नारीवादमा आधुनिकता

दीपा थाेकर 

आधुनिकता र यस कालमा आएका विचारहरूलाई जाेड्दा बन्ने वाद आधुनिकतावाद (Modernism) बारे विश्वप्रख्यात दुईटा पुस्तक सराेकारवालाले सधैं पल्टाउनेमा अक्स्फाेर्ड डिक्शनरीले र तथा एम्. एच्. अब्राम्स (M. H. Abrams) काे साहित्यिक शब्दहरूकाे संगालाे (A Glossary of Literary Terms), तेस्राे संस्करण (3rd edition), ले सन् १९१४ काे प्रथम विश्वयुद्ध (World War I) पछिकाे समयलाई लिन्छ जसमा परम्परागत साेच, लेखन, तरिका आदिलाई नयाँ ढंग र तरिका (way or style) ले गर्ने भन्ने जनाउँछ । कला (arts), साहित्य (literature), निर्माण शैली  (architecture) लगायत विभिन्न क्षेत्रमा साेच र युग सुहाउँदाे माथि उल्लेख भए झैं काम वा सिर्जना गर्ने हाे ।

नारीवादमा आधुनिकता अब के बुझ्न सकिन्छ भने नारीका साहित्य, संस्कृति, पहिरन, साेच्ने तरिका, पहिरण, साेच्ने विषयवस्तु (धारणा) आदि जस्ता कुरा एक निश्चित कालखण्डपछि देश र दुनियाँमा व्यापार, वाणिज्य, विज्ञान, प्रविधि, जीवन बित्ने लय/गति आदि क्षेत्रहरूमा आऊने क्रमबद्ध परिवर्तनसँगै महिलाकाे नयाँ नयाँ आवश्यक जरूरत अनुसार युग सुहाउँदाे ढंगले नयाँ तरिका साहित्य, कार्यालय, संस्कृति जस्ता विविध पाटाेमा नारी हकहीतलाई ध्यानमा राखेर साेच्ने ताकि परिवर्तित वातावरणमा फिट हुन सकाेस् र काेहि महिलाकै प्रतिस्पर्धामा अरू महिला पछि पर्न नसकुन् भने ज्याक्स डेरिडा (Jacques Derrida) काे विनिर्माण सिद्धान्त (Deconstruction theory) अनुसारकाे महिलाकाे प्रतिस्पर्धी वा काउन्टरपार्ट वा बाईनरी अपाेजिसन (rival or, counter part or binary opposition) पुरूषले उनलाई कुनै क्षेत्रमा उछिन्न नसकाेस् । अर्थात्, महिला र पुरूष दुईटैकाे ज्ञान, साहित्य, कला, सिर्जना, निर्माण आदि कुरा विज्ञान तथा प्रविधि, विकास, वाणिज्य, सीप लगायतका सबै क्षेत्रकाे विकासमा मेल खाँदै (adapt) हुँदै प्रतिस्पर्धात्मक ढंगले सँगसँगै विकास भई जीवनस्त्तर सुध्रिएकाे देखियाेस् ।

अवश्यपनि, नारीवादमा आधुनिकतावादकाे चश्माले हेर्ने हाे भने अब महिला बच्चामात्र पाउने मेशिन हाे, घरकाे काम मात्र सम्भाल्ने जिम्मा (insider) हाे, पुरूषभन्दा शरीर महिलाकाे कमजाेर हाे, आदर्श नारी (ideal or good or modest woman) ले श्रीमान्, बुवा, छाेरा कसैकाे जवाफ फर्काउँदैनन्, घुम्टाे लगाएर हिंड्ने लगायत यस्ता सयकडाैं कुराबाट माथि उठेर साेच्ने र गर्ने हाे बुझिन्छ । आधुनिकतावाद (modernism) का साहित्यमा भने थप के समानता पढ्न पाईन्छ भने कि त्यसले एऊटा सभ्यता, सत्यता, जीवन जीऊने अनुकरणीय पद्धति, बाेलेकाे गर्ने, गरेकाे कामकाे जिम्मा लिने उत्तरदायित्व देखाउने, आशावादी बन्ने, राम्राे साेच्ने, मानवताकाे बचाउ गर्ने आदि कुराहरू हुन्छन् ।

अचेल नेपालका महिलाकाे घरपरिवार हेरचाह गर्ने तरिका, आर्थिक गतिविधिका क्षमता, पहिरन, नयाँ-नयाँ टेक्निकल सामान माेबाईल ग्याजेट्स, ल्यापटप, गाडी हाँक्ने वा स्वामित्वमा राखेर चलाउन सकिने ज्ञान र सीप, श्रृंगारका सामान प्रयाेग आदिलाई ध्यानमा राखेर यस परिच्छेदमा सन्दर्भ जाेड्न खाेजिएकाे हाे । यी आधारलाई हेर्ने हाे भने विश्वमै पूर्वीय भेषभूषा, भाषा संस्कृति, पहिरन शैली तथा पश्चिमि शैलीहरू गरि वृहत्तमा दुई थरीका गाेलार्द्ध अनुसार महिलालाई विभाजन गर्न पाईयाे । अब यी गाेलार्द्धहरू पूर्वीय (नेपाल, भारत, श्रीलंका आदि एशियाई देशहरू) र पश्चिमि (सात समुद्रपारीका युराेप तथा अमेरीकि देशहरू) मा पनि आर्थिक आधारमा अब कुन परिवार वा व्यक्तिकाे कस्ताे हैसियत हाे, त्याे हेर्दा पनि अवश्य फरक पार्ने नै छन् ।

जस्तै, अमेरीकामै लाेईस टाईसन (Lois Tyson) ले आफ्नाे पुस्तक क्रिटिकल थ्याेरी टुडे (critical theory today) काे मार्क्सवादी चिन्तन (Marxist criticism) अध्याय, पृष्ठ ५६ मा पाँच प्रकारका आर्थिकरूपले फरक-फरक परिवार छन् । टाईसनका अनुसार (क) वर्गहीन (Underclass/Homeless) जसकाे घर छैन, अभावै अभाव छ तथा जीवन आर्थिकरूपले सुध्रेला भन्ने आशासमेत छैन, (ख) निम्नवर्ग (Lower class/The Poor) जससँग अाैपचारिक सिमित तहकाे शिक्षा छ, दिनरात जागिरमा प्रमाेशन (career upliftment), परिवारलाई पाल्ने र कहिले घरविहीन हुने बारे चिन्ता छ, (ग) मध्यमवर्गीय (Middleclass/Financially Established) जससँग घर तथा कार छन् र बच्चालाई उच्चशिक्षा हासपल गर्न कलेजसम्म पठाउने आर्थिक क्षमता छ, (घ) उच्चवर्गीय (Upperclass/Well-to-do) जससँग दुई वा साेभन्दा बढी घर र कारहरू छन्, बजारमा देखापर्ने भाेगविलासका सामानहरू (luxurious items) किन्ने सामर्थ्य छ र (ग) अत्यधिक धनी/धनाढ्यवर्ग (Aristocracy/Extremely Wealthy) जससँग कर्पाेरेट बिजनेस छ, हवाईजहाज, पानीजहाज (airplanes and yachts) आदि छन् गरि पाँच प्रकारका छन् । मलाई लाग्छ कि एऊटै अमेरीकामा यति आर्थिक विविधता रहेकाे अध्ययन गर्दा नेपाल-भारतका परिवारकाे थप विविधता केलाउनु पर्दैन अर्थात्, हामी सबैकाे प्रकारपनि यिनै पाँचवटाभित्रै छन् ।

माथि उल्लेखित आधुनिकता जुन महिलाकाे साेच, आर्थिक आर्जन, कला, साहित्य, पहिरण, आचरण आदिमा देखिनु पर्दथ्याे, त्याे आज नेपाली महिलाकाे आैसतरूपमा तथा आर्थिक अवस्था ठिकठिक टाईसनकाे भाषामा मध्यमवर्गीय र साेभन्दा माथिका  प्रकार अप्पर क्लास र एरिस्टाेक्रेटिक आर्थिक अवस्था भएका परिवारहरूमा कम देखिन्छ । उनिहरूमा आधुनिकताकाे ठाऊंमा उत्तरआधुनिकता र लेखनमा उत्तरआधुनिकतावाद (Postmodernism) देखिन्छ । दुर्भाग्य कतिसम्म छ भने उनिहरू ज-जसले यस्ता व्यवहार देखाउँछन्, उनिहरू स्वयंले भने “म आधुनिक, modern) हुँ” दाबी गर्छन् तर व्यवहार भने उत्तरआधुनिकतावादकाे देखाउंछन् । जस्तै, सभ्य बाेलीकाे ठाऊंमा असभ्यता देखाउन पछि पर्दैनन्, प्रतिस्पर्धाकाे नाऊंमा पुरूषसँगै चाेरी, डकैती, लूटपाट, कीर्ते आदिमा पनि प्रतिस्पर्धा (competition नभई malcompetition) देखाऊंछन्, आमाबुवा, श्रीमान वा अभिभावकले याे राम्राे हाे भन्दा मुखामुख गर्छन्, घरमा नारीवादी आन्दाेलन उनलाई यति छाेएकाे हुन्छ कि आत्म अनुशासनकाे सुधिबुद्धि गुमेर घर, कार्यालय, सडकमा काेहि उसलाई राम्राे/नराम्राे भन्ने हिम्मत गर्दैनन्, धेरैले (सबैले भने हाेईन) शराब पीऊंछन्, मज्जाले सानाे चीया पसलमा चुराेट तान्छन्, झूटाे बाेल्न धाक मान्दैनन्, आन्दाेलनमा भए त हुन्थ्याे तर सामान्य झग्डामा सीसा फुटाऊंछन्, अति महंगाे तथा ब्रान्डेड लुगा, गर, गहना, जुत्ता, माेजा पहिरन्छन् तर च्यातिएका तथा अङ्ग देखिने हुन्छन् ।

अरू त अरू, मेराे सुन्दरता गुम्ला भनेर आफैंले जन्माएकाे बच्चालाई अमृततुल्य स्तनपान (Breast feeding) गराउंदैन अपितु बजारकाे दूध किनेर खुवाउँन थालिसके भने हाेटलकाे खाना दिनहुँ खाने त आम कुरा भईसक्याे अनि छाेरा वा छाेरीप्रति मायाकाे नाममा अति नै आशक्त भई ऊचित जीवनाेपयाेगी कृयाकलापसमेत नसिकाएर आफूमाथि पूर्ण आश्रित (full dependent) बनाएर मानसिकरूपले अपाङ्ग (crippled) तथा अल्छी (lazy/idle) बनाएर मानवजातलाई नै कमजाेर पार्न काेहिकाेहि उद्यत छन् ! र, यिनै कुराहरू आखिरमा बच्चाले सिक्दासिक्दै, चाहिनेभन्दा बढी माया पाउँदा आज उ १६-१७ वर्षकाे भैसक्याे तर आफ्नाे लुगा धुनु त परकाे कुरा, खानासमेत पकाउन जान्दैन । सवाल छ, छाेरा वा छाेरीकाे विहेपछि के यस्तै आमा तथा बेलैमा सम्झाउन डराउने बुवाले उसकाे खाना पकाईदिने हुन् ? यदि हैनन् भने उसकाे/उनकाे वैवाहिक असफलताकाे जिम्मा परिवार वा स्कूल/कलेजले लिने ? अर्थात्, पाेष्टमाेडर्निज्म भनेकै माेडर्निज्मकाे उल्टाे हाे जस पाेष्टमाेडर्निज्ममा आशावादीकाे ठाऊंमा निराशावादी तथा सभ्यताकाे ठाऊंमा छाडापन आदि हुन्छन् ।

