श्रीमती हत्यामा जेल बसेर छुटेपछि ८८ बर्षिय काका माथी खुकुरी प्रहार

धादिङ । धादिङमा एक ब्यक्तिले ८८ बर्षिय आफ्नै काका माथी खुकुरी प्रहार गरेका छन् । जिल्लाको नीलकण्ठ नगरपालिका-९ निगालपानीमा यो घटना भएको हो।

आफ्नै श्रीमतीको हत्या गरेर जेल परेका बाबुकाजी लम्सालले निगालपानीस्थित चिप्लेटीका ८८ वर्षीय बृद्ध जगनाथ लम्सालमाथी खुकुरी हानेका हुन् । ६० बर्षिय बाबुकाजी र ८८ बर्षिय जगन्नाथ सहोदर काका-भतिज हुन् । आरोपीत जगन्नाथका आफ्नै दाजुको छोरा हो। उनी जेलबाट छुटेपछि सधैंजसो काकालाई गाली गर्दै हिड्थे।

खुकुरी प्रहारबाट टाउको र अनुहारमा चोट लागेर घाइते भएका जगन्नाथलाई धादिङबेशी स्थित जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि हेलिकप्टर मार्फत काठमाडौंको टिचिङ अस्पताल लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी सुवास हमालका अनुसार उनलाई स्थानीयको सहयोगमा पक्राउ गरि जिल्लामा ल्याइएको छ। यसअघि आफ्नै श्रीमतीको हत्या गरी सात वर्ष कारागार सजाय भोगेर निस्किएका बाबुकाजीले श्रीमतीको काजक्रिया गरेको भन्दै काका माथी आक्रमण गरेको बुझिएको छ।

आफैंले हत्या गरेको श्रीमतीको काजक्रिया गरेको भन्दै रिसाएका बाबुकाजीले गाउँमा हिडडुल गर्दा वृद्धमाथी तथानाम बोल्ने गर्थे।
मादक पदार्थ सेवन गरेर हिड्ने बाबुकाजीले नसाको तालमा खुकुरी प्रहार गरेको देखिएको र पक्राउ पर्दा समेत उनि नसामा थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय