नारीकाे काेमाेडिफिकेशन र ब्यूटीफिकेशन
दीपा थोकर
हिजोआज महिला एक जीवितप्राणिलाई जानी-नजानीकन अरू काेहि व्यापारी वा अन्य पुरूष अथवा महिलाद्वारा नै पनि कुनै विशेष प्रयाेजनकाे लागि नीर्जिव वस्तुकाे जस्ताे प्रयाेग (tool) गरिरहेकाे हामी यत्रतत्र पाउँछौं जस कार्यलाई स्वयं प्रयाेग गरिएका शिक्षित महिला स्वयं कतिपयले नजानेर वा जानेरपनि पुन: आफ्नै स्वार्थमा प्रशय दिइरहेका हुन्छन् भने कतिपयले याे चेतना पाएर कि मलाई प्रयाेग गरिंदैछ, उनले विराेध गर्छ । त्याे प्रयाेग भनेकै महिलाकाे साैन्दर्य तथा उनकाे शरीरलाई हाे । यस लेखमा त्यहि महिलाकाे प्रयाेगलाई उठाउन खाेजिएकाे हाे ।
काेमाडिफिकेशन (Commodification) भनेकाे के हाे ?
याे त सिद्धान्त अध्ययनकर्ता (Theory reader) का लागि सर्वज्ञात कुराे हाे कि मार्क्सवादी सिद्धान्त (Marxisism) नै सन् १९६०/१९७० काे दशकपछि अन्याय, विभेदमा परेका तथा अधिकारप्राप्तिका लागि गरिने कुनैपनि आन्दाेलनकालागि सञ्जीवनि (Lifeline or Foundation) हुन पुग्याे, चाहे अफ्रिका-अमेरीकामै अश्वेतहरूकाे अधिकारप्राप्तिकाे संघर्ष हाेस् वा चाहे मजदूर-किसानका हक अधिकारकाे संघर्षकाे सवाल हाेस् वा विश्वभरी नै देश र समाज सुहाऊंदाे महिला अधिकारप्राप्तिका संघर्ष हाेस् वा नेपालमै पनि मधेशीहरूकाे, आदिवासी-जनजाति, शारीरिकरूपले दिव्याङ्ग (फरक क्षमता) भएकाहरूकाे अधिकार सम्बन्धि आन्दाेलनहरू हाेउन्, यी सबैलाई सरकार सामु तथा सञ्चारसामु प्रकाशमा पार्ने आधारभूत सिद्धान्त (Basic/Foundational theory) भनेकै मार्क्सवादी सिद्धान्त हाे ।
भनिन्छ, कार्ल मार्क्स (Karl Marx) व्यक्ति विशेषलाई तपाईं वामपन्थी भनेर उनका सबै क्रियाकलापलाई मन नपराउनुस् तर उनकाे सिद्धान्त र विश्वव्यापी उनकाे मार्क्सवादी चिन्तकहरूले प्रयाेगमा ल्याएका विभिन्न मार्क्सवादी विचारहरू देशका सरकारकाे शाेषण प्रकृति तथा समाजकाे संरचना अनुसारकाे विभेदलाई समातिन प्रयाेगमा ल्याईएका विचरणहरू (Variations) लाई अर्का चार्ल्स डार्विनकाे अस्तित्वका लागि संघर्ष (Struggle for existence) वा भनाैं (Darwinian theory) जबसम्म संसार रह्नेछ, तबसम्म यी दुईटा सिद्धान्तहरू रह्नेछन् । किनकि यी सिद्धान्तहरू मानवकाे आधारभूत हकहीतलाई ध्यानमा राखेर प्राकृतिक समानताकाे हकमा राखेर प्रतिपादन गरिएका हुन्, कुनै राजनैतिक उद्येश्य प्राप्तिकाे लागि हाेईन भलै, आजकाे दिनमा देश सम्भाल्न छाडेर केवल सत्तामा रम्न चाह्ने सत्ताजीवि कम्युनिस्ट वा गैह्रकम्युनिस्टहरू जाेपनि सत्तापाप्तिकाे उद्येश्यका लागि किन न संसारभरी मार्क्सवादलाई दुरूपयाेग गरेकाे हाेस् ।
लाेईस् टाईसन (Lois Tyson) ले आफ्नाे पुस्तक क्रिटिकल थ्याेरी टुडे (critical theory today), सबै पहिला अक्षर यी शब्दहरूका जानीजानी स्टाईलिश ढंगले साना प्रयाेग (smallization) गरिएका छन्, काे पृष्ठ नम्बर ६२ मा काेमाेडिफिकेशन बारे चर्चा गर्छिन् । उनका अनुसार मार्क्सवादीका लागि काेमाेडिटिकाे अर्थ त्यस वस्तुले गर्न सक्ने/प्रयाेग हुन सक्ने (use value) नभई त्यसकाे माैद्रिक भ्यालु वा अन्य व्यापारिक वस्तुकाे साटाेमा प्रयाेग हुन सक्ने (exchange value) वा जससँग त्याे वस्तु छ त्यसले गर्दा उसकाे स्वामी/मालिककाे समाजमा कस्ताे भ्यालु/ईज्जत बढ्छ (sign-exchange value) जुन अदृश्य छ भन्ने हाे ।
तसर्थ, विभिन्न उदाहरण दिंदै टाईसनले टुंग्याउँछिन् (Finally, I commodify human beings when I structure my relations with them to promote my own advancement financially or socially) अर्थात्, म मनुष्यकाे वस्तुकरण तब गर्छु जब मेरा उनिहरूसँगकाे सम्बन्धलाई आर्थिक वा सामाजीक लाभकाे लागि प्रयाेग गर्दछु ।
के हाे साैन्दर्यकरण (Beautification) ?
साैन्दर्यकाे परिभाषा र महत्व तथा यसकाे परम्परागत साेचबारे बुझ्नलाई प्राय: धेरैले केही वर्ष अघिमात्र पढेका वा कतै अझ पढिरहेका Mary R. Colonna र Judith E. Gilbert द्वारा संयुक्तरूपमा लिखित पुस्तक Reason To Write काे युनिट ५ Mirror, Mirror, On The Wall अन्तर्गत एऊटा सानाे वैज्ञानिक लेख “The Face of Beauty” काे भाग Diane Ackerman, पृष्ठ ९०, यिनी महिला विद्वानकाे निबन्ध पढ्दा पुग्छ ।
एकरमन लेख्छिन् कि हामीले छालाकाे साैन्दर्यलाई मात्र ब्यूटी भन्छाैं, बुझ्छाैं तर ग्रिस देशका दार्शनिक अरस्तू (Aristotle, ३८४-३२२ ई. पू.) ठिक थिए यस्ताे बाेल्दा कि शब्दले जति लेखेर, बाेलेर प्रशंसा गरेपनि साैन्दर्य ती सबैभन्दा माथि हुन्छ । निश्चित रूपले एरिस्टाेटल संसारकाे पहिलाे वैज्ञानिक हाे जसले जीव र वनस्पतिकाे क्रमबद्ध अध्ययन (Zoology र Botany अर्थात् Biology) काे शुरूवात गराए तर उनी महिलाविराेधी थिए, जसकाे प्रमाण हाे माथिकाे एकरमनकाे एरपस्टाेटलकाे उद्धृत परिभाषा ! यस परिभाषामा सुन्दरता नै एरिस्टाेटलका लागि सबै थाेक हाे अर्थात्, अह्राएकाे काम बिगारेपनि यदि त्याे मान्छे सुन्दर हाे र त्यसमा महिला भने एरिस्टाेटलले सबै खत्त माफ गरिदिने हाेउन् । यहि नै वास्तवमा महिलाकाे साैन्दर्यीकरणकाे दुरूपयाेग हाे ।
बर्ट्रान्ड रस्सेल (Bertrand Russel) ले त अझ एरिस्टाेटलमाथि आक्रामक छन् आफ्ना निबन्ध Keeping Errors At Bay (गल्ति गर्नबाट जाेगिने उपाय) मा र लेख्छन् कि एरिस्टाेटलले महिलाकाे मुखमा दाँतकाे संख्या कम हुन्छन् भनेर त्यति ठूलाे वैज्ञानिक भएर पनि भने, लेखेपनि तर उनले प्रमाणकाे लागि दिनभर जति व्यस्त रहेपनि राती ओछ्यानमा जाँदा आफ्नै पत्निकाे मुखमा दाँतकाे संख्या गनेनन् । अर्थात्, एरिस्टाेटललाई यी दाँतकाे संख्या महिला-पुरूषमा बराबर हुन्छन् भन्ने तथ्य थाहा भएर पनि महिलालाई राजनैतिक दबावमा राखिरह्न उनकै चेला राजा सिकन्दर (Alexander “The Great”) काे पुरूषप्रधान राज्यमा जानीजानी याे धारणा राखे ।
