राष्ट्रपतिको सवारी…
अर्जुन पराजुलीराष्ट्रपतिको सवारी हिँड्ने बाटोमा हिँड्ने,
को हो त्यो डाक्टर ?
राष्ट्रपति सवारी हुने बेलामा बिरामी हुने,
को हो त्यो बिरामी ?

डाक्टरसाहेब ! बिरामी चेक गर्न जानै थियो
एक घण्टापछि गएको भए के हुन्थ्यो ?
बिरामीसाहेब ! बिरामी हुनै थियो
एक घण्टापछि गएको भए के हुन्थ्यो ?

