धमलाको कार्यक्रममा ज्योति मगर र आनन्द कार्की : गित गाउँदै भर्जिनिटी र यौनका कुरा

असोज २०, काठमाण्डौ । शनिवारको कार्यक्रममा प्रायः ऋषि धमलाले आफ्नो टेलिभिजन कार्यक्रममा कलाकारसँग अन्तरंग कुराकानी गर्ने गरेका छन् । उनको अन्तरंग कुराकानी यस्तोसम्म हुन्छ कि, एउटी गायिकालाई तपाई भर्जिन नै हुनुहुन्छ त भनेरसम्म सोधिदिन्छन् ।

यस्तै भयो यो शनिवारको कार्यक्रममा पनि । प्राइम टाइम्स टिभिको कार्यक्रम जनता जान्न चाहन्छन्मा धमलाले गायिका तथा मोडल ज्योति मगर र गायक आनन्द कार्कीलाई अतिथी बनाएका थिए ।

कुराकानीका क्रममा धमलाले दुवैजनालाई पटक पटक गित गाउन लगाएका धमलाले ज्योतिलाई भर्जिनिटी र यौन सम्बन्धका विषयमा धेरै प्रश्न गरे ।

शानिल गायक कार्कीले अप्ठ्यारो मानेरै भए पनि एकसाथ कार्यक्रममा प्रस्तुत भए । कुराकानीको सम्पूर्ण अंश भिडियोमा हेर्न सक्नुहुनेछ ।