नेपालमा जलविद्युत विकासदेखि मेरो विद्यावारिधिसम्म

डा. शेखर अर्याल

वि.सं. १९६८ मा ५०० किलोवाटको फर्पिङ्ग जलविद्युत आयोजनाबाट सुरु भएको विद्युत विकास क्रमशः वि.सं. १९९२ मा ६४० किलोवाटको सुन्दरीजल जलविद्युत हुँदै अघि बढेको थियो।

वि.सं. २०२२ मा २४०० किलोवाटको खोपासी जलविद्युत, वि.सं. २०२३ मा २१००० किलोवाटको त्रिशुली जलविद्युत, वि.सं. २०२४ मा १०८८ किलोवाटको फेवाताल जलविद्युत र वि.सं. २०२९ मा १००५० किलोवाटको सुनकोशी जलविद्युत आयोजना पनि थपिएको थियो। त्यसपछि वि.सं. २०३६ मा १५००० किलोवाटको गण्डक जलविद्युत, वि.सं. २०३८ मा १६०००० किलोवाटको कुलेखानी जलविद्युत, वि.सं. २०४२ सालमा २३२००० किलोवाटको कुलेखानी जलविद्युत, वि.संं २०४२ मा १५०० किलोवाटको सेती जलविद्युत हुँदै आजसम्म नेपालले करिब ३२०० मेगावाट विद्युत उत्पादन क्षमता बनाइसकेको छ ।

रन अफ रिभर (Run of River) प्रणाली अन्तर्गत करिब ९०% आयोजनाहरू रहेकाले हिउँदमा विद्युत उत्पादन घटेर ८०० मेगावाटदेखि १२०० मेगावाटसम्म मात्र रहने छ । यसलाई भविष्यमा बढाउँदै लैजाने सरकारी योजना र पब्लिक प्राइभेट पार्टनरसिप (Public Private Partnership) योजना अन्तर्गत सन् २०३५ (वि.सं. २०९२) सम्ममा २८००० मेगावाट उत्पादन गर्ने लक्ष्य राखिएको छ । युरोपियन विकसित राष्ट्र सरह नेपाललाई विकास तथा प्रवर्धनमा लिएर जाँदा करिब १२००० देखि १५००० मेगावाट विद्युत मात्र खपत हुने देखिन्छ । बाँकी विद्युत उत्पादनलाई हामीले अन्तर्राष्ट्रिय बजारमा विक्री वितरण गर्नुपर्ने हुन्छ ।

विकास निर्माण तथा नयाँ कुरा पत्ता लगाई विद्युत विकास कार्यलाई तिब्रता दिन अनुसन्धानको महत्वपूर्ण भूमिका रहने गर्दछ । मेरो विद्यावारिधी यही अनुन्धानको दायरलाई नेपालभित्रै काम गरी फराकिलो बनाउँदै लैजानको लागि तयार गरिएको एउटा सानो दस्तावेज हो ।

बुटवल पावर कम्पनी अन्तर्गतरहेको झीम्रुक जलविद्युत आयोजनाका डेटाहरू विशेष रूपमा र नेपाल विद्युत प्राधिकरण अन्तर्गत रहेका काली गण्डकी ए ९प्न्ब्०, मध्यमर्स्याङ्दी ९ःः० र तल्लो मर्स्याङ्दी ९ीः० जलविद्युत आयोजनाहरूका डेटाहरू आंशिक रूपमा प्रयोग गरेर नेपालमित्रकै आयोजनाहरूको प्राइमरी डेटाहरूको प्रयोग गरी मेरो विद्यावारिधि सम्पन्न गरिएको हो ।

मेरो विद्यावारिधिको शीर्षक”Sediment Erosion in Guide Vanes of Francis Turbine” रहेको छ । यसमा दुई वटा शब्दहरूको महत्वपूर्ण भूमिका रहेको छ अनि मेरो पूरै अनुसन्धान यिनै दुई शब्दहरूमा केन्द्रित छन् । यसमा प्रयोग भएको दुई शब्दहरूमध्ये एउटा शब्द “Sediment Erosion” हो जुन मेरो शोधपत्रमा धेरै प्रयोग भएको इन्डिपेन्डेन्ट भेरिएबल (Independent Variable) हो भने अर्को शब्द “Guide Vanes” डिपेन्डेन्ट भेरिएबल (Dependent Variable) हो ।

इन्डिपेन्डेन्ट भेरिएबल भनेको हामीले अनुमान गर्न सकिने तर ठ्याक्कै थाहा नहुने भेरिएबल हो । मेरो शोधपत्रमा रहेको “Sediment Erosion” त्यही अनुमान मात्र गर्न सकिने तर एक्ज्याक्ट थाहा नहुने भेरिएबल हो । डिपेन्डेन्ट भेरिएबल भनेको हामीले अनुमान गर्नु नपर्ने एक्ज्याक्ट थाहा हुने भेरिएबल हो । मेरो शोधपत्रमा रहेको “Guide Vanes” त्यही अनुमान गर्नु नपर्ने एक्ज्याक्ट थाहा भएको भेरिएबल हो ।

मेरो अनुसन्धान 3-D Camera को प्रयोग गरी “Guide Vanes” र “Runner Blades” हरूमा “Sediment Erosion” का कारण आउने समस्याहरूलाई राम्रोसँग पहिचान गर्नमा केन्द्रित रहेको छ । ती समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने कुराहरूलाई पनि मेरो शोधपत्रमा समेटिएको छ । “Soft Coating Technique” “Polymerization Technology” बाट तयार हुन्छ । त्यस्तै “Hard Coating Technique” “Ceramic Technology” बाट तयार हुन्छ । यी दुवै टेक्निकको प्रयोग गरी “Guide Vanes” / “Runner Blades” हरूमा “Sediment Erosion” बाट आउने समस्याहरूलाई नियन्त्रणमा राख्न सकिने जानकारी पनि मेरो शोधपत्रमा दिइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय