छि प्रियंका कार्की ! पोर्न हबमा पुग्यो कथा काठमाण्डौको सिन, समाजमा विकृति फैलिने डर

असोज ५, काठमाण्र्डाै । नायिका प्रियंका कार्कीले अभिनय गरेको चलचित्र पोर्न साइटमा पुगेको छ । असोज १२ गते प्रदर्शनमा आउन लागेको कार्की अभिनित एक चलचित्रलाई पोर्न साइटले समावेश गरेको हो । उक्त चलचित्रमा कार्कीले नेपाली समाजले पचाउनै नसक्ने सिन दिएकी छिन् । उक्त फिल्मको सिन पोर्न साइटमा पुगेको हो ।
यसअघि नै उनको फिल्मको ट्रेलर रिलिज हुँदा सर्वत्र विरोध भएको थियो । कार्कीले कथा काठमाण्डौको एक गितमा दिएको अश्लिल सिन पोर्न हब डटकममा पुगेको हो ।
उक्त साइटमा यौन क्रियाकलपा सम्बन्धी दृश्यहरुमात्र समावेश हुने गरेको छ । असोज १२ गते नै रिलिज हुन लागेको सामाजिक प्रेम कथामा आधारित चलचित्र अनुरागसँग जुधेको कथा काठमाण्डौले यौन बेचेर व्यापार गर्न लागेको कतिपयको आरोप छ ।

चलचित्र विकास बोर्डले पनि यो विषयमा मुख खोलेको छैन । पोर्न साइटमै पुगेको कार्कीको अभिनयलाई कसरी सेन्सर गरिएन भन्ने कुरा चलचित्र वृत्तमा बहस बनेको छ ।

अभिनयको नाममा भल्गर दृश्य दिएकी कार्कीले पनि पोर्न हबमा आफ्नो दृश्य पुगेको बारे मुख खोलेकी छैंनन् ।

बलात्कारका घटनाले देश आंक्रान्त भएको समयमा यौनलाई नै प्राथमिकता दिएको चलचित्र प्रदर्शन गर्न दिन नहुने कतिपयको तर्क छ ।

तर यस चलचित्रको दृश्य सम्बन्धमा सरकारका नियमन निकायको कुनै चासो देखिएको छैन ।