नेपाल-भारत जस्ता एशियाई महिलाले आधुनिकतावाद अपनाउने हाे, न कि उत्तरआधुनिकतावाद । मान्छे जति आधुनिक भयाे, त्यति नै गम्भीर र कर्तव्यपरायण हुन्छ भन्ने बुझ्नुपर्याे । तसर्थ, कम्तिमा सभ्य बाेल्ने, सभ्यढंगले कपाल काट्ने, शरीर ढाक्ने वस्त्र पहिरण गर्ने, आफ्नै लागि भएपनि आमाबुवासँगै बिस्तारै-बिस्तारै विद्यालय शिक्षादेखि नै खाना पकाउन जान्नुपर्छ (पकाएर दिनहुँ समय खर्चिने यहाँ भन्न खाेजिएकाे छैन ताकि पढाई छुटाेस्) । एक वाक्यमा भन्नुपर्दा, आाधुनिकता आफूमा ल्याउनु भनेकाे अनुशासित जीवन बाँच्नु हाे तर यदि छाडापनसम्म काेहि पुग्याे भने मतिभ्रष्ट भयाे र त्याे उत्तरआधुनिकताकाे बर्वादी चरणसम्म पुग्याे र अब नारीवादमा पनि फ्रेञ्च नारीवादकाे एउटा प्रकार “उग्रवाद नारीवाद, Ultra Feminism” तर्फ त्याे मान्छे पुगिसक्याे भन्ने बुझ्नुपर्छ । यस्ताे अल्ट्राले त जेपनि गरिदिन सक्छ किनकि कसैलाई टेर्दैन उ ! राम, राम !

मुख्य कुराे के भने कि आधुनिकताकाे परिभाषा हामीले बुझ्नु पर्याे र पारिवारीक जीवनमा उतार्ने प्रयास महिलाले महिलाकाे ठाउँबाट अनि पुरूषले पुरूषकाे ठाउँबाट श्रीमान्-श्रीमतीकाे समझदारीमा गर्नुपर्छ । आधुनिकताकाे अर्थ पुराना सभ्यता, रीतिथिति अमूल्य परम्परालाई त्यागेर सडकमा जंगली जनावरले हिंडिरहेकाे जस्ताे बन्नु हाेईन अपितु काम गर्ने तरीका, साेच्ने तरीका, व्यक्तित्व विकास आदि कुरा नाैलाे हुनु हाे । आधुनिकताकाे अर्थ पाेषक पदार्थ खान छाेडेर जंक र कन्फेक्शनरी फूड (चाउमिन, चाउचाउ, केक, पाउराेटी, बिस्कुट, चक्लेट आदि) मात्र खाएर विरामी परेर मृत्युवरण गर्नु हाेईन जस्तै कि केही वर्ष अघिमात्र राैतहटका एकजना विद्यार्थी भाई अरूण यादबले काठमाडाैंकाे अनामनगरस्थित प्रमियम कलेजमा स्नातक पढ्दा भात, राेटी, मकैका परिकार केही नखाई मात्र जंक र कन्फेक्शनरी फूड खाएर रगत नबन्ने एक प्रकारकाे क्यान्सर जस्ताे राेगले ग्रसित भई काठमाडाैंका वीर, निजामति, अन्नपूर्ण, जाेरपाटी आदि अस्पतालबाट दिल्लीकाे एम्समा भर्ना हुँदापनि बाँच्न पाएन !

महिलाकाे लागि भने के बुझ्नुपर्याे भने जति आधुनिकताले छाेएपनि प्रकृतिले प्रदान गरेकाे शारीरिक बनावट र तदनुसारकाे कर्म बच्चापाउने बदलिएर पुरूषमा सर्ने हाेईन र आफैंलाई पनि भाेक लाग्छ नै तसर्थ, भाेजन पकाउन जान्नुपर्याे, आफ्नाे बच्चा आफैंले हुर्काउनु पर्ने विश्वव्यापि कार्य अनुसार उसलाई खुवाउनु पर्याे, जन्मिंदादेखि निश्चित उमेरसम्म मातृवात्सल्य अमृत र पाैष्टिक दूध खुवाउनुपर्याे जसले गर्दा सन्तानमा आमाबुवाप्रति ऋणी रह्ने उच्च संस्कार उत्पन्न हुनेछ भने भाेली छाेराछाेरीले पनि परिवारबाट टाढा पढाई तथा विहे, जागिर, काज आदिकाे शिलशिलामा बाहिर बस्नुपर्दा स्वाबलम्बी (Self-dependent) भई दु:ख पाउने छैनन् र आफ्ना भाेजन, लुगाधुने जस्ता नितान्त काज आफैंले गर्नेछन् ।

(समाजशास्त्रमा उच्च शिक्षाप्राप्त लेखक सामाजिक अभियन्ता हुनुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय