सोबिताले सुटुक्क कसिन् लगनगाँठो !

काठमाडौं, १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । सोबिताले प्रेमी गृहेन्द्र घिमिरेसँग सुटुक्क लगनगाँठो कसेकी हुन् ।

घिमिरे र सोविता लामो समयदेखि प्रेममा रहेको स्रोतको दाबी छ । चितवन घर भएका व्यवसायी गृहेन्द्र प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाञ्जा पर्ने चर्चा छ ।

हालै सोबिताले आफू जापान जान लागेको भन्दै पार्टीलाई जानकारी गराएकी थिइन् । उनी विवाहपश्‍चात् पतिसँगै जापान गएको खुलेको छ । यद्यपि सोबिताले विवाहबारे पार्टीलाई जानकारी गराएकी छैनन् ।

पारिवारिक स्रोतका अनुसार भक्तपुरको कमेरेटारस्थित सोबिताको माइतीघरमा आयोजित एक धार्मिक अनुष्ठानका अवसरमा गत साता नै वैवाहिक विधि पूरा गरिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय