देश समृद्ध बनाउने अभियानमा शेखर

अहिले हाम्रो देशमा झन्डै ७० वर्ष हाराहारी पुगेका नेताहरूको नेतृत्व छ । सत्तामा मात्रै होइन पार्टीमा पनि उनीहरु हावी छन् । नेतृत्वमा उनै छन् र हैकम उनीहरुकै चल्छ।

अझ प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हेर्ने हो भने अहिले मात्रै होइन आगामी दिनमा पनि सत्ताको नेतृत्व गर्ने लोभ देखिन्छ। तीनदेखि पाँच पटकसम्म प्रधानमन्त्री भैसकेका उनीहरु अझै सत्ताको भोको देखिन्छन्।

त्यसो त अहिले राजनीतिमा युवा पुस्ताको आगमन पनि भएको छ। राजनीति फोहोरी खेल हो भन्ने युवा पुस्ताबाट विस्तारै राजनीतिमा चासो राख्नु र नेतृत्व लिनुलाई सुखद मान्नुपर्छ । यस्तै मध्येका एक हुन् काठमाडौं गोकर्णेश्वर-६ अर्यालगाउँमा जन्मिएका डा.शेखर अर्याल ।

विद्यालय शिक्षा र उच्च शिक्षा नेपालमै बसेर अध्ययन गरेका शेखरले पिएचडी उपाधीका लागि भने जर्मनी रोजे। तर, उनले जर्मनीमा पुगेर अध्ययन र पैसा कमाउने कुरालाई मात्रै मुख्य ठानेनन् । त्यहाँको द्रुत विकास, संघीयता, समृद्धि र विश्व राजनीति पनि बुझे। त्यति मात्रै होइन जर्मनी पुगेर राम्रै कमाई गरिरहेका शेखर त्यहाँको बसाई छाडेर एकाएक आफ्नो देश फर्किए ।

देश फर्किएर उनले आफ्नो पेशा व्यवसायलाई निरन्तरता दिनुको साथै देश समृद्ध बनाउने हुटहुटी बोकेर दैनिक जनचेतनामूलक कार्यक्रम पनि गरिरहेका छन् । समाज र राष्ट्रलाई कसरी समृद्ध बनाउन सकिन्छ ? महिला,दलित,जनजाती र पिछडिएका (पछाडि पारिएका) वर्गको लागी के कस्ता कार्यक्रम प्रभावकारी हुन्छ ? र शिक्षा,स्वास्थ र रोजगारमा सबैको समान पहुँच कसरी स्थापित गर्न सकिन्छ ? भन्ने साेचका साथ उनी दिनहुँ बहस र छलफलमा जुटिरहेका हुन्छन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) काठमाडौं क्षेत्र नम्बर-३ का संयोजक रहेका शेखरले जनताको सेवक भएर काम गर्न किन नयाँ शक्ति नै रोजे त ? उनी भन्छन्-‘मानिसको आ-आफ्नो बुझाइ र रोजाइ हुन्छ, मैले जर्मनीमा संघीयता भित्रको विकास र समृद्धिबारे जे देखें जे बुझें त्यो नेपालमा पनि लागू गर्न सकिन्छ भन्ने हुटहुटी मलाई भैरह्यो । देश फर्केपछि मैले कुनै राजनीतिक पार्टीको दस्तावेजमा विकास र समृद्धिका कुरा भेटिन। तर, नेसपा नयाँ शक्ति पार्टीका अध्यक्ष पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको भिजन मैले पहिले पनि देखेको र उहाँका दस्तावेजमा त्यो स्पष्ट लेखिएको पाएपछि म उहाँसँगै जोडिएको हूँ।’

परेवान्युजसँगको कुराकानीमा शेखरले थपे, ‘म जे साेचका साथ काम गर्न चाहन्छु मलाई नेसपाले त्यो गर्न दिएको छ। म हिजो कांग्रेसमा सक्रिय थिएँ । आजपनि त्यहाँ मलाई मनपर्ने साथीहरू हुनुहुन्छ तर, पार्टीको निति र नेतृत्व जनताको कुरा सुन्ने ठाउँमा छैन। एमालेमा, माओवादीमा हेर्‍यो त्यस्तै छ। त्यसैले मैले काम गर्न चाहेको ठाउँ नेसपा नयाँ शक्तिले दिएको छ। मेरो विचार र नयाँ शक्तिको विचार मिल्यो। मेरो विचारमा मलाई पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईले हौसला दिनुभएको छ, यसकारण म खुशी साथ पार्टी अभियानमा जोडिएको छु।’

काठमाडौंको बौद्धबाट २०५० सालमा त्यतिबेलाको एसएलसी अहिलेको एसईई उतिर्ण गरेका शेखर २०६२/०६३ को ऐतिहासिक दोस्रो १९ दिने जनआन्दोलनमा सक्रिय भएर लागेका थिए। त्यतिबेला नै गणतन्त्रको पक्षमा वकालत गर्ने शेखरले अध्ययनका लागी २००६ मा जर्मनी पुगेपछि संघीयता र विश्व राजनीति अझैबढी बुझ्न् थाले। झन्डै

१० जर्मनी बसेका उनी अहिले वैकल्पिक शक्ति निर्माणको अभियानमा जोडिएकोमा आनन्द लागेको बताउँछन् ।’जर्मनी बस्दा मेरै प्रोफेसर कार्ल लिम्बाकले जर्मनीको संघीयता र जर्मन राजनीतिसँग विश्व राजनीति कसरी जोडिएको थियो भनेर सिकाउनुभयो’ उनी भन्छन्, ‘त्यसपछि नेपाल फर्केर स्वतन्त्र २०७४ मा मैले गोकर्णेश्वर नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिए। चुनावमा पराजित भएपनी मैले मेरो मुद्दा छाडिन आज त्यै मुद्दा लिएर नेसपा नयाँ शक्ति मार्फत अगाडि बढिरहेको छु।’

डा.शेखरको भनाइमा डायनामिक मान्छेको चेतना डायनामिक हुनुपर्छ भन्ने बुझाइ पनि रहेछ। उनले बाबुराम भट्टराईले अर्थमन्त्री र प्रधानमन्त्री हुँदा गरेका राम्रो कामको स्मरण गर्दै भट्टराईको सरल जीवन र जनताप्रति सोच्ने अथाह ज्ञानको प्रशंसा पनि गरे। उनले बाबुरामका बारे परेवान्युजसँग भने- मलाई देशको सेवा गर्न मन छ, त्यसको लागि बाबुरामले मलाई ठाउँ दिनुभयो।

मैले मेरै अध्यक्षको सम्पत्ति सार्वजनिक गर्न भन्न सके, उहाँले ‘गज्जब राम्रो कुरा उठाउनुभो’ भनेर स्यावासी दिनुभो। यस्तो कुरा अरु पार्टीमा सम्भव छैन।”

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...