फेरि एकरमनकै लेख फेस अफ् ब्यूटीमा आउँदा, एकरमनले सुन्दरताकाे कस्ताे प्रभाव मान्छेकाे मनाेविज्ञानमा पर्छ भने लेख्छिन् कि पुराना कथाहरूमा नै हामी बच्चालाई सुनाउँछाैं कि एउटा सुन्दर (Handsome) राजकुमार थिए, एऊटी सुन्दर (Beautiful) राजकुमारी थिईन् भने एक जना दुष्ट भने कुरूप (Ugly) थिए अर्थात्, हाम्राे मन-मस्तिष्कमै हिराे (Handsome), हिराेईन (Beautiful) तथा भिलैन/खलनायक (Ugly) हुन्छन् बुझ्छाैं जुन तथ्यगत गलत साेच हाे किनकि सबै गाेरा महिला-पुरूष सज्जन हुँदैनन् भने सबै गहुँगाेराे वा अश्वेत् छाला भएका जती दुर्जन नै हुँदैनन् । तर पनि सुन्दर बन्ने चाहना महिला वा पुरूषभित्र यदि छ भने त्यसले उसमा सकारात्मक प्रभाव भने पार्छ । एकरमन उदाहरणहरू दिन्छिन् कि सुन्दर केटा वा केटी कक्षामा शिक्षककाे बढी स्नेह, हेरचाह आदि पाएर उच्च अंक प्राप्त गर्छन्, जुन गलत र अवैज्ञानिक कार्य छन् तर पनि मान्छेमा याे हटाउन समय लागिरहेकाे छ । एऊटै ब्याचमा सेनामा भर्ना भएका क्याडेट यदि Handsome वा Beautiful छ भने हरेक नयाँ अवसर पाउने र चाँडाे वृत्तिविकास अमेरीका समेतमा पाउने गरेकाे दृष्टान्तहरू छन् भने अन्य देशमा छन् के हाेला अवस्था ? एकरम्यानका अनुसार पुरूषमा अमेरीकि समानजमा शारीरिक ऊंचाई नै सुन्दरताकाे प्रमुख मापदण्ड हाे भने महिलाकाे हकमा अनुहार !
उनका अनुसार सन् १९६८ मा अमेरीकाकाे न्यूयाेर्क सिटि प्रिजन (New York City Prison) जेलमा अनुहारमा दाग (Scars) र अन्य कमजाेरी तथा शारीरिक सुन्दरतामा कमी (Deformities) भएका कैदीलाई १) पहिलाे समूहका लाई साैन्दर्य शल्य (Cosmetic surgery), २) दाेस्राे समूहका लाई सघन सल्लाह तथा थेरापी (Counselling and therapy) तथा ३) तेस्राे समूहका लाई कुनै पनि उपचार नदिने गरि ३ भागमा विभाजित गरि जेलबाट रिहाई गरिए । एक वर्षपछि सबभन्दा कम जसकाे अनुहार सुन्दर बनाईएकाे थियाे, त्यस समूहबाट न कै बराबर पुन: जेल फर्के भने दाेस्राे समूहबाट केही संख्यामा पुन: अपराध गरि जेल फर्के भने तेस्राे समूहबाट बढी जनाले पुन: अपराधकर्म गरेर जेल फर्के अर्थात्, सुन्दरताकाे प्रभाव मान्छेकाे मन, मस्तिष्कमा पुरूष-महिला सबैमाथि पर्छ तर सुन्दर व्यक्ति नै सर्वाेत्कृष्ट दिमागपनि राख्छ, त्यसैले उसलाई नै शिक्षकले बढी ध्यान कक्षामा दिनु भनेकै ड्यूटीमा पक्षपाति हुनु, कामचाेर हुनु र भ्रष्ट आचरणप्रति बढ्नु हाे ।
काेमाेडिफिकेशन र ब्यूटिफिकेशनकाे प्रयाेग महिलामाथि कसरी छन् ?
हिजाेआज पुरूषकाे सुन्दरता (Handsome) विज्ञापनमा सिमित वस्तु तागडा (Strong) देखाउन, बलियाे देखाउन, रूख चढ्न सक्ने, हवाईजहाजबाट हाम फाल्न सक्ने आदि रूपमा देखाउँछन् भने महिला सुन्दर (Beautiful) भएपनि उनलाई काेमाेडिफाई अर्थात्, युज भ्यालु, एक्सचेञ्ज भ्यालु र साईन-एक्सचेञ्ज भ्यालुकै रूपमा जताततै प्रयाेग भएकाे हामी पाऊंछाैं तर सुन्दर पुरूष (Handsome man) सुनर महिला (Beautiful wonan) बीचपनि विभेदभने कायमै छ ।
उदाहरणकाे लागि, कुनै साबुनकाे प्रचार वा कुनै कलेजकाे विहज्ञापन बाेर्डमा केटा/पुरूषभन्दा पनि केटी/महिलाकाे फाेटाे सुन्दरता राेजेर हालिन्छ, त्याे भनेकै विद्यार्थी तान्नु हाे जहाँ गुणस्त्तरीय शिक्षाकाे कुरा गाैण पारिएकाे हुन्छ, यहाँ महिलाकाे सुन्दर अनुहारकाे काेमाेडिफाई अर्थात्, व्यापारीकरण गरियाे, युज् गरियाे जहाँ कलिला विद्यार्थी नानीलाई आर्थिक कुनै लाभ वा थाहा नै नदिईकन कलेजले कमायाे ! त्यस्तै, कुनै फिल्ममा खासगरि बलिवूडकाे हिन्दी फिल्म वा दक्षिण भारतकाे टलीवूड वा काठमाडाैंकाे कलिवूड नेपाली फिल्ममा जुनमा पनि प्राय: सुन्दर पुरूष नायकले खत्तरासँग खेल्छ, खलनायकसँग भड्छ, खराब परिस्थितिमा दिमाग लगाऊंछ भने त्यहिं महिला सुन्दर नायिकाकाे काम नायकसँग नाच्ने, आनन्द प्रदानकाे स्राेत बन्ने र सिमित कार्यसम्म हाे ।
कार्यस्थलमा जहाँ सुन्दर पुरूषले तुरून्त प्रमाेशन सित्तैमा पाउँछ, त्यहाँ सुन्दर महिलामाथि सबैकाे गलत दृष्टि प्राय: पुरूषबाट हुन्छ (सबैबाट हाेईन, प्राय: बाट हुन्छ) भने नियमत: प्रमाेशनपनि उनले सत्य, धर्म र नारी सम्मानमा बसे भने जालझेल झेल्नुपर्छ ।
यसर्थ, नारी स्वाभिमानमा बस्नुपर्छ, आफ्नाे सुन्दरताकाे दुरूपयाेग कुन ठाउँमा कसरी हुन्छ भन्ने बारे पूर्ण जानकारी पाएर मात्र अघि बढ्नुपर्छ भने सामाजिक न्याय अनुसार विकृत मनाेविज्ञान रहेकाे जाे काेहिपनि पुरूषले महिलाप्रति सम्मान झल्काउनु पर्दछ । बर्ट्रान्ड रस्सेलकाे माथिकाे निबन्धमा उल्लेख भएकाे जस्ताे एऊटा अर्काे तर्क अनुसार कि “मनभित्र प्रतिद्वन्दी खडा गरेर साेच” कि तिमिले यदि अर्काकी छाेरी, श्रीमति, आमाप्रति जसरी गलत साेचिरहेकाे छाैं मनभित्र, त्यस्तै अरूले पनि तिम्राप्रति यस्तै साेचिरहेका हाेलान् तसर्थ, किन न यस गलत साेचलाई नै आकाशबाटै हटाएर समाप्त पार्ने हामीले ?
(समाजशास्त्रमा उच्च शिक्षा प्राप्त लेखक सामाजिक अभियन्ता हुनुहुन्छ)

