अन्तिम खेलमा शक्ति गौचनको पराजय, यस्तो रह्यो सन्यास अनि समग्र खेल जीवन(भिडियोसहित)

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले काठमाण्डौमा जारी इपीएलबाट आफ्नो खेलाडी करियरबाट बिदा लिएका छन् । उनको करियरको अन्तिम प्रतियोगिता सुखद नभएपनि शक्तिले पूर्व घोषणा गरेअनुसार नै इपीएललाइ आफ्नो करियरको अन्तिम प्रतियोगिता बनाए ।

नेपाल क्रिकेट निलम्बनका हुुन अनि उनको विदाइलाइ राम्रो गर्नुपर्छ भनेर सोच्ने ब्यक्ति कोहि नहुँदा उनले इपीएललाइ नै करियरको अन्तिम प्रतियोगिता बनाए ।

इपीएलमा पोखरा लिग चरणबाट नै बाहिरीएपछि उनको अन्तिम प्रतियोगिता जित्ने धोको पुरा हुन सकेन । करीव १८ बर्षको क्रिकेट यात्रामा एउटा सशक्त अनि मेहेनती खेलाडी क्रिकेटबाट टाढा हुँदा पक्कैपनि नेपाली क्रिकेटका लागि दुःखको कुरा हो । तरपनि शक्तिले नेपाली क्रिकेटलाइ जति पनि योगदान दिए त्यसको तुलना केहिसँग हुँदैन । नेदरल्याण्डस् विरुद्ध हुने पहिलो एकदिवसिय श्रृखंला करियरको अन्तिम अन्तराष्ट्रिय प्रतियोगिता बनाएका शक्तिले नेपालमा नै कुनै अन्तराष्ट्रिय खेल होस र राम्रोसँग बिदाइ लिउ भन्ने सोचेका थिए ।

तर नेपाल क्रिकेट निलम्बनका हुुन अनि उनको विदाइलाइ राम्रो गर्नुपर्छ भनेर सोच्ने ब्यक्ति कोहि नहुँदा उनले इपीएललाइ नै करियरको अन्तिम प्रतियोगिता बनाए । करीव १८ बर्षे क्रिकेट करियरमा शक्ति एउटा शसक्त खेलाडीका रुपमा रहदै आएका छन् । शक्तिको विदाईलाई भब्य बनाउन घरेलु मैदानमा विशेष खेलको आयोजना गरिने बताईएको छ । सन् २००२ देखि अन्तराष्ट्रिय क्रिकेट सुरु गरेका शक्ति अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो खेलाडी पनि हुन ।

टी–२० बरियतामा हाल ७७ औं स्थानमा रहेका शक्ति अन्तराष्ट्रिय क्रिकेटमा सतक पनि प्रहार गरेका छन । विश्वकप छनोटमा इटली विरुद्धको खेलमा २००५ मा उनले एक सय ३ बलमा १०६ रन बनाएका थिए । सन् २००१ मा यू–१७ बाट क्रिकेट करियर सुरु गरेका शक्तिले बंगलादेश विरुद्धको एशिया कपबाट सुरुवात गरेका थिए । सन् २००२ मा उनले न्युजिल्याण्डमा अन्डर नाइन्टिन विश्वकप खेलेका थिए ।

सोहि बर्ष सिंगापुरमा भएको एसीसी ट्रफिमा उनले राष्ट्रिय टिममा डेब्यु गरेका थिए । नेपाल डिभिजन ५ देखि टी–२० विश्वकप खेल्दा र एकदिवसिय मान्यता पाउदासम्मका सारथी शक्तिले राष्ट्रिय टिमका लागि सबै प्रेरणादायी प्रदर्शन गर्दै आएका थिए । कोलकातामा बुवासँग बस्दा क्रिकेट सिकेका शक्तिको क्रिकेट करियरमा कहिलेपनि ओरालो लागेन । बढ्दो उमेर र फिटनेसका कारण शक्तिले क्रिकेट करियरलाई वाईवाई भनेका छन् । तर पनि उनी क्रिकेटमा सधै रहिरहने प्रणपनि गरेका छन् । सन् २००२ मा एसीसी ट्रफि अन्तर्गत ओमान विरुद्धको खेलबाट डेब्यु गरेका गौचनले लिष्ट ए मा एक हजार रन पुरा गरेका छन् । उनी अन्तराष्ट्रिय क्रिकेटमा सतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी पनि हुन् ।