गुगल प्लस बन्द हुँदै, यस्तो छ कारण

एजेन्सी । फेसबुक, ट्विटर जस्ता चर्चित सामाजिक सञ्जालहरूसँगको प्रतिस्पर्धामा पछाडि परेको गुगल प्लस बन्द हुने भएको छ । अल्फाबेटले गुगल प्लस बन्द गर्ने घोषणा गरेको हो । उक्त ब्लगमा प्रयोगकर्ताको तथ्यांक सुरक्षाको कारण देखाउँदै गुगल प्लस बन्द गर्ने निर्णय गरिएको हो ।

सन् २०११ मा निकै तामझाम तथा चर्चाका साथ गुगलले आफ्नो सोसल मिडिया प्लाटर्फम गुगल प्लस लञ्च गरेको थियो । फेसबुकको प्रतिस्पर्धीको रुपमा चार वर्ष पहिले गुगलले यो एप्लीकेशनलाई सुरु गरेको थियो । केही समय देखि यो एप्लीकेशनलाई उत्कृष्ट बनाउनका गुगलले निकै मेहनत पनि गरेको थियो तर कम्पनीलाई खासै राम्रो सफल मिलेन। यति धेरै प्रयासका बावजुद पनि राम्रो प्रतिक्रिया नमिले पछि गुगलले गत सोमबार गुगल प्लसलाई बन्द गर्ने घोषणा गरेको हो ।

गूगल प्लस गूगल निगमको स्वामित्बमा रहेको सामाजीक सञ्जाल साइट हो। फेसबुकसँग प्रतिश्पर्दा गर्ने उद्धेश्यले यसको निर्माण गरिएको हो। यसको मुख्य विशेषता भनेको गोपनियता थियो । वालस्ट्रिट जर्नलका अनुसार २०१५ देखि २०१८ को बिचमा गुगल प्लसबाट कयौँ प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी चोरी भएको छ । तर, गुगलले भने गुगल प्लस बन्द गर्नुको मुख्य कारण कम प्रयोगकर्ता भएको दावी गरेको छ ।

यद्यपी तथ्यांक चोरी भएको भने गुगलले स्वीकार गरेको छ। गुगलले आफ्नो ब्लगमा भनेको छ प्रयोगकर्ताका प्रोफाइल डाटाहरू लिक भएर दुरुपयोग भएका छन्। तर दोषीविरुद्ध हामीसँग प्रमाण छैन। सफ्टवेयरमा देखिएको समस्याका कारण यो समस्या आएको उसले जनाएको छ।गुगल प्लसबाट केही महिनाअघि करिब ६ लाख प्रयोगकर्ताका डाटाहरू लिक भएको सार्वजनिक भएको थियो ।

निर्णय सार्वजनिक गरेपछि गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटको शेयरमा २.६ प्रतशितको गिरावट देखिएको छ । गुगल प्लसलाई बृहत्तर ग्रहकका आशा र रुचि अनुरुप तयार पारिएता पनि यसका प्रयोगकर्ता कम्पनीले सोचेभन्दा निकै कम देखिएपछि गुगल प्लसलाई निरन्तरता दिन थप चुनौती सिर्जना भएको गुगलका प्रबन्धकहरूको निष्कर्ष छ । गुगलका अनुसार अब गुगल प्लस कनेक्सनका नामले सामाजिक संजालमा नयाँ विशेषताहरु थपिने छन् ।

नयाँ विशेषताहरुका मदतले प्रयोगकर्ताहरुद्वारा बनाइएका प्रसंग जस्तै स्नीकर, ग्लूटेन फ्री रेसीपी आदी पोस्टहरु पढ्नका साथै सेयर पनि गर्न सक्नेछन् । गुगलका अनुसार २०१३ सालको अन्त्य तिर गुगलसँग ३० करोड सक्रिय प्रयोगकर्ताहरु थिए । तर स्टोन टेम्पल कन्सलटेन्सीका अनुसार गत अप्रिल महिना सम्ममा सक्रिय प्रयोगकर्ताहरुको सङ्ख्या घटेर ११ करोड १ लाख पुगेको छ ।