नेपालमा क्रिकेटको क्रेज : विगत र वर्तमान

कात्तिक २८, काठमाण्डौ । नेपालले आसीसीबाट एकदिवसीय खेलको मान्यता प्राप्त गरेसँगै विश्व क्रिकेट जगतको ध्यान पनि नेपाली क्रिकेटमा परिरहेको छ ।

क्रिकेटमा नेपालले छोटो समयमा प्राप्त गरेको सफलता र नेपाली दर्शकहरुको क्रिकेटप्रतिको मोहलाई देखेर क्रिकेट परिवेशसँग आबध व्यतिmहरु विभिन्न कोणबाट नेपालको त्रिकेटसँग जोडिने क्रम जारी छ । नेपाली क्रिकेटको ग्रासरुटलाई ससतm बनाउने लक्ष्यका साथ दशदिने प्रशिक्षणका लागि जोन्टि रोड्स नेपालमा सव्रिmय छन् ।

कूनै समय यस्तो थियो कि क्रिकेटलाई खासै महत्व दिइदैन थियो । तर परिवेश बदलिएको छ । अहिले क्रिकेट खेलमा लाग्नेहरुको संख्या बढ्दै गएको छ । क्षमतावान खेलाडिको सफलता पनि चुलिदै गएको छ । देशभित्र हुने क्रिकेट प्रतियोगिताको संख्या र लोकप्रियता पनि बढ्दै गएको छ । यस्ता लिगहरुले नेपालको क्रिकेटको विकास गर्ने मात्रै नभएर यूवा क्रिकेटरहरुलाई क्रिकेट खेलप्रति आर्कषण गरेको छ ।

नेपालमा क्रिकेट खेलको महत्व, आकर्षण र लोकप्रियता बढ्दै गएपछि क्रिकेटसँग सम्बन्धित विदेशी संस्था र खेलाडिको पनि ध्यानाकर्षण बढ्दै गएको छ । क्रिकेट इतिहासको उत्कृष्ट टिमहरु मध्यमा एक बलियो टोलि दक्षिण अफ्रिका पूर्व क्रिकेटर जोन्टी रोड्स सहित आएका पूर्व क्रिकेटर रायन मारोन नेपालमा छन् । नेपाल क्रिकेट स्कुल (एनसिएस) र स्पोर्ट्स एड प्रालिको आयोजनामा भइरहेको ‘राइज अफ द क्रिकेटिङ स्टार्स वीथ जोन्टी रोड्स’ कार्यक्रमका लागि नेपाल आएका हुन् । प्रशिक्षणमा क्याम्पमा सहभागी हुन ५० हजार शुल्क बुझाउनु पनु पर्छ । जसबापत एनसिएसले खेलाडीलाई एक बर्षको निशुल्क प्रशिक्षण दिनेछ । प्रशिक्षणका लागि ४८ खेलाडीहरुले नाम दर्ता गरेका छन् । बुधबार पहिलो दिनको प्रशिक्षणका क्रममा भेटिका खेलाडीहरु जोन्टीसँग निकै उत्साहितका साथ क्रिकेट सिकिरहेका देखिए ।

यो अवसरलाई खेलाडीहरुले दश दिनसम्म पाउँने छन् । क्रिकेट स्कुलका खेलाडीहरु बाहेक रोड्सले यू–१६, यू–१७, यू–१९ का साथै सिनियर राष्ट्रिय टिमका खेलाडीहरुलाई पनि विशेष प्रशिक्षण दिनेछन् ।

इन्डियन प्रिमियर लिग (आइपिएल) टोली मुम्वई इण्डियन्समा ९ वर्ष सहायक प्रशिक्षकको रुपमा काम गरेका ४९ बर्षीय रोड्सलाई प्रशिक्षण क्याम्पमा अफगानिस्तान तथा वेस्ट इन्डिजका रायन मारोनले साथ दिइरहेका छन् । प्रशिक्षणकाक्रममा भटिएका रायनले प्रशिक्षणमा सहभागिता जनाएका खेलाडीहरुमा उत्साह हेर्दा नेपालको क्रिकेट भविव्य निकै राम्रो रहेको बताए । तर क्रिकेट खेलका लागि आबश्यक पर्ने पूर्वाधारको अबस्था कम्जोर तर्क गर्छन रायन् ।

नेपालको क्रिकेट व्यबसाहिक हुँदै गहिरहेको भएका पनि नेपाल क्रिकेट परिसदको आन्त्रिक दोन्दका कारण सोच अनुरुप खेल भने प्रस्तुत हुन सकिरहेको छैन । यदि नेपाल क्रिकेट परिसदको विवाद चाँडो भन्दा चाँडो हल हुने हो भने नेपालको क्रिकेटलाई अर्काे तहमा पु¥याउँन कुनै गाह्रो छैन ।