँस्नु अहिलेको फेसन नै भएको छ। प्रेम सम्बन्धमा रहेको बेला घर, अभिभावक गाउँ समाज छल्दै भेटघाट गर्नु कुनै नौलो कुरा पनि हैन तर यो प्रक्रिया अचेल बदलिएको देखियो जसलाई ‘डेटिङ’ भन्न थालिएको छ।

डेटिङ बहानामा अहिले नाबालक नाबालिक देखि बिबाहित पुरुष महिला आफ्ना चाहना बैशको भोक मेटाउन लिप्त भएर लागिपरेको घटनाहरुले देखाउछ। अहिले जुन किसिमका घटनाहरु सतहमा देखिन थालेका छन् त्यसले के देखाउँछ भने नाबालिगहरु अरुको प्रभाव वा ललाइफकाइमा परेर आफूलाई दाउमा लगाइरहेका छन् । १६–१७ वर्षका किशोरीमाथि यौनजन्य कृत्य भइरहेका छन। भावनात्मक खेलबाड भइरहेका छन। अनिच्छित गर्भधारण, गर्भपतन, जबरजस्ती करणी, हत्या, आत्महत्या यसैका नतिजा हुन।

डेटिङका सन्दर्भमा विश्वका कति मुलुकले निश्चित सीमा र सर्तहरु राखेका छन, खासगरी डेटिङ बहानामा हुनसक्ने सम्भावित यौन दुर्व्यवहार, बलात्कार वा अपराधहरुबाट जोगिन तर हाम्रो कानुनमा यस्तो निश्चित प्रावधान छैन। जबकि सन् १९८९ मा संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धि ‘सीआरसी’मा नेपाल पनि एउटा पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको तथ्य भेटिन्छ जुन ‘सीआरसी’ मा १८ वर्ष भन्दा कम उमेरकालाई ‘बालबालिका’ भनिएको छ ।

अतः बालबालिकाहरु शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक रूपमा परिपक्व नभएको हुनाले अभिभावक, समाज र राज्यले पनि उनीहरु लाई डेटिङ र यी जस्ता क्रियाकलाप बाट टाढा रहन अभिप्रेरित गर्नु जरुरी छ र अनैतिक सम्बन्धलाई मुर्तरुप दिन पुरुष महिला बाट डेटिङ को सहारा लिने जुन गलत प्रचलन चलेको छ यसले समाजलाइ कदापी सहि दिशा तर्फ लैजाँदैन ।

डेटिङ बारे नियम कानुन हावी भयो भने सायद धेरै प्रकारका बेतिथी र जघन्य अपराध नियन्त्रणमा आउन सक्छ। झट्ट सुन्दा धेरैका लागि यो हाँसोको विषय हुनसक्छ, कतिका लागि मामुली पनि । तर डेटिङकै बहानामा भइरहेका कतिपय यौनजन्य कृत्यले समाजलाई अहिले नराम्ररी बिथोल्दैछ । त्यसैले यसमा सर्तकता जरुरी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • पूर्वराजा ज्ञानेन्द्रसँगको भेट…

    म बाहिरबाट आएर घरको भर्‍याङ चढ्दै थिएँ, टेलिफोनको घण्टी सुनियो । कोठाभित्र पसेर टेलिफोन उठाएँ । त्यस बेलाका त्रिभुवन विश्वविद्यालयका...